[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "अनुराधा"

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 209275 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 09-17-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।

माघ फाल्गुण को महिना, जाडो भए नि के गर्ने रोज बिहे बर्तमनको भोज। दिक्क लाग्छ कहिले काहिं त। चिल्लो पिरो खांदा खांदा अनेक रोगले भोग गरि सके। फल्गुण को महिना पहिलो साता मै न बिराई भोज भतेर धाउंदा बिनोतीको पेट खराब भयो र आज को भोज न जान नसक्ने भयो। उफ्! नगैइ पनि न हुने पार्टी पर्यो। हाकिम साहेबकी कान्छी छोरीको बिहे अनि आफ्नै छोरीकी सहपाठी। जान त मलाई मात्र कहाँ मन लाग्या हो र, चिल्लो दिन दिनै खाएछ। देश बिग्रेको कुरा गरिएछ। कस्ले कति भाग बुझाएर कुन चाहि मालदार अड्डा पड्काएछ। कस्ले कति हसुर्यो, कस्ले कस्लाई कति बुझायो। आदि इत्यादि कुनै उपलब्धीमुलक कुरा हुने हैन।

तै पनि जानै पर्ने भए पछि, छोरी र मात्र जाने निधो गरें।
नयाँ बानेश्वर् घर हकिम साहेबको, घर कम्पाउण्ड ठुलै थियो त्यहीं पार्टी गरे हुनेमा एभरेष्ट होटलमा गरे छ, बुढाले। इज्जतको सवाल भनेका होला बुढाले, अकुट सम्पति जोडेको हल्ला पुष्टी गरेका होलान् भन्दै हामी बाबु छोरी बानेश्वर तिर् लाग्यौं।
भब्य पार्टी माहौल, गन्यमान्य देखि सामान्य सबै देखिन्थे। हाकिम साहेब दम्पती ढोकैमा दुइहात जोडेर बसेका, मानौं चुनावमा भोट माग्न बसे जस्तो। औपाचारिक भलाकुसारी गरेर मुख्य पार्टी हलमा के पसेको थिएं, पछाडीबाट कसैले बोलाएको जस्तो लाग्यो।
"राहुले! ओहे राहुले"
पक्का कुन चाहिँ स्कूले लौका पर्‍यो भन्थाने र फर्केर हेरें।
बोलाउने त लौका होइन "आलु" रैछ। आलु अर्थात रमेश। स्कूलको साथी। डल्ले मोटे भाकोले सबैले उस्लाई आलु नै भन्थे।
ओह आलु !कहाँबाट्?
"आलु न भन न मुला, यस्तो ठाउंमा"
हा हा हा! एक् छिन् हास्यौं, दुबै जना।

एक् छिन हामी दुबै अवाक भयौं। आलु संग भेट न भएको नि जुग बिति सक्यो। काठमाडौंकै साथी भए पनि स्कूल सके पछि बिरलै भेट हुन्थ्यो।
२० बर्ष पछि भेट हुँदा हामी दुबै खुशी त भयौं तर मनमा यसले केही न केही गड्बड् गर्छ कि भन्नेर चिसो पसि सकेकोथ्यो।
कुरा हजार थाह हुने, तर केही पनि पुरा थाह नहुने। अनि कहिले कुन परिस्थितिमा के कुरा गर्नु हुन्छ हुंदैन हेक्का नराख्ने आलुको बानी।
अब २ साथीको पुनर्मिलन कार्यक्रम केही बेर चल्यो, छोरीलाई के गरम् के भै सकेको चाल पाइसकेको थिएं । र मैले परिचय गराइदिने हिसाब ले भनें।
"छोरी, यी हुन रमेश अन्कल, १० सम्म सङै पढेका हामी"
नमस्ते अन्कल- छोरीले आफ्नो संस्कार मुताबिकको अभिबादन गरी।
"ओहो मुला ( त्यो आलुको मुखमा झुंडिने शब्द नै मुला), छोरी पनि कति ठुली भै सकेछ, बिहेको भोज नि खुवाउनु न पर्ने?"

"कस्ती राम्री रैछ छोरी त ठ्याक्कै अनुराधा जस्तै, कस्तो काटिकुटी मिलेको भाउजु सङ? अनुराधा भाउजु खै त मुला?"

अघि जे कुरा को डर थियो त्यही भयो। मेरो को सित बिहे भयो, कस्तो छ दाम्पत्य जीवन केही न बुझी बोली हाले आलु।
मैले कसरी संझाउं अब त्यो आलुलाई। बुझेन् भए पो। बिनोती मेरो जिन्दगी हुन्। अनुराधा मेरो जीवन सङ गाँसिएको नाम त पक्कै हो तर कुन सम्बन्धमा त्यो आलुले बुझ्ने छैनन्।
छोरीको मुखराब्रिन्दमा मैले जिज्ञासाका रेखाहरु पढिसकेको थिएं। हामी दुइको ( बाउ छोरीको) केमिष्ट्री मिल्छ र हामी दुबैले एक अर्काको भाव छिट्टै बुझ्छौ।
"अनुराधा" उनले पनि सुनेको नाम हो। तर आज एक जनाले अनुराधाको छोरी नै भने पछि शंका उपशंकाका ज्वारभाटा चल्नु स्वभाबिक नै हो।
मनमा अनेक पकवान पाके, छोरीले के के सोध्ने हुन, मिस-अन्डर्स्टान्डिङ् हुने चान्स् नै हुने। बडो बेमज्जा भो, हाकिम साहेबको पार्टी।
जसो तसो उम्के र फर्किने बिचार गरें। होटल बाहिर् लहरै ट्याक्सी थिए र एुटा सङ मोलतोल गरी घर तिरे लागें।
मलाई थाह थियो, छोरीलाई नि राम्रो लागेको छैन, आलुको कुराले अझै मथिंगल घुमि राख्या होला। चुपचाप् बस्यौं केही बेर। उकुसमुकुस धेरै बेर लुकाउन सकिन्न र छोरीले मुख खोली ।
ड्याडी! त्यो रमेश (आलु) अन्कलले किन मलाई अनुराधा जस्तै भनेको?
अनुराधा भाउजु किन भनेको?
हाम्रै अनुराधा अन्टी त होइन अन्कल् ले भन्न खोजेको?
ड्याडी ! हजुरलाई अप्ठेरो हुंदैन भने, हाम्रो सुन्दर संसार भँडिदैन भने भनिस्योस न अनुराधा अन्टीको बारेमा।
हो, छोरी, उनै अनुराधा अन्टिको कुरा गरेका हुन आलु अन्कल् ले। अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन।
घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा।
आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु।
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
क्रमश:
***********************************************************************
भाग २

ट्याक्सी घर छेउमै रोकियो । छोरी अब ड्रेस चेन्ज गरौं अनि चिया खांदै" अनुराधा " भनौला हुन्न ?
छोरीकोले बाबाको कुरा हुन्न भन्न जानेकै छैन र भावबिभोर् भएर टाउको मात्र हल्लाई।
सन्चो न भएकीले बिनोती निदाइ सकेकीले मलाई केही सजिलो भए जस्तो लाग्यो। हुन त अनुराधा बिनोतीको लागि पनि खुल्ला किताब सरि नै थिई। तै पनि प्रसंग र बिषयनै अलि असहज हुन्थो नै।
चिया पकाई मेरो अध्ययन कक्षमा भेला हुने संकेत गरें।
खाना खाइसके पछि चिया खानै पर्ने अनौठो बानी मेरो। छोरीको हातको चिया, स्वादले भन्दा पनि स्नेहले मीठो हुने हुन्छ।
'चिया तयार भो ड्याडी'
"अब सुनाइस्योस् कथा अनुराधाको"
भाषा र शैली नक्कल गर्छे अचेल मेरो।
लौ सुन कथा अनुराधाको-
अनुराधा संग मेरो कस्तो कुन किसिमको संबन्ध थियो-थिएन,छ छैन तिमी आफै निर्क्यौल गन सक्छौ, यो कथा सुने पछि।
अनुराधा, मेरो बाल्यकाल देखिको सहपाठी।
मैले कक्षा १ पढ्दा देखि चिनेको, देखेको।
निकै जेहेन्दार र प्रतिभाशाली छात्रा।
एक् कक्षा देखि लगातार प्रथम भएकी ७ सम्म। हामी सम्पूर्ण सहपाठीहरु उनको प्रतिभा संग नतमस्तक थियौं। म त क्लास भरिका डेन्जर जोन मा पर्ने, नितान्त कमजोर् र गुमनाम थिएं।
आफू पढाइमा कमजोर भएर हो कि अथवा अलि भावुक भएर हो कि पढ्ने होनहार मित्रहरुमा मेरो आदरयुक्त संबन्ध हुन्थ्यो। मनको कुनामा त्यो बार्षिक उत्सबमा दिइने पुरस्कार आफुले नि थाप्न पाए हुन्छ जस्तो लाग्थ्यो।
५-६ पढ्दा अलि पढाईमा राम्रो जस्तो के भाथ्यो, गरिबी माथी आपत्तिले नमीठो लात हान्यो। भात जोड्न पनि गाह्रो भयो।
"यो कथा त मैले पहिले नै भनी सकें नि याद होला नि?"
""हो ड्याडी याद छ, अहिले पनि पढ्ने गर्छु, पिताजीको सुनको तक्मा, साझा ब्लग मा, प्रेरणाको पुन्ज हो त्यो।"
(http://sajha.com/guild/read.cfm?guildid=440, http://sajha.com/guild/read.cfm?guildid=441)
म फेरि अगाडि बढें।
त्यो स्कूलमा पढ्ने अधिकांस बिद्यार्थीहरु त्यही टोल् वरिपरिका नै हुन्थे। अनुराधा पनि हाम्रै टोलका।
एउटै क्लासका।
तै पनि कुनै खास संबन्ध थिएन। मात्र मेरो लागि फस्टगर्ल, भयन्कर पढन्चे।

७ सम्म पुरानो टोलको स्कूलमा पढियो, कहिलेइ स्याबासी पाउने बिद्यार्थी हुन सकिन। अनुराधा हमेसा झै पहिला नै भइन।
अब माध्यमिक तह पढ्न अर्को स्कूल भर्ना हुने क्रममा परम्परा अनुसार बिश्वनिकेतन जाने मैले नि निधो गरेको थिएं। दाइले अन्तै भर्ना गरिदिने सूर कसे नि मैले त्यो स्कूल झूर छ भनेर बिश्व निकेतन रोजें। संयोग बस भर्ना हुने क्रम:मा मैले आफ्नो नाम दर्ता गराउंदा म भन्दा ठिक अगाडी अनुराधा भर्ना भएकी । मलाई थाह थिएन।
नयाँ स्कूल नयाँ साथीहरु, अनि पुराना केही मित्रहरु। पहिलो दिन को पहिलो हाजिर् पछि थाहा पाएं अनुराधा ७२, म ७३ रोल क्रम मा।
पाप न लुकाई भन्नु पर्छ, मैले। म अलिकति यसमाने मा खुशी थिएं कि हाम्रो स्कूलको सबै भन्दा पढ्न सक्नेको पछाडी बसेर जाँच दिंदा म जस्तो चानचुने स्टुडेन्टलाई बम्पर् उपहार परे जस्तो हुने भो भनेर।
भयो त्यसतै। त्रैमासिक परीक्षाहरु देखि फाइनल सम्म जांचको सीट प्लानमा म उन्कै पछाडी परें। मैले "अनु" ( सबै जनाले नौ मात्र भन्ने गर्थे अनुराधालाई), मलाई त्यो आएन देखाउ न भन्थें। देखाउंथी, म सार्थें।
के गर्नु, भात जोड्ने उपक्रममा पढ्ने फुर्सद बिरल्लै पाउनु अनि त्यसमाथी महा गोबरगणेश मार्का बिद्यार्थि। सार्नै पर्यो। चीट चोरेको चाहिँ होइन नि फेरि।
छोरी हास्छे, एकै छिन।
यस्तो मार्मिक कुरालाई नि कति सहज पाराले भनिसिन्छ, ड्याड्डिले।
"यो सबै तिम्रो मम्मिको कमाल् हो"
अर्को कुरा त्यो क्लास भरि बिभिन्न स्कूलबाट प्रथम द्वीतिय भएर आएका होनहारको भरमार उपस्थिती थियो। तर ती मध्ये "अनु" लाई नै सबै मास्टरहरुले प्रथम हुने भबिष्यबाणी गरेका थिए।
रिजल्ट भो। अचम्म भो। "अनु" यसपल्ट प्रथम भइनन्।
क्रमश:
***********************************************************************
भाग ३

यसपाली "अनुराधा" प्रथम भइनन्। एक अंकको झिनो अन्तरले राहुले प्रथम भयो। सात बर्ष सम्मको लगातार प्रथम हुने क्रम रोकियो। दुखित पक्कै भइन होली, म बुझ्न सक्थें। कहिं न कहिंको झारपात अघि बढ्यो। मैले दाइको तर्फबाट एक् जोर सुट हात पारें।

नयाँ सत्र सुरु भयो। हिजो को राहुले आज
फस्टब्वाय भयो। भाउ बढ्यो। हिजोको निर्बाचित मनिटर अब आजीवन मनिटर भयो। सबै सर् मिस् हरुको केन्द्र बन्यो।

हेडसर् बाट् बोलावट भयो, तिनै सेक्सनका प्रथम र द्वितीय हुने सबैलाई। ज्ञान गुणका कुरा गर्नु का साथै सक्दो सहयोग गर्ने वचन दिनु भयो। स्कूलको इज्जतको लागि र आफ्नो भबिष्यको लागि अझ मेहनत गर्नु पर्ने सुझाब दिनु भयो।

स्कूल भरि हामी दुइ को चर्चा हुन थाल्यो। चर्चा यस मानेमा हामी कि दुइजनाले आर्जित अंकको परिमाण अरु सेक्सनका प्रथम द्वितीय हुनेहरु भन्दा निकै भारी थियो र बोर्ड हान्न सक्ने प्रारम्भिक आंकलन गरियो। तर मलाई भने त्यो प्रथम पदवी बोझ हुन थाल्यो। पहिलो कुरा त म आफूलाई त्यो प्रथम स्थानको लागि योग्य मानेको थिएन। अनुराधा मेरो अगाडि धेरै नै योग्य र प्रथम हुने प्रतिभा भएकी एक मात्र थिइन। उनैको सहयोगमा परीक्षा पार गरेको मात्र न भई अन्तर पनि १ अंकको झिनो थियो। त्रास, भयले आक्रान्त थिएं। भोलिको प्रथम पद सुरक्षित छैन । यसरी अनिश्चित मन र अध्यारो भबिष्यका साथ दिनहरु बिते। आफ्नो इज्जत जोगाउने प्रयास गर्दै रहें। तै पनि पर्याप्त समय म संग थिएन। लाग्थ्यो दिन २४ घण्टाको होइन, ४८ घण्टा को भए कति जाती हुंदो हो। भात जोर्नलाई हात जोड्ने बाध्यता थियो। त्यो जिम्मेवारीबाट उम्किन सकिन्नथ्यो र मिल्दैनथ्यो।

सोचेको थिएं, अनुराधा म संग चिढिएकी हुनु पर्दछ, अजय यात्रामा पूर्ण बिराम लगाउने ध्रिष्टता जो म बाट भयो।
तर मेरो सोचाइ बिपरीत अनुराधा निकै शालिन र सहयोगी भेट्टाएं। उन्मा कुनै किसिम को बैर भाव देखिन। प्रथम गुमाएकिमा कुनै किसिम को नैराश्यता देखिन। डर् थियो, प्रतिस्पर्धी को रुपमा अझ बढी आक्रमक हुने हो कि भनेर। निश्चय पनि उनको बौद्धिक क्षमता म भन्दा अब्बल दर्जाकै थियो। मेरा कम्जोर पक्षहरुलाई उघारि दिन्थी र यसो गरे राम्रो होला भनेर सुझाब् दिन्थी। यसरी हामी प्रतिस्पर्धी होइन कि सहयोगीको रुपमा अघि बढ्यौं।

शैक्षिक सत्र सकियो। पुन: अनुराधा दोस्रा भइन तर उच्च अंकका साथ। यसरी अनुराधा संग घनिष्टता बढ्दै गयो। स्वाभाबिक छ, स्कूलको प्रतिनिधित्व गर्दै कतै जानु पर्‍यो भने हामी दुइ जना नै हुन्थ्यौं। नजिकका प्रतिस्पर्धीहरु हामी भन्दा एक बित्ता पर नै थिए। त्यसले पनि धेरै को मुटु जल्न थालेको थियो। एक अर्कामा सहयोगी भएकोमा पोल्न थालेको थियो। संगै हिड्छन् रे, एक ले अर्कोलाई सिकाउने गर्छन् रे।
चर्चा ले बजार गरम भयो। तर हामी दुइमा त्यसको कुनै असर भएन। पाप चिताए पो पस्चाताप गर्नु?
निस्वार्थ सहयोगीलाई नाम, उपनाम, सर्बनाम धेरै दिए। कसैले यिनीहरुको "लभ" परे भने, कसैले के के?
भन्नेहरुको मुख थुन्न सकिन्न र मनको कालो धुन सकिन्न।
अनुराधाको लक्ष कहाँ सम्म थियो मलाई थाहा थिएन तर मेरो लक्ष एस् एल सीको बोर्ड भैसकेको थियो र त्यही लक्षको प्राप्ति तिर मेरो तन मन थियो। कसै सित मन दिने लिने न त मसंग फुर्सद थियो न त आफ्नो लक्ष थियो।
संभवत एस् एल् सीमा ३ उत्क्रिष्ट छात्राहरुमा अनुराधाको आँखा थियो। त्यसैले यी बाजारु हल्लाहरुलाई बेवास्ता गर्दै हामी सल्लाह गर्दथ्यौं।
तर पकाउने ले अनेक खिचडी पकाइ सकेका रैछन्। बेखबर थियौं हामी। हाम्रै क्लासमा अनुराधाका भाइहरु पनि थिए। घरमा उजुरी हाली सकेका रैछन्। घर टोल एक, स्कूल एक, स्कूल लाग्ने समय एक भए पछि बाटोमा भेट हुनु पनि नियोजित भएछ। सधै भेट हुने अनुराधा त्यो दिन भेटबाटोमा देखिन मैले। सोचें चाँडो गइन होली। स्कूल पुगें, अनुराधा आइनन्। सोचें, सन्चो भएन होला। कहिलेइ अनुपस्थित भएको रेकर्ड न भएकी, उनी क्लासमा नहुंदा सर मिस हरुले मलाई सोध्न थाले। मलाई कुनै जानकारी थिएन।
केही बिषेश पर्‍यो होला भनें। भोलिपल्ट पनि "अनुराधा" स्कूल आइनन्।
क्रमश:

Last edited: 17-Sep-07 12:42 PM

 
Posted on 11-30-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धेरै पर्खाइ पछी पाएको भेट बयान गर्नलाई शब्दहरु पनि छैनन, अब अर्को भाग कहिले?


 
Posted on 12-03-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिप्पणी गर्नु हुने सबै महानुभाव एवं सम्पूर्ण पाठकहरुमा आभार ब्यक्त गर्दै छिट्टै अर्को भागको खुराक पस्कने वाचा गर्दछु। धन्यबाद।

 
Posted on 12-13-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Superb! 

part 14 sama sabai padhio,  arko kalie aucha hola?


 
Posted on 12-13-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pjna007 जी,
अब बाकी भाग नि छिट्टै आउने छ र संभवत आजै। कथा सकिनै लाग्या बेला, हात दुख्नु र जाँच आउनुले अल्छि माथि चाँद लगाए जस्तो भयो। अब अलि फुर्सदिलो हुने बित्तिकै कथा समापन तिरे लाग्ने छु। तारेमाम्।


 
Posted on 12-14-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रहुल्दै, खै त आज भन्या हिजै-भोलि भैसक्यो अनुरधा कैले अौच
 
Posted on 12-28-07 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा
भाग १५

मलाई  चिट्ठीको जवाफ न लेख्नु भनेकीले लेख्ने कुरा आएन। फेरि अर्को एउटा ताण्डव नाच मन्चन गर्नु थिएन। एक मन त लागेको थियो, लेखि हालुं,अर्को मनले रोक्यो। संभावबित बिपत्ति निम्त्याउने कुरामा आपत्ति जनायो मनले।

एवं रीतले पत्रहरु क्रमश: आउन थाले। मनको बह मन भित्रै गुम्सियो भने त्यो गह मात्र नभै मानसिक तनाव र असुन्तलनको दह नै हुन जाने डर हुन्छ। त्यही ज्ञान र बिज्ञानले होला एक पछि अर्को पत्र आउने क्रम: रोकिएन।

"ड्याडी अनि ती पत्रहरुमा के के हुन्थें नि कन्टेन्स्?"

"के हुनु सपनाहरु एना झै फुटे पछिका कर्कश आवाजहरु। निराशाका आबेगहरु। आक्रोशका आगोहरु।"

केही सान्त्वना र सदभाव हातहरुले डुब्नै लागेकोलाई उद्दार गर्न सकिन्थ्यो तर म आफै पनि केही गर्न नसक्ने लाचार थिएं। नलेख्नु भन्दा भन्दै लेख्ने दुस्साहस गर्न सकिन। अहिले संझिदा नगरेकै बेश थियो।
पढाई को प्रेशर त थियो नै। अनुराधाको पत्रहरुले त्यसमाथि अर्को दवाबको पत्र (layer) थप्थ्यो।

"यतिन्जेल, तिम्रो मम्मी मेरो दिल दिमाग भरि छाइसकेको थियो। प्रेमको सही अर्थ र यथार्थ दुबै तिम्रो मम्मी भित्र खोज्दै थिएं।"

"अप्रेम",  "असम्बधन"  भए पनि "अनुराधा" असल सहपाठी थिइन, शंका  थिएन र छैन पनि। दुख र आपतमा सहयोग गरेकी, सधैं पढ्न र सफल हुन उर्जा दिएकी।

पत्रहरु यति धेरै आउन थाले कि संगै पढ्ने नेपाली मित्रहरुले "अनुराधा" नामकै लेभल लगाउन थालिसकेका थिए।

"तिम्रो गर्ल फ्रेण्ड न भए यति लेटर आउछ कसको?"

साथीहरुको सोधाइ र बुझाई संग मेरो कुनै चित्तबुझ्दो जवाफ हुनै सक्दैनथ्यो।

"तिमीहरु जे सुकै भन, "अनुराधा", केटी साथी हो गर्ल फ्रेण्ड होइन।"
मेरो जवाफ यही नै हुन्थ्यो।

"अझ इन्टरेस्टिङ् कुरा, एक दिन तिम्रो मम्मीले बाटोमा भेटिछ, अनुराधालाई। कुरै कुरामा कहाँ जान लागेकी भनेर सोध्दा, हुलाका अड्डामा मेरो नाममा पत्र खसाल्न जान लागेकी  भनी छ। अनि म्याडमले अहिले राहुले त छुट्टीमा घर आएको छ किन चिट्ठी खसाल्नु पर्‍यो भन्दा- लेखि हालें,  खसाल्छु, छुट्टी पछि होस्टल फर्किदा पाउने हुन्छ रे।"

उकुस मुकुस, पीडा, छटपटाहट हरुलाई हवाई पत्र भरे कोच्ने गर्ने रैछ। उही कुरा दोहरिन्थे, तेहरिन्थे। म चुपचाप कींकर्तब्यबिमूढ भएर पढ्थें।

यसै क्रममा जिन्दगी देखि साह्रै निराश भएर  चिबर (भिक्षु- भिक्षुणी हरुले लाउने पहेलो वस्त्र)
धारण गर्ने भन्ने अभिब्यक्ती पढे पछि अब चिट्ठी लेख्नै पर्ने भयो, लेखिन भने सोचे भन्दा बढी अनर्थ हुने छ, भनी , "भारत सरकार, डांक"  लेखिएको हवाई पत्र निकालें र लेख्न थालें।
क्रमश:


 
Posted on 12-28-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भागमा त फस्ट भैयो। बधाइ मलाइ।
उत्सुकता अझै बढ्दै गयो दाइ। छिट्टै अर्को भाग पढ्न पाइएला भन्ने बिस्वास छ।
 
Posted on 12-28-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, साह्रै मार्मिक ढंगले गइरहेको छ, अझै लेख्दै गर्नुस्।
तपाइ त्यस्तो हँसाउन सक्ने मान्छे, उत्तिकै मर्मस्पर्शी ढंगले लेखेर रूवाउन पनि सक्नुहुने रहेछ।


 
Posted on 12-28-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिना सूचना प्रकाशित भएछ अनुराधाको यो भाग! :)

राहुलदाई, छोटो नै भयो यसपाली पनि हरे! ल आजै त्यो चिट्ठि पनि लेखौँ त!

यो लाइन -

 ""मनको बह मन भित्रै गुम्सियो भने त्यो गह मात्र नभै मानसिक तनाव र असुन्तलनको दह नै हुन जाने डर हुन्छ""

मिलाएको मन पर्यो। यो 'गह' नै भन्नु भएको कि 'बह' लेख्न खोज्नुभएको?


 
Posted on 12-28-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

---तिमीहरु जे सुकै भन, "अनुराधा", केटी साथी हो गर्ल फ्रेण्ड होइन।"  --  

---तिम्रो मम्मीले बाटोमा भेटिछ, अनुराधालाई। कुरै कुरामा कहाँ जान लागेकी भनेर सोध्दा, हुलाका अड्डामा मेरो नाममा पत्र खसाल्न जान लागेकी  भनी छ। अनि म्याडमले अहिले राहुले त छुट्टीमा घर आएको छ किन चिट्ठी खसाल्नु पर्‍यो भन्दा- लेखि हालें,  खसाल्छु, छुट्टी पछि होस्टल फर्किदा पाउने हुन्छ रे।"---  ani hajurko chorikomom yaniki your real GF le ke grnu bhayou rahulvaidai.

 

interesting read ! atinai ramro. 


 
Posted on 12-28-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


'अनुराधा' लाई 'राहुल' को पत्र चाँही अली डिटेल मै जावोस ठुल्दाइ, धन्यवाद

 
Posted on 12-28-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 म पनि pjna007 को प्रश्न दोहोर्याउँछु  ल राहुलदाई???
 
Posted on 12-28-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि यहि जिज्ञासा हो

---तिम्रो मम्मीले बाटोमा भेटिछ, अनुराधालाई। कुरै कुरामा कहाँ जान लागेकी भनेर सोध्दा, हुलाका अड्डामा मेरो नाममा पत्र खसाल्न जान लागेकी  भनी छ। अनि म्याडमले अहिले राहुले त छुट्टीमा घर आएको छ किन चिट्ठी खसाल्नु पर्‍यो भन्दा- लेखि हालें,  खसाल्छु, छुट्टी पछि होस्टल फर्किदा पाउने हुन्छ रे।"---  ani hajurko chorikomom yaniki your real GF le ke grnu bhayou rahulvaidai.

 

---"भारत सरकार, डांक"  लेखिएको हवाई पत्र निकालें र लेख्न थालें।
अब लेख्न त थाल्नु भो, तर लेखिभ्याउने कहिले होला, अहिल्यै चिन्ता लागीसक्यो । फेरी ४-५ हप्ता लगाउने पो हो कि भनी - आफु ह्याँ ४-५ घण्टा कुर्न नि नसकुँला जस्तो भैरा'छ ।

 


 
Posted on 12-28-07 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अझ इन्टरेस्टिङ् कुरा, एक दिन तिम्रो मम्मीले बाटोमा भेटिछ, अनुराधालाई। कुरै कुरामा कहाँ जान लागेकी भनेर सोध्दा, हुलाका अड्डामा मेरो नाममा पत्र खसाल्न जान लागेकी  भनी छ। अनि म्याडमले अहिले राहुले त छुट्टीमा घर आएको छ किन चिट्ठी खसाल्नु पर्‍यो भन्दा- लेखि हालें,  खसाल्छु, छुट्टी पछि होस्टल फर्किदा पाउने हुन्छ रे।"------राहुलदाई यो त जोक नै भयो

राहुलदाई, हामी सबैको प्रतिक्षा जारी छ

 

 


 
Posted on 12-28-07 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RahulDa,
I read all in one go. Really interesting story. Though i have read first few parts before I again read it to follow the whole story.

Eagerly waiting for next part.
 
Posted on 12-28-07 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sarai choto bhayo rahulbhai jyu,

chitta bujhena, ajhai dherai padhna pau.


 
Posted on 12-28-07 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai ज्यु, धेरै भाग हरु पढन छुटेको रहेछ, आज चाँहीं सबै सकाएं। सार्हैमिठो हुँदै गाको छ, एसो समय मिलाई वरि थप्दै गरम ल। It took me for a while to finish last 5-6 parts, but couldn't leave without completing it. Yeh Dil Maage More!!!!!!!!!!!!!

wow.nepal


 
Posted on 12-30-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर न ताल जी,
फस्ट भएको मा बधाइ। बिभिन्न कारणले नियमित लेख्न सकिन। छिट्टै समापन् अंक राख्ने प्रयासमा छु।


चित्रेजी,
जीवन आँशु र हाँसो को संगम न हो। छाती भित्रको अथाह् पीडालाई आँशुमा होइन हाँसोमा डाइलुट गर्ने प्रयासमा हुन्छु।


pijna07 जी,
 ani hajurko chorikomom yaniki your real GF le ke grnu bhayou rahulvaidai.
छोरीको मम्मीले के गर्नु भयो भन्ने कुरा अहिलेइ भनि नहालुं, कथाको अन्तमा त्यो पनि स्पष्ट हुने नै छ।


बिर्खे जी,
समय र हात दुखाईको संयुक्त दवावमा छोटो हुन गएकोमा क्षमाप्रार्थि छु। भाषामा त्रुटी भएको छ भने सचयाइ दिनु होला। धन्यबाद।


रिट्ठे जी,
सके त त्यो ओरिजिनल चिट्ठीकै फोटो कपि हाल्थें। हाम्रो जमानामा फोटो कपि सुलभ थिएन र कपि राखिएन। सम्झे जति जस्ताको तस्तै राख्ने छु।

चनाजी,
त्यो चिट्ठी छिट्टै राख्ने छु। प्रश्नको उत्तर त pinja07 कै साभार गर्नु होला।

दीपिका जी,
त्यो जोक जस्तो लागे पनि भोक थियो। मन भित्रको उकुसमुकुस पोख्ने भोक।

क्रेजी लभ जी,
छोटो भए जस्तो लागेन। समय र दुखाईले अनुमति दिए जति लेखेकै थिएं। त्यो भन्दा बढी तपाईं आफै उत्क्रिष्ठ कथाकार हुनु भएकोले पात्रलाई न्याय गर्न कति गाह्रो छ भन्ने थाहा नै होला। सत्यलाई जस्ताको तस्तै उतार्नु अनि पात्रलाई न्याय गर्नु गाह्रो हुंदो रैछ। ( मेरो ब्यक्तिगत बिचारमात्र पनि हुन सक्छ।)

wow.nepal जी
"ये दिल मांगे मोर्" म आफै भनिराख्या छु। सदभावको लागि धन्याबाद।


 
Posted on 12-30-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'एक दिन तिम्रो मम्मीले बाटोमा भेटिछ, अनुराधालाई। कुरै कुरामा कहाँ जान लागेकी भनेर सोध्दा, हुलाका अड्डामा मेरो नाममा पत्र खसाल्न जान लागेकी  भनी छ। अनि म्याडमले अहिले राहुले त छुट्टीमा घर आएको छ किन चिट्ठी खसाल्नु पर्‍यो भन्दा- लेखि हालें,  खसाल्छु'

लौ न किन फेरि हुलाक मै खसाल्नु पर्ने राहुल्दाइको छोरीको ममीलाई नै  दिएको भए  ठाँउमा पुगिहाल्थ्यो नि :)

कसो दादाको छोरीको ममीपनि साह्रै जाति हुनुहुदो रे'छ । नत्र दुइ झापड गालामा हिर्काएर 'लौ हजुरको हुलाक यहि हो' भन्नु पर्ने (मजाक अरेकिम है ) 

जोकिङ अपार्ट,  साह्रै मन पर्यो  यो भाग पनि तर किन अनुराधालाई भिक्षुणी बनाउन थालेको दादा हजुरले   यहानेर चै अनुराधा प्रति निकै सहानुभूति र माया लागेर आयो

 सायद--  एकतर्फि प्रेममा त्याग नै सच्चा  समर्पन हो-----(?)


 
Posted on 12-31-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस नानी,
कुरो मनासिब हो। छोरीको मम्मी त्यति जाति नहुंदि हो त जिन्दगीको रथ यसरी गुड्थे र भन्या। उबडखाबडमा घाम पानीमा सधैं साथ दिएकी छे ।
भिक्षुणी बन्ने चाह्, मैले रचेको कथा होइन, समय र परिस्थितिले जन्माएको ब्यथा मात्र हो। अर्को भागमा भिक्षुणी हुन्छे की हुदैनन् त्यो पनि प्रष्टिन्छ कि?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters