[Show all top banners]

db Chhetri

More by db Chhetri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 के कुराले शहरलाई सुन्दर बनाउँछ?
Keywords associated with this thread

City Architecture Nepali Nepal
[VIEWED 6755 TIMES]
SAVE! for ease of future access.
Posted on 06-18-10 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुराले शहरलाई सुन्दर बनाउँछ?


"आहा, कस्तो राम्रो ठाउँ?" बिकासशील मुलुकमा हुर्कीएका हामीले सफा, सुन्दर र प्रकृतिले भरीपूर्ण चिटिक्क परेको ठाउँ देख्दा एक न एक पटक यस्तै आशयका बिचार उच्चारण गरेकै हुनुपर्छ। आफ्नै कुरा गर्नुपर्दा - घना बस्ती, अग्ला घरहरु, बग्रेल्ती मानिस,यातायातको घूईचो,मन्दिर तथा बहालहरू, भब्य मध्ययुगिन स्मारकहरु -  काठमाडौं उपत्यका घुम्दा असाध्यै रमाईलो अनुभव हुन्थ्यो। तस्वीर,सिनेमा तथा टेलीभीजनका पर्दाहरुमा प्रिष्ठभूमीका रमाईला द्रिश्यहरू हेर्दा "मेरो शहर पनि यस्तै भएपनि हुन्थ्यो नि" जस्ता बालसुलभ सोचहरू तरङ्गीत हुन्थे। अहिले आएर केहि बिकसित मुलुकका थोरै शहर घुम्दा एउटै प्रश्न बुमेर्याङ गर्छ - आखिर के कुराले शहरलाई सुन्दर बनाउँछ? नदी,सरोवर,पन्छी,हरियाली, भौगोलिकता अथवा गगनचुम्बी भवन, फराकिला सडक, सहज सार्वजनिक यातायात वा स-साना चौक,घर, पार्कहरू? मठ-मन्दिर, पुराना सांस्कृतिक धरोहरहरू वा चम्किला आधुनिक भवनहरू अथवा सामाजिक सुरक्षा?


क्यानाडा स्थित टोरन्टो शहरका मेयर डेविड मिलरको दृष्‍टिकोणमा सफाई, पर्याप्त सुरक्षा-ब्यबस्था र सिर्जनशिलताको लागि बिख्यात शहरनै सुन्दर नगर हो।  उनी शहरको सुन्दरतालाई बसोबास गर्ने नागरिकको जीवनस्तरसँग जोड्दै सहज सार्वजनिक यातायात भएको र सम्पूर्ण नागरिकलाई समान अवसर प्रदान गर्न सक्षम शहर नै उत्तम शहर हो भन्छन। प्रसिध्द पत्रकार खुश्वन्त सिंह प्रकृति र वास्तुकलालाई जोडदिंदै प्राकृतिक सुन्दरता र महान वास्तुकलाको अनुपम संगमले शहरलाई आकर्षक बनाउने बताउँछन। कन्चन कल्कलाउँदो नदी,ताल वा समुन्द्र पृष्‍ठभूमीमा हरिया पहाड, प्लाजा, मठ-मन्दीर, गल्ली,संग्राहालय,पुरातन बस्ती सुन्दर नगरीका अवयवहरू हुन्- जस्मा तपाईं बसोबास गर्ने भित्री इच्छा राख्नुहुन्छ। सिंहका अनुसार पुराना स्मारकहरू, लस्करै रहेका भिल्लाहरू, भब्य मस्जीद र बस्पोरस नदीको निलोपनले टर्किको राजधानी इस्तानबुललाई सुन्दर बनाएको छ भने इटलीको राजधानी रोमलाई मनमोहक भवन्हरू र सुन्दर पहाडी थुम्काहरूले।



  कतिपय शहरहरु आफूमा रहेको प्राकृतिक स्रोतसाधनको समूचित उपयोग गर्दा सुन्दर देखिएका छन्। उदाहरणका लागि समुन्द्रतटको सहि उपयोगका कारण अष्ट्रेलियन शहर  सिडनी मनमोहक देखिन्छ। केही भने प्राकृतिक रूपमा परीपूर्ण भएपनि राम्रो शहरी योजनाको कमीले अझ राम्रो हुन सक्ने अवसर गुमाएको भान हुन्छ। मन्ट्रियलले सेन्ट लरेन्स नदीको परीपक्व  उपयोग शहरी योजनमा समाहित गर्न नसकेको महसूस हुन्छ भने बैंककले यस्का सयौं नहरहरू सडकले प्रतिस्थापन गर्दा प्राकृतिक सुन्दरताको एउटा महत्वपूर्ण अंग टुटेको अनुभूति गर्न सकिन्छ।   अमेरिकी शहरहरूको कुरा गर्दा अक्सर वातावरण एवं  मानव -माप (Human-Scale) लाई नजर-अन्दाज गरेको अग्ला स्थानबाट दौडिने सडक, रेल्मार्गले पार्क, नदी र समुन्द्रतटबाट बस्तीलाई अलग्याएको पाईन्छ।


  राम्रा शहरहरूका केही उदाहरणहरूमा : हङकङ शहर यस्को सुन्दर पहाडी द्रिष्य र समुन्द्रकिनारको अद्दितियता र   वास्तुकलाको  अनुपम सम्मिश्रणले भब्य देखिन्छ भने बर्लिन शहर पार्कहरूसँग जोडीएका नहरहरू, भब्य सार्वजनिक भवन र  शहरी बातावरणका कारणले राम्रो देखिन्छ। 


  अन्त्यमा, निष्चय नै शहर के कुराले सुन्दर बनाउँछ भन्ने उत्तर तेत्ती सहज छैन। केही निश्चीत तत्वहरुले मात्र शहर सुन्दर बनाउँछ भनेर किटान गर्नु  अवश्य नै मुश्कील कुरो हो। शहर भनेका ब्यापक तथा जटिल प्राकृतिक र कृत्रिम संरचनाको संजालमा जेलिएको त्यस्तो मानव-बस्ती हो जो समयक्रमसंगै फैलिंदै, स्वरूप बदल्दै जाने गर्छ। तैपनि एक अर्काका बिचारहरू   बाडौं न, कसो?    


www.deepakbaniya.com       


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters