[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 217316 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-10-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५

 
Posted on 01-13-06 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मुखिया बा,
हिजो हजुर र म चौतारिअ'ट सँगै घर फर्केम के रे। म हजुरको घर मुनि त्यो कटहरको रुख
हुँदी पुग्दा हजुरका घराँ बेस्करी भाँडा फालेको सुनेथेँ। कता कता मुखिनी पनि कराइरा' जस्तो
मान्थेँ। भात खानि बेला भाथ्यो के रे। "दिन भरी चौताराँ अल्लारे केटाहुर सँग बरालिएर
बस्नी अहिले भात खान माग्नी?" भनेर मुखिनीले थालको झटारो हान्नु भा'को हो कि जस्तो
नि मान्थेँ। कि कुकुर सुकुरले थाल चाटेको आवाज सुनेछु मैले ? क्यै मेसै पाइन के। के
भा'को हो, खसो खासी कुरो भन्नुस त।

:-)
-भउते
 
Posted on 01-13-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिख्रे मलाइ चाहिँ चौतारिमा निम्‍तो अनि अाफु टाप!
नमस्‍कार है सबैलाइ लोल हाहा
 
Posted on 01-13-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि हिजो धेरै पोस्ट गरिस्, अब सुत।न जा भन्यो। भन्नाले बिर्केको जस्तो Message दियो के।ल ल लालुपाते, pkreli, लुते सबै, बसम् गफ चुटम् कोदो चुटे जस्तो गरी।

नेपालीमा टाइप गर्न नसके रोमनमा गरे नु हुन्छ। चौतारीमा निर्धक्कसित मनको गाँठो फुकाम्।

म त १२*२०=240 (१२ बिसे)तिर गा थैँ।
भोटे च्याग्रांको थोक बिक्रेता नै म हो। कति हुल खानी हो? चौतारै पिच्छे १ हुल झिकाथेँ। काकाले नि किनिहालेछन्। निकासी पैठारी गर्छु के। अब उहिले ल्हासाम बेपार गरथेँ मैले र मुखियाले। चित्रे मदन हो मुखिया मदनलाई बास दिने भोटे हो क्या । आबु जमानाले कोल्टो फेर्यो कोइ चिन्देन।
ल्हासामा ३ दिन यिनरु मेरो बास बसेको, बिर्स्यो होला।

pkreli,


उकालीमा पनि हजुर
मोटर जाँदो रैछ
डाइबर दाईलाई शासन
माया सलल जाउँ हिन रेलैमा!

ईन्द्कमलाको फुलको हजुर
।।।(बिर्सेँ बिर्खे याद छ कि?)
आउनै छोड्यो बासना
माया सलल जाउँ हिन रेलैमा

 
Posted on 01-13-06 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुतेकुकुर जी, दर्शन अरेँ प्रभो। ह्यात्तेरी, कस्तो मैले कुकुरको कुरा अर्नी हजुर पनि आम्नि भ'छ।
हजुरलाई देखेर भनेको हैन है, रामो राम ल। रिसानी माफ होला। हजुर त तिहारमा माला
लगाए पछि त देखै पर्नु भे'न। कहाँ जानु भो? कस कसलाई भेट्नु भो? के के अर्नु भो? सप्पै
खुलस्त भन्नु भए हाम्रा कान पवित्र हुन्थे कि।

:-)
-भउते
 
Posted on 01-13-06 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यहाँ रमाईलो भएच।
मुखिया बा जदौ अरेँ। मुखिनि बजैलाई नमस्ते भन्दिनुहोला।
लुते आयौ बा तिमी पनि? लौ के हो त्यस्तो शहराँ पाइने रउसि अस्तो मानिचु मैले त, के जाती ब्योर भन्या तेइ हैन? लु 'तुच्च तुच्च' पारुम।
भौते के हो निको चाला छैन नि? पूर्बेलि पाराले गफ अर्ने भएचौ। 'कटहरको रुख निर' को सट्टामा 'कटहरको रुख हुँदि' रे । पूर्ब तिरको नानी भेट्यौ कि कसो?
 
Posted on 01-13-06 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दादा नि आएचन। नमस्ते अरेँ है दादा
 
Posted on 01-13-06 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन अगरेँजीमा coinciden भन्‍छन हेर्‍नुस बाबु कुरो के भन्‍दा खेरी तिहारको vacation ले
गर्‍दा टइम पाइएन!अब चाहिँ हाजिर लोल:O
 
Posted on 01-13-06 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hana dajai, sajha ley pani malai baki rakhena, gadhey, 1 post matara baki cha rey karum. mero pani ulli bas huney bho chautari bata. ma chiney suni rakhumla.
 
Posted on 01-13-06 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What's happening in here??????
 
Posted on 01-14-06 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखियाबा,
क्यार्नु नी त, खोज्या त हो नी, तर घर गरेर खानी खाले यस्सो मिल्या छैन अज सम्मन के। सिरेकी जमुनी, गोताएँकी याम्कला, चित्रेकी मैना त यै चौताराँ आएछि जोडि मिलेका हुन्केरे। हाम्रा नी आउलानी कुनै दिन।
दम्तरीहुर सँअ ठट्टा अर्न मन लाग्छ क्या कैलेकाहिं। खै भउतेले भने अन्सार तपैंको घराँ तेस्तै कै भा' र च भने, आमैलै फकम् न आम्न परो के रे।
अनी ए लुते, काँ हराका यति ट्याम हँ? लौ सुस्वागतम छ चौताराँ। तिम्रा भेटि र काकाको च्याङ्ग्रो त ठ्याक्कै मिल्नी भो।
 
Posted on 01-14-06 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यो भउते बज्जियाले पनि चौतारीमा आर जम्मैलाई मेरो पोल खोल्दोरहेछ है गाँठे। पर्खि तँलाई भेट्टाम मात्रैन लौराले सोह्रछु । बुढिँ बिया गरेसि थाह पाउलास् मोरा कति गाह्रो हुन्छ भन्ने कुरा । तेरी मुख्खिनि आमैको पनि अब त दाँत झारि दिन्छु कराई भने। जोरि-पारि सबैको अगाडि गाँठे लाजैमर्नु भैसक्यो है ।ऊ नेपाली साँइलाले पनि थाहा पाइ सकेछ, क्ञार्नि होला यल्लाई त । म हिडे अब साह्रै रिस पो उठ्यो है
 
Posted on 01-14-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारीमा काति हल्ला भाको नि लौ । स्कूलबाट घर पुग्या होइन ...............रमाइलो रहेछ एकछिन बस्नपर्यो यहि कतै ढुङ्गामा । गफ सुनेर जानुपर्ला
 
Posted on 01-14-06 12:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री बिर्खे जिम्माल, मुखिया बा, काका, माष्टर्नी नानी, दादा, भउते, नमे, सिरे, निरे, नेपे दाजी, साहिला, मुन्द्रे, चित्रे, पुण्टे दाइ, लुते, पाते (LALUPATHEY) इत्यादी सबैलाई जदौ है! चौतारीमा जमेर गफ चुट्न नपाको पनि धेरै भो। दम्तरीहुरका गफ सुनेर थपडी बजाउन भने छोडेको छैन।

माष्टर्नी अब हाम्रै गाममा बसेपछि भुराभारीहरुको पढाइ सप्रिने भो। 'ती मिस त एकदम कडा छिन्!' भन्थी याम्कीले। सात कक्षामा तिनचोटि पढ्दा दुई चार झापड त राम्रैसंग खाकी हो रे मिसको।

त्यो लालेलाई के भएछ हँ? हिजो यता पखरातिर देख्या थें। मसंग पनि राम्रो बोलेन। पर्या बेलाँ कोहि जाँ--- पनि काम लाग्दा रैनचन् भन्थ्यो। "कोदालीको बिँडजस्तो-----" भनेर भटभटाइराख्या थ्यो। पछि एउटा जोगीले ऊँभो डोल्पा हुँदी पाइनी यार्चा गुम्बा खायो भने अरु त कुरै छोडौँ, गर्धन समेत कोदालीको बिँडजस्तो हुन्छ भनेर लाइदेछ। लाले डोल्पातिर हानियो कि क्या हो!
 
Posted on 01-14-06 1:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि सिरे,गोतमे, बिर्खे, जिम्माल, मुखिया बा, काका, माष्टर्नी नानी, दादा, भउते, सिरे, नेपे दाजी, साहिला, मुन्द्रे, चित्रे, पुण्टे दाइ, लुते, पाते (LALUPATHEY) इत्यादी सबैलाई मेरो पनिजदौ है!
अब त चौतारिमा यसो एक छिन आउन नभ्याए त कति कुरो भइसकेको हुदो रईच । रात रए अग्राख पलाउच भने जस्तै केटाहरुले एकैछिन मा सिमलको काठलाए गफले अग्राख बनाउचन के रे ।सिरे गफाडि कता मरेच कुन्नि । कतिहलको काम छ भन्दै थियो केरे, अब औसि(sat,sun), पुर्निया मा त जोत्दैनन के रे, तेसले त कोदालि ले काम अर्न थाले जस्तो छ । दादा को त दिन सुरु हुदै होला के रे । भउते कता गो कुन्नि ? आजकाल मन ठाममा छैन भन्च । एक्लो मन ठेगानमा छैन, खहरे खोलो जस्तो छ भन्च । मैले दुक्लो हो न त भनेको काकाले आड दिएर पनि केइ अरेनन भन्थ्यो , मोरो तेत्रा हात पाखुरा भइसके अजै काकाको भरमा छ। अस्तो भख्कर राजुको पपि भुक्दै थियो, लुते आको पो रच ।
 
Posted on 01-14-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada engineer po raichan, tokya ma baschan rey family sanga. earth quake rey. ani birkey maila, Bhaute,nepalsahila chainey k k garchan ? ma chai tech tira ham phaley. gau chada gaibasu chariyou ani bidesh ma chi tech tera gaiyou.
 
Posted on 01-14-06 1:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पाते के कुरो अर्च, को हो ने त्यो टेक भनेको ? मलाइ त
१ भुइमा खुट्टो टेक
२ आउ मेरो बुइ
३ छेपारो छिन
४ सामान उत सार
---------- यस्तै मत्रै थाहा छ के रे । अब तिमिले कता कता टेक्कयउ कुन्नि । यसो ठाडो घाटि लाको भे चाइ राम्रो सं टेक है, फेरि राति उदो मेसो नपार लडौला । दादा मत्रै किन, यो चौतारिया त धेरै नै छन जस्तो मान्चु केरे इलिनजियर पनि । यसको रेकार्ड त भउते र सिरेलाइ छ ।
 
Posted on 01-14-06 5:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेनी खोलाको पुल तर्दा! (यात्रा मिति २०५२ भाद्र ५ गते)
-------
मालढुगांमा पुगेसी ट्याउसी पनि रोक्यो र अरु २ जना ठिटाहरु भने त्यँही झरे। तर हामी चाँहि माथि बाग्लुगं बजार पनि हेरम् भन्ने मन भएकोले झरिएन। बाग्लुगंबजार पुगेसी हामीहरु झरियो ट्याउसी बाट र पैदल हिँड्न थालियो। बजार हेर्दै हेर्दै अगाडि बढियो। बजार सकिएसी
हाम्रो अगाडि खच्चरहरुको ताँती थियो, पछाडि एकजना पथ पर्दरशक दाइ विदेशी पर्यटकसित अगांलो मार्दै मार्दै अघि बढ्दै थिए। हाम्ले तिनीहरुतिर यसो हेरेम् अनि फेरि आँफैलाई लाज लाग्यो र अनि आफ्नै धुनमा व्यस्त हुन थाले जस्तो गरेम्।
बजार भन्दा अलि तल्तिर पऽर पुगेसी कालीको किनारमा एउटा सानो चौतारी आयो। हामीले यसो थकाइ मार्ने चेस्टा गरेम् र त्यहीँ वर पिपलको छहारीमा ढुगांको धुलो सुलो यसो फुकेर उडाउँदै थचक्क बसेम्।
यसो पारितिर हेर्या त गण्डकी पारि मोटर बाटो खन्ने क्रम जारी रहेछ। तर गति भने एकदमै कम नि अब के भन्नी हाम्रो देशको विकाशको गति न हो, सप्पैलाई था भएकै कुरा हो, कस्लाई के भनम् मनको बह कसैलाई नकह।
*** *** ***
एकै छिनमा २ जना बुइनीहरु पछाडितिरबाट आइपुगे। अनि एउटीले भनी, "एकछिन बसम् क्यारे, कस्तो थकाइ लाऽ नि, अहिले नै यतिका बाटो बाँकि नै छ।"
मैले नि यही हो मौका भनेर चौका हानिहालेँ।
"बस्नुस् बस्नुस् बुइनीहरु, एकछिन शित्तल तापेर जाम्ला सँगै सँगै।"
एउटा बुइनीले सकारात्मक हुँदै खिस्स हाँसी र झोला बिसाई। अर्कीले नि स्याल भाका मिलाई।
"दाजूहरु काँ सम्म पुग्ने नि?"
मैले भन्दा पहिले आत्मारामले उछिनेर जवाफ दियो,
"म्याग्दी।"
"म्याग्दी रे, म्याग्दी त यो पनि म्याग्दी नै हो। ऊ परको खोल्साबाट म्याग्दी शुरु भइसक्यो।"
अर्की बुइनीले जिसक्याइदिई हामेरुलाई।
"भनेसी वहाँहरुको गन्तव्य यहीँ हो। हामी त टाढा जानु पर्ने जाम् निर्मला। "
"हैन के, बुइनी बेनी बजार जान लाऽ भन्न खोज्या के। बेनी बजार जान ला के, यसो तपाईँहरुको गामतिर डुल्न निस्क्या नि।" मैले उनीहरु हिँडिहाल्ने स्थितीलाई नियन्त्रण गर्न खोजेँ।
--------------------------------------------------------------------------------
निर्मला भन्ने त कति राम्री भने के भन्नी अब वयान गर्नलाई शब्द नै छैन मसित। सेऽता टमक्क मिलेका र सुकिऽला दाँत अनि खिसिक्क हाँस्दाखेरि गालामा सानो खाल्टो पर्ने, नहाँसिकन बोल्नै नजान्ने फेरि । हुन त अर्की बुइनी पनि राम्री नै हुन् कस्तो काऽलो र लामो नि केश, निधारको टिकी र नाकको फुली कस्तो सुहाको नि, अब के भन्नी।
यत्तिकैमा मलाई तिर्खा लायो अनि पानी खाम् भनेर मेरो बोत्तलबाट पानी निकाल्दै थिएँ। निर्मलाले आफ्नै शुरमा भनी, तिर्खा लायो सलिना। उसले मलाई सुनाउन खोज्या त हैन, संयोग नै हो यो चाँहि म किटेरै भन्दिन्छु ल।
मैले, पानी पिउनुहुन्छ, भनेर यसो अगाडि हात बढाएँ पानी भने धेरै थिएन बोत्तलमा। उसले त्यसको हिसाब राखेरै होला, अलिकति मात्र अलक्क पीऽ र कोइलीको जस्तो सुमधुर अनि सुरीलो स्वरमा भनी ।
"धन्यबाद, चीऽसो पानि रे छ।" तर पानी चिऽसो त हैन, मन तातो नै भइसक्या थियो। तर मसित सुहाउँदो जवाफ नै भएन र चुप लागेर बसेँ।
"ऊ माथि होला झरनाको चिसो पानीको धारा त ।" गोबिन्दले कुरा मिलायो, "त्यतै पिउँला अब झरनाको चिऽसो पानि" भनेर सँगै सँगै हिड्ने बाटो पनि निकाल्यो।
*** *** ***
आत्मारामले चालै नपाइकन गीत पो गुन्गुनायो त।

झरनाको चिसो पानी,
बाँधेर बाँधिदैन,
छेकेर छेकिँदैन,
झरनाको चिसो पानी ...


"हजुरलाई त गित राम्रो आउँछ जस्तो छ नि एउटा गित सुनाउनु भए हुन्थ्यो।" सलिनाले आत्मारामको प्रशंसा गरी। आत्माराम त मख्ख नि अब उनीहरुको गीतको फर्माइस पाएर।
आत्मारामको नाँक साँक फुलेर एक मानाको भयो।

हुन त आत्मारामलाई रेडियोबाट आउने गीतहरु सप्पै याद हुन्छ, मलाई भने कता छेऊ कता टुप्पा हो यादै हुन्न।उसले गीत मुखुडाबाटै गाएर सप्पै सुनाउन सक्थ्यो। दीऽ हाल्यो।

जोमसोगैँ बजारमा,
१२ बजे हावा सररर,
होऽऽ हजुर घर हाम्रो पोऽऽखरा,
अझसम्म भाऽ छैन घरबार ...

"बुइनीहरु काँ पुगेर आउनु भा नि यता?"
"बजार गाऽ नि बाग्लुगंसम्म।"
हामी बिस्तारै अघि बढियो। प्रसंग प्रसंग मिलाएर सलिनालाई नि गोविन्दको अनूरोध गयो भनम् न। गीतै सुनाउने। तर मानिन, "आउँदैन के दाजू, आउँदैन के नत्र भन्नी थिँए। कस्सम भन्नी थिएँ। रामो राम मलाई गीत भनेसी पटक्कै आउँदैन। बरु निर्मलालाई आउँछ नि सुनाउन लाउनुस् न।"
हो र निर्मलाजी, तपाईँलाई त खुब गीत आउँछ रे नि, तपाईँ कै मित्र सलिनाजीले भन्नु भाको। निर्मला आत्मारामसित कुन्नि कुन कुरामा हो ब्यस्त नि अब। कुरै सुनिन गोबिन्दको त।
गफ बढ्दै गयो। गोबिन्दको अर्को अनूरोधपछि सलिनाले बल्ल बल्ल मुख उप्काइ।

बेनीको बजार,
जता माया उतै छ नजर,
किरे मिरे जाले रुमाल ...

--------------------------------------------------------------------------------
हामी बाटोमा चिया सिया खाँदै बस्दै रामउँदै अघि बढियो ५चै जना। बाटोमा घरि साना घरि अलि ठुला गरी थुप्रै खोल्साहरु पनि परे। मैले निर्मलाको हात समातेर तार्दिएँ ।रमाइलो पनि कति भएछ कुन्नि समय पनि बित्दै गएछ, बाटो पनि कट्दै गएछ, तर एकदम सानो गतिमा।
म्याग्दी बजार आउने बेलामा त झमक्क साँझ परेर आयो अनि पानी पनि दर्किन थाल्यो। हामी केटाहरु कुनैसित पनि छाता साता थिएन तर बुइनिहरु भने कस्ता सोजिला नि छाता रे छ छाता त, एक एक वटा छाता झोलाँ राख्या रे छन् मोरीहरुले। पानी मजाले परेसी बल्ल निकाले।
झोलाबाट छाता निकालेर ओढ्न थाले। *ल हजुरहरु त पर्नु भो फेला। बाँडेर ओढौँ न।*
म निर्मलाको छातामुनि र उनीहरु सलिनाको छातामुनि पसियो।
कस्तो साइत मिल्या रे छ नि आज त।
निर्मलाको नजिकै परेसी थाऽ लाग्यो कस्तो मिठो वासना आइराऽऽ । के लगाकी रै छे कुन्नि। अझ हातमा एउटा राम्रो किरे मिरे बुट्टा भरेको रुमाल पनि लिएकी थी।
छाताले काँ भ्याउनू नि २, ३ जनालाई। पानीले मात्र हैन मलाई त हिलोले पनि छ्याप्यो भन्या चालै नपाइकन काली गण्डकीको तिरमा कताबाट उछिट्टिएर आएछ हिलो पनि कुन्नि।
मैले यसो हिलो पुछ्न के खोज्दै थेँ निर्मलाले आफ्नो हातबाट त्यो रुमालले पुछ्न मद्दत गरी, त्यस्तो राम्रो रुमालले हिलो पुछ्न त मनै लागेन मैले नि अनूहारको पसिना पुछिदिएँ, म त हर्षले बिव्हल नि।

आज त अब के भन्नी यस्तो शूभ दिन।
*** *** ***
यसो त्यसो गर्दा गर्दै बेनी बजार छिर्ने बेलाको म्याग्दि खोला माथिको पुल पनि आइसक्यो र बजारको बत्तिको प्रकाशले हाम्लाई उत्साह दियो।
पुल तर्ने बेलाँ मैले सुटुक्क केटाहरुलाई भनेको थिएँ, आज सप्पै सँगै एउटै होटलमा बस्नुपर्छ केटा हो। केटाहरुबाट खासै प्रतिकृया आएको थिएन तर पनि उनीहरु धेरै उत्साहित थिए। मलाई थाऽ थियो उनीहरुको खल्ति सल्ति रित्तो छ भन्ने कुरा, अघि नै ट्याउसी भाडा तिर्ने बेलाँ पर्स सर्स टकटक्याउन परेको थियो तिनीहरुले त।
*** *** ***
जब हामी बेनी खोलाको पुल तरेर यसो सँगै बस्ने कुरा जाहेर गर्ने तरखरमा थियौँ आत्मारामका बुवा, नापि कार्यालयाका खरिदार हाम्रो अगाडि एक्कासी देखा परे, ए ठिटाहरु त आइपुगेछन्, ल यहीँ हो मेरो कोठा हिँड माथि।
हामी त किंकर्तव्यबिमुढ भैहालेम् नि अब। हत्तपत्त काका आरामै, भनेर हातमा ढोगेम् काकालाई।

ती बुइनीहरुले नि कुरा बुझे र भने। ए, यहीँ हो ल है त दाजूहरु।
हामी पनि रुन्चे स्वरमा, हुन्छ, हुन्छ, राम्रोसित जानु है त। भन्दै माथि काकाको कोठातिर लागेम् र हातगोडाको हिलो पखाल्नतिर लागेम् ।

आत्मारामले हातगोडाको हिलो पखाल्दै चालै नपाइकन गीत गुन्गुनायो।

उडायो सपना सबै हुरिले,
सपना सबै हुरीले,
सपना सबे हुरीले।
... ... ...


अस्तु!
 
Posted on 01-14-06 6:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा नी यतै र'चन क्याओ आज त ! ए बाबा ठाकुरे ! बडेमान्को कथाको बञ्चरो चलाम्नी मुन्छे उता तेती स्यानो कविताको कैँची हाताँ ले'र खेल्दै रचन लौ ! :)
 
Posted on 01-14-06 6:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहायो! मुन्द्रे!
मुन्द्रे कुन देशमा हो? बल्ल उठेर हाई! गर्दै हो कि क्या हो?
 
Posted on 01-14-06 6:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुटेन टाग दादा !:)

उठेको त अलि पैल्यै हो, गर्मीनीयाँ हिमले अर्दा सारै गर्मी भो, शितलाँ बसेर (वर पीपलका बुटामुनी) अब पेट पुजा अर्नी चाँजो मिलाम्दै छु !:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters