सम्पति छ । सन्तान छन् । आफन्त छन् । छिमेकी छन् । समाज पनि छ । तर संकटमा नजिक कोहि छैन । कोभिड-१९ ले निम्त्याएको संकटले झनै टाढा बनाउँदै छ समाज । भावना भएर मात्रै हुँदो रहेनछ त्यसको स्पर्श हुन नसक्दा ब्यक्तिले मानव भएको महसुस गर्न सक्दैन ।
बनेपा नगरपालिका वडा नम्वर १० मा एउटा परिवार छ । त्यो परिवारका सन्तान अमेरिकामा छन् । अमेरिकाबाट हरेक दिन अभिभावकलाई गर्नु पर्ने माया, सद्भाव र रेखदेख नियमित हुन्छ । प्रविधिको माध्यमबाट गर्नु पर्ने कर्तब्य सबै पुरा भएकै छ । अभिभावकसँग सन्तान नहुँदा जतिसुकै माया गरेको लागे पनि अपुरा हुने रहेछ । घर छ । सम्पति प्रशस्तै छ । आफन्तहरु पनि छन् । दाजुभाई पनि छन् । तर यो संकटमा कोहि आफ्ना हुन सकेनन् । भाडामा बस्नेहरु सहयोगिकै रुपमा थिए । सरकारले लगाएको निषेधाज्ञाले उनिहरु पनि आफ्नै घर गाउँ फर्के । घरमा जेष्ठ नागरिक दुई जना मात्रै ।
शुरुमा जेष्ठ नागरिक मध्ये महिलालाई अलिक गाह्रो भयो । अमेरिकामा रहेका सन्तानलाई समस्या बताए । बनेपामा रहेका आफन्तलाई खबर गरे । कोभिडको आशंकामा घर भित्र कोहि जान मानेनन् । जेष्ठ नागरिक दुबैले खाना पकाउन सक्ने अवस्था पनि रहेन । केहि छाक भोकै बस्न बाध्य भए । साथिभाईले घरको मुल ढोकामा खानाको प्याकेट ल्याएर राखिदिए । बनेपाका सक्रिय युवाहरुले केहि दिन खाना ढोकामा पुर्याए । ढोकामा राखेको खाना समेत माथी लैजाने हिम्मत दुबैमा भएन । दुबै जनालाई कोभिडको लक्षण मिल्न गयो । ज्वरोका कारण थलिएका बृद्धबृद्धाको उपचार आवश्यक भयो । अस्पताल लैजाने सन्तान नेपालमा छैनन । आफन्त, छिमेकी त झनै भएनन । कोभिड सर्ने डरले घरमा प्रवेश गर्न कसैले साहस देखाएनन । सन्तान अमेरिकामा । अभिभावकको चिच्याहट नेपालमा ।
अमेरिकामा रहेका सन्तानले धेरै ठुलो प्रयास पछि अस्पतालमा सम्पर्क गरे । बनेपा नगरपालिकाले खोलेको कोभिड डेडिकेटेड अस्पतालले सन्तानको मञ्जुरीनामा माग्यो । इमेल मार्फत सन्तानको मञ्जुरी प्राप्त गरे पछि बनेपाको कोभिड डेडिकेटेड भोमी अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले घरबाटै दुबै जनाको उद्दार गरी अस्पताल ल्यायो । कोभिड पोजेटिभ देखिए सँगै उहाँहरु दुबैजनालाई आईसियु कक्षमा राखेर उपचार शुरु गरिएको छ । जेष्ठ नागरिक दम्पतिका लागि अस्पताल सन्तान भन्दा माथी भगवान बनिदियो । दम्पती दुबैले भोमी कोभिड डेडिकेटेड अस्पताललाई धन्यवाद दिएका छन् ।
(तस्विरः बनेपाका सक्रिय युवाहरुले जेष्ठ दम्पतीलाई लगिएको खानाको पोका ढोकामा र हाल भोमी अस्पताल बनेपामा उपचारार्थ दम्पतीद्वय । तस्विरः सौजन्य)
घटना २
बनेपा नगरपालिका वडा नम्वर ७ । बनेपाको मुख्य चोक चारदोबाटो । पुरानो त्रिभुवनको शालिकको अगाडी । अग्लो घर । ब्यस्त सडक । २०७८ बैशाख २५ गते ४० बर्षिया महिलाको कोरोनाका कारण उपचारकै क्रममा निधन भयो । भाडामा कपडा पसल चलाउँदै आएकी महिलाको निधन पछि घरधनीलाई छट्टपट्टि भयो । बैशाख २६ गते घर धनी ४६ वर्षिय युवा बनेपा नगरपालिकामा स्वाव परिक्षणका लागि पुगे । ढिलो भएका कारण स्वाव नदिई फर्किए । केहि दिन देखि उनमा कोरोनाको लक्षण मिल्दोजुल्दो ज्वरो थियो । बैशाख २७ गते विहानै ओछ्यानमै उनको निधन भयो ।
शंकास्पद कोरोना । भाडामा बस्नेको कोरोनाबाट निधन । परिवार आत्तियो । आफन्तलाई खवर गरे । तत्काल घर भित्र कोहि जान सकेन । प्रहरी, प्रशासन, सेना, स्वास्थ्यकर्मी सबैलाई हारगुहार भयो । घर भित्र प्रवेश गरी शव उठाएर अन्त्येष्टी गर्न कोहि तयार भएन । जनप्रतिनिधि, नगरपालिका सबैको प्रयास निरर्थक रह्यो । अन्ततः आफन्तहरुले पशुपतिबाट शव उठाउने तीन ब्यक्ति ल्याए । दिउसो ४ बजे ओछ्यानमै रहेको शवलाई तन्नामा पोको पारेर बोलेरोमा अन्त्येष्टीका लागि पशुपति पुर्याईयो । न छिमेकी, न दाजुभाई, न आफन्त । कोरोनाको त्रासले आफन्तले शव छुने आँटसम्म गर्न सकेनन । श्रीमती र तीन छोरीका आँशु रोकिएनन । परिवार शोकमा छ ।
(तस्विरः बनेपामा भएको कोरोनाको लक्षणसँग मिल्दो तर परिक्षण नगरिएका युवाको शव उठाईदै )
जिल्लाका दुई नमुना घटना । यस्ता घटनाले समाजमा मानवियता हराउँदै गएको पुष्टी गराउँछ । कोरोना संक्रमण फैलन नदिन राख्नु पर्ने भौतिक दुरीका कारण मान्छे भित्रको मान्छे हराउँदै जान थालेको छ । एक पछि अर्काे संकट टार्न सुरक्षाका सबै उपाय अपनाउँदै मानविय सेवामा लाग्नु पर्ने आजको पुस्ता समेत यस्ता घटनामा रमिते बन्न बाध्य भएको छ । देखासिखीले सन्तानको खुशी भन्दै विकसित राष्ट्र पठाउने अभिभावकले भोग्न थालेका यस्ता कयौ समस्या छन् । सबैथोक छ सन्तान आफुसँग छैनन । सम्पति छ आफन्त छैनन । मान्छे आफ्नो रोग हैन । जिल्लामा फैलदै गएको संक्रमण न्युनिकरण, रोकथाम र उपचारमा सहजिकरण गर्न बनेपाका युवाहरुले अनलाईन अन्र्तक्रिया संचालन गरिरहेका छन् । उक्त छलफलमा यस्ता समस्याहरु समाधानका लागि युवाहरुको सक्रियताका बारेमा छलफल भएको बनेपाका सक्रिय युवा सुरज मकै श्रेष्ठले बताउनु भयो ।
कोरोना भाईरसका कारण भन्दा शंकास्पद निधन धेरै हुन थालेको स्थानीयहरुले बताएका छन् । परिक्षण नै नगर्ने प्रवृत्ति, परिक्षण सहज नगरिदिने स्थानीय सरकार र उपचार पाउन सकिदैन भन्ने डरका कारण सर्वसाधारणले परिक्षण र उपचार विना नै ज्यान गुमाउन थालेका छन् ।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.