[Show all top banners]

krk_nepali
Replies to this thread:

More by krk_nepali
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सम्भोग के हो र किन पुरुषमात्र दोषि ?
[VIEWED 11045 TIMES]
SAVE! for ease of future access.
Posted on 05-18-07 12:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वैयक्तिक विचार
सम्भोग के हो र किन पुरुषमात्र दोषि ?

शिव प्रकाश , मे १७

स्त्री-पुरुषबीचको यौन कि्रया, स्त्री -पुरुषको समागाम, मैथुन, कुनै बस्तुको उपायोगबाट आनन्द प्राप्त गर्ने काम र उपभोगलाई सम्भोग शब्दको अर्थका रुपमा उल्लेख गरेको पाइन्छ । सम्भोगको अर्थका वारेमा उल्लेख गरिएका यीनै अर्थभित्र सम्भोगको अर्थ खोज्दा समभोग नै सम्भोग हो भन्ने कुरा बुझिन्छ । समभोगको अर्थ भने सामान्य छ - समान् भोग ।
सर्वमान्य र सबैले बुझ्ने भाषामा सम्भोगको अर्थ स्त्री र पुरुषबीचको प्राकृतिका यौन कि्रया हो । अहिलेको समाजमा विकृतिका रुपमा बढिरहेको आप्राकृतिक यौनजन्य समलिङ्गी कृयाकलापलाई सम्भोग मानिन्छ मानिदैन यो बहसको विषय भए नभएता पनि मेरो वैयत्तिक विचारमा यो सम्भोग हैन । सम्भोको अवैधानिक उपभोग हो, यो ।
सम्भोगले पुरुषपुरुष अथवा स्त्रीस्त्रीबीचको सम्बन्धलाई नभएर स्त्री र पुरुषको सम्बन्धलाई ब्याख्या गरेको छ । त्यसैले यो सम्भोग हैन । यौनजन्य समस्या हो । जसको समाधान् प्रकृतिप्रदत्त सीमालाई नाघेर गरिदैछ । कानून मिचेर गरिएको निर्णय जस्तो ! जुन समाधान हैन समस्याको रोकथाम मात्र भने पनि हुन्छ । र, रोकथाम कहिले पनि समाधान हुन सक्दैन ।
सम्भोगका बारेमा अहिलेको समाजले अझै पनि अलिकति गलत धारणा वरण गरिरॆहेको छ । यसलाई एकपक्ष र एकपाटोबाट मात्र हेरिदैछ । जुन स्वयमा गलत छ । सम्भोगलाई एकपक्षिय उपयोग वा आनन्दप्राप्तिको विषय वा वस्तु बनाइनु हुदैन । सम्भोग भनेको निश्चय समभोग हो । समान रुपले भोग वा उपयोग गरिने वस्तु तथा विषय हो - सम्भोग ! दुईविपरित लिङ्गकाबीचमा दुईपक्षिय सम्झैताद्वारा कि्रयान्वित हुने कि्रया हो - सम्भोग ! निरन्तरको प्रकृया हो - सम्भोग ! जसको उपयोग र उपभोगबाट उपलब्ध हुने आनन्द दुबैपक्षले सकेसम्म अधिकतम् रुपमा प्राप्त गर्ने प्रतिस्पर्धा गरिरहेका हुन्छन् । वैमनस्यता रहित स्वच्छ, स्वस्थ्य र अनुपम् आत्मिय अनुभूतद्वारा गरिने प्रतिस्पर्धा हो - सम्भोग ! सम्भोग नै संसारको एउटा मात्र आत्मिय प्रतिस्पर्धा हो, जहाँ प्रेमको भावना भरिपूर्ण हुन्छ । यसलाई एकपक्षिय ढंगले सोच्नु वा अथ्र्याउनु सवर्था गलत धारणा हो । जुन धारणभित्र हाम्रो लगायत अन्य समाजहरु पनि रुमलिएको छन् ।
सबैभन्दा मीठो सम्मोहन सम्भोगमा हुन्छ । यो अवचेतन अवस्थामा हुने प्रकृया पनि होइन । पूर्ण चेतन र शारीरिक तथा मानसिक रुपले स्वस्थ्य प्राणीकाबीच हुने एउटा परम् प्रकृया हो । अमानवीय प्रकृया पनि होइन सृष्टिको समुदयको स्रोत हो । सम्पूर्ण प्राणीजगत्को जीवन प्रकृयासंग अभिन्न रहेको विषय भएता पनि मानवीय सभ्यताको आवश्यकता हो - सम्भोग ! सृष्टि र सभ्यताको सुरुवात नै यसैवाट हुन्छ । नत्र यो संसारमा प्रेम भन्ने कुरा रहने नै थिएन होला ! अर्को अर्थमा प्रेमको पराकाष्ठ हो - सम्भोग ! प्रेम विना यो सम्भव पनि छैन । त्यसैले यसलाई सम्भोग भनिएको हो ।
प्रेमको तलाउँमा डुबेर सम्भोगको सतहमा पुग्नु लाई म अपराध मान्दिन । सबै वस्तुको प्रकृया हुन्छ । त्यही प्रकृया अनुरुप सबै विषयहरु संचालित हुन्छन् । प्रेमको प्रकृया र विषयहरु पनि यसरी नै संचालित हुन्छन् । सम्भोगको प्रकृया जहिले पनि प्रेमबाट सुरु हुन्छ । यदि त्यो प्रेमबाट सुरु हुदैन भने त्यो सम्भोग हुदैन । या त त्यो वेश्यावृत्ति हुन्छ । या त्यो वलत्कार वा करणी हुन्छ ।
वलत्कार र करणी सम्भोग हैन, यो त अपराध हो । पाप हो । दुष्कर्म हो । कुकृत्य हो । प्रेमपूर्ण रुपमा गरिने प्रकृयाका विरुद्धको घोर अपराध हो । अपवादका रुपमा भएका वलत्कार र करणीलाई छोडेर सम्भोग स्वयम्मा सद्भावपूर्ण संवास हो । संश्लेषण हो । मानसिक र शारीरिक शक्तिको ओजस्वी स्रोत हो ।
तर सम्भोगका बारेमा हामीमा सम्यक विचार छैन । विचारमा संतुलनता छैन । हाम्रो समाजले त्यसमा पनि मूलतः स्त्री वर्गले सम्भोग पुरुषका लागि वढी आवश्यक छ र यौनजन्य कृयाकलापमा जहिले पनि पुरुष नै वढी दोषि भएको आरोप लागिरहेको छ । किन ?
क्रमशः………
http://www.nepalipost.com/nepali/chintan.php
साभार नेपालीपोष्ट डटकम
 
Posted on 05-18-07 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

性交あなた自身
 
Posted on 05-18-07 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-18-07 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-18-07 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सम्भोगले पुरुषपुरुष अथवा स्त्रीस्त्रीबीचको सम्बन्धलाई नभएर स्त्री र पुरुषको सम्बन्धलाई ब्याख्या गरेको छ ।"

kahaa byakhyaa garieko cha???

sabai kuro bujhiyo pani.... satisfactory explanations pani paaiyo...... tara two main important thesis statement haru chaahi explain nai nagaree chodidiney???

Please explain further:

"सम्भोगले पुरुषपुरुष अथवा स्त्रीस्त्रीबीचको सम्बन्धलाई नभएर स्त्री र पुरुषको सम्बन्धलाई ब्याख्या गरेको छ ।"

"हाम्रो समाजले त्यसमा पनि मूलतः स्त्री वर्गले सम्भोग पुरुषका लागि वढी आवश्यक छ र यौनजन्य कृयाकलापमा जहिले पनि पुरुष नै वढी दोषि भएको आरोप लागिरहेको छ । किन ?"
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters