[Show all top banners]

aman

More by aman
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 Maoist Sowed Seeds for Civil war
[VIEWED 2869 TIMES]
SAVE! for ease of future access.
Posted on 05-05-09 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कटवाल र खड्काको छुट्टाछुट्टै निर्देशन


नेपाल समाचारपत्र, (काठमाडौं) सरकारद्वारा कामु प्रधानसेनापतिमा बढुवा गरिएका कुलबहादुर खड्का र राष्ट्रपतिद्वारा पदमा बहाल रहन निर्देशन दिइएका प्रधान सेनापति रुक्मांगद कटवाल सोमबार दिनभर आ-आफनै कार्यकक्षमा रहेर निर्देशन दिन व्यस्त रहे।

सरकारले बर्खास्त गरेका प्रधानसेनापति कटवाललाई राष्ट्रपति डा. रामवरण यादवले पदमा नै रहेर काम गर्न निर्देशन दिएपछि सोमबार बिहान १० बजे नै उपरथीदेखि माथिका जर्नेलहरूलाई बोलाएर अब सेना कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीर छलफल गर्नुभएको स्रोतले जानकारी दियो। यता सरकारद्वारा कामु प्रधानसेनापतिमा बढुवा हुनुभएका खड्का प्रधानसेनापति कटवालले बोलाउनुभएको बैठकमा अनुपस्थित रहनुभएको थियो।

कार्यालय समयभन्दा निकै ढिला मुख्यालय प्रवेश गर्नुभएका कामु प्रधानसेनापति खड्काले आफना नजिकका केही जर्नेलहरूलाई आफना कार्यकक्षमा बोलाई छलफल गर्नुभएको थियो।
आइतबार कामु प्रधानसेनापतिमा बढुवा भएको खबर थाहा पाउनासाथ खड्कालाई भेट्न गएका कतिपय सैनिक अधिकृत सोमबार भने उहाँको कार्यकक्षमा समेत नगएको मुख्यालय स्रोतले जानकारी दियो।

सेनाको इतिहासमा नै पहिलो पटक प्रधानमन्त्री र राष्ट्रपतिले छुट्टाछुट्टै गरेको सैन्यप्रमुख चयन, बर्खास्तगी, पुनर्वहालीका कारण सेनामा विभाजनको रेखा स्पष्टसँग कोरिएको छ।
सैनिक मुख्यालयमा रहेका कटवाल र खड्का दुवै जनाले आफनो विश्वासमा भएका अधिकृतहरूलाई उच्च र्सतर्कताका साथ रहन निर्देशन दिएपछि मुख्यालयमा केही अन्योल छाएको थियो।
एउटै संगठनमा दुइवटा प्रधानसेनापति कायम भएपछि गम्भीर बनेका सेना अधिकारीहरू यसलाई समयमानै समाधान नगरिए सेनाभित्र नै समस्या उत्पन्न हुन सक्ने बताउँछन्।

सरकार र राष्ट्रपतिप्रति वफादार सैनिक अधिकारीहरू आ-आफनै अडानमा रहेर व्याख्या गरिरहेका छन्। एक सैनिक अधिकारी भन्छन्- सेनाको इतिहासमा पहिलो पटक विशिष्ट परिस्थिति उत्पन्न भएकाले यसलाई विभाजनको संकेत भन्न मिल्दैन।तर कामु प्रधानसेनापति खड्का पक्षधर मानिने केही जर्नेलहरूले सरकार आदेशको अवज्ञा भएकाले सेनाभित्र गम्भीर संकट उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। कटवाल पक्षधर जर्नेलहरूले भने सेनाको परमाधिपति राष्ट्रपतिले नै प्रधानसेनापतिलाई यथावत् रहनु भनेकाले प्रक्रिया संवैधानिक भएको बताएका छन्।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters