[Show all top banners]

ojhasamajdhangadhi
Replies to this thread:

More by ojhasamajdhangadhi
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 नेपालीसहित ५६ लाख मानिसका नाम चन्द्रमातिर जाँदै
[VIEWED 858 TIMES]
SAVE! for ease of future access.
Posted on 04-06-26 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What you should know

  • नासाको आर्टेमिस-२ मिसनमा नेपालसहित विश्वभरका ५६ लाखभन्दा बढी मानिसका नामहरू डिजिटल एसडी कार्डमा भण्डारण गरेर चन्द्रमातर्फ पठाइएको छ।
  • यो अभियानले नयाँ पुस्तालाई विज्ञान र प्रविधिप्रति आकर्षित गर्ने उद्देश्य राखेको छ भने, ५३ वर्षपछि मानव टोली चन्द्रमाको यति नजिक पुगेको पहिलो पटक हो।
  • मिसनले भविष्यमा चन्द्रमामा मानिस उतार्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।

काठमाडौँ — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘आर्टेमिस-२’ मिसनमा चार अन्तरिक्षयात्री मात्रै होइन, ५६ लाखभन्दा धेरै मानिस पनि चन्द्रमातर्फ गइरहेका छन् । नासाले ‘सेन्ड योर नेम टु स्पेस’ अभियान चलाएर विश्वभरका मानिसहरूलाई चन्द्र यात्रामा सहभागी हुने अवसर दिएको थियो । त्यसमा नेपालसहित विश्वभरका ५६ लाख ४७ हजार ८८९ ले नाम दर्ता गराएर बोर्डिङ पास लिएका थिए ।

https://youtu.be/keKSWRHlemI

ती सबै नामहरूलाई डिजिटल एसडी कार्डमा भण्डारण गरिएको छ । सो एसडी कार्ड अहिले चारजना अन्तरिक्षयात्री सवार रहेको ओरियन अन्तरिक्षयानभित्रै छ । पृथ्वीको गुरुत्वाकार्षण रहने क्षेत्रसमेत कटेर चन्द्रमातर्फ लगभग आधा दूरी पार गरिसकेको यान अब एक सातापछि चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किनेछ । 

https://youtu.be/3PCMGvx0k-A

यस अभियानालाई सबैको साझा र समावेशी बनाउन नासाले मानिसहरूको नाम अन्तरिक्षमा सँगै लगेको हो । यसले विशेषगरी नयाँ पुस्ताका विद्यार्थीलाई विज्ञान र प्रविधिप्रति आकर्षित गर्ने नासाको विश्वास छ । यसरी लाखौँ मानिसका नाम र सपना बोकेर आर्टेमिस-२ अन्तरिक्ष अन्वेषणमा निस्किएको छ ।  

https://youtu.be/KquHVa2sDMc

शनिबार साँझसम्म अन्तरिक्षयात्री र ५६ लाखभन्दा धेरै मानिसका नामहरू पृथ्वीबाट १ लाख ६० हजार माइल भन्दा टाढा पुगिसकेको नासाले जनाएको छ । यस मिसनमा कमान्डर रीड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर र मिसन विशेषज्ञ क्रिस्टिना कोच र जेरेमी ह्यानसेन रहेका छन् ।

https://youtu.be/rbnZksuW8JQ

उनीहरू चन्द्रमाको सतहमा भने ओर्लिने छैनन् । तर, चन्द्रमाको दक्षिणी ध्रुव वा पछाडिको भागसम्म पुगेर एउटा फन्को लगाउनेछन् । ५३ वर्षपछि मानव टोली चन्द्रमाको यति नजिक पुगेको यो पहिलो पटक हो । यो मिसनले भविष्यमा चन्द्रमामा मानिस उतार्ने बलियो आधार तयार गर्नेछ ।

https://youtu.be/dnvey1H1eOk


 
Posted on 04-07-26 12:16 AM     [Snapshot: 151]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एमाले र कांग्रेसको झोले भए पछि हो एस्टै यस्ताई पोस्ट गर्ने बाहेक अरु काम छैन यो धनगढीका ओझा जी महोदयको
यो तात्तो न छारोको मिशन हो

तपैलाई थाहा छ एलोन मस्कले आइले सम्म यो बारेमा पोस्ट अर कुरा समेत नगर्या. किन कि मस्क लाई था छ की यो फोकट्या मिशन हो भनेर. मंगल ग्रह सम्म पुगीसकनु परनी हैन र ऐले सम्म. हाफ अ सेंचुरी हैव पास्ड.
५३ ईयर अगाड़ी गरेको मिशन फेरी रिपीट किन? त्यो पणि चक्कर मात्र हानेर आउन लाछ. मलाई त यों सुनेर हास पणि उठो.यो रिपीटेड मिसनले मलाई के पैला १९६९-१९७२ सम्म एस्ट्रोनॉटहरुले पाइला टेकेकई होर जस्तों पनी लागो मलाई.

अनी महोदय अफ़ूले चाही नाम धर्ता गर्या हो की हैन एसडी कार्डमा???
अनी यो मिसनले कसैलाई पनी केही कुरामाँ आकर्षित गरडैन .


 
Posted on 04-07-26 10:54 AM     [Snapshot: 379]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत्तेरी SD कार्डको ठाउमा TPS बोकेका र बोक्ने हरुले पहिलो प्राथमिकता पाउने छ भनेर लेख्नु पर्दैनथ्यो |

पितृको नाममा भागवत गीता सप्ताह लगाईने कारण के हो ? स्वर्ग पुर्याउने कि पुजारीको भुडी बडाउन सप्ताह लगाईञ्छ , त्यो लगाउने लाइ नै थाहा हुने कुरामा हामी दर्शकले टिका टिप्पणि को केहि मूल्य छैन , तेस्तै यो मिसन र इरान वार हाम्रो लागि तात्तो न छारो नै भए पनि उनीहरुको लागि त्यो सप्ताह भन्दा पनि ठुलो कुरो होला ?


 
Posted on 04-07-26 11:39 AM     [Snapshot: 415]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो मंचे मैले लाई के भको छ जेपीटी उत्तर दिने बाहेक अरु केही गरडैन जस्तों छ. अनि अली कटी बुझनी तरीकाले लेख्या भए पणि हुंथ्यों नि लोगन महोदय. अर्थ न बर्थ गोविन्द गाई कुड़ा चाई नपसक्यूम न हो . मेरो रिप्लाई के छ ओझा महोदय लाई सब्द सब्द झाकेको हो लोगन जी ?
की त एस्पेस्ट कुड़ा कोरम नत्र भए तपाई टेट्टी फ़ुरसदिलों मंचे भए चित्र हरु कोरेर बसम. दिमाग़ मन ले शान्ति पाउच . फोकट्या कुड़ा गड़न छोड़ीड्यूम.
 
Posted on 04-07-26 12:03 PM     [Snapshot: 499]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फ़ोकट्या कुडो गर्ने र कटी नबुझनी गरि कामेण्टा गर्ने मंचे आफु अनि अरुलाई चै "अर्थ न बर्थ गोविन्द गाई कुड़ा चाई नपसक्यूम न हो" भन्न पछि नपर्ने हजुर अनिको त फुर्सदै छैन , मैले SUBMIT गरि संकन पाको होइन्न कमेन्ट झरि सको, अलिकति सुद्दा सुद्दी नै गर्न नभ्याएको होइन तर Intentionally नै तेसरी लेखेको हो कि जस्तो छा | तपाइको फोटो त्यो तपाइको नाम मुनिको त होइन ? मलाई यो नक्कल गर्न अलिक ट्याम लाग्ला ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters