[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 200]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 141728 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 07-30-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~  चौतारी १९८ ~


आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्

 

 

हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९८ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !

 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 198 editions.

Last edited: 30-Jul-10 09:59 AM

 
Posted on 08-02-10 8:49 AM     [Snapshot: 299]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

प्रणाम रामे अनी आउन बाँकी कामचोरहरुलाई

सबको दिन शुभ रहोस्

 
Posted on 08-02-10 8:58 AM     [Snapshot: 299]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे तिमी सँग अली खेराँ कुरा गर्छु एक्छिन पख बाओ !


अँ साँची अस्ती शुक्रबार आफु त २ बजे तिरै निस्कियो अड्डा बाट ! अनी तेइ त हो नि तेस्पछी के के गरेछन गाम्ले हरु ले भन्ने त भईहाल्छ नि मनमा ! तेइ भर रामे ले ब्राउजर खोल्नु अघी नै म चौतारी छिरे पनि शुक्रबार को औतारी हरु को गफ सुन्दै थे बसेर ! चिप्ले ब्रो आका रैछन ! रमाइलो गरेछन गाम्लेहरुले आफु न'भा मौका पारेर ! अनी हाम्रो चिप्ले लाई फेरी उती खेरको रेडियो नेपालमा फर्माइसी कार्यक्रम मा कस कस्को नाम भन्थ्यो पनि अझै कन्ठ? नसकिने भो प्रभु ! अँह ! ति कालिङ्पोङ को अनुमा राइ अहिले तेतै हस्तिनापुर तिरै कतै हुन नि सक्छिन नि ! के थाहा ! रेडियो नेपाल मा अर्को बजिरहने गीत भनेको प्रेम ध्वज प्रधान को 'घुम्तिमा न आउ है आँखा तीमी जुधाउन.....' भन्ने नि हो नि है?


अब बल्ल आयो रामेको पालो !


साँची के छ हँ रामे? अनी कती प्याला रित्याइयो त यो दुई दिनमा? गाथमा आरामै होला मान्या छु !


सोमबारे शिवमय जदौ !


बम बम भोले !


लेख्दा लेख्दै पुरे नि अन्मरिसकेछ ! के छ पुरे प्रभु? सप्तान्त कस्तो भयो त?

Last edited: 02-Aug-10 08:59 AM

 
Posted on 08-02-10 9:10 AM     [Snapshot: 306]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घमाइलो सोमबारे बिहानी को अल्छि लाग्दो जदौ जम्मै गाम्ले लाई। हेर्दा हेर्दै सप्तान्त पनि कती चाडो बित्यो, उफ्फ फेरी सोमबार आयो।
के टल्केर आँखा खाको भने त पून्टे दाई को तालु पो रैछ। सप्तान्त मा खुब खाग्सी दले जस्तो छ।    
कामचोर गाम्ले हरु कता गएछन आज?? 

 
Posted on 08-02-10 9:11 AM     [Snapshot: 315]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे रिट्ठे पुरे

के हुँदैछ त -

सञ्चो बिसञ्चो के छ

आज ठुल्दाइ खोइ त - सधैं बिहानै चौतारी मा हुने ठुल्दाइ कता छ हँ

 
Posted on 08-02-10 9:23 AM     [Snapshot: 325]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम है पुरे, रिठ्ठे, नेप्चे अन्ड लहरे .

ठुल्दाइ ....... हिजो रात को ११:०९ सम्म ठीक थिए है ............ त्येस्पचि कता गये के गरे केही थाहा भएन ....... कता हो राती राती चिच्याउने बानी छ भन्थे  ............
 
Posted on 08-02-10 9:36 AM     [Snapshot: 331]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे शिवमय जदौ
 
Posted on 08-02-10 9:45 AM     [Snapshot: 336]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नेप्चे अनी बिस्टे बिराडर

नेप्चे त्यो आँखा टल्क्या भे चस्मा लाम न त कालो खाल्को अनी त्यो टल्क्या टालु जती हेर्न मन लागे नी हेर्न हुन्छ - आँखा लाई नो टेन्सन यी यसरी क्या  

रामे ले भन्या जस्तै ठुल्दाइ राती राती चिच्याउने बानी छ की छैन - छ भने किन छ - कहाँ गएर चिच्याउने कस्लाई चिच्याउने -


अब बिस्टे काजी आज नी धुर्ब्या पसलाँ त जाने होला नी - खुब मोहनी लाछ धुर्ब्या साली ले
 
Posted on 08-02-10 9:50 AM     [Snapshot: 340]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो चाइ सप्तान्त रमाइलो भयो। यही चौतारीको एक औतारी लहरे महाराज को
दर्शन पाइयो। मान्छे त साह्रै भलादमी रहेछन, आँखा मा राखे पनि न बिझाउने।
खाने कुरा मा पनि तेस्तै जाती। लन्च खान गको, के खाने त भने सोध्या त, जे
खाए नि हुन्छ रे। बोल्न चाइ अली कमबोल्ने तर चाहिने कुरा मात्रा बोल्ने। क्यार्नु आफ्नी छोरी छैनन, नत्र
एउटी छोरी दिएर लहरे लाई घर ज्वाँई नै बनाउथे होला। कुनै गाम्ले लाई ज्वाँई
चाइएको भए लहरे तिर आँखा गाडम है।  
 
Posted on 08-02-10 9:50 AM     [Snapshot: 343]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Taaremaam hai ,


Kaam chha , 1-2 ghantaa maa aaulaa.


Taaremam


 


 
Posted on 08-02-10 10:00 AM     [Snapshot: 348]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे ले कहिले बिहा गर्ने हो कहिले छोरी पाउने हो - अब २० -२२ बर्ष सम्म त कुर्न सकिदैन - ठुल्दाइ जस्तो हुन्छ त्यो बेला सम्म त , त्यती धेरै बर्ष त कुर्न सकिदैन गाँठे


सप्ताहन्त एकदम रमाइलो भो चौतारी औतरी नेप्चे र माकुरे सँग भेटघाट भयो

चिच्याउने बाकस देखी चौतारी का जम्मै को कुरा काटेर दिन बित्यो

 
Last edited: 02-Aug-10 10:01 AM

 
Posted on 08-02-10 10:12 AM     [Snapshot: 354]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नेप्चे र लहरे भेट्या? अनी माकुरे पनि? गज्जब भएछन्त !


लहरे मान्छे निक्कै कम बोल्ने हो प्रतक्ष भेट्घाट मा त तर खै चौतारीमा त जैले नि ट्यार ट्यार कराइ राखेकै हुन्छ ! विश्वाश गर्नै गाह्रो ! अनी भेट्ने योजना चाँही कसरी बन्यो ह नेप्चे लहरे? चौतारीका कुन कुन औतारी को के के कुरा काटेउ हँ?


ठुल्दाइ त आज औरेजीमा भटटटटट पारेर कता लागे फेरी !


बिस्टे ब्रो, निक्कै बिजी जस्तो छ ! एक लाइन मात्र लेख्न भ्याये !


 
Posted on 08-02-10 10:12 AM     [Snapshot: 356]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, नेप्चे  , रामे , रिट्ठे , पुरे ।


ओह नेप्चे ब्रो ले लहरे को खुबै बयान गर्‍यो ब्यान ब्यानै । मैले पनि सुरुमा भेट्दा त्यस्तै भन्थाने थिएं,  पछी पो थाहा पाइयो, लहरे त.....................................................।


 
Posted on 08-02-10 10:14 AM     [Snapshot: 358]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ साँची कुरामा कुरा गर्दा मैले नि यो सप्तान्तमा अन्तरे दाई परिवार संग भेट्घाट गर्ने सौभाग्य पाएको थिए क्यारे ! अन्त फेरी उही त हो नेपाली भान्छा तिर गयियो खानपिन गरियो तर कुनै पनि औतारिको कुरा चाँही काटिएन है !
 
Posted on 08-02-10 10:17 AM     [Snapshot: 362]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपको भेटघाट भाको रैछ ।  मेरो नि साझाका एक जना हस्तो सँग मस्ती गर्ने कार्यक्रम थियो। हस्तिलाई ज्वरोले ग्रस्ती भाकोले संबिधान सभाको बैठक जस्तो भयो।

 
Posted on 08-02-10 10:42 AM     [Snapshot: 383]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को रैछ त ठुल्दाइले भन्नु भा साझा को हस्ती?
 
Posted on 08-02-10 11:39 AM     [Snapshot: 401]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




सन्नाटा किउँ है भाई .....
Last edited: 02-Aug-10 11:56 AM

 
Posted on 08-02-10 11:45 AM     [Snapshot: 403]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ के थाहा त दाई
 
Posted on 08-02-10 12:40 PM     [Snapshot: 425]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धनकुटा ज्यानको त्यो ठाडो बजार बिहिबारै हाट लाग्ने
बिहिबारै हाट लाग्ने मेरी माया बिहिबारै हाट लाग्ने
फकाउँदा खेरी मान्दिनौ मैया भगाउं त बात् लाग्ने
भगाउं त बात् लाग्ने मेरी माया भगाउं त बात् लाग्ने


सोमबारे जदौ सबै गाम्लेहरुलाई।
आज त ठुल्दाइले युनिकोड नहाली लेख्नु भएछ नि, शायद साझामा पहिलो चोटि नै होला त्यसो गर्नु भएको। पहिलो चोटि नभए नि फर्स्ट टाईम चाँही पक्कै हो, ल जा त।
ठुल्दाइ, को औतारिसँग भेत हुन नसकेको?
रिट्ठे सर, के थाहा नपाएको जस्तो गरेको? त्यो राइनीलाई त कालिङ्पोङ्गबाट काठमाडौं जाँदा सरले नै इटहरीमा बाटो छेक्या भन्ने सुनिएको थियो त। हस्तिनापुरमा त राइ थरको कोही भेटेको छैन है।
आफ्नो फोटो सहित हाजिर गर्ने चाँही रामे र बाउचा रहेछन्। छानी छनी मैचा भेट्टाएस्, यही मंसीरमा भुभुजेला बजाँउदै बिहे गरेस्।
नेप्चे र बिष्टेलाई तारेमाम।           


 
Posted on 08-02-10 12:51 PM     [Snapshot: 428]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम चिप्ले सर ।



भेट हुन नसकेको औतारी चौतारीका हैनन, साझा का पुराना हस्ती हुन । नेपालको ठुलो प्रकाशन समूहका मुख्य कार्यकारी अधिक्रित ।



  रामे र बौचा भुभुजेला अब अर्को वर्ल्ड कप को बेला सम्म चाँही पक्कै होला भन्ने विश्वाश गरेको छु ।


एउटी लाइन मारे पो छिट्टै शाहअनाइ बज्छ, एकै चोटि १० ओटी सँग लाइन मार्दा उही हो अर्जेन- टिना ले जिते जस्तै , अर्को चार साल मा आश गर्ने हो।


 
Posted on 08-02-10 12:55 PM     [Snapshot: 438]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ मध्यान्ह चौतारी!


चौतारीको सबै औतारिहरुलाई कोसेली, ढिलो गरी हिजो मनाइएको भानु जयन्तीको अवसरमा पाठ गरिएको एउटा कविता, सुझाव र सल्लाहको अपेक्षा गर्दछु।


जीवन जिउने आधारहरु


लाखौं नेपालीहरुको कल्पनामा रहेको गगनचुम्बी भवन र झलमल शहरहरुको देश अमेरिका
मेरो यथार्थमा राता पहाडहरु र ताता मरुभुमीहरुसँगको संघर्ष भएको छ।
जीवनरहित बालुवाका ती बिशाल राशिहरुको छाती चिर्दै, राता पहाडहरु चढ्नुपर्ने मेरो दैनिकी
आफू जिवित रहन पूरा गर्नै पर्ने एउटा अपरिहार्यता भएको छ।


किताबको पाना जस्तै पत्रै पत्र परेको राता पहाडका चट्टानी पत्रहरु उक्लँदै गर्दा
जव घामको रापले मेरो शरीर भित्रको पानी सोसिदै र घाँटी सुक्दै जान्छ,
म नेपाली ढुङेधाराहरुमा पिएको चिसो पानी सम्झन्छु,
अनि मिनेरल वाटरको बोतल खोल्दै दुई चार घुट्का तातो पानी घुट्काउँछु,
यो बोतल भित्रको तातो पानीसँग ढुङे धाराको चिसो पानीको स्वाद साटासाट
मेरो तिर्खा मेट्ने एउटा आधार भएको छ।


राता पहाडहरुसँगको दिनभरीको लडाँईपछि पेटमा भोकको ज्वाला दन्किदै गएपछि,
नेपाल हुँदा लक्ष्मीले खुवाएको गुन्द्रुकको तरकारी र ढिडो सम्झन्छु,
अनि प्लास्टिकको थैलामा बन्द गरिएको चामल र तरकारीको मिश्रणलाई उसिन्न थाल्छु,
यो थैलाभित्र बन्द गरिएको चामल र तरकारीसँग गुन्द्रुक र ढिडोको स्वाद साटासाट
मेरो भोक मार्ने एउटा आधार भएको छ।



दिन ढल्कदै र रात सल्कँदै गर्दा जव लखतरान भएको शरीरलाई कहाँ फालू झै हुन्छ,
म नेपालमा भेटिएकी एुउटी मगरनी आमा सम्झन्छु, उनीले दिएको बास र त्यहाँ सुतेको निद्रा सम्झन्छु,
अनि म आफ्नो टेन्ट लगाउँछु र सुत्ने थैलालाई बिछ्याएर आफ्नो जिउलाई डङ्रङ लडाउँछु,
नेपालको बाटो बाटोमा त्यसरी बास मागेर सुतेको निद्राको सम्झना, यो मरुभुमिको एकान्तमा
मेरो निद्रा पुर्याउने एउटा आधार भएको छ।


पलपल मस्तिष्कमा छाइरहने यी नेपालको सम्झनाहरु, उकाली र ओरालीहरु,
चौतारी र ढुङे धाराहरु, बाटोमा भेटिएका नेपालीहरु र उनिहरुले दिएका मायाहरु,
गगनचुम्बी भवन र झलमल शहरहरुको देश अमेरिकामा
सुक्खा मरुभूमीहरुबिच हिड्डा र राता पहाडहरु चढ्दा
मेरो जीवन जिउने आधार भएको छ।


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters