[Show all top banners]

PickleHead

More by PickleHead
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 विदेशबाट फर्केकाले कत्रो टिभी कर नतिरी ल्याउन पाइन्छ?
[VIEWED 8142 TIMES]
SAVE! for ease of future access.
Posted on 07-18-13 6:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपालिको बजेटले विदेशबाट फर्किएकाले ल्याउने टेलिभिजनका सम्बन्धमा न‌याँ व्यवस्था गरेको छ। यस अन्तर्गत अब वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको ३० इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। यसका लागि तपाईँ वैदेशिक रोजगारमा गएर फर्किएको हुनुपर्छ। पढ्नलाई विदेश गएको वा एनआरएनले टिभी ल्याएमा करमहसूल छुट हुने छैन। वैदेशिक रोजगारमा गएकाको पनि अभिलेख राखिनेछ। यस्तो सुविधा एक पटकका लागि मात्र दिइनेछ। त्योभन्दा ठूलो टिभी वा वैदेशिक रोजगारमा नगएकाहरुले ल्याएको टिभीमा कति कर लाग्छ त ?
एलसिडी, प्लाज्मा वा एलइडी टिभी हो भने भन्सार महसुल, अन्तःशुल्क, भ्याट नलगाई निम्न अनुसारको एकमुष्ट रकम भन्सार महसुल वापत असुल गरिन्छ-
२२ इञ्चसम्मको- प्रति इञ्च १५० रुपियाँ
२३ देखि २९ इञ्चसम्मको- प्रति इञ्च २५० रुपियाँ
३० देखि ३२ इञ्चसम्मको- प्रति इञ्च ४०० रुपियाँ
३३ देखि ३९ इञ्चसम्मको- प्रति इञ्च ५०० रुपियाँ
४० देखि ४९ इञ्चसम्मको- प्रति इञ्च ५५० रुपियाँ
५० र सोभन्दा माथिको- प्रति इञ्च १२०० रुपियाँ

यो दर छ महिनाभन्दा बढी विदेशमा बसेकाहरुका लागि हो। ६ महिना वा त्योभन्दा कम विदेशमा बसी फर्कनेले ल्याएको टिभीमा माथिको शुल्कमा प्रति इञ्च ५० रुपियाँ थप हुन्छ।
मानौँ तपाईँले ३२ इञ्चको टिभी ल्याउनु भयो र तपाईँ विदेशमा छ महिनाभन्दा बढी बसेर फर्कनुभएको छ भने तपाईँले कूल ४००X३२= १२ हजार ८ सय तिर्नुपर्‍यो। छ महिना वा त्योभन्दा कम विदेश बसेर फर्कनुभएको छ भने १४ हजार ४ सय तिर्नुपर्‍ंयो।
त्यसैगरी ६० इञ्चको ठूलो टिभी ल्याउनुभएको छ भने छ महिनाभन्दा बढी बस्नेले ६०X१२०० = ७२ हजार शुल्क तिर्नुपर्‍यो। छ महिनासम्म विदेश बसेकाले भने ७५ हजार तिर्नुपर्‍यो।
नेपालमै चाहिँ यस्ता टिभीको भाउ कति पर्छ ? भाटभटेनी अनलाइनमा चेक गर्नुस्।
अरु के के ल्याउन पाइन्छ ?
सरकारले २०६५ कात्तिक १ मा राजपत्रमा सूचना प्रकाशित गरे अनुसार यस्तो सामानलाई भन्सार लाग्दैन
बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः
(१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली
नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै
मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः
(क) लुगाफाटा, बरबिर्छ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
(ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,
(ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय
ग्रामसम्म र तीस हजार रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको
गहना गुरिया,
(ङ) घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक
थान,
(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,
(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान
(जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद
सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको
सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)।
(ज) चार किलोग्रामसम्म खाद्य परिकार।
(झ) मदिरा १.१५ लिटरसम्मको बोतल एक।
तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका खण्ड (झ) मा
उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित अन्य सामानहरु कुनै यात्रुले
माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था,
परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार
कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन सक्नेछ। खण्ड (झ) मा उल्लिखित
मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ।
(क)भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ
महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा
ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।
(ख) विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु
हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट
हुनेछ।
(ग) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई
उपदफा (२) बमोजिमका सामानमध्ये अमेरिकी डलर दुईसय पचाससम्मको
सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लगाई
जाँचपास गर्न सकिनेछ।
(घ) विदेशमा छ महिना वा सोभन्दा बढी समय बसी फर्किने नेपाली यात्रुलाई
तीनसय पचास ग्रामसम्म सुन र एक किलोग्रामसम्म चाँदी (गरगहना
समेत) लाग्ने महसुल लिई साथमा ल्याउन दिइनेछ।
(ङ) चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम
लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ। यसमा तोकिएको परिमाणभन्दा
वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार
महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न
सकिनेछ।
(च) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित
भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका
सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल
छुट हुनेछ।
(छ) भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश
फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि तीस हजार
रुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात
हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा
सम्पूर्ण महसुल छुट हुनेछ।
(ज) सेमिनार, अध्ययन, अनुसन्धान तथा शोधकार्यको लागि विदेश
ओहोरदोहोर गर्ने नेपाली नागरिकले आफ्नो साथमा ल्याउने लैजाने एक
थान कम्प्यूटर आवश्यक प्रमाण हेरी कुनै महसुल नलिई ल्याउन लैजान
दिइनेछ ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters