चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औंसंस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
ओ भउते क्यार्न त्यो औसी पुर्ने लाग्या जस्तो थुतुनो पार्छौ हौ? ह्या यस्तो नाच गान गर्नी बेला तिमी किन अल्क्छिन लाउछौ, गीत सुन्छम त हामी सुन्छम तिम्रा के बिगारद्या छ?धोबी पछाड् लाउन नपुग्या हो अझै? ल हेर्नुस् है अन्तरे दाई, मैले त भन्या हो अस्ती नयाँ खर्कमा, तेइ दिन चहिन्जो कुरो कानी सफाचट मिलाम्न पर्च भनेर, नमान्दिनी हाम्ले भन्या
को को आछन र मर्तोलले ठोक्नु ठोकेछन चौतारीका ढुंगाहरु। बर-पिपल मा पनि २-४ बन्चरा हानेछन क्यारे। तर हाम्रो चौतारीको जग चाँही गज्जबले हालेका रहेछन पुर्खा हरुले, खुब बल्यो रहेछ। डेग चलेनछ केरे, जती हिर्काए पनि।
मुखिया बा र मास्टर्नी नानी!() नयाँ मान्छेले पोकुरा उठाउनु प-यो त। काँ देखि आउनु भो कुन्नि? अनि सन्चै होला केरे उतातिर सबैलाई।कोसेली छैन चौतारीमा यसो गित सित, खिस्साहरु। अनि पो कुरोले बाटो लिन्छ त। ऐया! उतासर न जिम्माल एकछिन वरको फेदमा म अडेस लाउँछु।
गौतमदाले छुच्छि मिस बनाउन प्रेरित गर्दै --जुन भुमिका आज सम्म पनि निर्वाह गर्दै छु
श्री बिर्खे जिम्माल, मुखिया बा, काका, माष्टर्नी नानी, दादा, भउते, नमे, सिरे, निरे, नेपे दाजी, साहिला, मुन्द्रे, चित्रे, पुण्टे दाइ, लुते, पाते (LALUPATHEY) इत्यादी सबैलाई जदौ है! चौतारीमा जमेर गफ चुट्न नपाको पनि धेरै भो। दम्तरीहुरका गफ सुनेर थपडी बजाउन भने छोडेको छैन।
माष्टर्नी अब हाम्रै गाममा बसेपछि भुराभारीहरुको पढाइ सप्रिने भो। 'ती मिस त एकदम कडा छिन्!' भन्थी याम्कीले। सात कक्षामा तिनचोटि पढ्दा दुई चार झापड त राम्रैसंग खाकी हो रे मिसको।
मिस दिदि नि आउनु भ'छ। बरु यस पाली कविता, गजल वा पजल, केहि नि लेखिएन नि मिस दिदी? केहि त लेख्नै पर्ने हो।
हैन सुन्तले अझै यतै छु, भोलि सिङ्गै दिन छ बाँकी। पर्सि ब्यानतिर पुगिएला उता, बरु यता ६५ डिउरि छ, उता चाइं कति छ कुन्नि। अवनबाट निकालेर फ्रिजराँ हुल्या जस्तो हुनि होला घर पुग्दा।
एकादेशमा एउटा दुलोमा एउटा मुसा थियो रे, अनि तेइ दुलोमा एउटा कमिला पनि रेछ। अनि तिनेरुले मित लाएछन्, लप प-या भन्नी कि के भन्नी अब। अनि कमिले खाना पकाउँथ्यो रे, मुसा चाहिँ खाद्यान्न लिन जान्थ्यो रे बारिमा कोदो सोदो, मकै सकै, धान सान जे पाउँछ तेइ चोरेर ल्याउँथ्यो रे के। अनि एकदिन कमिला त बात पकाउवदा पकाउँदै त्यो भात छड्केर माड उछिट्टिएर आएर माडले डामेर अनि मरेछ।
अनि मुसा त बिचरा एक्लै भएर अनि विरक्तिएर चौपारीमा आएर मजाले घाम तापेर टुसुक्क निनाउरो मुख लाउँदै बसिराऽरेछ।
यो कुरा पिपलले देखेछ। अनि पिपलले सोधेछ के, "किन निनाउरो मुख लाएर झोक्राएको मुसा भाइ? के भओ र बेकाराँ?"
मुसाले गीत गायो-
"कमिलाले र मुसाले मितेरी लाई लाई कमिलो माड परी मरी जाई सिख्रिलो पिपलु"
अनि पिपल त सब पात झरेर सिख्रि भएछ। त्याँ बहर आयो। अनि सोध्यो पिपललाई?
"पिपल दाइ, आज हजुरलाई के भओ? नागँ हुनुन्छ नि? पुरा न्युड?" भनेर सोधेछ। पिपलले पनि विरक्त पोखेछ-
"कमिलाले र मुसाले मितेरी लाई लाई कमिलो माड परी मरी जाई सिख्रिलो पिपलु ठुटे बहर"
त्यो बहर त ठुटे भएछ। अनि बहर पनि झोक्राउँदै समुध्रतिर पानि खान गएछ।
समुद्रले सोधेछ। "बहर भाइ के भओ सिंगै छैन नि , कल्ले क्यारो?"
बहरले वेदना पोख्यो-
"कमिलाले र मुसाले मितेरी लाई लाई कमिलो माड परी मरी जाई सिख्रिलो पिपलु ठुटे बहर धमिलो समूद्र"
समूद्र त पुरा चुनामी आएर धमिलो भएछ, है।
अनि बुडाबुडी नुहाउन आएछन् धमिलो समूद्र निच्च परेर बसेको देखेर सोधेछन्- "समूद्रजी, के भओ किन धमिलिएर बसेको, कल्ले चित्त दुखायो हजुरको?" भनेर सोधेछन्। समूद्रले वेदना पोखेछ- "कमिलाले र मुसाले मितेरी लाई लाई कमिलो माड परी मरी जाई सिख्रिलो पिपलु ठुटे बहर धमिलो समूद्र बुडा बुडी मर"
बाल कथा एकादेशमा एउटा दुलोमा एउटा मुसा थियो रे, अनि तेइ दुलोमा एउटा कमिला पनि रेछ। अनि तिनेरुले मित लाएछन्, लप प-या भन्नी कि के भन्नी अब। अनि कमिलाले खाना पकाउँथ्यो रे, मुसा चाहिँ खाद्यान्न लिन जान्थ्यो रे बारिमा कोदो सोदो, मकै सकै, धान सान जे पाउँछ तेइ चोरेर ल्याउँथ्यो रे के। अनि एकदिन कमिला त भात पकाउँदा पकाउँदै त्यो भात छड्केर माड उछिट्टिएर आएर माडले डामेर अनि मरेछ। अनि मुसा त बिचरा एक्लै भएर अनि विरक्तिएर चौपारीमा आएर घाम साम तापेर टुसुक्क निनाउरो मुख लाउँदै बसिराऽरेछ। यो कुरा पिपलले देखेछ। अनि पिपलले सोधेछ के, "किन निनाउरो मुख लाएर झोक्राएको मुसा भाइ? के भओ र बेकाराँ?" मुसाले गीत गायो- "कमिलाले र मुसाले मितेरी लाई लाई कमिलो माड परी मरी जाई सिख्रिलो पिपलु" अनि पिपल त सब पात झरेर सिख्रिलो भएछ। त्याँ बहर आएछ। अनि उदेक मान्दै सोधेछ पिपललाई? "पिपल दाइ, आज हजुरलाई के भओ? नांगै हुनुन्छ नि? पुरा न्युड?" भनेर सोधेछ। पिपलले पनि विरक्त पोखेछ- "कमिलाले र मुसाले मितेरी लाई लाई कमिलो माड परी मरी जाई सिख्रिलो पिपलु ठुटे बहर" त्यो बहर त ठुटे भएछ। अनि बहर पनि झोक्राउँदै समूद्रतिर पानि खान गएछ। समूद्रले सोधेछ। "बहर भाइ के भओ यस्तो अचम्म, सिंगै छैन नि , कल्ले क्यारो?" बहरले वेदना पोख्यो- "कमिलाले र मुसाले मितेरी लाई लाई कमिलो माड परी मरी जाई सिख्रिलो पिपलु ठुटे बहर धमिलो समूद्र" समूद्र त पुरा चुनामी आएर धमिलो भएछ, है। अनि बुडाबुडी नुहाउन आएछन् धमिलो समूद्र निच्च परेर बसेको देखेर सोधेछन्- "समूद्रजी, के भओ किन धमिलिएर बसेको, कल्ले चित्त दुखायो हजुरको?" भनेर सोधेछन्। समूद्रले वेदना पोखेछ- "कमिलाले र मुसाले मितेरी लाई लाई कमिलो माड परी मरी जाई सिख्रिलो पिपलु ठुटे बहर धमिलो समूद्र बुडा बुडी मर" अनि बुडा बुडी नि मरेछन्।
जदौ दादा! अहिले हजुरमात्तै हो कि क्या हो भन्या!? पातालतिरका पातकीहरु सब सुतिराख्या' होलान् अझै!
***********************
यो चौतारीमा को कहिले र कसरी पस्यो, कुन ढोका'ट पस्यो, लुसुक्क पस्यो कि ग्वार्ग्वार्ती पस्यो अनि कल्ले कति स्वागत-नस्वागत खायो भन्नी कुरो चल्या' र' छ। स्वागत भन्या पनि तेस्तै हो, स्वागतले के नाप्छ?! जो पस्यो ऊ चौतारीमै फँस्यो!
संसाराँ काहिँ नअटा'को मर्न नसकेको पातकी भउते हरा' बेलाबाटै यसो दुई-चार खोकी निकालेपनि शुरु-शुरुमा मलाई म बाहेक चौतारीका अरु सबै पश्चिमाञ्चलका र विशेष गरी स्याङ्ग्जाका होलान् र सबैको पूरानै चिनजान होला जस्तो लाग्थ्यो।
***********************
ग्वाँचेको कथा पढियो, मार्मिक र समसामयिक छ। दादाको कथाचाहिं भोलि छोरीलाई सुनाउनुपर्ला।
***********************
तिरुको चिठ्ठी नि पढियो। कोइ-कोइ मान्छे त कति ठूला भ'छन्, आफैं नआर चिठ्ठी लेख्न थालेछन्। अब कुनदिनबाट इ-मेलमात्रै पठाउने होलान्।
शतक मउसबलाई भनेर एउ टुउरो (टुक्रो) ख्यास-खुस पारेको छु। भैरव अर्यालको कुनै लेखसंग मिलेको जस्तो लाग्न सक्छ। तर अलि फरक हो भन्ने लागेको छ। जे भए पनि, त्यसबाट प्रभावित भने होइन।
थरी-थरिका 'बोलाउने' नाम
पहिलो कुरा त यो लेखको टाउकोको बारेबाटै शुरु गरौं। 'बोलाउने नाम'को सट्टा 'उपनाम' राखौं किभन्ने पनि नलागेको हैन, तर 'उपनाम'ले अलिक साहित्यिक रुप लिनेजस्तो लाग्यो। फेरि, 'उपनाम' मान्छेले आफ्नै रोजाइको राख्छ सामान्यतया; 'विद्रोही', 'विरही', 'रोदन' इत्यादि। तर यहाँ कुरो गर्नलागिएको भने आफूलेरोजेको नभैकन अरुले दिएको नाम हो, जुन नामको प्रयोग गरेर त्यो मान्छेलाई बोलाइन्छअथवा (नराम्रो शब्दछ भने) कन्नापछाडि उसको कुरा काट्न र गाली गर्न प्रयोगगरिन्छ।
उसो त 'बोलाउने नाम'को सट्टा 'निक नेम'नै किन नराख्ने भन्ने पनि नफुरेको हैनकाँचो गिदीमा , तर यो शुद्ध नेपाली कुराकानीमा 'निक नेम' त्यति 'ठिक नेम' नहोलाभन्ने लागेर 'बोलाउने नाम' नै सबैभन्दा 'ठीक नेम'हो भन्ने निष्कर्षमा पुगियो।
हामी सबैको बोलाउने नाम छ होला घरमा, जो सानो छँदा माया गरेर बोलाउँदा_बोलाउँदैसधैंका लागिहामीसंगै टाँसिन्छ। 'काले' अथवा 'काली' यसै गरी रहन्छन्। कोहि कालैवर्णको छ भने भने उस्लाई 'काले' भन्नु गाली गरेसरह मानिन्छ, तर गोरो मान्छेलाई 'काले ' भन्यो भने माया गरेको ठानिन्छ, गजब छ!
एकजना भाइ छ मेरो, काकाको कान्छो छोरो, मान्छे गहुँगोरो वर्णको छ। हुनत 'गहुँगोरो वर्ण'मा 'गहुँ'कोअंश अलि बढी र 'गोरो'को अंश अलि कम नभएको होइन, तर 'कालै' भने छैन, तर उसलाई सबैले 'काले' भनेर बोलाउँथे पछिसम्म। हजुरआमाको मन पर्नेनाती हुनुको परिणाम हो यो। हजुरआमालाई उ साक्षात वृन्दावन निवासी जस्तो लागेर 'काले' भएको हो ऊ। अचेलऊ रिसाउँछ कसैले 'काले' भन्दा।
साना काँठीकालाई 'मूसा' वा 'मूसी' भनिनु पनि सामान्यनै हो गाऊँघरमा। आफ्नोशरीरको आकारकै भरमा कोहि 'चाउरे' र कोहि 'हात्ती' पनि कहलाइन्छन्। मान्छेको शारीरिकविशेषताका आधारमानै सबैभन्दा बढी 'बोलाउने नामहरु' बन्छन् होला। कैले, खैरे, कुइरे (अम्रिकान हैन नि!) आदि पनि यस्तै भए। मेरो बालसखा छ एकजना,बच्चामा भुँडी अलिक ठूलोभएकोले हामीले ऊस्को नामै 'भुँडी' राखिदिएका थियौं, जो आजपनि कायमै छ (भूमिगत रुपमैभएपनि)।
विद्यालय जीवनमा अर्काको नाम सबैभन्दा धेरै राखियो होला। धेरैजसो 'काले_काली' वा 'डल्ले_डल्ली' जस्तै भएपनि केहि अलि फरक पनि थिए। "सा---ला-हरु--!" भन्दै केटाहरुलाईथर्काउने केटीलाई हामी 'भिनाजु' भनेर बोलाउँथ्यौँ। यो कुरो बेग्लै हो कि, एकदिनमाथिल्लो कक्षाको ऊस्को दाजुले हामीलाई थर्काउँदै 'रामधूलाई'को धम्की दिएपछि योनामपनि भूमिगत हुन पुगेको थियो! अलिक पढ्नेलाई 'विद्वान' वा 'वैज्ञानिक' अझ 'आइस्टाइन' (भन्न खोज्या 'आइन्स्टाइन हो) भनिन्थ्यो भने जीऊ-डाल परेको तरल्वाँदेलाई 'राइस्टाइन' भनिन्थ्यो। 'राइस' माने भात भनेर अलि उमेर भएपछिनै जानेकोहो।
अल्लारे-अबुझ उमेरमा कतिलाई होच्याएर पनि नामहरु बनाइयो, ती कुरा अहिले नगरौं।भेटियो भने ती साथीहरुसंग एक राउण्ड माफी नमागी हुँदैन।
अर्काको 'नाम' राख्ने भने कलेज र विश्वविद्यालय गएपछि पनि छोडिएन। चीनमापढ्दा एउटै कक्षामातीनजनानेपाली थियौं हामी। सहपाठी चिनियाँहरु सबैको नामसम्झिन गाह्रो भएकोले धेरैजसोलाईबिभिन्न नेपाली नामहरु दिएका थियौं हामीले रतिनै नामहरु प्रयोग गरेर एकआपसमा कुरा हुन्थ्योहाम्रो। कुरै-कुरामा एउटालाई 'उडुस' जस्तो' भनिएकोथियो, पढाई सक्ने बेलासम्म पनि उस्को वास्तविक नाम कण्ठ भएन, 'उडुस'ले काम चलाइयो। अर्को केटो थियो, जो हामीसंग अरु चिनियाँहरुसंगपनित्यतिमिल्दैनथ्यो, ऊस्को बानीब्यहोरा र विशेष गरी हेराई कुनै जासूसको जस्तो लाग्थ्यो।ऊस्लाई हामी'केजीबी' भन्थ्यौं। अर्को केटोलाई 'क्रिमिनल' भन्थ्यौं, हामीतीनमध्ये कसले पहिला यो नाम राख्यौं र किन राख्यौंयाद भएन, तर त्यो साथी खराबथिएन, उल्टो हामीसंग असाध्यै मिल्ने साथी थियो।
अरु नेपालीलाई पनि नाम नदिईएको होइन। नाक अलि ठूलो भएका एक सिनियर दाइलाई 'खतरनाक' भनिन्थ्यो। हामीमाझको सबैभन्दा अग्लोलाई 'रुस्की' (रसियनजस्तो) भन्नेअर्थमा भनिन्थ्यो, ऊरिसाउँदैनथ्यो, उल्टो खुशीनै हुन्थ्यो होला । अर्को एकसाथीलाई 'नेपालमा बनेको' भनिन्थ्यो। यो नामचाहिं अलि फरक ढंगले बनेको छ। साथीब्यापक मोटो भएकोले 'माडे' भन्न थालेका थियौं। थाहा पाएर ऊ रिसाएपछि 'माडे'लाई 'MADE' हुँदै 'MADE IN NEPAL' बनाइयो, जो सजिलै 'नेपालमा बनेको' बन्यो।
'नाम' अपभ्रंश भएर 'नाम' बनेको अर्को उदाहरण पनि छ। हाम्रो पुरेत गाऊँका एकजनादाइ छन्, मलाई निकै मनपराउँछन्। मजस्ता उरण्ठेउला पातकीहरु भने उनी नभएको बेलाउनलाई 'शिकारी' भन्छौं। अब उमेरमा 'बिरालोदेखि बट्टाईसम्म' के-के खाए रामजाने, तर बन्दुक अथवा गुलेली लिएर शिकारै गर्दैहिँड्ने मान्छेचाहिँ ती हैनन्। घरकाकान्छा छोरा भएकाले 'भेरो पुण्टु, मेरोभुण्टु, मेरो भुण्टुरु---' भनेरबोलाईँदा_बोलाईँदै गाऊँलेले 'भण्टर' भन्न थाले। उनी रिसाउन थालेपछि केटाहरुले 'भण्टर'लाई'हण्टर' बनाए। 'भण्टर' र 'हण्टर'मा खासै फरक नभएकाले 'शिकारी'लेठाऊँ पायो।
त्यसो त अचेल पनि अरुको 'नाम' राख्नु मेरो बिशेष रुचिको विषय हो। एकचोटि १०मिनेटजति भेटघाट र कुराकानी भएपछि त्यो मान्छेले 'सुहाउँदो' र 'रमाइलो' नाम पाउँछ।
कुरोको आधी पाटो त बाँकीनै छ। बाल्यकाल देखि विद्यार्थी जीवन हुँदै तीसको दशकभ्याउने मेलोमा पुगुञ्जलेसम्म आफूलाई पनि कतिले कति थरी नाम दिए होलान्! अबआफैंले लेख्न सक्ने कुरो भएन क्या रे!
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.