[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 239112 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 10-04-06 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो खबर ठिक् छ जिम्माल् बा, दसै भरि लुक्नु भयो दक्षिना दिनु पर्छ भनेर होला :P

मिस् कान् समाएर उठ्बस् गर्नु रे म :o किन? कसरि? कहिले?... नाइ गर्दिन ! bhantaang bhuntaang ta 1 dozen -2 +2 -10 chhan hoina ra ? :p
 
Posted on 10-04-06 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैको टिको लाइदिन पर्यो नि AUNT भे'सि त .... अबदेउ दक्षिणा -2+2-10 लै ......
 
Posted on 10-04-06 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तितौरी!
म त नेपाला'ड फर्किसक्याँ। टुँडिखेल जाने हो भने फेरि १ लाख खर्च गर्नुपर्च। भन म के गरम्। ग्वाँचेलाई भेट्या बेलाँ ग्वाँचेले नै उठबस नगरे नि हुन्छ भनेर त हो नि!
अहिले दादा, ग्वाँचे र सान्नानी नेपालाँ छन् क्यारे! मेरो सट्टामा उँदारलाई नै उठबस गर्न लगाउन परो।

कुम्ले पनि अगाडि चैं ताली हानी हानी पछाडि चैं लाती हान्नी जाली र'चन् त! तितौरीलाई दोस दे'र अन्तिमाँ चैं उठीबास गराइछाड्ने मनासय रैछ यिनको।

अब, अरुले भन्या नमाने नि मिसले भन्या त मान्नै परो क्यारे! त्यै भ'र तितौरीले चैं उठबस गरे नि हुन्च।

अस्तु:।
 
Posted on 10-04-06 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा ले दिएको एक् डलर् को नोट् छ, पखनुस् है त हजुर् स गाइ छाप् पाच् पैसा छ साट्न लाइ छ भने aunt आउदै छे तिमेर् लाइ टिका लाइ दिन भनेर भन्दै गरे हुन्छ है भन्टान् भुन्टुङ् लाइ।

इहिहि गालब् कस्तो बाठो, इस्कुल् छुट्टि छ तेइ भ'र छुट्टि मा गर्नु पर्दैन रे मिस् ले भनेको ।
 
Posted on 10-04-06 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो तितौरी त बठ्यौरी पो रैचन् हे! कस्ता कस्ता तर्क ल्याउन जानेकी गाँठे!

हैन नेपाला'ड हिँड्या कति भो? हिजा'ज नेपालाँ गाई छाप पैसा काट्न छोड्या था' छैन? त्यस्ता सिक्का त संग्रहालय तिर राख्ने बेला भैसको। त्यै भ'र गाई छाप पैसाको मोल त त्यो पुन्टे दाइले दिया एक डलर भन्दा बढी हुन्च नि।
 
Posted on 10-04-06 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D तितौरी कति गफाडि र'चिन बरै

ए तिमुर के भाको मलै सोध्दै नसोधि मिस ले यसो भनिन मिस ले उसो भनिन भनेर कुरो टारि 'राको ?
ल गालबले उठबस नअरेनि हुन्च तितौरी चै गर बरु १० पटक मात्रै .... ल अहिले नै ...कान समातेर ... चैतारि मै ....नेपाल जाने टन्टो नअर बरु ....

कसो कुम्ले ??
अनि जिम्माल बा कुरो मुनासिब छैन त ?
:)
 
Posted on 10-04-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो उठ बसको कुरो नगरुम अब। नत्र फेरि मेरो भागमा पनि आउपुग्ला भन्ने डर छ।

आफुले त गल्ती नगरेको, नबिगारेको ठाउँनै छैन। कुनै बेलापनि फस्न सकिन्छ यो उठ बसको जालमा। त्यहि भएर गालउ जी ले छिटो छिटो उठ बस गरेर सकिदिनु अनि च्याप्टरै बन्द गर्ने। :डि
 
Posted on 10-04-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle ke thick kura garyou hehe ..kasto gyaani chh ho kumle ta :D
 
Posted on 10-04-06 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है मो त फिर से आयो । होइन यो सब गाउलेहरु कता छिपेर बसेको हो हँ?

क्या नाम्, आम्न हो आम्ने साम्ने, घन्काउम जोर मादल ।

और कुम्ले भाई, डल्लि रेशम र मिस् लाई पनि सलुट छ हो ।
पून्टे दाइ कता हो, क्या नाम यो ज्यानलाई पनि इत्तला गरे भे त सङमे जानु हुन्थ्यो नि खोयाबिर्के लडाउन । मो त एक्लै रन्कायो।
 
Posted on 10-04-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता लुक्नु तितौरी एतै थेँ नि देखेनौ र म बुडोलाई? लु पुर्ने आम्न अझै केई दिन बाँकि छ के रे , लु आऊ टिका लगा'र दख्खिना दिम्ला (मनमनै: बरु कति चाइने हो कुन्नि खल्ति टक्टक्याम्न पर्ने हो कि?) :)


हन गालऊ कइले फिर्ति सवारि भओ हँ तिम्रो?

क्या बात राँगे! हन मलाई के ल्याइदियौ मुउलानाटि? जाड्जाडो लाउन थालो गाँठे एउडा फेटा त ल्याइदेओ होलाऊ नि? अनि एचेम्टि घडि नि ले'र आयौ कि?
 
Posted on 10-04-06 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो वीरखे काका, क्या नाम कता हो गुम ।
बात् मारुम् नो हो।

और् जो मेरो आधि हिन्दि और् आधि नेपलि लबज् को बात् जो छ त्यो त माइनर् हो नि हो। क्य नाम् खोयाबिर्के चढेपछि त झन् अङरेजि पनि जान्छ।

पर् असलको बात, यो दिल् त बिल्कुल् नेपली छ नि हो।
फस्ट कलास्!
 
Posted on 10-04-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, ३ दिन अघि आइपुग्याँ। हुन त अलि अघि नै फिर्ती हुन पर्नी हो; तर के गर्नी! यो नेपाल वायु सेवाको भर पर्दा झन्नै जागीरै जाने डर भा' भन्या। एक दिन ढिलाइ गर्दियो। ढिलै भे नि दर्शन टक्रायाँ।
 
Posted on 10-04-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता गुम हुनु नि राँगे, चाइन्जो जवानिको कुरो सम्जँदै मकै छोडाईराको। सपै मकै थोते, यो दसा लाएसि मकै पर्देन भन्ते अगेर।
तमाखु तानुम भनेओ काँचो पात नि सकिएछ, बरु तिम्ले मुउलानाटि गोल्ड फिलेक ले'र आछौ कि? लु सल्काम त!
एउडो कुरो चाईँ चाइन्जो तिम्रो र मेरो उस्ते रेछ राँगे, तो खोया बिर्के परेसि अउँरेजि फलाक्ने!
 
Posted on 10-04-06 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लि गालउ जे भा' नि सकुशल आइपुगेछौ!
रमैलो नि अर्नु अरेछौ नेपालाँ, ग्वाँचेले चौतारिमा भट्टयाओ सुनेओ थेँ अस्ति तिर।
 
Posted on 10-04-06 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न! कोदाको झोलको तोड्ले बाइगानो दुखेर एक् छिन् खोल्सातिर लागेको त यो बिर्खे काका त क्या नाम् पल्टना सुबेदार् पड्के भन्दा बढि पड्कि सकेछन्।

और् काका, तमाखु को बात् जो छ, वो त मो खान्न नि हो। अ्मल् भनेको येहि खोयबिर्के मात्र हो। क्या नाम् सङमा लडाउने भे यो ज्यान् ले हाजिरि लाउन देर् गर्ने छैन। बरु तपाइको त्यो छरि उमरेको रातो भालेलाइ गोलि हाने काम पनि मेरो भो।


पल्टनेको किस्सा मात्रै त धेरै हो नि, कमाइ त काहन् धेरै छ र, यो बारि कसैलाइ केहि ल्याउन सकेन, क्या नाम! तेहि खरिबोटे जिम्म्दार् लै बुझाउने सम्म् मात्र लियेर आयेको हो।

ज्यान् ले साथ् दिये तक् कमाइ त क्या नाम्! हुन्दै जाला नि हो।
 
Posted on 10-05-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल लाहुरे जी! अलि अलि हामीलाई पनि हिन्दी सिकाउनु पर्यो। अब हामीपनि रउसी पिउन सुरु गरुम् भनेको। रउसी पिएपछि टुटे फुटे हिन्दी बोल्नु पर्यो नि त। उता तिर रउसी पिएर नेपाली बोल्छन् रे!
:D
 
Posted on 10-05-06 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रउसि धोकेर त गाई खाने भाषा फलाक्नि हो, कुम्ले! तो देसि भाषा बोल्न त अईसोर्जे हिरोनलाई दिलमा राखेर सपना देख्न पर्च! कि त भर्ति हुन परो!

कि कसो, रिकुटे? एचेम्टी त होईन, मुईले त झन् साईको फाई नै आशा गरेको, भुस ख्वाईदो रिकुटेले! रिकुटेले मुग्लानाट घडी ल्याईदेला र ट्याम् हेरुम्ला भुनेको, मर्ने ट्याम् हुन लाई सको! जिन्दगीमा कति बज्यो नै थाहा नपाई मरिने भो, गाँठे! परभुऽऽऽऽऽऽऽऽऽऽऽऽ किरिपा गर!
 
Posted on 10-05-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!

कस्तो भो दशैं तपाईहरूको? आफ्नो त हरेक दिन भोज भएर चौतारीमै आउन नपाइरा' हिजोसम्म। जे होस् रमाइलो भो। अनि पून्टे दाईको दक्षिणा कुरेर बसिराख्या म त। तपाईले खाममा $५०० राखेर पोस्ट गर्नुभा' हैन मेरो ठेगानामा? सायद हुलाकिले भोलि ल्याई पुर्याउँछ कि? ;)

ए कुम्ले, कति जित्यौ हँ तासमा? :)
 
Posted on 10-05-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई, गाई खाने भाषा---> उर्दु??

:पि

त्यहि त यो लाहुरेले गफै मात्र लायो, केहि ल्याएन छ। बिदामा आएको कि घोक्रेठ्याक लाए तिनेरुले? सोध्नु त। हे हे हे!
 
Posted on 10-05-06 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!

चित्रे! तिमी कुरिरहनु त्यो पैसा। आउनेवाला छैन। मैले त्यो हुलाकीलाई अस्तिनै "आधा तेरो आधा मेरो" भनेर २५० -२५० बाँडीसकेको।

तासमा जितिएन यार, त्यहि भएर यस्तो तिक्डम गर्नुपरेको। मन त लागेको होइन नि!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters