[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 हैन कि हो? ----- खै के हो के हो?

[Please view other pages to see the rest of the postings. Total posts: 162]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 170327 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 03-10-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हैन कि हो?----खै के हो के हो


 


"! उठ्छस कि लात्तले दिम?" घाम झुल्किन भ्याको थिएन बाङ्गे मेरो कोठामा झुल्क्याथ्यो ब्यान ब्यानै त्यस्ता शब्द हुर्याउँदै।


 


"आज एउटा घाघ ज्योतिषी नखोजी छोडदिन" मैले पनि मुरमुरीँदै कोल्टे फेरेर सिरकले मुख छोप्नु अघि भनें।


 


"यस्तो तरुनी खोज्ने उमेराँ नी ज्योतिषी खोज्ने हो के ? के गर्न चाहियो नी तँलाई ज्योतिषी?" ओछ्यानमा बस्दै अलिकति सिरक तानेर सोध्यो उस्ले।


 


"कैले घिच्याउने रे तँलाई कालले भनेर नी?" उस्ले मज्जाले सुन्ने गरी भनें मैले, टाउको बाटो सिरक हटाईकन।


 


"तँलाई भन्दा पैले मलाई घिच्यायो भने बाबु तँलाई तर्साएर नी खान बस्न दिन्न--यस्तो तर्साउँछु तँलाई --यस्तो तर्साउँछु --- बरु मर्न पा भए नी हुन्थ्यो जस्तो पार्छु तँलाई" उस्को घुँडा सिरक भित्र घुसाउँदै, ओछ्यानको भित्तामा अढेस लागेर भन्यो उस्ले अनि थप्यो, "जा माथि गएर चिया लिएर आईज, स्वास्नी नभा यस्तो खडेरी ओछ्यान छोडन पनि कस्तो गार्हो हो?"


 


"आधारातमै हिनीस कि के हो मसान? कति बज्यो अहिले?" मैले झर्किंदै सोधें।


 


"बज्यो होला नी दश जति" उस्ले सजिलै भन्यो।


 


"बज्छ दश तँलाई भनेर, घाम झुल्क्या छैन होला" मैले भित्तामा झुण्ड्याको घडी तिर हेर्दै भनें। साढे  ६ हुँदै रे छ। " हेर, भरखर लाई साढेले हान्दै रे --अझै दुई घण्टा बाँकि बिहान हुन लाई --" थपें।


 


"यता नबजे नी कतै कतै बज्यो होला नी दश, तैंले यहाँ कति बज्यो भनेर सोध्या थिएन केही थिएन -- अब उठ लामो कुरा गर्ने होईन। चिया लिएर आईज जा -- पेटै उमठन लाई सक्यो अब त।" तिर बाट सिरक तानेर उस्को माथि मिलाउँदै भन्यो उस्ले।


 


अब नउठी धरै थिएन। उठें अनि निस्किएँ कोठा बाट।


 


चिया लिएर आउँदा बाङ्गे कोठामा थिएन। "सित्तैमा मेरो निन्द्रा बिगारेर मर्यो" दुई कप चिया ओछ्यान छेउको टेबलमा राख्दै झर्किएँ आफै सँग, अरु को थियो त्यहाँ झर्किन? अनि छिरेँ फेरी ओछ्यानमा।


 


चियाको कप आधा पनि सकिएको थिएन, बाङ्गे छिर्यो कोठामा "क्या चिसो यार" भन्दै।


 


मैले केही नभनी उस्लाई हेर्या देखेर होला चियाको कप समात्दै उस्ले भन्यो "तलतल लागेर उता हलुवाबेदको बोट मुनी दुई चार सर्को तानेर --के गर्ने अब बानी लागि हाल्यो--आदत राम्रो होईन नी--एउटी राम्री तरुनीले माया गरेर चुरोट छोड भने देखि छोडदीन्छु।" ओछ्यानमा त्यति फलाकिसकेर काखमा सिरक राख्दै पलेटी मारेर बसे पछी उस्ले सोध्यो " किन ब्यान ब्यानै भन्न तँ कहाँ?"


 


सोध्न मन थिएन जिन सुकै भए नी -- नसोधे नी भनी हाल्थो भन्न -- "किन कृपा गरीस ब्यान ब्यानै?" तै पनि सोधें।


 


"आज सुरेश अंकलले बोला के" उस्ले दंग परेर भन्यो।


 


"ह्या तरुनीले बोलाको भए नी लौ भन्नु, सुरेश अंकलले बोलाउँदैमा के खान मेरो निन्द्रा बिगार्न ?" मैले खासै चासो नलिई भनें। फेरी को सुरेश अंकल को?


 


"खै कुरा बुझेको तैले? सुरेश अंकल को भन्न?" उस्को खुसीमा कुनै कमी थिएन।


 


"को?" मैले सोधें जो सुकै होस भन्ने लागे पनि।


 


"हुने वाला ससुरो हो बाबु, हुने वाल ससुरो" गदगद भएर भन्यो बाङ्गेले।


 


त्यस्ता हुनेवाला ससुराहरु दिनमा एक दर्जन जति हुन्थे, अनि धेरै जसो दिन दिनै फेरीन्थे पनि, मलाई केही वास्ता नी लागेन।


 


"हिंजै भन्न आउनला थिएँ तलाई, बाउले राती राती बाहीर जाने होईन भनेर उर्दी लाए अनि कति बेला ब्यान होला भनेर क्या छटपटी आफुलाई।" उस्ले भन्यो। अझै दंग थ्यो।


 


"को सुरेश अंकल यो?" मैले रित्तो कपलाई झ्यालमा राख्दै सोधें।


 


"त्यो आशिषेको घरको उता पट्टी के -- चाईनीज ईट्टाको घर नी हो त्यै"


 


"को आशिषे? ज्ञानेश्वरको?" मैले फेरी सोधें।


 


"अँ" बाङ्गे अझै दंग थ्यो।


 


"त्यस्को घर छेउ दुईटा छन चाईनिज ईँट्टाका घर--दुईटै घच्चीका छन तर" मैले भनें।


 


"तरुनी पनि दुईटै घच्चीका छन त्यहाँ--" बाङ्गेले अरु खुसी भएर भन्यो।


 


दुईटा भनेर बाङ्गेले सम्झाए पछी झिनो आश पलायो मलाई पनि।


 


"दुईटै तेरा होईन होलान नी?" मैले अहिले चै मुसुक्क हाँसेर सोधें।


 


"एउटी तेरी हो नी --नभए नी बनाउनु पर्छ अब-- त्यै भएर आको यहाँ-- अब तयार हो--जानु पर्छ" बाङ्गेले जोस्सीदै भन्यो।


 


मलाई नी एक राउण्ड हलुवाबेदको बोट मुनी जान मन लाग्यो अहिले चैं। घर देखी तलको बारीमा कुना तिर थ्यो त्यो बोट, धुप हाल्न त्यति खतरा थिएन तै पनि चनाखो चै हुनु पर्थ्यो।


 


"धुप बाँकी?" मैले ओछ्यान बाट उठ्दै उस्लाई सोधें।


 


"किन हुँदैन थ्यो?" पनि उठेर हाँस्दै बाटो लाग्यो।


 


"हलुवाबेद फल्नु पर्ने हो यस्पाली टन्नै" भन्दै पनि पछी लागें।


 


धुप ध्वाँर गरेर आए पछि, चिटीक्क परीयो। ससुराली जस्तो ठाउँ जानु पर्ने, त्यै अनुसारको तयारी गर्नै पर्यो।


 


"बाटो लागे पछी मैले सोधें, सधै तरुनीको तर्फबाट बाउ चिनिन्थ्यो, यस पाली बाउको तर्फबाट तरुनी चिनीने भैयो ?"


 


"तैंले चैं , हाम्रो पुरानो चिनजान हो" बाङ्गेले सुनायो।


 


"पुरानो भन्या?" मैले सोधें।


 


"बाउको साथी सुरेश अंकल, त्याँ तरुनी देख्या दुई बर्ष जति भो, अनि पुरानो भएन?" उस्ले भन्यो। अनि थप्यो, "घराँ नी आछन ती सुरेश अंकल हाम्रो।"


 


"छोरी लिएर?" मैले सोधें।


 


"काँ छोरी लिएर? छोरी लिएर भए भै हाल्थ्यो नी--एक्लै आउने भएर यो बिघ्न टाईम लाग्यो नी" उस्ले भन्यो।


 


"मलाई तरुनी भा घर जान मन लाग्दैन, तरुनी भा घरबाट आउन मन लाग्दैन, तँलाई थाहै छ। कसरी सुरेश अंकल अहिले सम्म बचेछन, आफै छक्क पर्दैछु" बाङ्गे अलि चिन्तित भए झै भयो।


 


"ज्योतिषी एउटा खोज्नै पर्ने भो" मैले भनें।


 


बाङ्गेले पुलुक्क तिर हेर्यो।


 


"तेरो काल सोध्न होईन" मैले हाँसेर भनें। उस्ले पनि हाँसेरै सोध्यो, "के लाई ? कैले पर्ने रे लभ, को सँग पर्ने रे , कता तिर की सँग पर्ने रे त्यै सोध्न?"


 


"त्यस्तो थाह पाउला ज्योतिषीले?" मैले सोधें।


 


"जान्नेले थाह पाउला नी" उस्ले भन्यो अनि फेरी चुरोट सल्कायो। मैले पनि तानें। जाडोमा चुरोट तान्दाको मजै बेग्लै। गहना पोखरीबाट अघि लागेर दाईने तिर टंगाल स्कुल छोडेर अलिकति अघि लागे पछी बालमन्दीरको उत्तरपूर्बी ढोका आउनु अगाडीको गल्लीबाट दाईने लागि सक्या थिएम हामी।


 


"कसरी थाह पाउनु कुन् चैं जान्ने हो? कुरा भोलीको सोध्नु पर्ने, भोली नभै मिल्या नमिल्या थाह हुन्न? आजै कसरी जान्नु मिल्छ कि मिल्दैन?" मैले आफुलाई लाग्या कुरा भनें।


 


"त्यो अब हिंजोको कुरा सोध्नु पर्छ नी , जान्ने रे भने मिलाउँछ" उस्ले भन्यो।


 


"अब हिंजोको कुरा के खान सोध्नु पर्यो ज्योतिषीलाई, त्यो हामी आफैलाई थाह छदै नी, भोलीको कुरा जान्ने पो जान्ने " मैले भनें।


 


अघि अघि थिए पछी। गल्ली सानो थ्यो दुबै जना संग संगै हिन्न। उस्ले बालमन्दीरको पश्चिम अर्थात मुख्य ढोका नेर पुगे पछी सोध्यो, "हैन हामी ज्ञानेस्वर जाने मान्छे किन यता बाट आएको?  उता मालीगाउँ हुँदै जानु पर्थेन? सानोगौचर अगाडीको बाटो बाट छिर्नु पर्ने---"


 


त्यै हो नी -- भगवती वहाल तिर लाग्दै मैले भने "चारधाम गर्ने बानी लागेर हो <SPAN style="FONT

 
Posted on 05-07-09 6:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरुलाई मैले बिर्सेंको छैन है, त्यै निबेदन गरम भनेर उपस्थित भएको अहिले चै। यो बशन्त ऋतुले हरीयाली प्रायोजन गरे झै साथीहरुको सदभावले मेरो उत्साह प्रायोजन गर्छ।

 
Posted on 06-14-09 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो, धेरै भएको छैन .... एक महिना काटेर दुइ तिर लागेको मात्र छ.......
खाली समय को ज्ञान गरौन मात्र आएको हो है प्रभु म त ....... नत्र एस्तो सानो तिनो कुरा मा कमेन्ट गर्ने मान्छे त होइन म .......

प्रभु कथा अगाडी बढाउन ........ सार्हो कुरियो अब त..........

 
Posted on 06-19-09 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यत्तिका दिन एउटीलाई आफ्नी भनीयो, बिपनाको कत्ति रहर सपनामा पुर्याईयो---अब आएर आफ्नै साथीले धोका दियो, खै के हो के हो--" बाङ्गेले थ्याच्च बसेर हाँस्दै भन्यो।


 


 


 




















"हेर बाङ्गे ---  मैले सम्झाउन खोजेको झै गर्दै भनें ---"
ह्या यो कुरा त जती गरे नी यस्तै हो पैले एउटा जडुली कुरा भनी हालम न अनी अरु कुरा भन्या त गर्दै गरम्ला नी -- जडुली कुरा चै के भन्देखुन म जिम्दै छु क्या -- अरुलाई मतलब भए नी नभए नी आफुलअी चै धुनधानै मतलब हुने रे छ ज्यान को के नी -- यै एउटा छ--
छिरीक्क केई भयो भने त राम राम राम ---
 अर्को झन जडुली कुरा नी छ -- त्यो चै के भने साथीहरु प्रति मेरो हार्दिक





आभार
  
जिन्दगीले चक्कड  दाईँ गर्दै छ नी अचेल -- दाईँ मात्रै गरेर त के थ्यो र मलाई नारीरछ र पो त ---


 
Posted on 06-20-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jee BGange lai yo chahin college ma varna garidinu parla jasto chha. Aadhi vanda badhi ta trailer mai chacchupan garna painchha.


 
Posted on 07-07-09 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gamalaa bhari fulko fota rakhera k garya ho aman prabho le?  :)


 


mero gaf ta bhassechha ni .... ukasnu parne....


 
Posted on 07-07-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुको दाईँ सिद्धियो भने एसो हल्का फुर्का चमेना पस्किउम न हो!

अनी गुरु, ति त कोपिला नै हुन नि, फुल भनेर आँखा नलगाउम है!!!   Minor  को बात् लाग्ला नि फेरी !!!

 
Posted on 07-07-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप प्रभो यसो फुर्सद निकाल्नु पर्‍यो यो -- "हैन कि हो?----खै के हो के हो" --  देग चलेन .... लौ न लौ फेरी बेली बिस्तार लाउनु परो ......... यो बाङगे पुरान पढ्न मन अधीर छ
 
Posted on 07-16-09 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यत्तिका दिन
एउटीलाई आफ्नी भनीयो, बिपनाको कत्ति रहर सपनामा पुर्याईयो---अब आएर आफ्नै
साथीले धोका दियो, खै के हो के हो--" बाङ्गेले थ्याच्च बसेर हाँस्दै भन्यो।

"हेर बाङ्गे को कस्को को कस्को अझै पक्का भैसक्या छैन नी त --" मैले कुरा पुरा गर्नै पाको थिएन उ भडकियो "पक्का त तेरै भाको थिएन होला नी, मेरो चैं उही बेलाँ पक्का गरेर तँलाई जानकारी गराको होईन?"

"तैंले मात्रै जानकारी गराएर हुन्छ्? तेरै मात्रै जानकारीको भर पर्ने हो भने त अब एक दुई बर्षमा यो काठ्माडौ भरी अरुको लागि कोई पनि तरुनी बाँकी हुँदैनन--जो देख्यो बच्छी मबिया भन्या जस्तो गर्छस तँ ---"

कौसीमा अलपत्र पर्या एउटा ईँटाको टुक्रालाई एक लात कस्यो बाङ्गेले अनि म तिर हेर्यो -- भन्नलाई केही भनेन।

फेरी अब ट्युशन पढन त जानै पर्यो। कैले पढ्न जान पाईएला जस्तो भएर उतपात। ज्ञानेश्वर भ्रमण पटक पटक गरेको पनि हो, तर लाभदायक भएको थिएन। ट्युशनको बिहान आयो आखिर। जाँदा बाटा भरी बाङ्गे र म अनेक थरी कुरा गर्दै गएम।

अंकलले हामीलाई उनीकहाँ आको गाको मात्रै पैसा लिएर पढाउने बल नगरे हुने नी -- उनलाई फेरी नपढाई नहुने --ज्यान दिएर लाग्थे। कत्ति न हामी उनी सँगनै पढ्न गाको जस्तो। घराँ दुईटी तरुनी छोरीहरु गुलाफको फुल सरी भएसी दुईटा बतासे झक्कु केटाहरु पढ्न आएको देखे पछी फुल हल्लाउने मात्रै होईन ताल परे बतासेहरुले झार्छन फुल भनेर बुझ्नु पर्छ पर्दैन?

अंकलले त्यो दिन शिबदाईको कुरा उठाए, हाम्ले पनि एक स्वरले  शिबदाईको खोईरो खनेम। ससुरा अंकलको हो मा हो मिलाएम। अनि चिया पिउँदै पढाई सुरु भो।

पढाई सकियो तरुनीहरुको दर्शन पाईएन। त्यसरी हुन्थ्यो के त? अंकल मास्तिर लागे पढाउने कोठाबाट बाहिर निस्किएर, हामी चैं तल तिर ओर्लेम।  जाने तयारी गर्दै थिएम्, ससुरो अंकल पनि आईपुगे चोकाँ। मोटर साईकलको बुई चढेर लात हान्दै मच्चिदै गर्न लागे स्टार्ट गर्न। "खै म गर्दिन्छु अंकल" बाङ्गेले उनी छेउ पुगेर भन्यो। एक दुई चोटी केही नभनी अंकलले लात हानी हेरे स्टार्ट भएन। अनि ओर्लिए। बाङ्गेले बुई नचढी दाइने खुट्टाले एक दुई चोटी हो कि होईन जस्तो गरेर लात हान्यो अनि जोडले अर्को एक लात कसेको थ्यो, मोटर साईकल स्टार्ट भो।

"चिसोमा स्टार्ट गर्ने गार्हो --" भन्दै अंकल हेलमेट लाएर मोटरसाईकलको बुई चढेर बिदा भए।

"बुढाले चिसोको कुरा झिकेर राम्रो आईडिया दिए" बाङ्गेले कौसी तिर आँखा पुर्याउँदै भन्यो।

दुईटै ठीटीहरु त कौसीमा रेछन। मैले केही भन्नु अघि नै बाङ्गे फेरी घर भित्र छिर्यो। म अलमल परें। उस्ले बोलायो मलाई, हातको ईशाराले। म पनि गएँ।

मैले सुर के हो त्यो बुझ्नु अघि नै बाङ्गे भान्साँ पुग्यो र नरम स्वरमा भन्यो "आन्टी, कस्तो चिसो रे छ बाहीर त -- एक एक कप चिया फेरी पिउन पाए, त्यसकै तातोमा घर पुगिन्त्थ्यो"

आन्टीले हाँस्दै "किन चिया मात्रै भुजै खाएर गए नी भैहाल्छ नी" भनीन। "हैन आन्टी, भुजा अलि भोक लाग्या बेला खाम्ला, अहिले लाई चियाले हुन्छ" भन्यो बाङ्गेले। मैले चिसोको कुरा बुझें।

बाङ्गेले "गोमादीदी, चिया कौसीमा ल्याईदिनु न है" भन्दै उत्तर नपर्खी उ भर्याङ्ग तिर लाग्यो। म पछी लागें।

माथि तरुनीहरु के कुरा गर्दै थिए कुन्नी हामीलाई देखेर कुरा रोके। परेलीहरुलाई ओराले।

"यस्तो जाडोमा पनि यो कौसीमा चै कस्तो न्यानो रे छ" बाङ्गेले भन्यो।

दुईटैले फेरी हाम्लाई पुलुक्क हेरे।

"अहिले सम्म नगएर किन नी?" एउटीले सोधी। अब एउटी नभनेर के गर्ने त? बाङ्गेले लाको भागमा त्यो सोध्ने केटी मेरी थिई, तर त्यो दिन मेरो हात समाउने केटी उ थिईन। को कस्को हो को कस्को ---

"जाने भनेर हिनेको त हो नी -- चिया बन्दै रे छ, आन्टीले यहीँ माथि पठाईदिन्छु भन्नु भो अनि" बाङ्गेले सुनायो।

"त्यो साथीको के छ नी हालखबर?" मेरो हात समाउने चै ले सोधी यस पटक म तिर हेरेर। हुन त उ बाङ्गेले गर्देको अंश बंडामा बाङ्गे तिर थिई।

"को साथी?" मैले सोधें।

"को अब?" उस्ले अलि झर्केको जसरी भनी।

"शिबदाईको पेच हान्या होला हामीलाई" बाङ्गेले भन्यो।

"त्यो मान्छे किन त्यस्तो नी?" बाङ्गे सँग उभीएकीले सोधी। मेरो हात समाउने मेरै नजिक थिई।

"बिचरा पैले त क्या भलादमी रे शिबदाई, पढ्ने पनि त्यस्तै रे-- बिचरा एउटी केटीलाई मन पराउने रेछन, केटीले अर्कै सँग बिहे गरीछ-- अनि त खत्तम--त्यै केटीको बिहेमा फस ट्याम रक्सी खाएर गा रे, शिबदाई ---- पुरा टिल्ल भएर गएछन अनि जग्गेमा गएर बबाल गरे रे -- दुलालाई नी बजाउनु बजाए रे -- त्यति बेला देखी टिल्ल भाको रे अहिले सम्म त्यतिकै छन" बाङ्गेले भन्यो।

दुईटै तरुनीहरुले उस्को कुरा ध्यान दिएर सुनेका थिए। म चै अचम्म मा परें। शिबदाईलाई पनि थाह नभाको कुरा आज बाङ्गेले उनीहरुलाई सुनायो।

"गफाडी बाङ्गे" मैले मुस्कुराउँदै मन मनै भनें।

"चोट परे पछी मान्छेलाई --" बाङ्गेले फेरी थप्यो।

केटीहरु केही चिन्तित देखिए। बाङ्गेको गफ मैले त बुझे उनीहरुले खै के गरे।

गोमादीदी चिया लिएर आईन।
...

 
Posted on 07-16-09 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले सम्म छिनाफानो भा छैन - को कस्को भनेर - दुइबैलाई ट्राइ हान्ने - जस्को मा आयो त्यस्को नि होइन र भन्या


खोइ केटीहरुको नाम छैन - नाम पनि होला नि - सोध्न भ्याएन कि क्या हो -


अब जे गर्छ बाङ्गे ले गर्छ ल त्यही हो - गफाडी पनि महा गफाडी रेछ बाङ्गे 


 
Posted on 07-16-09 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<त्यति बेला देखी टिल्ल भाको रे अहिले सम्म त्यतिकै छन>>>

जय होस् प्रभो, दशकौँ पछी आए तर आउन चाँही आए। आप आए हमारे बराउसर पे, हम कभी आपको तोह कभी अप्ने कम्प्युटरको देख्तें है, हो कि खै के भन्छन नि तेइ।

अरु कथाहरु आज पढे भोली बिर्सिन्थे, तर प्रभो को लीला अपरम्पार छ, यो कथा त जैले पढे पनि अघी भक्खर पढेको जस्तो लाग्नी रेछ, सब ताजा ताजा याद रेछ। ल मज्जा आयो, अब अर्को भाग आउन एस्तो ढिलो त नहोला नि है प्रभो!?

 
Posted on 07-17-09 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sakyo bhaneko ta ajhai ghachhi jandai raichha. Pelum pravu pelum tannai pelu;. Jai hos.

 
Posted on 07-17-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछि दीपको कथाले साझामा बसन्त ल्याएको छ। यो क्रम जारी रहोस् भन्ने कामना गर्दै एकचोटि पुन: धन्यबाद चढाँउछु।


दीप प्रभु कि जय!


 
Posted on 07-17-09 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो !!! लौ लौ छोटो भए नी मीठो गयो ..... कुन बेला सक्यो पत्तो नै पाइएन ...... लौ न गुरु यस्लाई छिट्टै निरन्तरता दिनु होला..... म अर्को भागको प्रतिक्ष्या मा छु
 
Posted on 07-18-09 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोमादीदी चिया लिएर आईन। --

चिया उनले हामी सबैलाई लिएर आएकी रहीछन, बुझाईन, अनि हामी र तरुनीहरु प्रति बिशेष लक्षणको हेराई हुर्याईन मानौ उनको हेराईले भनेको यही हो "चर्तिकला नदेखेको छैन मैले"। गोमादीदी ओर्ले पछी, सायद उनको अघिको हेराई प्रति सतर्क भएर होला तरुनीहरु पनि चिया लिएर कौसीबाट ओर्लीन भर्यागं तर्फ लागेको देखे पछी उनीहरुले समेत सुन्ने गरी बाङ्गेलाई मैले भने "यार, तँ त अन्तिम बस स्टप जस्तो भईस नी -- तँ आए पछी त जम्मै ओर्लिन लागे"।

तरुनीहरुले पछाडी फर्केर हामीलाई हेरे, मुस्कुराए अनि ओर्लिए। बाङ्गेले थप्यो "अन्तिम बस स्टप त ओर्लिनेहरुको लागि मात्रै हो, चड्नेहरुको लागि त सुरुवात नै त्यही हो" यस पटक उनीहरु पछाडी फर्किएनन् तर उस्को कुरा सुनुन्जेल ओर्लिने क्रमलाई भने रोके।

चिया सकेर हामी तल ओर्लिदा तरुनीहरु हामीलाई पढाउने कोठा अगाडी भेटीए। "जान लाको?" एउटीले लच्केर सोधी। त्यो सोधाईमा प्रश्न थिएन तर।

हाम्ले जबाफ दिनु अघि नै अर्किले अरु लच्केर बोली "भुजा ज्युनार भएर सवारी होस न"।

बाङ्गे र म किला गाड्या जस्तो ठिङ्ग उभीए रा थिम त्यहाँ। 

"अघि बसको कुरा गर्या होईन? ड्राईभर चै को नी?"

"पैला बसमा काम गर्ने गर्या थ्यो हो?"

"एक जना ड्राईभर एक जना ढ्याङ्ग ढ्याङ्ग गर्ने हो?" 

उनीहरुले पालै पालो सोधे --- अनि हामीलाई त्यहीँ किलामा छोडेर उनीहरु हाँस्दै एउटा कोठामा पसे। हाम्रो पनि किला फुस्कियो, ओर्लिएम भर्यागं। आन्टी सँग बिनम्रता पूर्बक बिदा भएर लागियो बाटो।

घर बाहीर निस्कीए पछी मैले भनेँ "यार बाङ्गे, भित्र त अघि असिनाले दरो चुट्यो  ---ठीटीहरु त दर्कीए नी"

"खडेरीमा मर्नु भन्दा त दर्केर बर्सेको असीना नै खप्नु बेस " उस्ले चुरोट झिक्दै भन्यो अनि थप्यो, "खडेरी सकिन्छ सकिन्न ठेगान हुन्न, तर असिना धेरै बेर पर्दैन"

मैले सलाई कोरेँ अनि सल्केको ज्वालालाई हत्केलाले छेकेँ निभ्ला भनेर, उस्ले चुरोट सल्कायो ---पिचकारीले पानी तानेको जसरी तान्यो धुवाँ अनि म:म पाक्दो भाँडोको बिर्को खोल्दा फैलीईने बाफ जसरी धुबाँ छोडेर चुरोट म तिर तेर्सायो। जाडोमा चुरोट तान्दाको मजै बेग्लै।

"अघि शिबदाईको गफ त गज्जब दिईस नी" बालमन्दीरको पश्चिम तिरको ढोका आईपुग्दा मैले भनेँ बाङ्गेलाई।

"हेर बाबु केटीलाई आईडिया त दिनु पर्यो नी -- तिम्रो जग्गेमा आउने मै हो --- तिमिले पारेउ ट्र्याजिडी भनें ट्वाँटले हुर्‍रीदैं हैन भने जन्ती सँग सुर्‍रीदैं आउँछु भन्ने जानकारी गराईदिनु परेन? तँ पनि के गरेर हुन्छ दे संकेत तेरीलाई-- आफ्नी पनि अनि तेरी पनि दुईटैलाई जानकारी दिन सक्दिन म--आफ्नो ब्यबस्था आफै गर--खोला सम्म ल्याईदेको छु, मेटाउने हो तिर्खा भने भर अंजुलीमा हैन भने मलाई थाह छैन" बाङ्गेले भन्यो।

"अंजुलीमा हैन पाए त म त अंगालोमा चै भर्थें नी" मैले भनें अनि थपें तर अंगालोमा लिनु पो कस्लाई----मेरी चैं कुन हो कुन?"

हामी टंगाल स्कुलबाट गहना खोज्ने पोखरी तिर लाग्दै थिएम।

बाङ्गेले म तिर हेर्दै भन्यो "हामीले यो मेरी यो तेरी भनेर केई न केई --अब उनीहरुलाई नै छान्न दे--उनीहरुले छाने पछी चै फाईनल नी फेरी--चोखे सोखे लाउने हैन--अहिले नै भन्देको छु मैले"

लाम पोखरी पुग्दा शिबदाई भेट भो, झुसिलकीरे आँखि भुईँ उठाएर आलुबखडाका बिया झैँ आखा पिर्लिक्क पल्टाउँदै सोधे "चुरोट छ?"

बाङ्गेले ५५५ को बट्टा शिबदाई तिर बढायो। उनले दुई खिल्ली झिकेका थिए, "बट्टै राख्नुस दाई" बाङ्गेले अस्तिको गुन तिर्दै भन्यो।

शिबदाई एक पलको लागि छक्क परे तर फेरी बाङ्गेले सोच बदल्ला भनेर होला बट्टा खल्ती तिर हाल्दै चुरोट ईतरको कुरा गरे "तिमीहरुलाई कसैले छोयो भने मलाई भन्नु, टडकले ट्वाक किच्या जसरी चेप्टाईदिन्छु"।

"ह्स दाई" हाम्ले स्वर मिलाएम। चुरोट सल्काए शिबदाईले अनि भगबतीथान तिर बाटो लागे गाउँदै "मधुबन खुसुबु देता है ---"

"अब सुरेश अंकलहरुलाई घरमा खान बोलाउने बन्दोबस्त मिलाउँछु म -- सपरीवार। तँ पनि आईज। कति हामीहरु मात्रै ससुराली गैरहने, उनीहरु पनि घर आउन न"। बाङ्गेले उस्को घर अगाडी टक्क रोकीएर भन्यो। ...





 
Posted on 07-19-09 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो प्रभु हिजोनै पोखिसक्नु भएको रहेछ मैले त भर्खर देखे अनी पढे पनि ... अरुले जस्तो कती छोटो कती मिठो भनेर प्रभु को इन्सुल्त गर्दिन, म त कती मिठो तर कती छोटो भन्छु .......
हे हे हे हे "भित्र त अघि असिनाले दरो चुट्यो  ---ठीटीहरु त दर्कीए नी"

हैन कती सम्म बयान गर्न सकेको भन्या "पिचकारीले पानी तानेको जसरी तान्यो धुवाँ अनि म:म पाक्दो भाँडोको बिर्को खोल्दा फैलीईने बाफ जसरी धुबाँ छोडेर चुरोट म तिर तेर्सायो।".... एसो पढ्नेलाई पनि पढदा पढ्दा तल तल लागेर कस्तो....... सँगै सुतेकी बुढी लाई पनि छोडेर बाहिर गएर तानौ तानौ जस्तो ........

प्रभो अली फुर्सद बढीनै भएको ले गर्दा घुम्दा घुम्दा हजुरको मेसेज को रिप्लाई गर्न नभ्याएको मा माफि माग्छु है .... अनी चान्डै रिप्लाई गर्छु भनेर पनि कसम नगरौ क्यारे ...... फेरी भ्ययिएन भने अर्को आपत ..... के गर्नु बाङे ले जस्तो कसम जती खाए पनि केही नाप्दैन भनेर बस्न पनि सकिएन ...... ल त हजुर एकै छिन्मा अर्को भाग पनि टांसे अहिले नै पढेर सकाउनेथिए क्यारे ..... 

 
Posted on 07-19-09 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर तरुनिहरुले त बाङे र प्रभुलाई त ड्राइभर र खलासी नै बनाएछन है ।


चाडै घर तिर बोलाम है चाडै , नत्र बाङेले भनेको शिभदाइ ताल होलानी फेरी।


 
Posted on 07-20-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>>दुईटै तरुनीहरुले उस्को कुरा ध्यान दिएर सुनेका थिए। म चै अचम्म मा परें। शिबदाईलाई पनि थाह नभाको कुरा आज बाङ्गेले उनीहरुलाई सुनायो।

"गफाडी बाङ्गे" मैले मुस्कुराउँदै मन मनै भनें।<<<<<<<


 


ahile chai milyo...lol........asina wala line ni dami cha.


 
Posted on 07-20-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लास्टै रमाइलो भयो ल यो भाग पढेर - बाङ्गे ले क्या गफ लाइद्या तरुनी हरुलाई शिव दाई को बारे 


तरुनी दुबै फ्याल्ट, बरु लास्टाँ दुबै तरुनी हरु बाङ्गे चाँही मेरो भन्दै झगडा गर्ने हो कि 



 
Posted on 07-22-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समय फर्काएर लान मिल्ने भा फेरी ज्ञानेश्वर जान्थें टिकस काटेर त्यो पनि अहिलेई जस्तो लाग्या भन्या अस्ती राती  --- तर के गर्नु -- समय फर्काउन नमिल्ने, यत्तिकै जाम भनेँ --- के भनाइ भो र अब अरु त --
 
Posted on 08-04-09 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अब सुरेश अंकलहरुलाई घरमा खान बोलाउने बन्दोबस्त मिलाउँछु म -- सपरीवार। तँ पनि आईज। कति हामीहरु मात्रै ससुराली गैरहने, उनीहरु पनि घर आउन न"। बाङ्गेले उस्को घर अगाडी टक्क रोकीएर भन्यो। ...


बाङ्गे मान्छे त बोलीको दरो हो कैले काईँ भए पनि। बिहान बोलाउँछु भन्थ्यो बेलुका भेटदा अर्को शनिबार सुरेश अंकलहरु आउने भए भनेर सुनायो।


बिहान हामी तरुनीहरुकहाँ पढन जाने बेलुका उनीहरु बाङ्गेकहाँ आउँदा एउटीलाई मैले अर्कीलाई बाङेले पढाउनु पर्ने निधो गर्यो बाङ्गेले अनि थप्यो "अब पाठ चैं के पढाउने हो सोचेर तेरो तँ तय गर्नु मेरो मै गर्छु।" किस्न मन्दिरको सिंढीमा बसेर बाङ्गेले प्रेमशास्त्रमा एक पछी अर्को महानबाणी पोख्दै गयो। महानबाणीको बिच-बिचमा उपदेश पनि उत्तिकै दिदै थ्यो। निकै बेर मैले सुनीरहें केही नभनी।


 उ थामीएला की भन्या मैले चुपचाप सुनेको भएर होला उस्को हौसला झन बढेको, झन झन चम्किन थाल्यो अनि मैले भनें "बाँकी चैं तेरो पनि लभ परे पछी भन्न, भट्टाउन त के गार्हो छ र?"


बाङ्गे झ्याप्पै रोकियो। चुरोटको ठुटो चप्पलले किच्दाको जस्तो हेराई म तिर फ्याँकेर मलाई श्राप होला दीन ठिक्क पर्या थ्यो ट्वाक र सुपारी आईपुगे उता ओरालो तिर बाट। सन्दर्भ फेरीयो।


"भगवतीबहालको पुराण कुन अध्यायमा पुर्याईस?" मैले ट्वाकलाई हेर्दै सोधें।


ट्वाकले मुस्कुराएर भन्यो "एकान्त अध्यायमा पुर्याएँ"।


म र बाङ्गे झस्किएम। सुपारीले टाउको हल्लाउँदै पिच्च थुक्यो।


बाङ्गे सिंढीबाट उठ्यो, म पनि उठें। उ मन्दिरको पछिल्तिर लाग्यो, हामी सबैले पछ्याएम। मन्दिर पछाडी प्रायश: दुईटा काम हुन्थ्यो, एउटा चुरोट सल्काउने, अर्को -- भैगो नभनम पाप लाग्ला फेरी।


बाङ्गेले खल्तीबाट चुरोट झिक्यो, चुरोट झिक्दा दश रुप्याको नोट पनि खस्यो खल्तीबाट। खसेको त्यो नोट टिपेर दीन सुपारी बाङ्गेको खुट्टा तिर निहुरीएको मात्रै के थियो बाङ्गेले आफ्ना हात आशिर्बाद मुद्रामा उठाएर भन्यो "चिरन्जीवी भएस"।


ट्वाकले भगवतीबहालको पुराण बाचन गर्यो निक्कै बेर। सुपारीले ट्वाकको चाल चलन ठिक छैन भनेर आफ्नो मनसाय दियो।


"अनि तिमेरु बादल बनेर ज्ञानेश्वराँ मडारीन गा पनि निक्कै भैसक्यो, तितर बितर भैसक्या हो कि बिजुली चम्काउँदै छौ?" ट्वाकले चुरोटलाई दाहीने हातको बुढी र माझी औलाले च्यापेर चोर औंलाले चुरोट ट्याप ट्याप पार्दै सिट्ठी झार्दै सोध्यो।


"अब अर्को हप्ता तरुनीहरुलाई लिएर उनीहरुका बाउ आमा हाम्रा घराँ आउँदैछ्न कुरा कानी गर्न -- दीपलाई पनि बोलाको छ" बाङ्गेले म तिर पुलुक्क हेर्दै चुरोटको अन्तिम सर्को तान्यो।


"सत्ते?" सुपारीले सोध्यो।


"मरीजाम, यै किस्न मन्दिरले भस्म" बाङ्गेले थप्यो।


"एस एल् सी त देको छैन, आउँछन अब तरुनीका बाउ-आमाहरु छोरी जिम्मा लाउन तँ काँ --" सुपारीले नपत्याएर भन्यो।


"छोरीनै जिम्मा लाउन आउने त कस्ले भन्या छ र?" बाङ्गेले भन्यो।


"त्यै त --यी दुईटाको नियत ठिक छैन, पढाउन सक्दिन अब म ---- किताब भनेर बल्छी बोकेर आउँदा रे छन--- छोरीहरुलाई दिक्क पारी सके ल भन त छोरी हो यिनीहरुको चर्तिकला --" भन्न आउन ला होलान। ट्वाकले हाँस्दै थप्यो। चुरोट तानेर सकिए पछी मन्दिर पछाडी बसीरहने काम भएन। अगाडी सडकमा आईयो। अनि किस्न मन्दिरबाट डबली, डबलीबाट बाट फेरी किस्न मन्दिर एक दुई चोटी दुई पैसामा काम नलाग्ने कुरा गर्दै ओहोर दोहोर गरीयो अनि घर घर तिर लागियो।


बाङ्गे र मेरो निकै चोटी बैठक भयो तरुनीहरु आउँदा के गर्ने के भन्ने जस्ता बिषयमा। कैले म किताब बोकेर उस्काँ पुग्थें, कैले उ म कहाँ आउँथ्यो। पढाई भने पनि छलफल भने पनि उही एउटै बिषयमा हुन्थ्यो।


आखिर त्यो दिन आयो। बिहान हामी उनीहरु कहाँ जाने, बेलुका उनीहरु हामी कहाँ आउने।


बिहानको चिसोमा बाङ्गे र म तरुनी-चिन्तनको धुनी मन भित्र दन्काएर हिनीम ज्ञानेश्वर तिर।


सुरेश अंकल कहाँ पुग्दा उनी तयार भएर बसी सक्या हुन्थे प्राय:जसो त्यो बिहान उनी तयार रहेनछन।


"बुबा हुनुहुन्न" एउटी चै तरुनीले भनी। उ सँग आँगन मै भेट भा थ्यो। बाङ्गे र म टक्क उभीएम। अब के गर्ने के -- बाउ छैन भन्दा भन्दै सुन्या नसुनेई गरेर घर भित्र छिर्ने कुरा नी भएन --अरु भए पनि नभए पनि हामीलाई मतलव नभाको कुरा -- बाउ सँग पढ्न आएका हामी --


बाङ्गेले सोध्यो "कहाँ जानु भा? एक छिनमा आउनुहुन्छ होला नी--हामी पर्खिन्छम" यसै त के छोड्थ्यो बाङ्गेले पनि।


बाउ भएर बरु तरुनीहरु छैनन भन्या भए हामी पनि एउटा निउँ बनाएर फर्किन्थिम होला तर तरुनीहरु भएर बाउ नभाको त राम्रो। यत्तिकै फर्किने त कुरै भएन।


आँगनकी तरुनीले केही भन्नु अघि नै अर्की तरुनी आई भित्र बाट। हामी सबै तिर हेरी कुरा नबुझ्या जस्तो गरेर। अघि बाउ छैनन भन्ने तरुनीले भनी "बुबा हुनुहुन्न बाहीर जानु भा छ भन्या-- पर्खिन्छु रे"


पछी आउने तरुनीले मुस्कुराएर भनी "त्रिशुली जानुभा बुबा त -- "


अब त्रिशुली गा मान्छेलाई के भनेर पर्खिने?  "फर्किम त उसो भए" मैले बाङ्गे तिर हेर्दै भनें।


"हामी दुई जनालाई एक एक जनाले छानेर पढाईदिन मिल्दैन? जाडोमा ह्याँ सम्म आईयो" बाङ्गेले भन्यो।


तरुनीहरुले एक अर्कालाई हेरा हेर गरे। मुस्कुराए। अनि एउटीले हामीले बोकेका किताब तिर ईशारा गर्दै भनी "हामीलाई त्यस्तो किताब पढाउन आउँदैन"।


मलाई पनि के सुर चल्यो जाडोमा त्यो बिहान, ह्वात्तै भन्दीएँ "मन पढाई दिए ठुलो गुन लाग्थ्यो ---किताब त कस्लाई पढ्न मन छ र? "


"त्यै त किताब त नपढ्ने म पनि" बाङ्गेले थप्यो।


"हैन भित्र आउने साईत कुन बेलाको छ?" सुरेश अंकलले माथि झ्यालबाट मुन्टो निकाल्दै सोधे।


हामी अलमलिएर सम्हालिईसकेकै थिएनम, एउटी तरुनीले बाउले सुन्ने गरी भनी "खै नपढने रे, बुबा"


"किन?" बाउले छक्क परेर सोधे झ्यालबाट। उता बाउ छक्क परे यता हामी।


फेरी अर्की तरुनीले थपी "खै के जान्नु --मन छैन रे---भन्या त्यही हो"


अलपत्र परेका हामीहरुलाई चोकाँ छोडेर हुरुक्कै हुने गरी नजरबाण बर्षाएर तरुनीहरु बगैंचा तिर लस्किए। ----


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters