[Show all top banners]

hukke
Replies to this thread:

More by hukke
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बोल्सेविक क्रान्ति का कुर गर्ने हे ठुला नेता तिम्रा घैटा मा घाम कैले लाग्छ
[VIEWED 6260 TIMES]
SAVE! for ease of future access.
Posted on 06-02-08 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सत्ता र कुर्सी को यो खेल बाट कोइ अचुतो छैन।
प्रचन्ड को भनाइ हामी देश बाहिर बसेर सुन्ने हरु लाई हास्सापद लाग्छ। बोल्सेविक क्रान्ति का कुर गर्ने हे ठुला नेता तिम्रा घैटा मा घाम कैले लाग्छ खै। अैले को संचार माद्यम भनेको उती बेलाको जास्तो हैन। र कान्तिपुर र आन्य पत्रीका भनेका कुनै पार्टी बिशेष का मुख पत्र हैन, अझ यो जनादेश हैन न त यो दृष्टि नै हो वा यो कुनै समय को देशान्तर नै हो। तिम्रा पार्टी का मुख्पत्र ले मात्र तिम्रा हरेक शाही गलत कुरा लाई सधैं राम्रो भनी लेख्लान तर देश का सबै पत्रीका तिम्रा मुख पत्र होइनन।
बकुला ले पोखरी को बिच मा बसेर अब म माछा खान्न भनी तपस्या गरेझै किन गरी र छ अैले माओवादी।
कासी को पन्डा जस्तो सबै मेरै हुनुपर्छ भन्छ माओवादी।
धेरै हाले भने चर्को हुने नुन जस्ता पुन को किन समर्थन गर्छ यो माओवादी।
माओवादी पर्टी ले किन आफ्नु वार्षिक हिसाब किताब जनसामु ल्याउन सक्दैन।
सधैं किन दुध को साथी बिरालो जस्तो गलत कुराको धक्चोप गर्छ माओवादी।
तिम्रा ति खोला ले बगाएर  र पहिरा ले पुरिएर पनि बाँकी रहेका हतियार को आझै तबज किन देखाउछौ।
 
Posted on 06-02-08 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसरी गरे माओवादीले आक्रमण

लक्की चौधरी

जेठ १९ - घटना कैलालीको स्थानीय दैनिक 'धनगढी पोस्ट' र 'श्री नेपाल टाइम्स' मा लेख प्रकाशित भएपछि सुरु भएको हो । एउटै लेख धनगढी पोस्टमा जेठ ११ र श्री नेपाल टाइम्समा जेठ १३ गते 'कस्तो दुर्ुभाग्य, कतै ऐन कतै चैन' शर्ीष्ाकमा छापिएको थियो ।

लेखमा मुख्य दर्ुर्ुइवटा मुद्दा उठाइएका थिए । एउटा उर्मा गाविस-४, रामपुरमा बनाइएको कृत्रिम तालको पानी उपभोग र ठेक्काबाट उठेको रकमको विषय थियो । अर्को सोही वडास्थित प्रसिद्ध बेहडाबाबा शिवजीको मन्दिरमा बर्सर्ेे लाग्ने मेलाबाट उठेको आम्दानीको अनियमितताबारे थियो । ताल सोही वडावासीले १९९७ सालमा ठूलो बा“ध बा“धेर सि“चाइ प्रयोजनका लागि बनाएका थिए । २०५२ साल अगाडिसम्म तलाउ गाउ“को मातहतमा थियो । सि“चाइ प्रयोजनमा रोकतोक थिएन । तालको पानीले १ सय ३५

बिघा जमिनलाई बाह्रै महिना सि“चाइ पुग्थ्यो ।

सशस्त्र द्वन्द्व सुरु भएपछि ०५२ सालदेखि ताललाई गाविस मातहतमा ल्याइयो । गाविसले ताललाई माछा पालनका लागि ठेक्कामा लगायो । ठेक्काबाट पाउने रकम भने माओवादीले उठाउन थाले । यो क्रम ०६४ सालसम्म रह्यो । ठेक्काबाट उठेको रकमको ४० प्रतिशत गाउ“लेलाई दिने सम्झौता भएको थियो । गाविसले नै त्यो रकम पाएन भने गाउ“लेले झन् कहा“बाट पाउनु । गाउ“लेले सि“चाइका लागि पानी पनि पाउन छाडे । गाविसले पानी नफाल्ने र्सतमा ठेक्का दिएको बताए पनि ठेकेदारले आफूखुसी तालको पानी फालेर माछा मार्न थाल्यो । सि“चाइको एकमात्र आधार तालको पानी बेमौसममा बाहिर फालेर सुकाइदिएपछि गाउ“लेले पटक-पटक गाविस र जिल्ला प्रशासनमा गुनासो गरे । त्यसको कुनै सुनुवाइ भएन ।

अर्को मुद्दा तालमाथिको डा“डामा रहेको बेहडाबाबा शिवमन्दिरको आम्दानीको हो । हरेक साल जेठको गंगादशहरामा त्यहा“ ठूलो मेला लाग्ने गर्छ । मेला सञ्चालनका लागि व्यवस्थापन समिति बनाइएको छ । त्यो समितिमा माओवादी कार्यकर्ताकै बाहुल्य छ । त्यसअघि मन्दिरका पुजारी बरिखा गिरीको मातहतमा मेला चल्थ्यो । त्यसबापत उठेको रकम स्थानीय बेहडाबाबा मावि र पुजारीको संरक्षणमा रहन्थ्यो । कसैले दाबी गर्दैनथे । द्वन्द्व सुरु भएपछि मेलाबाट माओवादी कार्यकर्ताले रकम उठाउन थाले ।

यिनै दर्ुर्ुइ विषयलाई मैले उक्त लेखमा समेटेको थिए“ । मुलुक शान्तिको बाटोमा उन्मुख भइसकेको र माओवादी पनि सरकारमा गइसकेको अवस्थामा स्थानीय जनताले ताल ठेक्का र मेलाबाट उठेको रकमको हिसाबबारे जानकारी पाउनुर्ुपर्छ भन्ने मेरो माग थियो । पत्रिकामा लेख प्रकाशित भएपछि गाविसले जेठ १३ गते नौवटै वडाका बासिन्दालाई पत्र लेखेर छलफलका लागि मन्दिर परिसरमा बोलायो । बैठकमा मलाई पनि बोलाइएको थियो । एक जना पत्रकार साथीलाई लिएर म छलफल स्थलतिर हि“डे । करिब साढे बाह्र बजेको थियो । मन्दिर परिसरमा नौवटै वडाका र्सवसाधारण जम्मा हुनेक्रम जारी थियो । हामी भेला स्थलमा पुग्नै लागेका थियौं ।

त्यसैबेला मेला व्यवस्थापन समितिका अध्यक्ष फूलराम चौधरी, सचिव रतन खाती र माओवादीका समानुपातिक उम्मेदवार रामसमझ रानाले नेतृत्व गरेको करिब १२/१५ जनाको समूह आएर 'केही कुरा गनर्ुर्ु भन्दै बाटैबाट तानेर लग्यो । मन्दिरकै तल खाल्डोमा लगेर उनीहरूले 'हामीविरुद्ध कलम चलाउने त“ को होस् - माओवादीस“ग हिसाब किताब खोज्ने - त“ गृहमन्त्री होस् - त“ पत्रकार गाउ“को कि सहरको -' भन्दै ममाथि आक्रमण गर्न थाले । निर्घर्ााकुटपिट गरिसकेपछि स्थानीय कनरी चौकीबाट आएका सहायक निरीक्षक वीरभद्र खडायतसहित चार जना प्रहरीले मलाई मन्दिर परिसरमा ल्याए । उनीहरू गाविस सचिव गणेशप्रसाद ओझालाई सुरक्षा दिन आएका थिए । मलाई मिटिङका लागि जम्मा भएका गाउ“लेको बीचमा लगियो । त्यसपछि पत्रिकामा प्रकाशित लेखलाई पढ्न लगाउ“दै पिट्दै गरियो । प्रहरीले खतरा देखेर मलाई मन्दिरभित्रै राखेर सुरक्षा दियो । कुटपिट गरेको मेरो घर रहेको वडा ४ का बासिन्दाले थाहा पाएछन् । उनीहरू मेरो सुरक्षाका लागि त्यहा“ आए । छलफलमा आएका बा“की ८ वटा वडाका बासिन्दा आफूहरूलाई छलफलका लागि बोलाएर कुटपिट गर्न थालिएको भन्दै त्यहा“बाट भागे । त्यहँ“ माओवादीका करिब १५/२० जनामात्रै बा“की थिए । गाउ“ले र माओवादी कार्यकर्ताबीच एकछिन भनाभन भयो । त्यही भनाभनपछि झडपमा परिणत भयो । झडपबाट मेला व्यवस्थापन समितिका सचिव रतन खाती घाइते भए । अन्य सबै घटनास्थलबाट बेपत्ता भए । झडप साम्य भएपछि मलाई मन्दिरबाट बाहिर निकालेर गाउ“तिर लगियो । मेरो घरमा पुगेको पा“च मिनेटपछि धनगढीबाट पत्रकार र मानव अधिकारवादीको टोली आइपुग्यो । घटनाबारे जानकारी लिइसकेपछि उनीहरूले गाउ“मा खतरा देखेर मलाई तत्काल धनगढी लगे । धनगढी पुगेलगत्तै गाउ“लेमाथि फेरि आक्रमण भएको खबर पाए“ । त्यसमा ९ जना निर्घर्ााकुटिएको जानकारी पाए“ । केही छिनमै घाइतेहरूलाई सेती अञ्चल अस्पताल पुर्‍याइयो । सा“झको बेला एक जना घाइतेलाई लिएर केही पत्रकार साथीहरूस“ग म अस्पताल गए“ । अस्पतालको इमर्जेन्सी कक्षको ढोकामै घाइते खडक चौधरीलाई माओवादी कार्यकर्ताले फेरि आक्रमण गरे ।

म चिकित्सकलाई जचाएर औषधि लिई सुरक्षित स्थानतिर लागे“ । त्यहा“ बस्नसक्ने अवस्था थिएन । अस्पतालमा पनि आक्रमण हुनसक्ने अवस्था थियो । गाउ“लेहरूलाई कुटपिट गरेर गम्भीर घाइते बनाइएको थियो । कसैको टाउकोमा ५/७ टा“का लगाइएको थियो भने कसैको हात भा“चिएको थियो । त्यसमध्ये मीनबहादुर चन्द र रामबहादुर चौधरीको अवस्था गम्भीर थियो । उनीहरूलाई थप उपचारका लागि भारतको लखनऊ लैजान चिकित्सकले सिफारिस गरेका थिए । वातारण आतंकित थियो ।

गाउ“का पुरुष जति बस्ने वातावरण नभएर अन्यत्रै शरण लिन गएको खबर पाए“ ।

अर्को दिन जेठ १४ गते प्रशासनले नागरिक समाज, मानव अधिकारवादी र पत्रकारहरूलाई छलफलका लागि खबर गर्‍यो । हामी प्रशासन पुग्नुअघि गाउ“का बासिन्दा र माओवादी कार्यकर्ताहरू त्यहा“ पुगिसकेका थिए । मूलद्वारबाट छिर्नेबित्तिकै 'हामीविरुद्ध लेख्ने पत्रकार यही हो, यसलाई ठेगान लगाउनुर्ुपर्छ' भन्दै माओवादी कार्यकर्ताले फेरि ममाथि आक्रमण गरे । मलाई कुटपिट गर्दा प्रमुख जिल्ला अधिकारी -प्रजिअ) क्षेत्रबहादुर भण्डारी र प्रहरी उपरिक्षक -एसपी) सुरेश केसी माथिल्लो तलाबाट मूकदर्शक भएर हेरिरहेका थिए । सुरक्षाका लागि प्रहरीहरू १०/१२ जनामात्रै उपस्थित थिए । उनीहरूले मलाई सुरक्षा दिन सकेनन् । मलाई बचाउन खोज्दाखोज्दै तीन/चार जना पत्रकार र इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशीले समेत पिर्टाई खाए । भीडबाट मलाई बाहिर निकालेर माथिल्लो तलामा रहेको प्रजिअको कक्षमा पुर्‍याइयो । पिट्ने समूह आधा घन्टासम्म प्रशासनमै थियो । पत्रकार साथीहरूले प्रजिअ र एसपीस“ग कुटपिट गर्नेलाई गिरफ्तार गर्न माग गरे तर उनीहरूले कुनै चासो देखाएनन् ।

सुरक्षाको अनुभूति नभएपछि सबै पत्रकारले त्यो रात प्रजिअ कक्षमै धर्ना दिएर बितायौं । भोलिपल्ट १५ गते गणतन्त्र दिवसको दिन थियो । गणतन्त्रको खुसियालीमा ठूलो र्‍याली निकालिएको थियो । पत्रकारले पनि प्रेस स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी माग गर्दै बिहान विरोध र्‍याली निकाल्यौं । जुलुसमा नागरिक समाज, मानव अधिकारवादी, व्यापारी, महिलालगायतले ऐक्यबद्धता जनाएका थिए । जुलुस फर्केपछि प्रशासनले कार्यालय प्रवेशमा रोक लगायो । लामो विवादपछि प्रशासनले भित्र छिर्ने अनुमति दियो । हामी जुलुसमा गएका बेला राजनीतिक दलका प्रतिनिधि र प्रशासनबीच माओवादीको कुटपिटकै विषयमा छलफल भइरहेको थियो । माओवादी नेताले कुटपिटमा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको दाबी गरेपछि बिनानिष्कर्षछलफल टुंगिएको खबर राजनीतिक दलका नेताले दिए । त्यसपछि पत्रकार, मानव अधिकारवादी, नागरिक समाजका प्रतिनिधिसहित प्रजिअ र एसपीस“ग छलफलमा बस्यांै । त्यसको आधा घन्टा नबित्दै माओवादीको नेतृत्वमा एक समूह पत्रकारविरुद्ध नाराबाजी गर्दै आइपुग्यो । सुरक्षा व्यवस्था कडा बनाइएको थियो । करिब ५ सय जनाको भीड मूलगेटबाट भित्र छिर्ने प्रयास गरिरहेको थियो । हामी माथिल्लो तलाबाट त्यो भीड हेरिरहेका थियौं । तनाव निकै बढिसकेको थियो । एकछिनपछि त्यो भीडले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थाल्यो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्‍यो, अश्रुग्या“स प्रहार गर्‍यो । त्यतिले पनि नियन्त्रण नभएपछि हवाई फाइरिङ गरियो । त्यतिखेरै गोली लागेर पर््रदर्शनकारीमध्येकै तीन जनाको मृत्यु भएको र ७/८ जना घाइते भएको खबर आयो । मृतकका शव र घाइतेहरूलाई अञ्चल अस्पताल पुर्‍याइयो । तनाव ज्यादै बढेपछि प्रशासनले धनगढी नगरमा कफ्यर्ुर्ुारी गर्‍यो ।

पत्रकारसहितको छलफलमा बसेको टोली सबै प्रशासनमै थुनिएको थियो । बाहिर निक्लने वातावरण थिएन । सा“झमात्र हामी सुरक्षित स्थानतिर लाग्यौं । माओवादी कार्यकर्ताले मलाई जहा“ देखे पनि मार्ने धम्की दिएकाले आफ्नो सुरक्षाका लागि कैलाली छोड्न बाध्य भए“ । मेरो पत्रिका अहिले बन्द छ । अहिले म निराशा र चिन्तामा दिन बिताइरहेको छु । सुरक्षाको अवस्था भने राम्रै अनुभूति गरिरहेको छु ।

मेरो परिवारका सदस्यहरूको भने साह्रै चिन्ता लागेको छ । अहिलेसम्म आक्रमणकारीहरूलाई प्रशासनले गिरफ्तार नगरेकोमा दुःख लागेको छ ।


 
Posted on 06-02-08 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गिर्फ्तारिको काम त YCL को जिम्मामा छ , कसरी आसा गर्नु हुन्छ , यिनी हरुले गिरफ्तार गर्लान भनेर . आक्रमणकारीहरू YCL हुन अनी  प्रशासनले कसरी गिरफ्तार गर्छ त  ।



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters