[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 314779 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 06-19-08 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा! हउरले लेखेओ कथा साह्रै रमाइलो लाओ! कथा पढ्दै अर्दा तो पानी परेर मकैओ पात बजेओ आवाज कानैमा बजेओ जस्तो! पढ्दै अर्दा पानीओ बाछिट्टा चाइन्जो आफैँलाई पर्ला जस्तो! झम झम साउने पानी परेओबेला कस्तो हुँदो हो हाउँरो गाउँ अचेल!

हउरको कथा पढेर चाँहि मलाई कस्तो लाओ भन्देखुन्, मुइले कथा लेख्नै जानेओ रैनछु। कथा भनेओ त यस्तो पो! पढ्ने मान्छेलाई चाइन्जो वरिपरि के के भइरहेछ सबैकुरो थाहा होस्, त्याँको परिबेश ठ्याक्क आँखामा झलझली आओस्, न कि क-कल्ले के के भनो भन्ने मात्र। फेरि शउदहरु कस्तो राउँरा राउँरा राखेओ! पढ्दा त्यहिँ गाउँकै जिम्मालले भनेओ जस्तो!

सिक्वेन्स एक्दम मिलेर आओ छ! लेख्दै अर्नुहोला! हामी पढ्न पर्खेर बसेआ छौँ!

(हरितालिके! के छ यार? धेरै भयो नि भेटघाटै छैन! मिलो भने फुन सुन अर क्यारे! कत्ति मामा सअँ मात्रै कुरो अर्चौ? हाम्लाई नि सम्झ न कहिले काँही!)


 
Posted on 06-19-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  हरिशरणम!

'कथा चौतारीको' 

जिम्माल बा कस्तो राउरो लेख्नु भा शिर्षक  पनि निकै जीवन्त राख्नु  भा'छ

हउरको कथा पढेकिम अघि भर्खर  मनै हरररर  बनेर आओ बाबै !मेरी भान्जी  आइ मिस यु  सो मच !!

 अनिखेरी सिसलै चै सानी बाल्खा बना'र मलै चै क्यार्न  त्यति विधि बूsssssढी अर्दिनु भओ भन्चु --टाउकाआँ दुइचारओटा कालओ कपाल अझै देखिन्च   र--

 

 दिपू,

 बहिनी  त्यति  स्विट छौ अनि त ---   कि नन्द बनाम --भान्जी को ममि के (भागे है म )


 
Posted on 06-19-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली नानी, अब हेरि यहि लेख्या कुराहरु मिसायो भने त बनिहाल्यो नि हैन?

पटकथा हैन, चौतारी कथा हो हौ कति भन्नु पर्वते पनि!

धेरै बखान नगर लहरे तिम्रो नि पालो आउँछ।

आबुई सान्नानी खुरुक्क नुनु नगरेर कता आयेको???

मेरो खुबि रे दीपीका नानु??? कथामा खुबि देखाउने औतारीहरु यतै छन् चौतारी तिरै!

हो भान्जो यो बिरेक चाहिँ लिनै पर्छ, अब एउटा टाँसेर नलिए पनि बिरेक नै हुन्छ क्यार्नु!

कुम्माल बा, हेरि पर्खेर बस्या भ' बसम के रे नि, लेख्तै जाम्ला मेसो मिले सम्म गफै त हो गर्ने!

ल माष्टरनी नानि के भन्नुभो भन्चु र, मैले कता कुन हरपा हउरको कपाल फुलो भने हँ???

 

अब एउटा टाँस्छु, अर्को मुन्छे लाई बटारेर जे पर्ला पर्ला!

 

 

 


 
Posted on 06-19-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निसपट्ट, कहालिलाग्दो र चुहुँदो झरिलाई बिदा गर्दै गाउँमा बिहानी छायो। सम्पूर्ण गाउँ र वरिपरिको डाँडा रातभरि पखालिएर सङ्ग्लो भएको देखिन्थ्यो। डाँडामा माथिपट्टि बाक्लो कुहिरो थियो र मधुरो घामले सम्पूर्ण वातावरण नै सुन्दर र सजीव बनाएको थियो। तल बेँशितिर धमिलो खोला गड्गडाउँदै बगेको देखिन्थ्यो; मानौँ माथितिरबाट भएभरको फोहोर पखालेर टाढा कतै लगेर फाल्ने जिम्मेवारी यहि खोलाको छ। रुखमा चराहरुको चिरिबिरि चलिराखेको थियो; शायद लामो झरिपछि खुलेको आकाश देखेर बढि नै रमाइराखेका थिए।

 

चरा कराएको आवाजले दीपको निद्रा खुल्यो।

रातभरि कोल्टे फेर्दै पानी खाँदै गरेर जसोतसो निदाएको थियो बिहानीपख। आँखा खोलेर माथि दलिनतिर हेर्यो, उसलाई आँखाको गेडि दुखेको जस्तो लाग्यो। फेरि बल गरेर एकछिन आँखा चिम्म गर्यो र खोल्यो!

एसकि मलाई स्यार्नि, आज नि टाउको दुखेर मरेछ!

बर्बराउँदै बितेको रात र अघिल्लो दिन सम्झियो।

झरिले गर्दा उसले आँटेको कुरा गर्न पाएको थिएन।शबु पँधेरा आउन पाइनन् उसले मनको कुरा गर्न पाएन! दुइ दिन जति पहिला पँधेरामै शबुको हात समात्न ऊ सफल भएको थियो। उसलाई शबुको गाला छुन मन थियो तर शबु आत्तिएर गाग्रि पोखिइदिनाले समय तेत्तिकै खेर गएको  थियो। गाग्रि उठाउँदा उठाउँदा नेप्चि भाउजु पँधेरा आइपुगेर दीपलाई ठाडो खुट्टा फर्किनु परेको थियो। बिहानै देखि झरी परेर पँधेरा जानु बेकार थियो, तर शबुको कुरा मात्र गर्न पाए पनि उसलाई मिल्ने संतुष्टीले गर्दा ऊ हर्केलाई फकाउन बाध्य भएको थियो। फुपुको छोरि भएको नाताले शबु हर्के संग खुलेर कुरा गर्थि र दीपको लागि हर्के नै शबुलाई फकाउने एकमात्र हतियार थियो। त्यसैले झरि मनाऊन एक जर्किन रक्सि र एउटा भाले लिएर ऊ हर्केकहाँ आएको थियो। हर्केले कुखुरा काट्दै गर्दा अचानक रिट्ठे आइपुगिदिँदा उसले आफ्नो कुरा हर्के संग गर्न पाएको थिएन र उसले ल्याएको करिव आधा रक्सि रिट्ठेले खाइदिएकोमा उसलाई रिस उठेको थियो।

बेला न कुबेला अन्मरिएर पातकी रिट्ठेका काल!

बर्बराउँदै दीपले खाटबाट तल भुइँमा हेर्यो।

हर्के र रिट्ठे तल गुन्द्रिमा लाश लडे झैँ पसारिइराखेका थिए। नजिकै छरिएका रित्ता गिलाँस र सिलाबरका प्लेटहरुले मातलाग्दो रात बितेको स्पष्ट बयान गर्दै थिए। हर्के जोडजोडले घुर्दै थियो। दीपले पल्टि पल्टि हर्के घुरेको हेर्न थाल्यो। घुर्दाखेरि हर्केको नाकका पोराहरु गजबले फुल्थे र सास बाहिर फाल्ने बेलामा नाकमै कतै एकपलको लागि सास अड्केको जस्तो भएर फुत्त बाहिर निस्कन्थ्यो। यसरि सास निस्कँदा नाकबाट सुट्ठ आवाज आउँथ्यो, ओठले बुर्रर आवाज निकाल्थ्यो र, छाति र पेट एक पटक हल्लिन्थ्यो।

दीपलाई हाँसो उठ्यो।

साले जब्बरे, तरुनि च्याप्या सपना देखिरा होला!, यल्लाई त…”

मनमनै बोल्दै दीप खाटबाट जुरुक्क उठ्यो र हर्केको कोखामा एक लात्ति कसेर बजायो!

ऐया आमा! मार्यो नि कुनचईने कुकुरले!

कोखामा नराम्रो संग लात्ति लागेको झोकमा फोहोर गालि गर्दै हर्के जर्याकजुरुक उठ्यो!

ए तेरो बाउलाई क्यार्न हानिस् ए दिपे असत्ति?

राता राता आँखा पार्दै मुन्टो बटार्दै दीपतिर हेरेर झोक्कियो हर्के।

दीपले हर्केको कुरा नसुनि रिट्ठे तिर हेर्यो।

रिट्ठे बेहोश भएको जसरि उत्तानो परेर निदाईराखेको थियो; शायद  ऊ किचकन्नी र ज्यानमारा संग, निद्रामा बढि सुरक्षित अनुभव गरिराखेको थियो।

दीपले हर्केलाई औँला ओठमा राख्दै चुप लाग्ने इशारा गर्यो। हर्के वाल्ल परेर चुपचाप दीपलाई हेर्न थाल्यो!

दीप बिस्तारै रिट्ठे भएतिर गयो।

रिट्ठे शायद स्वप्नलोकमा पनि बसन्तीलाई हेर्दै मकै बेच्दै थियो! उसले लाएका लुगा अझै ओसिलो नै थियो। सेटो पटुकामा गुजुमजु पारेर पोको बनाएको पैसा बाहिरबाट हेर्दा प्रश्ट चिनिने अवश्थामा  थियो।

दीपले टुक्रुक्क बसेर बिस्तारै रिट्ठेको पटुकामा हात बढायो, हर्के अलिकता डराएर आँखा ठुलो पारेर हेर्न थाल्यो। पोका फुकाउनलाई दीपले चोर औँला र बुढि औँलाले बिस्तारै पोकाको एउटा छेउ तान्यो।

रिट्ठेले निद्रैमा शायद कसैले स्पर्ष गरेको चाल पाएछ क्यारे, कोल्टे फेरिदियो; दीप र हर्के उभिएको भन्दा अर्कोपट्टि! दिपले झ्वाट्ट हात तान्यो। हर्के एकपलको लागि झसङ्ग भयो। हर्के र दीपले मुखामुख गरे। दीप बिस्तारै अर्कोपट्टि गयो। फेरि टुक्रुक्क बसेर पटुकातिर हात बढायो। केहिबेरको संघर्ष पछि दीप पैसा हात पार्न सफल भयो!

कति रेछ?

हर्केले बिस्तारै साउती मार्ने पाराले दीपको अनुहार हेर्दै सोध्यो।

पख् गन्न दे!

दीपले हातले पर्खने इशारा गर्दै उसैगरि जवाफ दियो र रिट्ठे सुतेको पुलुक्क हेर्दै खाटतिर आयो र पैसा गन्न थाल्यो।

पाँचसइ पैँतिस!

भिजेर गुजुमुजु भएको ओसिलो पैसा गनेर सिद्धयायो दीपले।

हर्केले दाँत देखायो। एकैछिनमा अनुहारमा हल्का डर भरेर भन्यो-

थाहा त पाम्दैन?

हिजा रात सातो गा बिर्सिस एसको? आउना साथ जर्किन सकौँला जसरि तान्न थाल्या थो, त्याँसि लम्पसार परिगो। बाटामा कतै खस्यो भन्ठान्छ!

दीपको बठ्याईँले हर्केको डर मासियो।

दीपले २ शय रुपियाँ गुजुमुजु पारेर हर्केको हातमा राख्दियो। हर्केले प्रश्नवाचक दृष्टीले दीपलाई हेर्यो; शायद उसको भागमा किन कम पैसा भनेर सोद्धैथियो, दीपले बुझ्यो र बिस्तारै भन्यो-

तँलाई र मलाई दुदुसइ बाँकि तेरि बइनिलाई तँ र म मिलेर कोसेलि किन्ने हो चुप लाग अब!

हर्के केहि बोल्न खोज्दै थियो, दीप चप्पल लगाउँदै भन्न थाल्यो-

हिजा रउसिले टाउको घुमाइराछ म गएँ पँधेरामा न्वाउन!

हर्केलाई बोल्ने मौका पनि नदिइ दीप त्यहाँबाट बाहिरियो।

हर्के वाल्ल परेर दीप गएको ढोका हेर्दै थियो!

रिट्ठे शायद अझै सपनामा बसन्तीलाई हेर्दै मकै बेच्दै थियो!

 

-----

Last edited: 19-Jun-08 03:28 PM

 
सान्नानी
Posted on 06-19-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"घुर्दाखेरि हर्केको नाकका पोराहरु गजबले फुल्थे र सास बाहिर फाल्ने बेलामा नाकमै कतै एकपलको लागि सास अड्केको जस्तो भएर फुत्त बाहिर निस्कन्थ्यो। यसरि सास निस्कँदा नाकबाट सुट्ठ आवाज आउँथ्यो, ओठले बुर्रर आवाज निकाल्थ्यो र, छाति र पेट एक पटक हल्लिन्थ्यो।"

 

hahahahahhaah mare hasda hasda


 
Posted on 06-19-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपले रिठ्या पैसा चोर्देछ, हर्के पनि पैसा पायो मख्ख,
अब  रिट्ठे ले के गर्ने हुन - बबाल गर्ने होला कि 
यो भाग पनि सोलिड गयो ल -
 
Posted on 06-19-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-19-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

---"घुर्दाखेरि हर्केको नाकका पोराहरु गजबले फुल्थे र सास बाहिर फाल्ने बेलामा नाकमै कतै एकपलको लागि सास अड्केको जस्तो भएर फुत्त बाहिर निस्कन्थ्यो। यसरि सास निस्कँदा नाकबाट सुट्ठ आवाज आउँथ्यो, ओठले बुर्रर आवाज निकाल्थ्यो र, छाति र पेट एक पटक हल्लिन्थ्यो।"----

जाओस! जाओस!!

 


 
Posted on 06-19-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर, जता गए पनि खोया बिर्के र तरुनी को पछी लाग्न छाडेनन यि दिप।

हर्क सोल्टी, मैले देखेको छु है तो दिप र तपाईंले पोइसा बाडेको। मेरो भागमा परेन भने म नि सुटुक्क भन्दिन्छु रिठ्थेलाई। अनी देख्लाउ बाहुको बिहे।


 
Posted on 06-19-08 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घुरेको बारे एक प्याराग्राफ्?
बिचरा रिठ्ठे, अब उठेर मलाई दोश लाउने होला फेरी हिजो बाटोमा लुट्यो भनेर
 
Posted on 06-19-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा रिट्ठे माथि यत्रो षड्यन्त्र? सोझो भयो भन्दै मा यत्रो घोचो। चम्बू दीप उम्किने त होला नि। बाङ्गे ट्वाके, छ्याके, बर्मु संग मस्तिले निल सरस्वतिथान मुन्तिर बुटी तान्दै इण्द्रेणी लाइन मार्न जाने त होला नि।
 
Posted on 06-19-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चै "भाग- ........." पनि लेखे कसो होला?
 
Posted on 06-19-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-19-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घुर्दाखेरि हर्केको नाकका पोराहरु गजबले फुल्थे र सास बाहिर फाल्ने बेलामा नाकमै कतै एकपलको लागि सास अड्केको जस्तो भएर फुत्त बाहिर निस्कन्थ्यो। यसरि सास निस्कँदा नाकबाट सुट्ठ आवाज आउँथ्यो, ओठले बुर्रर आवाज निकाल्थ्यो र, छाति र पेट एक पटक हल्लिन्थ्यो।"

 

रिट्ठेको पैसा चोरेर भाग लगाकोबदमाशहरु

मिस दिदी म भन्जिको ममी नबन्ने बरु हजुरको छोरी बन्ने


 
Posted on 06-19-08 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-19-08 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"घुर्दाखेरि हर्केको नाकका पोराहरु गजबले फुल्थे र सास बाहिर फाल्ने बेलामा नाकमै कतै एकपलको लागि सास अड्केको जस्तो भएर फुत्त बाहिर निस्कन्थ्यो। यसरि सास निस्कँदा नाकबाट सुट्ठ आवाज आउँथ्यो, ओठले बुर्रर आवाज निकाल्थ्यो र, छाति र पेट एक पटक हल्लिन्थ्यो।"

 

Baballll imagination and superb articulation.

Mane maldai mane maile hajurlai. 


 
Posted on 06-19-08 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ हर्केले त बाघ घुरे झै घुर्ने रैछ है, लौ हेर सब्बै दङ परेछन मैले घुरेको देखेर, लौ जिम्माल अरुलाइनी मिसाउनु पर्‍यो कथामा, खाली रिठ्ठे, हर्के, पर्बते मात्रै भएर भएन, यि दिपिका, चेली लाइनी मिसाउन थाल्नु पर्‍यो अब।

 
Posted on 06-19-08 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! ६३५ लाई ५३५ भनेर दीपले १०० त पैले नै मार्या रइछन्त ! हर्के लाटो उसको बैनीलाई कोशेली किन्दिनी भन्दा दंग परेछ !
अब भोली ब्यान उठेर दीप र हर्क्या खैरियत छैन ! मिठुन स्टाईलमा हान्नी हो ! लोल
 
Posted on 06-19-08 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 मिठुन स्टाईलमा हान्नी हो ! लोल

 
Posted on 06-19-08 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हानेको हानेकै हो मिठुन इस्टाएल, हामी राजनिकान्त हरु लाई।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters