नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४२ --
हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
बिबस् गुरु, कुम्ले ब्रो, चिलिम सकियो के गर्ने, मन झना चन्चल चुल्बुल हुने रहेछ । भाको बेला आनन्द , आफ्नै दुनियाँ म रमायो । कहिले कबिता फुर्छ, कहिले सबिता झुल्छ, कहिले बबिता नाच्छ, कहिले रमिता हेरिन्छ । अलि बढी नै सल्काएको बेला, सपना कल्पना, सम्झना, बिपना नाचन थाल्छन । क्य रमाइलो हुन्थ्यो, आज भने बोर भो । कसै सँग छैन एक चिलिम?
हिजो राति अबेर सुतियो आज बिहान सबेर उठियो पहाड चढ्न सात भाइ जुटियो।
पहाड भन्नु त्यस्तो त क्यै थेन नेपाल भए थुम्को नि भन्थेन त्यै'लाई पनि भन्दा र'चन माउन्टेन
दिमाग खाली भा'छ है थकैले कुरा सायद बुझ्नु भो सबैले भन्न खोजेको कुरा सिधा छ मेरो भर्सन स्वस्थानी बिदा छ चौतारीका हे सबै सदस्य चित्रेबाट आउला क्यै अबस्य!
नारायण! परभु!! किरिपा गरिदेऊ यो पुन्टे ज्यान को! यो बुढेसकालाँ आ'र लछिमी देवीको यस्तरी टाउकाले टेकी, हातले हिँडी तपस्से अर्न पर्छ भुनेर जन्मनु अघि नै जानकारी पा'को भे त आफूलाई जन्म दिन नै घोर बिरोध गर्थें गाँठे!
आज त पूण्टेदाइको पनि दर्शन पाईयो त, धन्य भै'यो! गालेले स्वस्थानी नलेख्ने रे आज, के भन्ने खै, चित्रेले लेखीहाल्छ कि? के छ त हालखबर-- मामा, तितौरी, पूण्टे बुडा, गालब-- सञ्चै त होला के रे!
हाउँरो हुनेवाला साढुदाइ नि झुल्केछन त । :p दर्सन हानेँ है। बाटुली भाउजु, धोबिनी अनि त्यसमाथि जुरेलीका पनि पछि पछि, फेरि अर्की लक्ष्मी भन्ने कहाँ बाट आइ हँ ? :-s
हुनेलाई जहीँतहीँ, नहुनेलाई कहीँ न कहीँ। :-(
तितौरी फतौरी खिसिक्क हाँसेर हिँडी। कहाँ गइ भनेको त चौतारिमा झरेर बसेर गफ हान्दै रे'छ। घराँ तिम्लाई हेर्न केटा आको छ। शहरको केटा रे, धेरै पढेको खानदानी मुन्छे हो रे। खुसुक्क करेसा बारीतिरबाट भित्र पस्नु, गाजल साजल लगाउनु, कपाल तेल देल लगाएर कोर्नु (हेर त कस्तो जर्बुटे बनाएर हिँडेकी कपाल पनि, कता झाडी झाडी हिनेकी रे'छ, कपाल भरी माकुराको जालो छ लौ! ), अनि अस्ति हाटमा किनेको नयाँ यार्लिङ (इयर रिङ) लगाउनु, फुली पनि अर्को अस्ति मैले किन्देको लगाउनु नि, फेरि त्यै कुच्चेको फुली लगाएर खिस्स दाँत देखाउँदै निस्किने हैन नि। अनि पाहुनाहरुलाई पानी टक्र्याउनु। मुख खोलेर नहाँस्नु नि फेरि, केटाले त्यो खप्टिएको दाँत देख्यो भने गाह्रो हुन्छ के। लु खुरुक्क गैहाल त। :-) :p :p :p :D
कति बाठा हुन् यिनि हाम्रा भौतेदाइ किन खेदाउन हतार् पर्या हो एउटि भ'कि बुइनि लाइ काहि नभा छुच्छो। रिस् मात्र उठ्छ त नि जति बेला नि कराइरा'ने काम् नपा'र :@ बा ले पुल्पुलार राख्या के खुरुक्क आरप (अरब) तिर नपठाएर । म पनि हेर्छु कुन्चाइ आउदो रे'छ सहराट् परै बाट कुच्चो ले हानेर नखेदए त त्यस्लाइ । :P LOL hahahahaha....
तितौरी नानी, कुच्चो ले हान्ने गरी छुच्चो चाँही न होउ ल्! के बिगृन्छ हेरेर हौ । आगो ताप्नु मुढोको कुरो सुन्नु बुढो को । समय मै झ्याइंकुटी गर्नु पर्छ क्या । बेलैमा रम न गरे बुढी कन्ने भए सि के रमाइलो गर्नु नि । फुर्सद मा पछुताउन नि टायम चाहिन्छ क्या । हल्लक बढेकी, जिउदाल मिलेकि चेलिबेटि घरमा धेरै दिन राख्नु हुन्न भन्छन्। फेरि गाउंम अचेल् नाना थरिका स्याल् हरु ले र्याल् चुहारहेक हुन्छन्। भौते दा को कुरा मानेर ज्ञानि होउ बा।
लौ हुदा हुदा ठुल्दाइ पनि उस्तै कुरा गर्ने भौतेदाइ तिर लागेर भने'छि यो सबै को मिलेमतो रे'छ मेरो आफ्नो भन्ने कोहि रहेनछ. व्हाँआआआआआआआआआँ .........व्हाँआआआआआआआआआँ :'O :'O .... कोहि सङ न्याप्किन छ सिगान् पुछ्न लाइ? :P
मेरो आज विभिन्न काम परेकोले साझामा चाँडो आउन पनि पाइनँ र स्वस्थानी पनि लेख्न भ्याइएन। यसको लागि क्षमा प्रार्थी छु। गालबले नि लेख्न भ्याएनछ आज। भोलिदेखि फेरी अड्डाको कामको चटारो छ, त्यसैले स्वस्थानी लेख्ने काम फेरी गालवलाइ नै सुम्पिन्छु, आफू त यस्सो चियाएर पढ्न मात्र भ्याउँछु होला।
तितौरीको बिहेको कुरा भैरा'रैछ। ल हामीलाइ नि भोजमा बोलाउन नभुल्नू है! :P
खेदाउन लागेको होइन नि मेली प्याली बुइनि। के गर्नु सन्सारको रितिथिति नै यस्तै छ। आफ्नी बुइनिलाई सधैँ आफ्नै आँखा अगाडि नाचेको, खेलेको , हाँसेको देख्न त कुन छैँ दादाको मन हुँदैन र।
त्यसरी डाँको छोडेर नरउ न बाबा ! तिम्रो भन्दा मेरो मन झन कमलो छ भनेर तिमीलाई थाहै छ नि। लु बरु यै मेरो कोटको बाहुलाले सिँगान पुछ। तिमी त्यसरी रोयौ भने त म पनि सँगै रोइदिन्छु के त । कालीले मेरा आँखा समेत आँसुले भरी बनाइदिइ लौ ! सानो हुँदा मैले तिम्लाई दिएको पैसाराख्ने थैली सँगै लैजान नबिर्सिनु ल। दादाको याद आएछ भने त्यै हेरेर बस्नु, भाइटिकामा भेट्न आउँला नि तिमीलाई। :-)
तितौरीओ बे रे भाउते??? हैन कता दिन लाएउ बैनिलाई? घर खान्दान कस्तो छ? केटो के काम अर्छ शहराँ? खेत बारि कत्तिको छ? कति भाइ छोरा हुन? दुहुनु कति छ? बे पछि सासु-ससुरा सँअ बस्नु पर्ने हो हैन? घरधन्दा मै बैनिको जिन्तखि जाला है! होस पुरा'र चाइन्जो तिन पुस्ते बुझेर कुरो चलाऊ! हाउँरो गामको नाक जाला है भन्द्या छु! :)
तितौरीको बे रे, लु अब चौतारी सिंगार्नु पर्छ। राँगो जत्रो खसी काट्नु पर्छ है भउते गुरु, भन्द्या छ मैले। शहर बाट ल्याउने जन्ती रे, निनेरुको अगाडी नाक त राख्नै पर्छ है। :D:D
कठै बरा! यो ट्याम भन्ने चिज कस्तो निस्ठुरि! हिजो अस्तो लाउछ येइ हातले बोकेर आँगनाँ डुलाको यो तितौरीलाई! यत्रि मादल जत्रि सानि थि, फूल जस्तै हलुङ्गि थि! नाकभरि सिंगान लिएर बल्ल बल्ल तोतेबोलिले "दिम्बालबा..ता..ता" भन्दै खेल्थि! कठै! येइ काखमा हुर्केकि बच्चि आज पराईघर जाने रे अब! यो भाउते बजियालाई नि कति हतार भा' हो बैनि लखेट्न! एस्तै रेछ ट्याम नारन! अब कैले म बुडोलाई नि घाट लाने ट्याम आम्ने हो! हरिशरणम्!१
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.