[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 346348 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
Posted on 02-21-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उ बेला हाम्रो भाउते दा नेपाल जादा तेहि मिस नभाको जति बिर्खे दा जादा बिर्खे दाइ मिस भाको। marcha bhaaute dai le aba


 
Posted on 02-21-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

eh sacchi po jaane bha ho maila dai? Sachhi bihe garna jaana lagnu bha ho?? Ma ta sabaile jiskaka bhanthanya..
 
Posted on 02-21-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ! बिस्टे, त्यो बोरामा सप्पै पैसा पो हो? मैले त पुरानो कागज र फलामको टुक्राटाक्री होला भनेर तिमीलाइ सुम्पिहालें
नखोली, पैले नै था'पा भे' अलिकति निकाल्न हुन्थ्यो नि!

ठूल्स, मैले नि मिस् गरिराछु बिर्खे दाइलाइ, हिजो फून हान्या त घर सफा गरिरा'रेछन् दुलही भित्र्याउनको लागि!


 
Posted on 02-21-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पुण्य मनपराएँ या पाप मनपराएँ, जे होस् मैले तिमीलाई चुपचाप मनपराएँ

........................

नसोध मैले वरदान या श्राप मनपराएँ, जे होस् मैले तिमीलाई चुपचाप मनपराएँ

............................

यो गीत कुन महान् गीतकारले रचना गरेका हुन् ? साह्रै राम्रो छ, प्रत्येक शब्द राम्रो छ!!!


 
Posted on 02-21-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली, यो कालजयी गीतका रचनाकार हुनुहुन्छ, राम मान त्रिषित।
पेशा ले डाक्टर साहेब का अन्य गीत पनि यस्तै मर्मस्पशी र् कर्ण प्रिया छन।
जस्तो-
मान्छेको माया यहाँ खोला को पानी जस्तो .................

 
Posted on 02-21-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो राउन्ड को जदौ सबैलाई
खै सबै जान के मा ब्यस्त हो आज?
चेली त्यो गीत छ भने टासम न ह्या मिल्छ भने मात्र
मलाई पनि मन पर्छ त्यो गीत
ठुल्दाइ सँग छ कि, लहरे छ?


 
Posted on 02-21-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथै तारेमाम।

बिर्खे बुढा चारधाम् गयो भन्दैमा आज चौतारी जाम गर्न पाईन्छ? एउटो बुढो गयो भन्दै मा अरु बुढाहरु नै छैनन जस्तो गर्नु भएन नि ? रिट्ठे पट्ठो लाई कार्यबाहक बुढो बनाउने प्रस्ताब राख्दछु, समर्थन गर्नु होला, गाम्लेहरु। 


 
Posted on 02-21-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सत प्रतिसत समर्थन छ यस् बिषय मा। रिट्ठे उपयुक्त छ् अन्तरिम काल को लागि पद् भार
सम्हाल्न। राम मान त्रिसित को कुरा गर्दा, वहाँ त मेरो छिमेकी हुनुहुन्थ्यो।
 
Posted on 02-21-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो बिस्टे को घर कहाँ परो। राम मान त्रिषित श्रेष्ठको छिमेकी भन्छ बा, पुरानो घर त नघ:ल क्षेत्रपाटी तिर भन्ने सुनेको, त्यतै हो कि?
 
Posted on 02-21-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ न ठुल्दाइले के गर्न लाये
तेसै त आफुलाई बुढो भईयो अब जस्तो लाग्न थालि'रा बेला अन्तरिमकालको लागि बुढो बन्ने प्रस्ताव् अरे
खैर अब सबै गाउलेहरुको साचै नै आवाज उठ्यो भने त म बसाउन कहाँ सक्छु र, आखिर चौतारीको सेवक जो हुँ


 
Posted on 02-21-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरानो घर होला जन्म घर तर,पछिल्लो २०-२५ बर्ष देखी वहाँ चाबहिल मैजुबहाल मा हुनुहुन्छ।
वहाँको एक श्रीमती र एउटा कुपुत्र छन जस्ले बाउको नाम माटो मै मिलायो लागु पदार्थ को कुलत मा
लागेर।
 
Posted on 02-21-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठे, यस्तो गरिमामय पद  कसैले मागेर, खोसेर पनि पाउदैन। बडा इज्जत भएको पद हो, जिम्मेवारीपूर्बक निभाउनु नै हुने छ भन्ने विश्वास छ।

भन्नाले बिस्टे गुरु चाबहिल मैजु बहाल को भाजु ? (नेवारिमा मैजु वा मयजु भन्नाले श्रीमती वा महिला बुझिन्छ भने भाउ भन्नाले श्रीमान व पुरुष)

त्यसो त त्यता तिरको खासै भूगोल थाहा छैन तै पनि नगरपालिकामा काम गर्दा त्यतातिरको गल्ली गल्लिमा ढल राख्न काम गरेको थिएं, संभवत भेटघाट न भा नि धक्कमुक्की चाँही पक्कै भाको होला।
 


 
Posted on 02-21-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सत प्रतिसत समर्थन छ यस् बिषय मा। रिट्ठे उपयुक्त छ् अन्तरिम काल को लागि पद् भार
सम्हाल्न।

 
Posted on 02-21-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर ठुलदाइ म तेतै तिर को परे। भनेछी तपाईं त्यता तिर ढल राख्ने बेलामा वोरी दोरी गर्नु भाछ
अनी तपाईं महानगरपालिका अन्तर्गत हुनुहुन्थ्यो कि कसो, मेरो नि एक्जना आफन्त ई. काम गर्थे
नगरपालिकाको लागि। हुनसक्छ कतै जम्काभेट भा। बरु कती साल तिर को कुरो पर्‍यो त्यो कुन्नी ?
 
Posted on 02-21-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ नक्सा बिभाग मा त हुनुहुन्थेन नि, एक जना इ. लाई त , घर बनाउने साईट देखौन लग्या हो
बल्ल त्अल्ल गरेर देखै सकेपछी चिया खर्च गोटा २ सय को हरिया नोट खल्ती मा घुसार्दिएको थिए
कतै ठुल्दाइ त पर्नु भएन हे हे :)
 
Posted on 02-21-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हाजिर जवाफ प्रतियोगीता सुरु गरे है गाउले हो--बिजेतालाई हर्के दाईको सौजन्यमा पर्परी भुट्या बुङुरको मासु २ प्लेट उपहार

प्रश्न १ नेपालको सबै भन्दा बढी बिमानस्थल भएको जिल्ला कुन हो र उक्त जिल्लामा कती वोटा बिमान स्थलहरु छन?
प्रश्न २ प्रसिद्ध मन्दिर 'हलेसी महादेव' नेपालको कुन जिल्लामा अवस्थित छ?
प्रश्न ३ पहिलो नेपाली कथानक चलचित्र कुन हो?
प्रश्न ४ नेपालको पुर्वी पहाड चैनपुर के को लागि प्रसिद्ध छ?
प्रश्न ५ पाथिभरा देवीको मन्दिर कहाँ पर्छ?

धन्यवाद !
 




 
Posted on 02-21-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हा हा
गोटा २  हरियो नोट लिने नि कोइ इन्जिनियर हुन्छ? इन्जिनियरका नि बाप उपरसेठ साप होला।
मैले २०४९ साल देखी ५३ साल सम्म नगरपालिका मा जागिर खाएं, सार्वजनिक निर्माणबिभागको हाकिम भएर। ५३ साल देखी हाल सम्म नेपाल सरकारको खानेपानी तथा ढल निकास बिभाग मा जिन्दगी को निकास र बिकास खोजी रहेछु। 
 
 
Posted on 02-21-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो खबर यता तिर के हुँदै छ? के गर्ने हो अब खै।
 
Posted on 02-21-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै तेही ४९-५० को कुरा होला तर त्यो ओबरसेर होला, आउन नमानेर कत्रो जात्र गरेर,बाइक मा
राखेर ल्याथे। जे होस् हरिया नोट हाल्या कुरो चै साचो नै हो। ए भनेछी अझै नि बेतलबे बिदा मा
हुन्हुन्छ तपाईं? रमाइलो रछ त। एसो कुनै टैम मिलार कुर गरम्ला नि त। फोटो हेर्दा कतै न कतै
देख्या जस्तो त लाग्छ तपाईं लाई।
 
Posted on 02-21-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रश्न १ नेपालको सबै भन्दा बढी बिमानस्थल भएको जिल्ला कुन हो र उक्त जिल्लामा कती वोटा बिमान स्थलहरु छन? solukhmbu, ६  वटा।
प्रश्न २ प्रसिद्ध मन्दिर 'हलेसी महादेव' नेपालको कुन जिल्लामा अवस्थित  ? खोटाङग  ( अन्दाजिफिकेशन)
प्रश्न ३ पहिलो नेपाली कथानक चलचित्र कुन हो? राजाहरिशचन्द्र 
प्रश्न ४ नेपालको पुर्वी पहाड चैनपुर के को लागि प्रसिद्ध छ? खुकुरी
प्रश्न ५ पाथिभरा देवीको मन्दिर कहाँ पर्छ? पूर्व हो, ताप्लेजुङ् जिल्ला, 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters