[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 टेवलमा लड्न मलाई गाह्रो भयो, सडकमा आउनुस'
[VIEWED 12298 TIMES]
SAVE! for ease of future access.
Posted on 05-13-12 6:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



जातीय पहिचानको बिरोधीको प्रतिरोध गर्न प्रचण्डको आह्वान

'टेवलमा लड्न मलाई गाह्रो भयो, सडकमा आउनुस'

 

३१ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय पहिचानको विरोध गर्नेहरुको प्रतिकार गर्न आदिवासी जानजातिलाई आहृवान गर्नु भएको छ ।

आइतबार आफ्नै निवास लाजिम्पाटमा धर्नामा बसेका आदिवासी जनजाति नेता-कार्यकर्तालाई सम्वोधन गर्दै प्रचण्डले संघीयता विरोधीहरुले सडक कब्जा गर्न खोजेको भन्दै शान्तिपूर्ण ढंगले प्रतिवादमा उत्रन आहृवान गर्नुभयो । ‘संघीयता विरोधीहरुले सडक कब्जा गर्ने जुन दुस्साहस भएको छ, त्यसको तपाईहरुले शान्तिपूर्ण रुपमा प्रतिवाद गर्न जरुरी छ । देशभरीका सम्पूर्ण उत्पीडितहरु मजदूर, किसान, सम्पूर्ण आदिवासी जनजातिहरु एकजुट भएर उठ्नु पर्छ ।’ प्रचण्डले भन्नुभयो । संघीयता हुनुहुँदैन, जनता सडकमा आइसके भनेर दलहरुबीचको वार्तामा पहिचान मेट्ने प्रयास भइरहेको भन्दै उहाँले वार्तामा एक्लै लड्दा आफूलाई ग्राहो भएको बताउनु भयो । ‘म एक्लैले वार्तामा लड्दा गाह्रो हुँदोरहेछ’ प्रचण्डले भन्नुभयो-’संघीयता हुनु हुँदैन भनेर संघीयता विरोधीहरु अराजक रुपले हिडेको स्थिति छ, वार्तामा पनि उनीहरुकै स्वर चर्को भएको जस्तो भएको छ ।’

उहाँले पहिचानको विरोधीहरुले जिते फेरि निरंकुशता आउनसक्ने बताउनु भयो । प्रचण्डले भन्नुभयो-’पहिचानसहितको संघीयता हुने वा नहुने भनेर निकै ठूलो लडाई चलिरहेको छ । यो लडाई हामीले जित्नै पर्छ । तपाई हामीले जितेनौं भने फेरि एकचोटी निरंकुशतन्त्र लादिने स्थिति छ ।’ माओवादी अध्यक्ष प्रचण्डले आफू पहिचानका लागि लड्दै आएको भन्दै कुनै हालतमा सम्झौता नहुने बताउनु भयो । माओवादीले पहिचान छाडिसक्यो भनेर भ्रम फैलाउन खोजिएको भन्दै प्रचण्डले भन्नुभयो-’अब पहिचानमा सम्झौता गरिन्न । म टेबुलमा लडिरहँदा पनि यथास्थितिबादीले प्रचण्डले छाडिसक्यो भनेर भनेका छन् । पहिचानसहितको संघीयतामा सम्झौता गरिन्न ।’

प्रचण्डले लडाकू समायोजन भएको एक हप्तामै संविधान बन्छ भन्ने कांग्रेस र एमालेले अहिले विभिन्न बहानामा संविधान निर्माणमा अवरोध गरेको आरोप लगाउनु भयो । ‘माओवादीले सेना समायोजन गरेको एक हप्तामा संविधान बन्छ भन्ने भनेर कांग्रेस र एमालेका साथीहरूले भन्नुभयो । सेना समायोजन भएको झण्डै दुई महिना भइसक्यो’ उहाँले भन्नुभयो-’संविधानको अत्तोपत्तो छैन, संघीयताकै विरोधमा आवाज निकाल्न थालिएको छ ।’

एकल जातीय पहिचानको पक्षमा जनजाति सभासदहरुले मोर्चाबन्दी गरे लगतै दलहरुले कुनै हालतमा हृवीप तोड्न दिँदैनौं भनेर नेताहरुले आफूलाई धम्क्याउन थालेको बताउनु भयो । माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो-’तपाईहरु सबै जनजातिका प्रतिनिधिहरुले जातीय पहिचानसहितको संघीयताका निम्ती हामी हृवीप पनि तोड्छौं भन्नुभयो तर मलाई नेताहरुले कुनै पनि हालतमा हृवीप तोड्न दिइने छैन । संघीयतामा जान दिँइदैन भनेर धम्काउन थालेका छन् ।’

भेटमा जनजाति नेताहरुले भने जातीय पहिचान विनाको संघीयता स्वीकार्य नहुने भन्दै सडकमा उत्रने तयार रहेको बताएका छन् ।

http://onlinekhabar.com/2012/05/162354.html

 
Posted on 05-21-12 3:16 PM     [Snapshot: 401]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देख्न  भो त प्रचण्ड को आव्हान मा जनजाती ले गरेको बन्द , यो प्रचण्ड लै सघाउन गरेको बन्द हो जना जाति ले

 
Posted on 05-21-12 4:06 PM     [Snapshot: 460]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

यो मूजी प्रचंडे लाइ उसैको माओ सिपाई ले ठोक्छ गोलि एक दिन. पातकी ले देशलाइ नै रुवान्डा बनाउन लाग्यो

 
Posted on 05-21-12 11:13 PM     [Snapshot: 643]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 त्यो दिन कहिले आउने हो खै. तेही आस मा छु, कुन दिन कसैले ले उसलाई मारने हो कुन्नि
 
Posted on 05-22-12 12:48 AM     [Snapshot: 668]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलि सोच्न सक्ने विचार र दिमाग छ भने सब्बै कुरालाई चारै दृस्टीबाट हेरुम | जातीय पहिचान भनेको राम्रो कुरो हो तर बुझ्नेले अर्कै बुझे | बाहुनले अन्य जातकालाइ पेलैकै हुन् , यो कुरो धुर्बसत्य हो | म प्रचण्डभक्त होइन तर उ बाहुन भैकन अन्य जातिका निम्ति आवाज उठाउने संभवत इतिहासमा पहिलो बेक्ती हो | शायद तेसैले होला उसलाई साथ् दिनेहरुमा सर्वहराबर्गका हरेक जात बिशेषहरु छन् | यो कुरालाई नकार्न सकिन्दैन | तर जुन हिसाबले उनीहरुको क्रान्तिले इतिहासमा एउटा कडी रच्यो , त्यो ज्यादै दर्दनाकपूर्ण छ | तेसैका कारण पनि उ धेरैको निम्ति घृणाको पात्र हुन सक्छ | दशौ हजार नेपालीको ज्यान गएका छन् , न माओबादी न सैनिक न सर्बसाधारण , ती थिए सब नेपालीहरुनै | येसरी आज तेत्रा शहिदहरुको बलिदान स्वरूप संबिधान सभाको निम्ति जुन खाका तयार भएका थिए , तेस्लाई धुलमुलौना अनेक भारतीय कठपुतली रुपी हाम्रै कथित नालायक कांग्रेश र एमालेका चोर नेताहरु लागिपरेका छन | यिनीहरु अझै पनि अरु निम्न जातबिशेषहरु माथिल्लो ओहदामा पुगोस भन्ने भित्रि हृदयबाट पक्कैपनि चाहदैनन् | सम्भिधानसभाबाट त्यो सम्भव छ तर यिनीहरु मुखले सम्भिधानको राग जपे पनि भित्रि मनमा भने तेसो नहोस भन्ने चाहन्छन | यो मैले भनि राखेको छैन , तिनीहरुको बेवारले चिचाई-चिचाई कन करै रहेका छन्  र अन्तत्वगत्वा यिनीहरुलाई नै फाइदा हुने यिनीहरुले देखिरहेका छन् किनभने जब भोलि सम्भिधान बन्दैन , तब यिनीहरु नै शक्तिमा रहन पाउछन र जब जातीयताको नाममा युद्ध हुन्छ दोष भने सब माओबादीलाइ | येसरी माओबादी पनि नाशिने र संबिधान पनि नबन्ने भएपछि के चाहियो | जातीयताको युद्धलाई उकास्न भारतीयहरुको धेरै हात छ | संघियताको आधारमा जातीय पहिचान खोजेका उनीहरुलाई यी भारतीय दलालहरुले अर्कै हिसाबले प्रस्तूत गरि रहेका छन् | आफ्ना जात जातिका उत्थानका निम्ति आफ्नै जातकाले बाहेक अरुले मतलब गर्दैनन् भन्ने उनीहरुको सोचाई  सोराइ आना ठिक हो र तेस्सैका निम्ति सरकारमा प्रतिनिधित्योको मागलाई अहिले आएर अनेक किसिमले बिथोल्न कोशिश गरिदै छ | एसका आफ्नै कारणहरु छन् जुन उनीहरुलाई राम्रो संग थाहा होला |

 
Posted on 05-23-12 3:08 PM     [Snapshot: 934]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sap ,
I read your version long time ago by different name , I beleive it. If it is too much to afford his crap. धेरै अगी साइड लगाई सक्नु पर्ने हो .


 
Posted on 05-23-12 3:41 PM     [Snapshot: 958]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 यहि गधा हो नेपाल र नेपाली समाज को असली भाइरस / सदियौं देखि मिलेर बसी आएका नेपाली हरु लाई आदिबासी र पुराबसी को नाम मा भिडाउन खोज्दैछ / कहिले क्रान्ति को नाम मा एक नेपाली लाई अर्को नेपाली को हत्या गर्न उकास्छ कैले नेपाल जस्तो जटिल सामाजिक संरचना भएको देश मा जातियता को खेति गर्छ / भोलि नेपाल जातीय दंगा मा गयो भने तेस्को राप ले यो र यसका आफन्तजन अछुतो रहलान ? खोइ यसले सोचेको ? प्रधानमन्त्री को कुर्सि को लागि १५००० गरिब नेपाली को ज्यान मार्यो अब झन् यसको रास्ट्रपति हुने चक्कर मा कति निर्दोष हरुको रगत बग्ने हो/ 
नेपाली समाज मा केहि उचनीच भएको सत्य नै हो तर त्यो अब धेरै दिन सम्म टिक्न सक्दैन/ समय धेरै बदलि सकेको छ /  हामी नेपालमा बस्ने कोहि पनि कोहि भन्दा कम नेपाली होइनौ/ सबैले देश लाई माया गरौ, हामी बीच भएको बन्धुत्व मर्न नदिऔ बरु यस्ता फ्याउरो हरु हरुलाई दुध बाट झिङ्गो फ्याके जस्तो फ्याकिदिउ // जय नेपाल/ हामी नेपाली बीच को आपसी सदभाव कहिले पनि नमरोस !!

 
Posted on 05-23-12 5:30 PM     [Snapshot: 1063]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sadak ma ta  jhan last garo raichha---- Jau saaathi ho jungle pasau.....

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters