[Show all top banners]

rozan
Replies to this thread:

More by rozan
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 satire .... worth reading ....
[VIEWED 7212 TIMES]
SAVE! for ease of future access.
Posted on 10-03-07 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म एक सर्वसाधारण । जति पाए पनि भो नभन्नु, जति खाए पनि नअघाउनु, कुनै पनि उपचारले कहिल्यै निको नहुनु मेरा जन्मजात विशेषता हुन् । म यो धर्तीको भार, अगस्तीको अवतार हुँ ।

मेरा लागि संसारमा बडेबडे विश्वयुद्धहरू, जनयुद्धहरू, साम्प्रदायिक तथा जातीय लडाइँहरू भएका छन्  । मेरै लागि संसारमा लाखौँकोे अकालमा ज्यान गयो, गइरहेको छ ।

संसारको अपार सुरक्षा प्राप्त्ा छ मलाई । विश्वको जुनसुकै कुनामा मलाई कुनै आपत् पर्‍यो भने बख्तरबन्द गाडीहरू बारुद बोकेर हाजिर हुन्छन् । मेरै सुरक्षार्थ राष्ट्रसङ्घका शान्ति सेनाहरू आँगनमै आउँछन् । सम्पन्न राष्ट्रहरू मलाई अनुदान दिएका दियै छन्, विपन्नहरू मेरै नाममा दान लिएका लियै छन् । संसारभर िलाखौँ सङ्घसंस्थाहरू मेरो जीवनस्तर उठाउन अहोरात्र खटेका छन् । मलाई खुवाउन, पियाउन वा चुठाउन मात्रै होइन, उस्तै परे आची धोइदिन पनि तयार छन् ।

मेरै अधिकार रक्षाका लागि संविधान र कानुन छन् । सांसद, मन्त्री र नेताहरू छन् । सेना, छापामार र गुरल्िलाहरू छन् । गोला, बारुद र अनेक हातहतियारहरू मेरै सुरक्षाका लागि तैनाथ छन् । बाइबल, कुरान, पुराण, क्राइस्ट, अहमद, बुद्ध, माओ, साइबाबालगायत सबै देउताहरू मेरै पक्षमा छन् । लाखौँ कर्मचारीहरू सयौँ वर्षदेखि मेरै काममा पेन्सन पकाइरहेका छन् । सहिदहरूका सपनामा, नेताहरूका जपनामा, राजपत्रमा, घोषणापत्रमा, जुलुसमा, नारामा, संविधानका धारामा, राष्ट्रिय योजनामा जताततै म छु ।

तैपनि, म आजीवन असुरक्षित, भयभीत, गलित, भोको, नाङ्गो, हरकिङ् गाल, पिलन्धरे, रोगी, सुकुम्वासी, शरणार्थी, पीडित र प्रताडित छु ।

म नभएको भए यो संसार कति सुखी हुन्थ्यो होला ? मानिसहरू कति खुसी हुन्थे होलान् ? हरे म ! महात्मा-परमात्मा सबै खनिएर खन्याउँदा पनि कहिल्यै नभरनिे कत्रो बालुवाको रास रहेछु ? संसारैभरकिा सबै ओखती दल्दा पनि पुस्तौँसम्म घाँटीमा गाँड र कापमा हाइड्रोसिल झुन्ड्याएर हिँड्ने कस्तो घाँडो मधौरु रहेछु म !?

मेरो दुःख हटाउन बल गर्दागर्दै पुष्पलाल मरे । मेरो उद्धारमा लाग्दालाग्दै बीपी क्यान्सरको फन्दामा परे । मेरै नाम जप्दाजप्दै मनमोहन मूच्र्छा परे । मेरो चिन्ता गर्दागर्दै माधव नेपाल चाउरी परे । मेरा दुःखहरू झन्झन् मौलाए, त्यो खप्न नसकेर होला कृष्णप्रसाद झन्डै बौलाए । गिरजिाको सास जान लागिसक्यो । प्रचण्डको होशै भागिसक्यो ।

यसरी संसारका सबै सम्पन्न मानिसलाई दुःख दिएर पापको भारी बोकेर बाँच्नुभन्दा मर्नु निको भन्ने मलाई थाहा छ । यस संसारमा प्रजातन्त्र भन्ने चीज नहुने भए, बेलाबखत मैले भोट हाल्नु नपर्ने भए, मबेगर पनि कोही राजा, राष्ट्रपति वा प्रधानमन्त्री हुने भए, सरकार चल्ने भए, अड्डा-अदालत खुल्ने भए, जुलुस निस्िकने भए, आमसभा हुने भए, थपडीहरू बज्ने भए, एनजीओ-आईएनजीओहरू बाँच्ने भए म उहिल्यै आत्महत्या गरसिक्ने थिएँ । वास्तवमा म तिनीहरूकै लागि मात्र पो बाँचेको छु त ! धरोधर्म ! तिनीहरूलाई बचाउनु नपर्ने भए म उहिल्यै मरसिक्थेँ । संसारलाई यस्तो दुःख दिएर बाँच्थेँ र !


 copy paste from Nepal magazine .    by  laxman gamname.

  i like the way he  decribes  about common people.  i love  this article, so sharing  with u all.


 
Posted on 10-04-07 5:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters