[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH-II

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 190867 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-28-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।

साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।

कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;

- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557

आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।

"मैले नेपाल छोडेको छैन"

हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;

हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
 
Posted on 04-07-06 12:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो साइकल

साइकलको पछाडि मलाई राखि
पहाडको उकाली काट्यौ तिमीले
यात्राको क्रममा,
टिलिक्क टल्किने गाडि
र गाडिको पाङ्ग्राको धुलोले आंखा धमिल्यायो
तिम्रा तिध्राको बल देखिंन
पेट्रोलको बास आउने धुवां सुङ्दै बस्दा
तिम्रो पसिनाको आभास भएन
आज,
मनमा संगालेर राखेको तिम्रो तस्बिर हेर्छु
र सोच्छु
म कति अबुझ रहेछु
जिवनभर अनेक बाहन, यन्त्र खोज्दै बसें
तर तिम्रो त्यो साइकल देखिंन
 
Posted on 04-07-06 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी,

पोहर एस.एल.सी मा गुल्टेको कालेले
यसपाली दोश्रोपटक छोला गोर्खापत्र,
... ...
'विक्रम' र 'शमशेर' हरु ठान्छन्-
अरुलाई गोर्खापत्र कोच्याउनु तीनको अधिकार हो
आफू त किन घिच्थे र गोर्खापत्र?


मनमा चस्स घोच्यो ।

बेनामीजी,

आज मैले पढे गोर्खपत्र
दङ परें मेरो कति राम्रो फोटो छापेछ
येस्तो पो पत्रिका
राम्रा राम्रा फोटा छप्दै जाओस्
हामी जस्ता भस्ट्राचारीको न छापे कस्को छापोस्

मुन प-यो।

नुइटेजी, अरु नि जाओस्।
 
Posted on 04-09-06 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर कालो रातले हार खाँदैछ



केहि ताराहरु झरिसकेपछि
मिर्मिरेले चिहाएझैं लागेको छ
विहानी देख्न आतुर आँखा
मध्यरात पर्यन्त जागेको छ
आकाश सफा छ यसपाली
तन्द्रा दह्रै छ यसपाली
धेरै तारा झर्नु पर्नेछैन
धेरै निद्रा मर्नु पर्नेछैन
विश्वास छ आँखालाई
हेर रातले हार खाँदैछ
हेर कालो टाढा जाँदैछ
खोल आँखाहरु मिर्मिरे सम्म
हेर अब विहानी आउँदैछ

-newuser

(Just a quick attempt to express my optimism for a better prospect emerging in my motherland)
 
Posted on 04-09-06 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जागिरहेको, लडिरहेको मेरो देशको लागि यो सानो टुक्रो लेखेको छु।


"मेरो देशलाई सलाम"

होचिन नजानेको हिमाललाई सलाम!
झुक्न नजानेको पहाडलाई सलाम!
रोकिन नजानेको मैदानलाई सलाम!
जागिरहेको मेरो देशलाई सलाम!

विद्रोह बनेर फूलेको गुराँसलाई सलाम!
जन्मिरहेको नया दिनलाई सलाम!
जागिरहेका मेरा आफन्तलाई सलाम!
जागिरहेको मेरो देशलाई सलाम!
 
Posted on 04-10-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मेरो पनि ऐकबद्धता!


मेरि आमा हाँस्नेछिन-

उ, हेर यतै आउँदै छ;
त्यो आगो को मुस्लो!
तिव्र वेगका साथ
दन्कँदै छ, फडफडाउँदै छ!
हो, यसपालि त
यसले अबश्य जलाउँछ,
यो पुरानो निर्लज्ज पर्खाल!
साबधान!!
पानी हाल्ने कोशिस नगर।
यसपालिको आगो,
पानीले नै सल्किएको हो!
जति पानी खन्याउँछौ,
त्यति यो दन्कन्छ!

हेर त उ, यतै आउँदै छ;
गड्गडाउँदो भेल!
चट्टानलाई चिर्दै।
सुकेको खहरे सम्झनेहरु,
लौ हेर।
तिमीले रोक्नै नसक्ने बाढि
उर्लेर आउँदै छ।
साबधान!!
प्रयास नगर यसलाई रोक्ने!
यसपालीको भेल,
तिमीले रोकेर नै बल्झेको हो!
जति रोक्छौ,
त्यति जम्छ र अझ शक्तिवान बन्छ।
अनि फोर्छ यसले तिम्रो बाँध
अघि भन्दा अझ तिव्र बेगले!

लौ हेर, उडेर जाँदैछ
त्यो कालो बादल!
अब अन्धकार धेरै टिक्दैन।
हावा बहेको छ
तर हिजो अस्ति भन्दा विपरित!
बादललाई उडाउँदै छ
पर कतै तिर
अनकन्टार अन्न्तमा!
उ, तारा झिल्मिलाउँदै छन्!
बिस्तारै लाखौँ ताराले,
धरती झलमल पार्नेछन्!
अनि, भोलिको सुर्योदय संगै
मेरि आमा हाँस्ने छिन!
उन्मुक्त हाँस्ने छिन!
स्वतन्त्र हाँस्नेछिन!

 
Posted on 04-10-06 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह! नुईँटेजीको कविता बल्ल देखिराको।

'साईकल' भनेर केलाई भन्नुभएको अलि बुझिन मैले? आफ्नै अगाडि भएको तर चाल नपाएको प्रेम/जीवन/यथार्थ/बुबाको याद/ तपाईँले सधैँ खोजिरहनु भएको केहि चिज वा .....??? साँचै बुझिन मैले राम्रो संग?
 
Posted on 04-13-06 3:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी र माहिला साहु र नया खेलाडि (newuser)का optimism (नेपालिमा optimismलाई के भनिन्छ?) लाई सलाम
तर मलाई त डर मात्र लाग्छ
एक तानाशाहि शासन हटाइ कतै हामि अर्को पोल पोटका लागि बाटो त सम्माइरहेका छैनौ?
आशाछ मेरा डरहरु समयले unfounded (नेपालि? help pls) देखाउनेछन्

माहिला साहु,

"यसपालीको भेल,
तिमीले रोकेर नै बल्झेको हो!
जति रोक्छौ,
त्यति जम्छ र अझ शक्तिवान बन्छ।
अनि फोर्छ यसले तिम्रो बाँध
अघि भन्दा अझ तिव्र बेगले! "
यो part खुबै टिक ठम्याउनु भाकोछ

अनि साहु, कविता मेरो बुवाको यादमा लेखेको
 
Posted on 04-16-06 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नुईँटेजी,

Optimism = आशावाद् र Optimistic‍=आशावादी
unfounded ‍= निरर्थक ? झुठो? खै यसको पक्का नेपाली meaning भन्न सकिन!

पोल पोटको कुराले मलाई एऊटा documentry movie को याद आयो 'Cambodia's killing fields' भन्ने! तर नेपालको अहिलेको अवश्था क्याम्बोडियाको त्यतिबेलाको भन्दा अलि भिन्न छ जस्तो लाग्छ! म राजनितिक चिन्तनमा शून्य प्राय छु तर पनि कयौँ समसामयिक घटनाहरुले झक्झकाउँदा कान ठाडो पार्न बाध्य हुन्छु। :)
 
Posted on 04-16-06 1:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेजी कविता एकदम राम्रो छ।:)

यो मेरो सानो टुक्रा ****

आह्वान

जनताको रगत हेर,
सिंगो समुद्र बनिसक्यो।
सुनामी ल्याउने ,
आँधी अब उठीसक्यो ।
अब हामी टुक्रा होइन,
सिंगो शक्ति बनौ।
नबनौ रैती रत्तिभर,
अधिकार हाम्रो खोसौ।
खोरबाट ब्वाँसोलाई,
मैदानमा ल्याएर।
फलामे जन्जिर पहिराऔ,
स्वतन्त्र, उन्मुक्त भएर।।
 
Posted on 04-16-06 1:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-19-06 6:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी, तपाईको आह्वानमा म पनी मेरो पुकार थप्दै छु.....

नाङ्गीएछु

साथी,
म के लुगा लगाउँ आज?
सबै उस्तै छन्,
कामै नलाग्ने

सुनको धागोले सजिएको तास लगाउँ?
कसरी पहिरुँ म यो मखमल
यसमा त,
बगैंचाका लाखौं फुल
निचोरेर, किचोलेर निकालेको अत्तरको गन्ध छ
तिमी शायद,
यहि सुगन्घमा लठ्ठिन सक्छौ होला
मलाई त बान्ता आउँछ

अर्को छ मसँग लुगो
ढाका टोपी, दौरा सुराल र टिलिक्क टल्केको जुत्ता
तिमी सोध्छौ,
के भयो त यो पहिरन्?
लगाई त हेर साथी,
शिशीरको चिसो हावाले जब जिउ कठिङ्ग्र्याउँछ,
७ तिर च्यातिएको यो दौरा-सुरालले के रोक्ला जाडो?
उल्टो, टोपिमा स्याउँस्याउँति फैलिएका जुम्रा
चुस्छन् मेरो रगत
यतिकैमा,
त्यो ईम्पोर्टेड ईटालियन लेदरको जुत्तो चपाई बसुँ म?
मलाई त अपच हुन्छ

अनि रह्यो मेरो चे ग्वुईभेरा टि-सर्ट
र गलबन्दि, उनको
तर नियालेर छाम साथि
त्यो गलबन्दिको रातो रङ्ग होलिको अबिर हैन,
मेरै छातिको लहु हो
आज,
'तेरो गर्दन न्यानो बनाउँछु' भन्ने त्यो गलबन्दि
भोलि,
कक्रक परेर,
गर्नेछ मेरै गलहत्ती
के म महादेव हुँ जो नागको माला पहिरी नाचुँ?
तान्डबलेत मेरै प्रलय निम्ताउँछ

साथी,
अब तिमीनै उपाय बताउ
कुन लुगा लगाउँ म?
सबै उस्तै छन्,
कामै नलाग्ने
 
Posted on 04-19-06 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just to bring back the thread...

आज क्रान्ति छ !

ए नेपाली हो
खै के भनौं
तिम्रो संयमता, धैर्यता या कायरता
सोच त
कति सह्यौ, कति पिल्सियौ र कति छक्याइयौ
अब त खुल्यो कि तिम्रो चेत?
यी सामन्तहरुको नजरमा तिम्रो रगतको मुल्य कति रहेछ भन्ने
कि अझै यिनिहरुकै क्षत्रछायाँमा तिम्रो "लोकतन्त्र" फष्टाउँछ भन्ने भ्रान्ति छ?
हैन भने आफ्नै नयाँ नेपाल बनाउने हेतु
आज क्रान्ति छ !
 
Posted on 04-20-06 4:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाग्छ इतिहासको बिहान आएको छ
निरंकुश कालो रातको चिहान आएको छ

सुतेको मात्रै थियो, मरेको थिएन
जागेको जनता महान आएको छ

एक्लै उठेको हैन आज आकाश
क्रान्तिको सिंगै जहान आएको छ

कति थुनिने सधैँ गोलघरमा?
अब नरोकिने मुहान आएको छ

उठ्ने भए नेपालीझैं उठ्नु
लोकमा नया आहान आएको छ।
 
Posted on 04-20-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-23-06 12:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा युग थियो, राजा हुन्थे प्रजा हुन्थे!
के २१सौँ शताब्दिमा; जहाँ संसारमा बहुसंख्यक देशमा जनताको शासन छ के राजा र प्रजा valid कुरा हो त? हाम्रो इतिहास जे सुकै होस, हाम्रो वर्तमान जे सुकै होस, नेता देखि लिएर मावोवादी सम्म जे सुकै होस! तर पनि एक पटक सोचौँ - के विश्वबिकाशको यो युगमा सत्ययुगि राजतन्त्र आबश्यक छ??


राजाहरु दन्त्यकथामा हुन्छन्

म सानो छँदा,
मेरी आमाले मलाई,
दन्त्यकथा सुनाउनुहुन्थ्यो,
राजाको, प्रजाको
र शान्ती र अमनको।
बल्ल बुझेँ मैले,
राजा र शान्ती,
अनि राजा र अमन,
केवल दन्त्यकथामा मात्र रहेछ,
युगौँ पुरानो कथामा!!
अहिलेका राजा,
फगत एक जुका हुन।
ठुलो जुका,
जसलाई सन्टुष्ट हुन
हजारौँ, लाखौँ,
हैन करोडौँ मान्छेको रगत चाहिन्छ!
हरपल रगत चुसाएर,
दिन दिन पसिना बहाएर,
किन पोस्ने हामीले जुकालाई?
किन पाल्ने हामिले राजालाई?
किन हुने हामि कसैको प्रजा?

म सानो छँदा आमाले मलाई,
दन्त्यकथा सुनाउनुहुन्थ्यो,
राजाको, राज्यको
र शिकारको र चैनको।
बल्ल बुझेँ मैले,
राजा र शिकार,
एक अर्काका परिपुरक रहेछन!
चैन त केवल राजालाई रहेछ,
हाम्रो शिकारको।
नत्र शिकारमा चैन कहाँ?
अहिले पनि राजा शिकार खेल्छन
र मासु खान्छन;
जनतालाई काटेर, जनतालाई पोलेर!!
यसो हेर्दा तिमी थाहा पाउँदैनौ।
तर हो!
राजाको एउटा झिनो मुस्कानमा पनि,
हाम्रा कयौँ दाजुभाई, दिदीबहिनीको
कोलाहाल मिसिएको छ!
राजाको एक एक डकारमा,
हाम्रो मासु चपाईएको थाहा हुन्छ!
राजाको प्रत्येक हुङ्कारमा,
हाम्रा बुबाआमाको चित्कार हुन्छ!
बिश्वास गर,
हाम्रो थोपा थोपा पसिनाले,
राजा पोसिन्छन्!
हाम्रो भाग खोसेर राजा मोटाउँछन्!
त्यसैले,
किन पाल्ने राजा हामिले?

म सानो छँदा आमाले मलाई,
दन्त्यकथा सुनाउनुहुन्थ्यो,
राजाको, राज्यको
र व्यथाको र रोगको।
बल्ल बुझेँ मैले,
राजा र रोग दुबै समाजका व्यथा रहेछन्!
जति जति समाज रोगि हुन्छ,
त्यति त्यति राजा स्वस्थ हुन्छन!
हामि विरामी थियौँ युगौँ देखि,
र युगौँ देखि हामि तड्पिन्थ्यौँ!
अब हामि स्वस्थ हुँदैछौँ,
परजिवी हटाउँदै छौँ।
पुरानो ढुसिले ढाकेको हाम्रो अस्तित्वमा,
लोकतन्त्रको बिशुद्ध जलले
पुनर्जीवन फुक्दै छौँ!!
त्यसैले,
सबै मिलेर भनौँ-
“राजतन्त्र मुर्दावाद्”
“लोकतन्त्र जिन्दावाद्”!!!

 
Posted on 04-23-06 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब छ बिर्खे म सहमत छु तिम्रो कुरो सँग
 
Posted on 04-24-06 1:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-08-06 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्वाँख निस्केका पखेटा उठाउदै
पुरानै हाँडिघोप्टेहरु
एकआपसममा चुच्चो ठोकिरहेछन
जुधिरहेछन सिनोको लागि
के थाहा यिनीहरुलाई
उता अजंगको “सेतो हात्ति”
ढुकिरहेछ
बन्देजरहित अधिकारकोलागि
 
Posted on 05-13-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा अलि फरक कविता! नितान्त लाटो! समसामयीकता भन्दा अलग!

म र तिमी-

म-

साँझ बिहानको यो
लामो यात्रामा,
म;
प्रदर्शनमा राखिएको
झाँकि झैँ,
पटक पटक
प्रदर्शित हुन्छु।
अनि,
मन पराउनु
र मन नपराउनुको
दुई भित्तामा,
पटक पटक ठोक्किँदै,
बिक्न तयार हुन्छु!!


तिमी-

हाँसो र आँशुको यो
लामो यात्रामा,
तिमी;
कुनै उराठ नाटकको
पर्दा झैँ,
पटक पटक
छोपिन्छौ र उदाङ्गिन्छौ।
अनि,
पवीत्रता र अपवीत्रताको
दुई पाटामा,
हरपल जेलिँदै,
किन्न तयार हुन्छौ!!

 
Posted on 05-22-06 5:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै राम्रो लेख्नु भयो बिर्खेजी। धेरै तहमा अर्थ बोकेका छन् तपाईँका यी दुई टुक्राले।

*********************
समयाभावले गतिलो केहि लेख्न सकेको हैन अचेल। तर साझामा झार धेरै पलाएको देखेर दिक्क लाग्यो र यो धागोलाई माथि ल्याउनै पर्ने जस्तो लागेर दुई टुक्रा मुक्तक राख्दैछु।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters