[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 प्रेम पत्र

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 36548 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 10-31-09 12:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

प्रेम पत्र

पुरातत्व विभागले अब  ऐतिहासिक भनेर ठोकुवा गर्ने बेला तिरको हुँदो हो  मेरो एउटा साथी थ्यो - रामचन्द्र.

पर्दिपे जांड रक्सी चुरोट केही नखाने, तरुनी पनि नजिस्क्याउने, १०३ डिग्री ज्वरोमा पनि स्कुल जान्छु भनेर तम्सिने. सडकमा नखेल्ने, मनपरी पनि नबोल्ने, अपजस आईलाग्ने काम केही नगर्ने त्यस्तो बिचित्रको थ्यो.  त्यहि भएर उसलाई बांगेले नाम राख्देको थ्यो, रामचन्द्र.

बांगे रामको हैन कृष्णको र महादेवको भक्त थ्यो.  सुन्दरीको बिषयमा कृष्णको तान्ने बिषयमा महादेवको. रामलाई त उ  दशा लागेको देउता भन्थ्यो. त्यसैले होला पर्दिपेलाई राम बनाउन उ उदार भाको.

रामचन्द्रले बांग्गेलाई अनि बांगेले रामचन्द्रलाई उत्तिकै घृणा गर्थे. रामचन्द्र संग मेरो भने राम्रै थ्यो. उ संग मैले संगत गरेको देख्दा मेरा पक्का साथीहरु --भन्या-- उही बांग्गे, छ्याक, झ्यालिंचा , ट्वाक आदि ईत्यादी नाम गरेकाहरुले भन्थे "यो दीप अब बिग्रिने भो -- चढ्दो उमेरमा ओर्लदो उमेरको ढाचा गर्ने संग संगत गर्न थाले पछे हुन्छ के त ." सुपारी चै तर रामचन्द्रको दुश्मन थिएन. नभाको कुरो. रामचन्द्र पनि मलाई मेरा साथीहरु धमाधम कुहिंदै छन्, म पनि उनीहरु संगै टास्सिने हो भने भने मेरो पनि  हुने हालत उही हो भनेर कहिले सतर्क गराउंथ्यो कहिले चेतावनी दिन्थ्यो. म एउटा कानले सुन्थे अर्कोले उडाउथे.

रामेको घर छेउ एउटी सुन्दरी थिई. उ त्यही सुन्दरीको  फन्दामा परेको थ्यो. उ एक्लै परेको थ्यो. सुन्दरीलाई अत्तो पत्तो केही थाह थिएन. जहिले भेट भए पनि त्यही सुन्दरीको बयान गाउथ्यो.सुन्दरीको घर फेरी त्यस्तो पर हो र? उसको घर जग्गा संगै त्यो तरुनीको घर जग्गा जोडीएको थ्यो तर तरुनीको घर भने रामेको घर नजिक थिएन. अलि परै थ्यो. त्यसमाथि सुन्दरीको जग्गामा भएका एक  दुईटा झ्यांगिएका रुखले उसको घर ओझेलमा पारेर  रामेको मायालाई सेप पारेका थिए.  

जहिले "तेरो तरुनीको के छ हालखबर? लभ पर्यो?" भनेर सोध्यो रातै भएर "काँ --"  भन्थ्यो. एक दिन उसको घराँ थिएँ म -- उ त्यै तरुनीको स्तोत्र पाठ गर्दैथ्यो. मैले एउटा कागजमा प्रेम पत्र लेखें . उ कस्लाई लेखेको भन्दै डराउँदै पढ्दै रोमान्चित हुदै थ्यो मैले केही नभनी पत्र पुरा गरें. अनि उसलाई "ल लगेर दे यो तेरो तरुनीलाई कि वार कि पार " भनेको हातमा बिच्छी राख्देको जस्तो गरेर  तर्सिदैं  उछिट्टियो.  "ल भैगो" भनेर चिट्ठी मैले नै लिएँ. अनि तरुनीको घर पर्खाल छेउ सम्म त जान होला नी? देखियो भने म पनि गति पर्छु नी, हुन्छ?" भनेर सोध्या दङ्ग पर्दै  "हुन्छ" भन्यो. त्यो हुन्छ पनि किन भन्या रे छ भने सुन्दरी उसको घर तिर भएको जग्गामा कहिलेई आएको उसले देखेकै रहेनछ.

 सुन्दरीको घर जग्गाको सेरो फेरो निक्कै ठुलो, अनि रामचन्द्रको घर सुन्दरीको घरको निक्कै पछिल्तिर पर्ने. रामचन्द्रको अस्तित्वको बारेमै तरुनी अनभिज्ञ हुँदी हो  जस्तो लाग्यो. सुन्दरीको पर्खाल छेउ निकै बेर उभिएम उ र म, तरुनीको दर्शन पाइएन बरु सुन्दरीकाहां काम गर्ने एउटा ठिटो उनीहरुको जग्गामा हल्लिदै गरेको देखियो. मैले "ए भाई" भनेर बोलाएँ. उ त आयो, तर रामचन्द्र डरायो "किन बोलाको भन्दै" . मैले अघि लेखेको चिठ्ठी त्यो भाईलाई दिदै "ल यो चिठ्ठी लगेर दिदीलाई देउ" भने. मैले यति भनेको सुन्ने बित्तिकै रामचन्द्रले सुइंकुच्चा ठोक्यो. भाईले चै "नाइँ नाइँ म त दिन्न चिठ्ठी सिठ्ठी --अस्ति यस्तै चिठ्ठी भिमसेंथान्को दाइले दे भनेर देको कस्तो जात्रा गरे मलाइ" भन्यो. "अब दिदीले नखोजेको चिठ्ठी लगेर दिए पछी गर्दैनन त जात्रा? यो चिठ्ठी चै दिदीले मागेको -- पर्खाल छेउ एउटा भाइ आउछ उसलाई दिनु भनेको छ नत्र मलाइ तिमी यहाँ आउने के थाह?" मैले पनि भनें. अनि थपें "अब तिमीले नलिने हो भने म त त्यै भन्दिन्छु... त्यो भाई त कस्तो बेईमान रे छ चिठ्ठी लिन मानेन भन्दिन्छु " .

मैले यति भने पछी त्यो भाईले एकदम गाह्रो मानेर अन्कनाउदै  चिठ्ठी लियो. यसो हेरेको अलि पर लुकेर  रामचन्द्र पनि दृश्यावलोकन गर्दै रेछ. अनि मैले रामचन्द्र तिर देखाउंदै त्यो भाइलाई भनें "ल पर्दिप दाइले देको भनेर देउ है" . भाई त्यै अलपत्र परेर उभिरा थ्यो म हिने. रामचन्द्र कहाँ पुग्ने बित्तिकै उसले मेरो कठालो समातेर सोध्यो " म तिर देखाएर तैले के भन्या त्यो केटोलाई?" मैले पनि भाको कुरा भंदें "लेटर तैले देको भन्नु है भनेको अरु के भन्नु"

रामचन्द्र त थुचुक्कै बस्यो. "ल के खबर आउछ जानकारी गराएस. म लागें अहिले " भन्दै हिन्न के लागेको थिएँ उसले "नाइँ नाइँ अहिले त मलाई एकदम डर लागिराछा..अहिले जान पाउदैनस" भन्यो. लौ त भनेर फेरी उसको कोठामा गईम. अब त्यो केटीको बाउले मलाई मार्छ..  मेरो बाउले नी मलाइ मार्छन भनेर रुने हो कि जस्तै गर्न थाल्यो रामचन्द्र त. कैले ओछ्यानमा बस्छ कैले उठ्छ कैले त्यै सानो कोठामा ओहोर दोहोर गर्छ -- कैले मलाई गाली गर्छ --- तमासा गर्न थाल्यो. बेक्कार देको जस्तो त मलाई पनि लाग्यो तर त्यो भन्न भएन -- उसै त रामचन्द्रको हालत त्यस्तो थ्यो -- मैले बरु भने "अब हेर्न तरुनीको जबाफ आउछ -- तँ जस्तो गतिलो भलादमी केटा यो टोलमा अर्को कोही छैन --सबैलाई थाह छ -- तलाई जबाफ नदिए कस्लाई दिन्छे त?" उसले भन्न त केही भनेन तर दुध लिन गाको बेला दुधको ट्रक आइपुग्ने बेलामा मोहर हराको जसरी छटपटी रह्यो.

"शंकरदाई"  "ए शंकरदाई" चोकबाट एक्कासी आवाज आयो. रामचन्द्र ओछ्यानमा बसेको मात्रै के थ्यो तिन बित्ता उफ्रियो.

"के भो?" मैले सोधें.

"सुनीनस?" पन्चट भाको चक्काको स्वरमा उसले भन्यो.

"के? त्यै तेरो बाउलाई बोलाको? अनि के भो त? तेरो बाउलाई बोलाको तेरो हावा किन खुस्क्या नी?"

"तेरो बाजे त्यो बोलाउने को चिन्या छस?" जन्डीस लाग्या जस्तो रुपमा पुगेको  रामचन्द्र ले सोध्यो.

"को? त्यै तरुनी को बाउ हो कि क्या हो?" मैले पनि झस्केर सोधे.

"अनि को त?" रामचन्द्र ले नी सोधेरै भन्यो.

"हैन बोलाको तरुनीलाई थ्यो बाउ चै किन आको त?" मैले फेरी सोधें.

आँखा तर्दै रामचन्द्र हान्नियो कोठा बाहीर -- म पछी लागें -- उसको कोठा दोश्रो तल्लामा थ्यो -- उसले त त्यै तल्लामा भएको झ्यालबाट घर पछाडी दियो जम्प. अब भो की?

उसको लागि भनेर मैले त्यत्रो गरेको उसैले जम्प दिए पछी म मात्रै के बसाइ भो र? मैले नी दिएँ त्यै झ्याल बाट. मैले नी जम्प देको देखे पछी उ झन आत्तियो र दौडीन थाल्यो. म चै उसलाई बोलाउदै पर्खिन भन्दै थिएँ. घर अगाडी जाने कुरा भएन, भोटे कुकुर जसरी सुन्दरीको बाउ भुक्दै थ्यो भनेर होला उ घर पछाडी बत्तिदै थ्यो. त्यै सुन्दरीको पर्खाल नेर पुगेको त अघिको भाई लेटर हातमा लिएर उभिरहेको. "ए, दाई पर्खिनु त ..यो  लेटर " उसले रामचन्द्र लाई देख्ने बित्तिकै भन्यो.

रामचन्द्र टक्क रोकियो. म पनि उ नजिकै पुगेर भनें :देखिस मैले भन्या हैन? आईसक्यो जबाफ"

हामी पर्खाल नेर पुग्ने बित्तिकै त्यो भाइले चिठ्ठी रामचन्द्रलाई दिदै भन्यो "मलाइ त एकदम डर लाग्यो दाई -- यो तपाइको चिठ्ठी दिदीलाई दिन सकिन मैले"

***************

 
Posted on 11-02-16 2:47 PM     [Snapshot: 6083]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप दा , हजुर कहा हो कहाँ ... मिठो कथा खोतलेर पढे है मैले...
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters