aman
More by aman
What people are reading
Subscribers
Please log in to subscribe to aman's postings.
:: Subscribe
|
सात वर्षपछि अहिलेकै राजसंस्था नेपालमा पुनर्स्थापित हुनेछ
|
[VIEWED 4435
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
aman
Please log in to subscribe to aman's postings.
Posted on 06-26-08 5:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Date: Sat, 14 Jun 2008 22:54:14 +053 राजनीतिक दलहरूलेराजसंस्था बिदाइको खुसियाली मनाइरहेकै बेला प्रसिद्ध ज्योतिषी एवं योगसाधक बालयोगी गोपालबाबाले अबको सात वर्षपछि नेपालमा पुनः राजसंस्था कायम हुने भविष्यवाणी गर्नुभएको छ। विगत तीन दशकदेखि योगसाधना र ज्योतिषशास्त्रमार्फत अचुक भविष्यवाणी गर्दै आउनुभएका अत्यन्त व्यस्त गोपालबाबाले विभिन्न जिज्ञासाको उत्तर दिँदै भन्नुभयो– 'सात वर्षपछि अहिलेकै राजसंस्था नेपालमा पुनर्स्थापित हुनेछ, त्यतिबेला राजसंस्थाको नेतृत्व नवयुवराज हृदयेन्द्रबाट हुनेछ, तर त्यतिबेलासम्म नेपालको आकार अहिलेको भन्दा घटेर निकै सानो भइसकेको हुनेछ।' नेपालको आकार घट्नुमा भारतकै भूमिका प्रमुख रहने ठोकुवा गर्दै गोपालबाबा भन्नुहुन्छ– 'मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराईसम्म रहेको नेपालको वर्तमान भू–भाग विखण्डनको क्रम अब छिट्टै सुरु हुनेछ, यसलाई कसैले रोक्नसक्ने छैन।' ज्योतिषशास्त्र, ध्यानयोग, तान्त्रिक गोपालबाबाले भन्नुभयो–'मुलुकबाट राजसंस्था हटाउन भारतको ठूलो हात छ, नेपाललाई विखण्डन गरी आफ्नो स्वार्थसिद्ध गर्न भारतले यो चाल चलेको हो, तर नेपाललाई सताएर भारतको पनि कल्याण हुने छैन, यो कदम उसका लागि समेत दुर्भाग्य छ।'नेपालको हजारौं वर्ष लामो संस्कृति र परम्परा बनिसकेको राजसंस्था हट्नुमा राजा ज्ञानेन्द्रबाट पनि प्रशस्त कमीकमजोरी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– पैसा कमाउन जाँगर देखाउने, तर देशको राजनीतिक स्थायित्वलाई प्राथमिकता नदिने कमजोरी राजामा देखियो, देश र जनताको फाइदाभन्दा पनि आफ्नो फाइदा हेर्ने स्वार्थीहरूको घेराउमा राजा फसे। कुन कुन ग्रह–नक्षत्रका कारण मुलुकको दुर्भाग्य हुन गइरहेको हो? भन्ने जिज्ञासामा गोपालबाबाले भन्नुभयो– 'संविधानसभाको चुनाव भएको चैत २८ गतेको दिन उत्पात र मृत्युयोगको दिन थियो, निर्वाचन आयोगले परिणाम सरकारलाई बुझाएको वैशाख २६ गते पनि मृत्युयोग थियो, यसैगरी संविधानसभासद्हरूले शपथग्रहरण गरेको दिन जेठ १४ गते उत्पात योग, मृत्युयोग र ऐइन्द्र योग गरी तीनवटै भयंकर खतरनाक योग थिए। 'नीच राशिको मंगल, शुक्र अस्त, वृहस्पति वक्री, मकर राशिको नीचको वृहस्पति राहुको साथमा, गुरु चण्डार योग, बुध अस्त, छन्, यी ग्रहका अवस्थामा अंशकाल पापांशमा छन्, तसर्थ यी सबैलाई विचार गर्दा र सिंह राशिको शत्रु गृही शनि सूर्यको शत्रु गृही जेठ महिनामै परेका कारण नेपालका लागि पीडादायी दिनको प्रारम्भ भएको हो,' गोपालबाबाले भन्नुभयो। देशका लागि यो पीडा र दुःख कहिलेसम्म रहला? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो– 'यी ग्रहहरूले आफ्नो फल नदिइ छाड्दै छाड्दैनन्, देश त टुक्रन्छ, टुक्रन्छ, अहिले प्लव नाम गरेको संवत्सर छ, जसले देश टुक्राएरै छाड्नेछ, गृहयुद्ध प्रारम्भ हुनै लागेको छ
View/Share this post only
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
| Deepak Bhatta could help bring down the three stooges |
| maga got what they voted for |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|