[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 राशी

[Please view other pages to see the rest of the postings. Total posts: 51]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 56167 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 03-09-10 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

राशी

"तिम्रो राशी कुम्भ हो?" आफ्नो सुरमा हिन्दै गरेकी एउटी सुन्दरीलाई झस्किने गरी बाटो छेक्या झैं गरी बाङ्गेले सोध्यो।


सूर्य पस्चिम आकाशको खुड्किलो ओर्लिदै गरेको बेला थ्यो, मन्द बतास चलेको--त्यै बतासका केही लहरहरुमा अल्झिएका उस्का केही कपालहरुलाई आफ्नो अनुहारबाट पन्छाउँदै सुन्दरी टक्क रोकिई।


एक पल त त्यो सुन्दरीलाई भरखर के भयो त्यो बुझ्न पक्कै लाग्यो। घटना मेरो लागि समेत आकस्मिक मात्रै होईन अप्रत्यासित पनि थ्यो भने सुन्दरी नझस्किने त कुरै भएन।


सुन्दरीलाई हेर्दा उ धागोमा आगो लागिसक्या मल्टाबारा जस्ती देखिन्थी -- रन्थनिएकी सुन्दरी कस्तो प्रतिकृया कुन तरीकाले बजाईदिन पाए सोध्नेले प्रस्टै बुझ्थ्यो भन्नेमा निश्चित भैसकेकी थिईन सायद...


शरद ऋतुको बेला थ्यो, हावामा चिसोपन मिसिईसकेको त थ्यो तै पनि जाडो नै हुने बेला चै भैसकेको त थिएन --तर पनि जाडो भए जस्तो भो --त्यसमाथि बौद्ध पुगेर आएको-- जाडोकै महिना भए त जिउ रन्किनु पर्ने---


बाङ्गेले फेरी सोध्यो "हैन राशी त कुम्भै हो कि क्या हो?"


अब सुन्दरीले एक पल पनि खेर नफाली झर्केर "होइन" भनी अनि अघि बढी।


कान थुने पनि उस्ले सुन्ने गरी बाङ्गेले भन्यो "-- ज्योतिषीले कुम्भ राशी सँग बिहे हुँदैन तेरो भन्दया थ्यो -- नहुने काममा लागिने हो कि भन्ने कत्रो पीर आफुलाई --अब बल्ल ढुक्क भो --"।


सुन्दरीले आफु पछी साँढे कुदेर आको हो कि झै गरी एक चोटी तर्सेर हेरी अनि आफ्नो हिँडाई तेज गरी।


"को हो त्यो?" धोबीखोलाको पुलमा बस्दै मैले बाङ्गेलाई सोधें।


"त्यो मेरी हो नी" बाङ्गेले हाँस्दै भन्यो।


"अब यो मेरीको दाई डेभिड छ कि माईकल छ छ त्यस्ले भेट्यो भने तँलाई बिनाभी पनि नभनी त्यो सोर्हखुट्टे ओरालोमा गाडाले च्यात्या टायर धसेर ब्रेक ला जसरी तँलाई धसेर---"


"ल ल भो -- साथीले गरी खाओस भन्नु त कता हो कता अझ--" मैले मेरो कुरा पुरा गर्नै नपाई बाङ्गेले आफ्नो कुरा भन्यो।


अघि त्यो यत्तिकै जाडो भाको जस्तो अनुभव बिस्तारै हराउँदै गयो -- डर अभावको रे छ क्यारे प्राप्तीको सम्भावना छेउछाउ हुँदा बिचलित भएको--तर अब त्यो सम्भावना न्युन हुँदै गए पछि डर आफै ठेगान लागेको हुँदो हो।


"ल ल गरी खा ---" मैले भन्दें। मैले अरु गर्नु पर्ने केही थिएन, त्यै भन्दिनु त थ्यो नी -- त्यसमाथि बौद्ध सम्म पुर्याएर तातो, चिसो र ध्वाँको प्रायोजन उसैले गरेको थ्यो--गुन पनि त देख्दै गर्नु पर्यो नी --


धोबीखोलाको पुलमाथि कालो पुल तिर फर्केर बस्दै मैले भनें "त्यसलाई पैला त देखेको याद छैन---"


"देखेकै छैन नी -- देखेको भए बिर्सिन के सकिन्थ्यो--" बाङ्गेले पनि खल्तीबाट डनहिल लेखेको चुरोट झिक्दै भन्यो।


बाङ्गेले कुरा त ठीक गर्या हो। उस्लाई पैला देख्या भए बिर्सिन नसकिने नै थिई। रातको बेला--लगातारको झरीमा बिजुली चम्किए झैं थिई उ -- साँझको बेला सूर्य-चुम्बनमा मग्न समुद्र जस्ती थिई उ -- बिहानले पुर्बी आकाशमा फाउ खेले झैं थिई उ -- 


"यो धोबीखोला गन्हाएर पनि चुरोटको स्वादै बिगारीसक्यो---" बाङ्गेले झर्किएर बोल्यो -- अघिकी सुन्दरीको मन्दीर बनाउँदै थिएँ म --भत्कायो --
के भन्नु---केई भनम उस्की भनी र छ -- दिक्क लाग्ने --


"खै चुरोट ले -- "मैले पनि झर्किदै भनें। उस्ले उस्कै चै चुरोट दियो -- नयाँ झिक्ला भन्या त -- तान्नै पर्यो ---


"त्यो ठीटीको पछी लागीनस त -- घर कता हो पत्ता लाउनु पर्दैन?" मैले धुवाँलाई एक छिन हेराईले लखेट्दै सोधें।


"अघि नै झस्क्या देखिनस? फेरी पछी लागेर तर्साउन हुन्थ्यो के त? --पछी लाग्ने लगाउने दिन त आईहाल्छन नी --" उस्ले तरुनी गएको त्यो चाबेलको बाटो तिर हेर्दै भन्यो।


साँझ गहिरिदै थ्यो -- रात चिनीने बेला हुँदो थ्यो।


"लस्किने होईन त अब?" पुलबाट ओर्लिदै बाङ्गेले सोध्यो।


म पनि ओर्लिएँ।


"खै त्यो अघिको चुरोट अर्को एउटा झिक न -- अघि आधी तानेको केई धित नै मरेन --" मैले अलि मधुरो स्वरमा भनें--अलि ठुलो स्वरमा भन्दा कैले काईँ "राख्न देको थिस र झिक भन्नलाई" भन्थ्यो -- त्यो पनि सम्झिनै पर्यो --


उस्ले चुरोट झिक्यो -- अलि अलि बतास चल्दै थ्यो -- उस्ले लाईटर पार्यो म छेकेर चुरोट सल्काउँदै थिएँ "ए! के गरीरा हँ? तिमेरु? -- के तान्या त्यो?" एउटाले गर्जेको झै गरी सोध्यो। झसंगै भएँ। चुरोट सुरोट फ्याल्दिन ला थें--हेर्या त अर्जुन दाई रे छ --


"चुरोट तान्या नी दाई अरु के हुनु?" मैले हाँस्दै भनें।


"चुरोटै हो त? खै हेरम?" अर्जुनदाई अलि बढे र चुरोट मेरो हात बाट लिए। धुवाँ सुघेँ अनि यसो चुरोट नियाल्दै "के चुरोट यो? भने। अर्जुनदाई र अर्को झ्याप्ले भन्ने दाई रे छन।


"यो डनहिल हो दाई" बाङ्गेले भन्यो। अर्जुनदाई मान्छे भकुर्नमा ओस्ताज थिए। उन्को संगत फलदाई हुने भएकोले होला बाङ्गेले हत्त न पत्त अर्को खिल्ली उनलाई दिदै भन्यो "दाईहरु कता नी?"


बाङ्गेले उनलाई देको खिल्ली चै उनले झ्याप्लेलाई दिँदै अर्को खिल्लीको लागी हात बाङ्गे तिर बढाउँदै भने "पिस्न हिनेको"। उनले मेरो चुरोट मलाई नै दिए।


"दाईले पिस्न हिनेको भनेर सम्झिएँ -- एउटालाई मेरो पनि पिस्नु पर्ने थ्यो -- म पनि दाई जस्तो भा भे त पिस्दी सक्थेँ---" बाङ्गेले अर्जुनदाईको चुरोट सल्काउन लाईटर पार्दै भन्यो।


"को हो? मैले गरेर हुने भए म ठोक्दिन्छु नी" डनहिल ले आसामी बनाईहाल्यो।


"छ दाई एउटा -- त्यस्को बैनीलाई बिहे नै गर्छु भनेको--उल्टो मलाई दागा धरी रा छ --त्यस्को बैनी सँग बिहे गर्न पाईन भने त म कसै सँग नी बिहे गर्दिन --बरु मर्छु" बाङ्गेले भाबुक भएर भन्यो।


मैले बुझें। बाङ्गेले त्यो अघिकी सुन्दरीको दाईले केई तल माथि गरे त्यस्को बन्दोबस्त अहिले देखिनै गर्यो भनेर। चोर बाङ्गे। आईडिया त लाकै हो --


"त्यस्तो डेडली सेन्टी छ?" झ्याप्लेले सोध्यो।


"नभाको भए कोई यत्तिकै मर्न खोज्छ दाई?" बाङ्गेले सानो स्वरमा भन्यो।


"पर्दैन मर्न सर्न -- म पिस्दीम्ला तेस्को दाईलाई -- पर्यो भने मलाई भन्नु -- " अर्जुनदाई फेरी गर्जिए।


"हस दाई" बाङ्गेले दंग परेर भन्यो। अब उस्लाई त्यो मैले अघि भनेको डेभिड र माईकलको डर भएन।


उस्ले म तिर पुलुक्क हेर्यो। मैले बुझिसक्या थिएँ।
"देखिस, यसरी चलाउनु पर्छ गोटी" उस्को हेराईले मलाई त्यही भन्दै थ्यो।


"अनि दाई चैं कस्लाई पिस्न हिन्या त यो राती?" आफ्नो बन्दोबस्त भए पछी बाङ्गेले सोध्यो।


"यहाँ मेरी फुपुकी छोरीलाई अघि राशी सोध्यो रे कल्ले हो--तेस्को राशी नछेत्र सराद जम्मैको ठेगान लाईदिनु पर्यो ----" अर्जुनदाईले कठोर स्वरमा भने।


"हो हो दाई ठोक्नु पर्छ" मैले पनि थपें।


बाङ्गे चुपचाप थ्यो। म उस्लाई हेरीरा थिएँ। उस्ले म तिर हेर्दै हेरेन।



 


 
Posted on 03-10-10 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभुको कथा आयो रे भनेर हुररिएर आएको साझामा !!! धेरै दिन भैसकेको थियो ... साझा मा आउन मन लाग्न छोडेको। यो बाङे त मलाई सानो हुँदा कमिक पढ्दाको बाँकेलाल जस्तै उत्सुक बनाइ राख्दछ।
प्रभु ..... अब त फेरी भूमिगत नभऊम है.... जदै !!!

 
Posted on 03-10-10 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep bro,


bepatta hunu bho ta..esari bilauna bhayena ni prabho!!


 


 
Posted on 03-10-10 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Huh? kina jhaskya? Back wih Bange lekhna parne raicha. .la aba next time.
 
Posted on 03-10-10 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो
ट्वाक्क परेको सित्तन एक चम्चा मुखाँ पर्या जस्तो भो नि त, जिउरो मात चिलायो।

 
Posted on 03-10-10 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somewhereondearth,


प्रभो, सुन्दरीको कुरा यत्तिकै बाङ्गेलाई किन जिम्मा लाउँथे -- पाए त सुन्दरीलाई आफु सँगै राखेर बाङ्गेलाई पुल मुन्तिर गोदेको कुरा लेख्थें नी -- अब सुन्दरी आफु सँग भए पछी उस्लाई जो सुकैले गोदोस नी --


fucheketo,


प्रभो, त्यो कागते पोखरी तिरकी मायालाई बिहीबारे हाटाँ देखे देखी मन बिच्केर तमास भैरथ्यो -- एक चोटी यसो घुमार कथा लेख्या बेला त्यो माया सँग मेरो ---ल त प्रभो--


perfectionist,


अबेर को त अब कुरै नगरम प्रभो -- हुनु अबेर भो नी पुरे-- यो उमेर भैसक्यो ---कैले काईँ त चित्रगुप्तलाई जेमराजले रि-स्ट्रक्चरिङ भनेर फायर गर्देछन क्यारे--अब प्वाँखले पाताँ लेखेर राख्या चित्रगुप्तको हिसाब किताब जेमराजले नबुझेर मेरो बेरुजु फर्स्योट नभाको हो की जस्तो नी लाग्छ --


RBaral,


प्रभो, डनहिल तानीसके पछी त्यसो ठोक्ने कुरा त गर्न नहुने हो तर त्यसरी हो हो दाई भन्दै सही थपे पछी शंकाको घेरा भित्र नपरीएला कि भन्ने आश नी --  अब त्याँ तल माथी परेको खण्डमा म पनि पिसीने पक्का थ्यो। अर्जुनदाईले बाङ्गेलाई घाममा राडी सुकार धुलो झार्या जस्तो गर्दा झ्याप्ले ले मलाई पनि स्याबास! त के भन्थ्यो र? अनि त्यो खाई न पाईको छाला टोपी मैले लाउनु पर्थ्यो कि पर्दैनथ्यो त? त्यै भएर नी प्रभो -- सुन्दा बेईमान बेईमान सुनीएको मात्रै हो --मान्छे त म ईमान्दार हो नी --


khushii,


पोर परारै त्यस्ता मुर्दार भन्ने धेरै थिए के टोलाँ -- टोलाँ मात्रै होईन त्यसो त जता गयो उतै भेटीन्थे -- कहाँ बाट त्यत्रा औधी भा हुन कुन्नी --


त्यै भएर क्या --- भन्छन नी ---चुम्बनले पोलेको मान्छे, अंगालो देखेर तर्सिन्छ--त्यस्तै होला--


अब डर भएन,  गुर्लाम्छु।


Trishul,


त्यसरी हुरीएर आउँदा त्यो तिर्सुल चै मास्तीर फर्काएर आम है प्रभो नेस्ट्याम -- त्यसरी सिधै ७५ डिग्रीमा तेर्साएर जय शम्भो भन्दै हुरीएर आउँदा त म झन्नै "मैले होईन दाई" भन्दै तीन कान्ला फाल हाल्न लाईसकेको  --


kanchho bhai,


हो नी यसरी बिलाउन त नहुने हो प्रभो -- तर आफु परीयो नौनी --- सुन्दरीहरु भए आगो -- के गर्नु -- नबिलाम् त भन्छु ता नी ---


~spring~
हैन अब लेख्न लेख्न परे पछी नेस्ट्याम "दीप ब्याक विथ भावना" लेख्दिम न -- अरु केई नभए हल्ला त हुन्छ की ---


बिस्टे,


प्रभो त्यो कुमारीगालकी अनुषा होस की महांकाल थान की आकांक्षा-- तीनका अधरले एकै मात्रा ख्वाएदिए पनि हुँदैन थ्यो त?


सधैं धेरै पनि चाहिँदैन प्रभो --


 
Posted on 03-10-10 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो भत्क्या पुलको सेरोफेरो पनि भुश्याहा कुत्तोका कब्रिस्तान भनेर चर्चित थ्यो,

काले, खैरे, चैते देखि टामी, जोनी, शेराको अस्तु सेलाउने थलो बन्या थ्यो, कहिलेकाही त झिस्मिसे मै जोनी हांस्थ्यो बोरा बाट दांत देखाएर हिं गरेर ....

 

पेलुम पेलुम भक्कू  

 
Posted on 03-10-10 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो बाठो मान्छे हौ !!!! इ हि हि हि !!!

यो कथा सारो मज्जा आयो ।

स्वस्ति गरें ल !!!! माइ डियर दीप !!!
 
Posted on 03-10-10 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dami cha !!! lekhne style atti nai dami!! lau maile ni swosti gare hajur lai!
 
Posted on 03-10-10 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

teti belaa tyo dunhill churot khub chalthyo nepaalmaa , ki kaso ...
 
Posted on 03-10-10 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Deep,

You got a superb writing style. I have been reading and liking your stories for quite a while now. Thanks much for sharing such an awesome piece.
 
Posted on 03-11-10 12:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ta laamo jaana laagyo bhanthanya ta chhottai ma tungiechha. taipani, haaso ko phohora chhutyo prabho, dhanya ho hajur ko lekhai.


 


 
Posted on 03-11-10 2:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-11-10 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप

मैले भनेको कुरा सुन्दैन ! कति भन्नु ? 

किताब छाप भन्या किताब ! 

बिषय बस्तु ईन्टेलेक्चुयल नभए पनि रमाईलो र नंया छ - प्रस्तुती र शैलीको त झनै गज्जप ! 

तिमी सित भेट्ने ईच्छा जिउदै छ !

मबि


 
Posted on 03-11-10 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा पढ्न एक चोटि छिरे पुग्या थ्यो, कमेन्ट पढ्न दुई चोटि छिरे नि नपुग्ने भईसक्यो ! लौ न


भन्न खोज्या कमेन्टहरु नि कथा भन्दा कम् रमाइलो छैन


 
Posted on 03-11-10 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनि दाई चैं कस्लाई पिस्न हिन्या त यो राती?" आफ्नो बन्दोबस्त भए पछी बाङ्गेले सोध्यो।


"यहाँ मेरी फुपुकी छोरीलाई अघि राशी सोध्यो रे कल्ले हो--तेस्को राशी नछेत्र सराद जम्मैको ठेगान लाईदिनु पर्यो ----" अर्जुनदाईले कठोर स्वरमा भने।


"हो हो दाई ठोक्नु पर्छ" मैले पनि थपें।


दीप जि,


छोटो मिठो क्या दामी कथा पस्कनु भो, म जस्तो एक्स्प्रेस साझा भिजिट गर्नेलाई पनि केही नलेखी बस्न सकिन। अरु कथाहरु पनि पढ्न पाउने आशामा............


कालेदाइ


 
Posted on 03-12-10 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिरादाई,


काँ भुस्याहा कुकुरहरु त्यो पनि गुलुप उडीसकेकाहरुको मुस्कान सम्झेर बस्या हो यति बेला? बरु सम्झिन सम्झिन परेसी मित्र पार्क पूर्ब त्यो चार्टड एकाउन्टेटको घर उत्तर अब कति घर उत्तर चै म भन्दिन --त्यै घरका मान्छे यता हुँदी रेछन भने? राम राम राम -- हो त्यो घरकी बिजुली सम्झिम्न प्रभो -- अहिले पनि मन झिलीमिली हुन्छ ---


shabanam,


म जस्तो सोबर मान्छेलाई सबनमले बिर्स्या हो की भन्ने पीरमा दशैंको अष्टमी पनि एकादशी जस्तो लाग्न थालीसक्या थ्यो --आहा! धन्न होईन रे छ ---आफ्नो ईस्ट टंगाल गणेश उतै परे नत्र आज लड्डु चढाउँथे म --सबनम र मेरो तर्फ बाट --


माई डियर दीप भनेको रे छ माई डियर सबनमले -- जीबन धन्ने भो --


brandy,


नामैले नशा लाग्ला जस्तो भो गाँठे! संगत गर्न पाए त मदहोसको अर्थ पनि थाह हुन्थ्यो होला --


Harka_Bahadur,


चल्न त प्रभो कैले काईँ गोर्खापत्र बटारेर त्यस्कै धुबाँ भन्ने की खार अब त्यो पनि चलेकै हो -- तर डनहिल त्यो पनि सित्तैमा तान्न पाउँदा त्यो रत्न राज्य स्कुल छेउकीले मुस्कान देको जस्तै लाग्थ्यो नी --


प्रभो अनि त्यो कुमारीगाल तिर बाट उता गौरीघाट पनि परेड खेलेकै हो -- अरु केई नभए नी दिनभर त्यसरी परेड खेल्दा ज्यान चै स्वस्थ हुने रे छ --मन बिमार भए पनि --


दिनमा आधी घण्टा हिन्नु ज्यान स्वस्थ हुन्छ भन्दा रे छन हामी त दिनभरी जसो हिन्थेम -- कुमारीगालमा बादल लाग्या जस्तो देखियो भने बानेश्वर तिर घाम ताप्न पुग्थेम - के गर्नु --मनको बसमा परे पछी त्यस्तो हुने --


aakanksha,


यो नाम चै सार्है मन पर्यो मलाई -- आकांक्षा -- मायालुका अधरले आफनालाई जतन सँग स्पर्श गर्दाको पल सम्झाउने--


मेरो बगर जस्तो लेखाई प्रति पनि फुलबारी जस्ता शब्दहरु खर्च गरेको रे छ -- मन पक्कै उदार हुनु पर्छ --


user123,


प्रभो, पैला पैला लामै पनि बिन्ती चढाकै हो --यस पटक छ्यास्स ज्यानले धर्म छोड्या छैन है साथी हो भन्न सम्म हाजीर भएको हुँ ---- फेरी गैर्हीधारा तिर बाट अर्यालहरुको घर हुँदै नीलसरसोती सम्म पुगेर फर्किम की जस्तो फुर्ती पो आउला जस्तो भो -- साथीहरुको आड पाएर --


sky,


:D :D


सत प्रतिशत थपेर धन्यबाद चढाएँ।


shirish,


लौन नी प्रभो के भन्या त्यस्तो --- मैले नी किताब छाप्न थालेँ भने त त्यो घण्टाघर नेरको अमात्य पृन्टींग प्रेस बन्द मात्रै हुने होईन साँच्चिकै लेखकहरुले सैनीक मन्चमा लगेर मलाई तोपको अगाडी उभ्याएर बारुदमा आगो लाउँदैनन् र?


मेरो त झन प्रभो को दर्शन पाउने ईच्छा शुक्ल पक्षको चन्द्रमा झै छ ---


ritthe,


यता त जति आयो तेती रमाईलो नी प्रभो -- भिड भए पछी अरु केई हुनै पर्दैन यत्तिकै रमाईलो हुन्छ -- रत्नपार्कमा बदाम बेच्नेलाई होस की सडकमा खाल्डो खन्नेलाई होस झिरिप्प घेरेर बस्ने बानी -- भिड भए पछी यसै रमाईलो लाग्ने -- खाली एउटा भिड चै कैलेई मन परेन जिन्दगीमा -- त्यो चै आफुलाई भावनाको दाईले यता र उता हुर्‍याउँदा तमासा हेर्न जम्मा भाको भिड --


KAledai,


प्रभो, स्वागत छ है -- नामले अलिकति झस्कायो तर -- त्यो भावनाको दाई पनि श्यामबर्णको थ्यो --- प्रभो बालुबाटार तिरको त हैन नी है?


************


फेरी एक चोटी सबै प्रति मेरो लेखाईमा खर्चेको समयको लागि आभारी छु। अनि सबैलाई मेरो हार्दिक शुभ-कामना पनि।


 
Posted on 03-12-10 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभु हराको हो की भन्ने सोच्दै थिए म त 

 

एउटा कुरा नि प्रभु, नक्साल, नीलसरसोती, गैर्हीधारा, कुमारीगाल बाहेक अरु कता थियो अड्डा हाम्रो  ?

 

उही/उस्तै  थालमा खाना खाने मा परिएको थियो की जस्तो पो लाग्न थाल्यो त :)

 
Posted on 03-14-10 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


मलाई चाहि रमाइलो लाग्यो शायद म त्यो बाटो धेरै चोटि हिड्येकिले गर्दा होला। अनी तिमीलाई भुडे गणेशमा लडु मैले चडाइ दिन्छु ल ? नेपाल जानी बेलामा बरु कस्कको नामबाट हो भन्दीरख list सँग चडाइ दिन्छु ल ?  NEXT MONTH ल ?


 

Last edited: 14-Mar-10 12:34 PM

 
Posted on 03-14-10 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप प्रोभुको बल्द दर्सन भो,कतै तपाइको कुम्भकर्ण राशी त परेना, ६ महिना बेपत्तै हुने? यस पटक प्रकटमा २-४ कथा त पक्कै जाला,कसो?
झन दौंतरीमा नदेखेको त बर्ष दिन हुन लाग्यो कि?
 
Posted on 03-14-10 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछि देखा पर्नु भयो नि दीपजी, जे भए पनि राम्रो (रमाइलो) कथा लिएर आउनु भो, धन्यवाद, अब त्यसरी नहाराए हुन्थ्यो ...
गुच्चा चोर

 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters