[Show all top banners]

abc
Replies to this thread:

More by abc
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रचण्ड PRACHANDA New interview
[VIEWED 7255 TIMES]
SAVE! for ease of future access.
Posted on 01-30-07 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्वाचनका लागि सम्झौता गरेका हौं



किशोर नेपाल


प्रचण्ड
अध्यक्ष, नेकपा -माओवादी)

अहिले मधेसको समस्याले पिरोलेको छ, होइन -

समस्या मधेसीको मात्र होइन पहाडेको पनि हो । जनयुद्ध र जनआन्दोलनको भावनाको सम्बोधन राम्रोस“ग गर्न नसक्दा मधेसको समस्या आएको हो । संघात्मकतालाई राज्यले सम्बोधन गर्नुपर्छ । त्यसो गर्न सके बितण्डा मच्चाउन चाहनेहरूलाई एक्ल्याउन सकिन्छ ।

अन्तरिम संविधान निर्माण गर्दा तपाईंले यसका लागि किन प्रयत्न गर्नुभएन -

हामीले प्रयत्न नगरेको होइन । बालुवाटार पस्ोदेखि नै महिनौंसम्म हामीले गणतन्त्र घोषणा गर्न कोसिस गरेका हौं । त्यसमा सात पार्टर्ीीई मनाउन सक्ने सम्भावना थिएन । त्यसपछि हामीले धेरै समयसम्म संघात्मकता र समानुपातिकतालाई जोड दियौं । अन्तरिम संविधानको हाम्रो मस्यौदामा स्पष्ट शब्दमा संघात्मक राज्य व्यवस्थामा जाने र निर्वाचनलाई पनि समानुपातिक बनाउने प्रस्ताव गरेका थियौं । सात दलस“गको बैठकमा पनि हामीले पटकपटक राखेका हौं । यसमा बढ्ता अडान राख्दा मुलुक संविधानसभा निर्वाचनसम्म पनि पुग्न नसक्ने देखेपछि सम्झौता गरेका हौं । त्यसको अर्थ हामीले हाम्रो एजेन्डा छोडेको भन्ने होइन ।

माओवादीले संघात्मकतास“गै जातीय स्वायत्तता जोडिएको छ । यता आएर अहिले जातीय स्वायत्ततालाई पछि राखिएको जस्तो छ नि -

त्यो सत्य होइन । हामीले जातीय आत्मनिर्ण्र्ााो अधिकारलाई सैद्धान्तिक रूपमा स्वीकार्नर्ुपर्छ भनेका छौं । त्यसलाई छोडेको वा तल पार्न खोजेको होइन ।

जातीय स्वशासनले त हाम्रो जस्तो सानो मुलुकको हित त गर्दैन नि - मुलुक जातीय राज्यका रूपमा विभाजित हुं“दैन र -

त्यस्तो होइन । जातीय स्वशासनले राष्ट्रिय एकतालाई कमजोर पार्ने होइन मजबुत पार्छ भन्ने हाम्रो बुझाई हो । यो बुझाई वैज्ञानिक पनि छ । दुनिया“मा जहा“ पनि उत्पीडित जातिलाई अधिकार दिएपछि मात्र राष्ट्रिय एकता मजबुत हुन्छ । सानो उदाहरण, महिलालाई छोडपत्रको अधिकार दिएपछि मात्र समानताको सम्बन्ध हुन्छ । यसले पतिपत्नीबीचको सम्बन्ध टुट्ने होइन आत्मीयता बढाउ“छ । त्यसैगरी राष्ट्रभित्र विभिन्न जाति, भाषाभाषीबीचको सम्बन्ध मजबुत बनाउन परम्परागत राज्यले जसलाई भेदभाव गरेको छ, तिनलाई अधिकार दिनर्ुपर्छ ।

त्यसो भए फेरि ३६ जातकै फूलबारी बनाउनुपर्‍यो -

त्यो त छ“दैछ । त्यसलाई लोकतान्त्रिक आधारमा नया“ एकतामा बा“ध्न खोजिएको हो ।

आत्मनिर्ण्र्ााो अधिकार र संघीय शासनपछि राज्य टुक्र्याउने अधिकार हुन्छ कि ह“ुदैन -

तपाईंको प्रश्न एक हदसम्म ठीकै हो । आत्मनिर्ण्र्ााो अधिकार भनेको अलग हुने अधिकार नै हो । त्यसमा कुनै द्विविधा छैन । तर अलग हुने अधिकार नभएसम्म समानता पनि हुन सक्दैन । हाम्रो सानो देशमा जति भाषा, भाषी जाति समुदाय छन् तिनीहरू अलग्गिएर रहन आर्थिक, राजनीतिक हरेक दृष्टिले सम्भवै छैन । त्यसैले एउटै देशभित्र स्वशासनको अधिकारसहित रहनु नै राम्रो हो । अधिकारलाई मान्यता दिनु एउटा कुरा हो । कार्यक्रम घोषणा गर्नु अर्को कुरा हो ।

२०४७ को संविधानले दिएको अधिकार नपुगेर तपाईंहरू व्रि्रोहमा लाग्नुभएको होइन -

होइन, त्यसो होइन । अधिकार दिने भनेको विभाजनलाई प्रोत्साहित गर्ने होइन । अब बन्ने राज्यले पनि पहिलेको राज्यले जस्तै सबै उत्पीडित जातिमा अन्याय गर्छ, भेदभाव गर्ला भनेर पनि छुट्टनिे अधिकार हुन्छ भनेको हो ।

सामाजिक सन्तुलन कसरी मिलाउनु

हुन्छ - एउटा जातिलाई मात्र कसरी जातीय स्वायत्तता दिनु हुन्छ -

जुन भौगोलिक इलाकामा जुन भाषिक समुदायको बाहुल्यता छ त्यसैलाई आधार मानेर मगरात, थारूवान, किरा“त, तामाङ प्रदेशको नामकरण गरेका हौं हामीले । नामकरणकै आधारमा त्यो क्षेत्रमा बस्ने अन्य जातिको अधिकार नहुने भन्ने हु“दैन । कुनै प्रदेशभित्र बाहुन, क्षेत्री वा मगरको सङ्ख्या कम भए पनि उनीहरूको प्रतिनिधित्व गराउनर्ुपर्छ । त्यो गराउने काम सम्बन्धित प्रदेशको सरकारले गर्नुपर्छ ।

त्यहा“ अन्य जातिको अधिकार हनन भयो भने प्रतिरक्षा कसले गर्छ त -

कुनै एउटा प्रदेशले अल्पसंख्यकमाथि अन्याय गरेमा केन्द्रीय शासनले हस्तक्षेप गर्न सक्छ । जो जहा“ छ त्यही“बाट उसले अधिकारको प्रयोग गर्न पाउनर्ुपर्छ ।

थारूहरूले २३ जिल्लामा आफ्नो वर्चस्व रहेको बताउ“दै आएका छन् । थारूवान स्वायत्त प्रदेशमा अरूलाई कसरी राख्ने -

सरकार र अधिकारको दृष्टिले सुनसरीको थारूले सुनसरीमै अधिकार प्रयोग गर्नुपर्छ । सुनसरी अर्कै प्रदेश, भनौं न कोच प्रदेशमा पर्न सक्छ । त्यो समीकरण मिलाउन एउटा नया“ संरचना बनाउनर्ुपर्छ । थारूहरूको बाहुल्य भएको क्षेत्रलाई थारूवान प्रदेश बनाउनर्ुपर्छ । तर देशैभरिका थारूहरूलाई आफ्नो अधिकारको रक्षाका लागि थारू राष्ट्रिय मुक्तिमोर्चा पनि बनाउनर्ुपर्छ । त्यसैगरी अन्य जातिमा पनि ।

त्यो त एउटा पार्टर्ीीे ढा“चा भयो होइन र -

त्यो पार्टर्ीीे मात्र होइन, सत्ताको पनि ढा“चा हुन सक्छ ।

त्यसो भए जातीय स्वशासनको कुरा प्रतीकात्मक हो । अर्थात् संविधानमा लेख्नेसम्म ।

त्यतिमात्र बुझ्दा अपुरो हुन्छ । लामो समयदेखि केन्द्रीकृत सामन्ती राज्यले पछि पारेको सिङ्गै जाति र भाषिक समुदायलाई राज्य सञ्चालन प्रक्रियामा अगाडि ल्याउने र उनीहरूको भाषा, संस्कृतिलगायत सबै चीजको मालिक उनैलाई बनाउने प्रक्रिया हो भन्ने बुझ्दा बढी ठीक हुन्छ जस्तो लाग्छ ।

अबको संविधानमा आत्मनिर्ण्र्ााहितको संघीय शासन हुन्छ भनेर अहिल्यै लेखिनर्ुपर्छ भन्ने हो -

त्यसमा पनि दुइटा पाटा छन् । हाम्रो भनाइअनुसार त्यसलाई अहिल्यै स्वीकारिनर्ुपर्छ र अन्तरिम संविधानमा राखिनर्ुपर्छ । हाम्रो यो भनाइमा अन्य दलहरू सहमत छैनन् । त्यसैले हामी सम्झौता गर्न बाध्य छौं । अझै सम्झौता गर्न तयार पनि छौं । तर त्यसमा अहिले सम्झौताको विन्दु हुन सक्ने र आठ दलको बैठकमा राखेको कुरा के भने कम्तीमा हामी संघात्मकमात्र भनौं न त । संघात्मकको परिभाषा संविधानसभाले गरोस् । संघात्मकको आधार जातीय वा क्षेत्रीय आधारमा हुने टुङ्गो संविधानसभाले लगाए पनि अहिले त्यतिमात्र भनौं भनेका हौं । त्यसमा अन्य दल सहमत नभएपछि एकात्मक र केन्द्रीकृत राज्यको अन्त्य गरी समावेशी राज्यको निर्माण गर्ने सम्झौता भएको हो ।

अन्तरिम संविधानले नै समस्याहरूको सम्बोधन गर्नुपर्छ भन्ने तर्राईमा उठेको आवाज ठीक छ भन्ने तपाईंको भनाइ हो -

हाम्रो पार्टर्ीी पहिलेदेखि त्यसै भन्दै आएको हो । संघात्मकताको कुरालाई अहिल्यै अन्तरिम संविधान संशोधन गरेर गर्नुपर्छ र समानुपातिक निर्वाचनको प्रक्रियातर्फपनि जान्छौं भन्दिनर्ुपर्छ । त्यसो भए वार्ता गरिरहनर्ुपर्छ भन्ने छैन । त्यसमा पनि ढिलाइ भइरहेको छ । अन्तरिम व्यवस्थापिकाले गणतन्त्र घोषणा गर्ने तयारी गर्नुपर्छ । दरबारियाहरू शान्तिपर्ूण्ा रूपमा संविधानसभा निर्वाचन हुन नदिन परम्परागत शक्ति प्रयोग गर्दैछन् भने हामी अगाडि बढेर गणतन्त्र घोषणा गर्नुपर्छ । सोमबार आठ दलको बैठकमा पनि म यही धारणा राख्दैछु ।

अन्तरिम व्यवस्थापिकाले गणतन्त्र घोषणा गरे त्यो निर्ण्र्ााो प्रतिरक्षा गर्ने शक्ति आठ दलस“ग छ त -

आठ दलले इच्छा शक्ति देखाए त्यो तागत छ भन्ने लाग्छ । सवाल कहा“नेर छ भने एउटा त अन्तर्रर्ााट्रय समुदायले मान्यता दिन्छ कि दि“दैन भन्ने हो । अर्को आन्तरिक रूपमा नेपाली सेनाले के गर्छ भन्ने हो । आठ दल एकताबद्ध भएर गए स्थिति नियन्त्रण गरेर लग्न सकिन्छ

भन्ने लाग्छ । तर त्यो सानो इच्छाशक्तिले हु“दैन । दृढतापर्ूवक जानर्ुपर्छ । सबैभन्दा पहिले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै संविधानसभा निर्वाचन हुन नदिने परिस्थिति सिर्जना भएको आह्वान अन्तर्रर्ााट्रय समुदाय र नेपाली जनतालाई गर्ने हो भने लाखौं जनता सडकमा ओर्लन सक्छन् ।

तर तपाईंहरूले बनाएको अन्तरिम संविधान अझै क्रियाशील हुन सकेको छैन -

यही विडम्बना छ । अहिले मधेसमा चार, पा“च सय मान्छे पर््रदर्शनमा उत्रेका छन् । त्यसमा केही मान्छे बाहिरबाट पनि ल्याइएका छन् । त्यसमा सबैभन्दा बढी दरबार क्रियाशील छ भन्ने सबैले बुझेकै हो । यसको पछाडि ठूलो डिजाइन छ भन्ने स्पष्ट हुन्छ । अमेरिकी राजदूत जनकपुरमा गएर वितण्डा मच्चाउनेहरूलाई सम्बोधन गरेर सरकारलाई उनीहरूस“ग पनि वार्ता गर्नुपर्छ भनेर सुझाव दिए । उता भारतका हिन्दु अतिवादीमात्र नभएर ब्युरोक्रेसीको एउटा सानो समूहले पनि मधेसलाई आफ्नो नियन्त्रणमा लिने उद्देश्य राखेको छ । सात दलले पनि मधेसबाट माओवादीलाई बढार्ने नीति अख्तियार गरेजस्तो लाग्दैछ ।

घटना बढ्दै जा“दा आठ दलको नियन्त्रण बाहिर पुग्लाजस्तो लाग्दैन -

नियन्त्रणभन्दा बाहिर गएको भन्न मिल्दैन । समयमा नियन्त्रण गर्न चाहेनन् भन्ने त लागेको छ । अहिल्यै चुनाव हुने हो भने माओवादीको पक्षमा जनलहर आउ“छ भन्ने बुझेको छ, खासगरी अमेरिकाले । छिटो चुनाव गरे परिणाम माओवादीतिर जाने सबैलाई लागेको छ । त्यसैले राजदूतहरू माओवादीले बिहारबाट थोत्रा हतियार किनेर ल्याएर कन्टेनरमा हालेकोे कुरा गर्दा पनि सरकार कानमा तेल हालेर बस्छ । त्यसो होइन भन्न सक्दैन ।

तपाईंहरू एकातिर पुलिस चौकी स्थापना गर भन्नु हुन्छ, अर्कोतर्फतपाईंका कार्यकर्ता त्यसमा बाधा पुर्‍याइरहेका छन् -

एकाध घटना होलान् । समग्रमा त्यस्तो छैन । हाम्रो निर्ण्र्ाा९९ प्रतिशत लागू भएको छ । कतै गाउ“लेले पनि अवरोध पुर्‍याएका छन् । सरकारलाई मन नपरेको काम भयो भने सबै माओवादीले गरेको भन्ने चलन छ । यस्तो मानसिकता नहटाउने हो भने यो देशको भविष्य डरलाग्दो हुनेछ ।

प्रधानमन्त्री कोइरालास“ग धेरै नजिक रह“दै आउनुभएको छ । उहा“को भनाइ के छ त -

अहिले कोइराला यस्तो पात्र हुनुभएको छ कि उहा“स“गको सहमतिले मात्र नया“ नेपाल बनाउने प्रक्रिया अगाडि बढाउन सकिन्छ । मान्छेले यसलाई गलत पनि बुझेका छन् । सत्य के हो भने सङ्क्रमण हटाउन कोइरालास“ग समन्वय गरेर मात्र सकिन्छ । नोना कोइरालाको निधनले गिरिजाबाबु अहिले मानसिक तनावमा हुनुहुन्छ । यसले पनि धेरै असर गर्छ भन्ने लाग्छ ।

कोइरालापछि सत्ताको उत्तराधिकार आफैंमा आउ“छ भन्ने लाग्दैन -

सबैले त्यसरी नै सोचेका छन् जस्तो लागेको छ । यो मेरोभन्दा पनि मेरो व्यक्तिगत प्रवृत्तिस“ग सम्बन्धित कुरा हो । भोलिको नेपालको नेतृत्व यही प्रवृत्तिले गर्छ भन्ने लागेको छ ।

नेपालको राज्य सत्तामाथि तपाईंहरूको एकाधिकार स्थापना हुने सम्भावना कत्तिको देख्नुभएकोे छ -

हामी एकाधिकारवादी होइनौं र हु“दैनौं । हामीले धेरै सिट ल्यायौं र सरकार बनायौं भने सबै प्रकारका अतिवादबाट मुक्त नेपाल बनाउन चाहन्छौं । सन्तुलित नेपाल चाहने सबैले हामीबाट नअत्तालिए हुन्छ । भ्रष्टहरूप्रति चाहि“ हाम्रो तानाशाही हुन्छ । सबै सरकार र राज्य एकैसाथ तानाशाही र लोकतान्त्रिक पनि हुन् । दुष्टहरूका लागि तानाशाही र सज्जनका लागि लोकतान्त्रिक । हिजोदेखिका सामन्तका अधिकारमाथि हस्तक्षेप गरेपछि मात्र लाखौं करोडौंको अधिकार सुनिश्चित गर्न सकिन्छ । हामी त्यस्तो हस्तक्षेप गर्नेछौं ।
 
Posted on 01-30-07 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prachanda is now well compared with Girija , Makunae, Deuba and all. He does not have different character than others. He is same like other leaders .

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters