[Show all top banners]

lamjung
Replies to this thread:

More by lamjung
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 के सोच्या मन्त्रिहरुलाइ?
[VIEWED 3281 TIMES]
SAVE! for ease of future access.
Posted on 11-11-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेगम मन्त्री हुनुअघि कस्तोसित फाइट भएको थियो यी महिला मट्स्या  नेतृहरुबीच- भिडियो


 





 


 


मातृका यादवले फेरि मच्चाए काण्ड



वनमन्त्री मातृका यादवले ललितपुरका एलडीअ‍ो (स्थानीय विकास अधिकारी) लाई हिजो ट्वाइलेटमा थुनिदिएछन्। यो खबरले आज दिनभर निकै हंगामा मच्चायो। वनमन्त्रीको विरोधमा एमाले र काँग्रेसनिकट कर्मचारी संगठनले मन्त्रालयमा धर्ना दिए.. more


सिडिओ कुटिन् मन्त्रीले


मंगलबार गृहनगर वीरगन्ज आएकी कृषिराज्यमन्त्री बेगमले आफूलाई थोत्रो गाडी दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमै गएर सिडिओ दुर्गाप्रसाद भण्डारीलाई दुई झापड हानेकी थिइन्...more


गाडीको शिशा फुटाउने मन्त्री के भन्छिन्?


आज मैले सहन नसकेर सिसामा हानेको हुँ। आखिर कुहिएको फर्सी रहनु र नरहनुको फरक नै के र।' मन्त्री चौधरीले रिसको झोकमा कारको पछाडिको सिसामा मुक्का बजार्दा सिसा फुटनाको साथै उनको हातमा पनि थुप्रै ठाउँमा सिसाले काटेर घाउ भएको छ। more 


यी त सनातिना कुरा हुन्, सुदको काखमा बसेर यी अर्की मन्त्री ले चाँही के भनेकी हुन यो भिडिओमा ?





 
Posted on 11-20-09 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुजाता जोस्टको दैनिक खर्च ३ लाखभन्दा बढी


http://www.nagariknews.com/politics/party-politics/7294-2009-11-20-14-11-56.html


जोस्ट प्रेसेडेन्सियल स्वीटमा बस्छिन्, भाडामा लेमोजिन कार चढ्छिन्-


सुजाता जोस्ट सिंगापुरमा दैनिक १४ सय अमेरिकी डलर (१ लाख ५ हजार रुपैयाँ) पर्ने स्वीटमा बसेको जानकारी परराष्ट्र मन्त्रालयबाट पाएपछि बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूले सुरुमा त पत्याउँदै पत्याएनन्। त्यो सत्य भएको थाहा पाएपछि भने उनीहरू झस्किए।


मन्त्रिपरिषद्को बुधबारको बैठकमा परराष्ट्रका तर्फबाट उपपप्रधानमन्त्री सुजाताको होटल, कार र खानाको विलासी बिल सुन्नासाथ सबैजसो मन्त्रीले विरोध गर्दै त्यति ठूलो फजुल खर्च सरकारले कुनै हालतमा बेहोर्न नहुने अडान राखेका थिए।


आफ्ना पिता कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको उपचारमा सहयोग गर्न गएकी उपपप्रधान एवं परराष्ट्रमन्त्री सुजाताले सिंगापुरमा विलासी दिनचर्या बिताउन थालेकी छन्।



स्रोतका अनुसार उनी एक सातादेखि पिताको उपचारमा सहयोग गर्नभन्दा विलासी होटल, कार र खानपानमा रमाइरहेकी छन्। कोइरालासँग गएका उनका निजी चिकित्सकद्वय मनबहादुर केसी र जिजुनाथ पोखरेल, भतिजा शेखर कोइराला, स्वकीयसचिव शेखर थापा र निजी सुरक्षाकर्मी महेन्द्र मरासिनी आफैंले खोजेर सामान्य होटलमा बस्दै आएका छन्। सिंगापुरमा उनीहरूको यातायात खर्चसमेत सामान्य छ। कोइरालाकी छोरी सुजाता भने 'उपप्रधानमन्त्रीलाई स्तरीय होटल चाहिन्छ' भन्दै सिंगापुरको महँगोमध्ये पर्ने डिलक्स होटलमा बस्दै आएकी छन्। उनी डिलक्स होटलको पनि महँगो कक्ष 'प्रेसिडेन्सियल स्वीट' मा बस्दै आएकी छन्।

होटलमात्र होइन, सुजाताले भाडामा लिएको कारसमेत अत्यन्त विलासी छ। उनले संसारमै महँगोमध्ये पर्ने लेमोजिन कार भाडामा लिएर चढ्दै आएकी छन्। तत्कालीन राजा ज्ञानेन्द्रले शाहीकालमा रोयल्स रोयस र लेमोजिन कार झिकाउँदा विवादमा परेका थिए। उक्त लेमोजिन कार हाल राष्ट्रपति रामवरण यादवले चढ्छन्।


सुजाताले सात दिनदेखि भाडामा चढिरहेको लेमोजिन कारको दैनिक भाडा २ हजार सिंगापुर डलर (करिब २ लाख रुपैयाँ) छ। उनको अरू खानपानलगायत दैनिक खर्चसमेत महँगो रहेको स्रोत बताउँछ।


प्रचलित नियमअनुसार उपप्रधानमन्त्री र मन्त्रीले विदेश भ्रमणमा जाँदा २ सय ५० दैनिक भ्रमणभत्ता (होटल तथा खाना खर्च) तथा भ्रमण अवधिभरलाई ३ सय अमेरिकी डलर भैपरी खर्च पाउँछन्।


बैठकमा मन्त्रीहरूले 'उपपप्रधानमन्त्री सुजाता सरकारी ढुकुटीको दुरुपयोग गर्दै सिंगापुर सयर गर्न गएकी हुन् कि पिता सभापति कोइरालाको उपचारमा?' भन्ने प्रश्न गरेका थिए।


मन्त्रीहरूबाट विलासी खर्चको तीव्र विरोध भएपछि मन्त्रिपरिषद् बैठकले सिंगापुर गएका कोइरालाका निजी चिकित्सक र सहयोगीहरूलाई मुलुकको आर्थिक अवस्था हेरेर मितव्ययी खर्च गर्न निर्देशन दिएको छ। मन्त्रिपरिषद्ले कोइरालाको एअर एम्बुलेन्स, उपचार, उनका सबै सहयोगीको आतेजातेसहित सम्पूर्ण खर्च बेहोर्ने निर्णय गर्दै सहयोगीहरूलाई त्यस्तो निर्देशन दिएको जानकारी स्रोतले दिएको छ।


मन्त्रिपरिषद्मा त्यो निर्णय गर्दा पनि उपप्रधानमन्त्रीको खर्च बेहोर्नेबारे मन्त्रीहरू सहमत हुन सकेनन्। मन्त्रिपरिषद्ले उपप्रधानमन्त्रीको विलासी खर्चबाट उत्पन्न समस्या समाधान गर्न प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई जिम्मा दिएको छ।


मन्त्रिपरिषद्ले सुजाता जोस्टको विलासी खर्च नबेहोर्ने निर्णय गरेको जानकारी स्रोतले दिएका छन्। प्रचलित नियमकानुनले उपप्रधानमन्त्रीलाई दिएको सुविधाभन्दा बढी खर्च नबेहोर्ने निर्णय गरेको जानकारीसमेत स्रोतले दिएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले कोइरालाको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गर्दै पेश्कीस्वरूप २ करोड रुपैयाँ उपलब्ध गराएको छ।


एअर एम्बुलेन्समा राखी उपचार गर्न सिंगापुर लगिएका कोइरालाको प्रायशः सबै स्वास्थ्य परिक्षण सकिएको छ। उनको स्वास्थ्य स्थितिमा धेरै सुधार आइसकेको र आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी सहयोगीले दिएका छन्।



सुजाता जोस्टको जीवनयापन विलासीमात्र छैन, सरकारी ढुकुटीबाट उपहार दिने सवालमा पनि उत्तिकै दानी छन्। उनले भारत, पोर्चुगल र इजिप्ट भ्रमणका क्रममा भेटेका विदेशी समकक्षीलाई ५ लाख २६ हजार रुपैयाँ बराबरका चाँदीका प्लेट उपहार दिएकी थिइन्।


उपहारका प्लेटमा जोस्टले आफ्नो नाम र पद लेख्ने गरेकी छन्। यसअघि नेपाली मन्त्रीहरूले नेपाली परम्परागत पस्मिना, बुद्धको मूर्तिजस्ता नेपाली हस्तकला र कलात्मक सामान उपहार दिने गर्थे। ती सामान सुजाताले दिएका चाँदीका प्लेटभन्दा अत्यन्त सस्तो पर्छन्।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
maga got what they voted for
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
where are Hunter Biden and Biden got 40k maga hounds?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters