[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 180763 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
Posted on 11-26-06 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिनिहाल्यौ नि पुन्टे बुढा बत्ति बालेर!!! :)
 
Posted on 11-26-06 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने'छि निश + बाङ्गे को साथि + हाडिगाउले =दीप aka निश् भेना हो पुन्टेदा ??
:O
 
Posted on 11-26-06 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै, बाङ्ग्याऽ कुरा हो के रे , तितौरी बुईनी, आफू के जानुम्? :p ;)
 
Posted on 11-26-06 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे तित्स सालि, कता कता शंका हान्देको भन्या??

त्यो त पुन्ट्स ब्रोलाई सुड्डाकै स्टाइलमा खुब थाहा पायो हो ब्रो ले भन्न खोजेको पो त। :)

अरु नि गेस गर्छौ कि पुन्टे दाई हल गोरु नारेर?:)
 
Posted on 11-26-06 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uffffffffffff so confusing malai ta ,
1. punte daa
2. jimmaal baa
3. deep madhye ekjanaa ho jasto laagchha nish .
 
Posted on 11-26-06 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निसब्रोलाई सार्वजनिक रुपमा पुन्टे दाइ भनेर शंका गर्ने पनि दीप भनेर शंका गर्ने पनि मै हो जस्तो लाग्छ है!! एकतिर चैं मिलेच जस्तो छ!

>भने'छि निश + बाङ्गे को साथि + हाडिगाउले =दीप aka निश् भेना (हैन)
भने'छि निश = बाङ्गे को साथि = हाडिगाउले =दीप aka निश् भेना (हो जस्तो छ। तर के था'? बिचमै "मुइले आफूलाई दिप भनेर लास्ट डोज दिएँ सोमहरुलाई" भन्ने पो हो कि?)

:)
 
Posted on 11-26-06 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तित्स सालि को शंका ठिक जस्तो छ, मलाई पनि त्यस्तै लाग्यो :फ
:-)
 
Posted on 11-26-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब, निसे दिप होईन्च भुने चईं बाङ्ग्याऽ ज्यान सोझिने भो ल!
 
Posted on 11-26-06 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tara whoever you are , you are sooooooooooooo clever कैले पुन्टेदा को स्टाइल लिया हुन्छ कैले कुम्ले को, कैले जिम्माल् बा , अनि हाडिगाँउ को कुरा गरेर दीप जस्तो नि गर्या हुन्छ है which is enough to drvert our attention ke :D:D:D
 
Posted on 11-26-06 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-26-06 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि जापानि साईध्वाहरु कता अन्मरिए? अझै पसारिईरा छन कि के हो?
तितौरिलाई जदौ!
 
Posted on 11-26-06 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ निसब्रो उर्फ (हाँडीगाउँले बन्धु हो कि पुन्टे दाइ हो)! जापानीहरु किन चाहियो? क्यार्न परो भन्नुस्।
 
Posted on 11-26-06 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भो हुदा हुदा गोताए जि को बोलि ल मरे म :D:D :D ठुल्नानि नि बन्ने हो कि? :p
 
Posted on 11-26-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा तित्स सालि,
ठुल्बुईनि त समिधा बनिराकि छिन नि :)
 
Posted on 11-26-06 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, ठुल्नानीको लेखाइ त समिधाबाट पो आइरा'छ त!!

हे निश प्रभु,
तपाईंको अवतारको वर्णन गरेर नसकिने भो। १००० जिब्रा भएका शेषनागले पनि नसक्ने भए, विद्याकी खानी सरस्वतीले पनि नसक्नी भइन् भने हामी नाथे मानिसले के सकौंला र? ब्रह्माको झैं ४ वटा मुख भएनि, रावणका जस्तै १० वटा टाउका भएको भए नि :), तपाईं बहुमुखी भने अवस्य हुनुहुन्छ। अब, लगाइराखेको मुकुन्डो उतार्नोस्, हामी हजुरको दर्शन गर्न ललायित छौं।
 
Posted on 11-26-06 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे निश प्रभु,
तपाईंको अवतारको वर्णन गरेर नसकिने भो। १००० जिब्रा भएका शेषनागले पनि नसक्ने भए, विद्याकी खानी सरस्वतीले पनि नसक्नी भइन् भने हामी नाथे मानिसले के सकौंला र? ब्रह्माको झैं ४ वटा मुख भएनि, रावणका जस्तै १० वटा टाउका भएको भए नि :), तपाईं बहुमुखी भने अवस्य हुनुहुन्छ। अब, लगाइराखेको मुकुन्डो उतार्नोस्, हामी हजुरको दर्शन गर्न ललायित छौं।

:P:D:P:D
 
Posted on 11-26-06 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल गालउ,
तो स्वस्थानि ट्याक्क ला'र बिजुलि चिट्ठिमा पठाम त, अनेसास जापान बाट प्रकाशित अरम्ला।

आपटाउन गल -
बारिको डिलमा ओखर बुट ओखर बुटा चिल बसो

चित्रे-
भन्नै नहुने माया तिमिसित साह्रै नै दिल बसो.....

 
Posted on 11-26-06 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे निश भेना,
तपाईंको अवतारको वर्णन गरेर नसकिने भो। १००० जिब्रा भएका शेषनागले पनि नसक्ने भए, विद्याकी खानी सरस्वतीले पनि नसक्नी भइन् भने हामी नाथे मानिसले के सकौंला र? ब्रह्माको झैं ४ वटा मुख भएनि, रावणका जस्तै १० वटा टाउका भएको भए नि :), तपाईं बहुमुखी भने अवस्य हुनुहुन्छ। अब, लगाइराखेको मुकुन्डो उतार्नोस्, हामी हजुरको दर्शन गर्न ललायित छौं। :D :P ;)
 
Posted on 11-26-06 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि दादा जस्तो स्टायल ले लेखेको निश् भेना ऐले चै अलिकति मिस्टेक् भयो दादा ले थुल्नानि लाइ "अपताउनगल" लेख्नु हुन्छ के हेहेहे

खै मलाइ खुसुक्क भन्छु भन्या कान् थापेको थापै छु :(
 
Posted on 11-26-06 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलिकति जासुसी गरेपछि, मलाई खै फेरि यो निसब्रो भन्या पुन्टे दाइ नै हो जस्तो लाग्न थाल्यो। यो तलको फोरमको निशान्त भन्नेको पोस्ट पढम् अनि पुन्टे दाइको लेख्ने शैलीसँग दाँजम् त!

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=38004
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters