[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 संयोग

[Please view other pages to see the rest of the postings. Total posts: 40]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 21866 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 03-06-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ल हेर, कति राम्रो बानी!" कोहि मेरो छेउमा नै बोलेको जस्तो लाग्यो। मैले टाउको उठाएर हेरें। एक्जना ५० बर्स जतिको भलादमी मलाइ नैँ हेरि रहनु भएकोथ्यो।


"हजुरले म सङ कुरा गर्नु भाको?" बिस्वास नलागेर सोधें।


"हो त! आजकालका युबापिढीहरु खाली हिन्दि फिलिमका पत्रिका पढ्ने अनि कान टटाउने सङीत बाहेक अरु केहि सुन्दैनन्। नानी चाहिँ राजनितिक समाचारमा पनि रुचि राख्नु हुँदो रहेछ। मेरो घरमा त समाचार भन्नासाथ तिन बित्ता पर उफ्रिन्छन् केटाकेटिहरु।" अझै प्रशंशा थपियो।


"हजुर मलाइ देशको राजनितिक अबस्थाबारे चासो लाग्छ।" धेरै बोल्न उपयुक्त नठानेर मैले "साप्ताहिक बिमर्श" भित्र लुकाएर राखेको cosmopolitan लाइ फेरि राम्ररी ढाँके। उक्त भलादमिले चाल पाउलान भन्ने डर लाग्यो। cosmopolitan को बाहिरी आबरणमा एउटी आकर्शक केटीको बिकिनिमा खिचिएको निकै तातो फोटो थियो। तेहि भएर किताब पसलमा आउने मानिसहरुले देख्ला भनेर मैले बाहिर नेपाली पत्रिका राखेर पढिरहेकीथें। किन्नलाइ सारै महङो पर्थ्यो, अनि बुबासङ पैसा माग्दा जहिले पनि गाली खानु पर्थ्यो। अरु केहि पत्रिका त म नियमित किनेर पढ्थें। म  how to become ............ भन्ने शिर्षक बढो चाखले पढीरहेकिथें।


"नानी एम् बि क्षेत्रि कि कान्छि छोरी हो? तपाइलाइ मैले कहाँ देख्या देख्या जस्तो लाग्यो?" अर्को प्रस्न सोध्न थाले उनले।


"होइन हजुर" अलिकति हाँस्दै मैले जवाफ फर्काए। येसो एक्चोटि उहाँको अनुहार हेर्दा मलाइ पनि कता कता देख्या जस्तै लाग्यो। बिशेसगरि उहाँको आँखि भौं र थुतुनो हल्लिएको हेर्दा कहिं जम्काभेट भै सकेको हो भन्ने लाग्यो। बुबाको साथीहरुमध्ये त अबश्य पनि होइन। मैले धेरै सम्झिने कोशिश गरिन। कस्तो interesting लेख पढिरहेको बेलामा।


"गिरिजाले देश डुबाउने भयो।" उनि एक्लै फत्फताउन थाले र पत्रिका हेर्न थाले क्यारे। मैले टाउको मात्र हल्लाएर "हो त" भने।


"नानी उसोभए नारायण बहादुरको भतिजी हुनु पर्छ। मैले उसकै घरमा देख्या जस्तो लाग्यो नानीलाइ। अँ, उनि त्रिभुवन बिस्वबिध्यालयमा english literature मा स्नाकोतर गर्दैछिन् क्यारे। नाम चाहिँ बिर्से मैले।"


"मेरो त भर्खर् ११ सक्यो हजुर। म त कुन बिषय लिएर पढ्ने भनेर सोच्दैछु।" सोधेपछि भन्नै पर्‍यो। अब कुनचाहिको भान्जी भन्ने हुन् भनेर पीर लागिरहेकोथ्यो। हुन त मैले उनलाइ पहिले पक्कै देखेको हो। मैले पनि कहाँ भनेर चाँही ठम्याउन सकिन। 


"WOW" मैले सुश्मिताको सेक्सी शरिर हेर्दै भनें। म पनि work out र diet गर्छु भोलि देखि, मन मनमा सोचें।


"के रैछ त नयाँ समाचार आजको बिमर्शमा नानी?" उनि उत्सुक हुँदै सोध्न थाले। शायाद उनि कान्तिपुर हेर्दैथे।


"उहि त हो नि, गिरिजाको कुरा।" हत्तनपत्त कुरा बनाँए मैले।


"गिरिजा इन्डियाबाट फर्के र?"


" खोइ फर्के त होला नि...?" मेरो मुखबाट अन्दाजमा कुरा फुस्केछ। त्यसपछि उनि बोलेनन्। खै के सोचे? मैले पनि किन हतारमा बोल्नु पर्‍या नि? मलाइ आफै संकोच लाग्यो। बुबाको अफिस जाने बेला भैसक्या होला अब यो पत्रिका लिएर घर हिंड्नु पर्‍यो भनेर एकचोटि मेरो राम्रो बानीको प्रशंशा गर्ने भलाद्मीलाइ जाने बेला अर्को राम्रो बानी देखाउन मन लाग्यो र नमस्ते गर्छु भनेर हेरेको त! आम्मै, के देख्न परेको त्यो? उहाँले त कालो मोटो चस्मा लाएर "कन्तिपुर" पढिरहनु भएकोथ्यो। उहाँको चस्मा देखेपछि मलाइ याद आयो। लौ बर्बाद भयो! उहाँसङ मेरो अस्ति बसमा बस्ने सिटको लागी झगडा परेकोथ्यो। कस्तो संयोग यो? म पत्रिका सत्रिका फालेर त्यहाँबाट भाँगे। बसमा झगडा परेको मान्छे पनि कहाँ देख्या, कहाँ चिन्या जस्तो हुँदो रैछ बाइ!

Last edited: 06-Mar-08 12:48 PM

 
Posted on 03-06-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! क्रेजीले हँसाई!

अस्ति मैले यौटी केटी देख्याथें बाटोमा, साझामा भेट भएको केटी जस्तो लाग्यो, मिठ्ठो कथा लेख्ने!


 
Posted on 03-06-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को धमाका।

 क्रेजी को शैली र प्रस्तुतीकरण अनी मनोभाव लाई मानें मैले, मानें।


 
Posted on 03-06-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बुबाको अफिस जाने बेला भैसक्या होला अब यो पत्रिका लिएर घर हिंड्नु पर्‍यो भनेर एकचोटि मेरो राम्रो बानीको प्रशंशा गर्ने भलाद्मीलाइ जाने बेला अर्को राम्रो बानी देखाउन मन लाग्यो र नमस्ते गर्छु भनेर हेरेको त! आम्मै, के देख्न परेको त्यो? उहाँले त कालो मोटो चस्मा लाएर "कन्तिपुर" पढिरहनु भएकोथ्यो। उहाँको चस्मा देखेपछि मलाइ याद आयो। लौ बर्बाद भयो! उहाँसङ मेरो अस्ति बसमा बस्ने सिटको लागी झगडा परेकोथ्यो। कस्तो संयोग यो? म पत्रिका सत्रिका फालेर त्यहाँबाट भाँगे।

 shanti sanga baseyra padhna pani nadiney bhai bai yo crazy le. yasto haseyra basepachi bholi bihanai jach kasari dinu ha?  


 
Posted on 03-06-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म पत्रिका सत्रिका फालेर त्यहाँबाट भाँगे।

लौ अनी त त्यो भलादमीले थाहा पायिहाल्यो नि यि नानीले त पत्रीका भनेर सत्रिका पढ्या रइछ भनेर
मैले पनि माने हौ


 

 
Posted on 03-06-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजि, हँसाएर मार्ने भयोउ।

While reading, I never expected this coming
"लौ बर्बाद भयो! उहाँसङ मेरो अस्ति बसमा बस्ने सिटको लागी झगडा परेकोथ्यो। कस्तो संयोग यो? म पत्रिका सत्रिका फालेर त्यहाँबाट भाँगे।"

This is very cleverly written

"एकचोटि मेरो राम्रो बानीको प्रशंशा गर्ने भलाद्मीलाइ जाने बेला अर्को राम्रो बानी देखाउन मन लाग्यो......"


 
Posted on 03-06-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

World_map,

मैले पनि अस्ति एउटा इतिहासबिद जस्तो मान्छेलाइ बस चढ्दा भेटेकोथें। उ ठ्याक्कै नेपालको म्याप जस्तै पुर्ब पस्चिम फैलिएकोथ्यो।

Rahuldai,

हजुरको कथा सुन्ने प्रतिक्षा छु म पनि।

प्रेरणा,

पढ नानु। यस्तो कथा त कति भन्छु नि तिमिलाइ म पछि। ल राम्ररि टुप्पि कसेर पढ्न बस।

ritthe,

सत्रिका भन्या के नि?

Norton, Thanks.


 
Posted on 03-06-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिशेसगरि उहाँको आँखि भौं र थुतुनो हल्लिएको हेर्दा"---

मार्ने नै भई यो क्रेजी ले हँसाएर, "क्रेजी ले हसाएर दिपिकाको मृत्‍यु" भनेर आउने भो साझा मा भोली

"work out र diet गर्छु भोलि देखि"---यो चैँ छेपारोको उखान जस्तो त होइन नि है क्रेजी

Last edited: 06-Mar-08 01:50 PM

 
Posted on 03-06-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु मोरी!

के छ तिम्रो हाल्खबर? तिम्रो जाँच कहिले?

हाँस्यो भने त झन् आयु बढ्छ नि, धत् यो खाँउ खाँउ, लाँउ लाँउ भन्ने उमेरमा पनि के मर्ने कुरा गरेकि?

ल आउ योगा गर्ने अहिले नैं। सुर्य नमस्कार गर। ढाड दुख्यो भने चाँहि मलाइ गाल नपार है।


 
Posted on 03-06-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी बास्सै, CL को अर्को धमाका स्टोरी आएछ नि।   थुतुनो र आखी भौ ले मात्र न पुगेर चस्मा हेरे पछी पो बल्ल याद आएछ त। तर यसरी धेरै हसाउन चाही पाइदैन है, हाँस्दा हाँस्दै हर्ट एट्याक भयो भने के गर्ने होला?

Pjna, Good luck for the exam hai.  

Last edited: 06-Mar-08 03:48 PM

 
Posted on 03-06-08 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy ra dipu mori haru yoga garda pahile surya lai namaskar garnuparcha  bhadnai pallo gharko suraj lai herdai namaskar gardai raichn  


 
Posted on 03-06-08 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'बसमा झगडा परेको मान्छे पनि कहाँ देख्या, कहाँ चिन्या जस्तो हुँदो रैछ बाइ'

 

यो क्रेजी त कस्ति छुच्छि बाइ  ! बसमा चढ्दा झगडा  नि अर्दिरचन 

मेरो त पेट नै दुख्न लाग्यो हिजो देखि---- साझा हेर्नै हुदैन यि केटीहुरको कुरो ले मुख आँsssssss! रेको गरेइ हुनेभओ --मर्छु कि जस्तो त हाँस्दा हास्दै


 
Posted on 03-06-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NKC,

पख पख म तिमीलाइ GRE को नोटहरु पठाँउछु। मुटुलाइ अलि बलियो बनाएर बस।

प्रेरणा,

खुरुक्क नपढेर दिपु र मैले कसलाइ नमस्कार गरेर बस्यौं भनेर पो हेर्दो रैछ। त्यो हामीले मुस्काँउदै नमस्कार गर्‍या सुरज होइन नि लाटि, उ त धिरज पो त।

Miss Sis,

माइक्रोबसमा सिट पाउन कत्रो लडाँइ गर्नु पर्छ। हजुरलाइ के थाहा? बल्ल बल्ल पाको सिट पनि अरु बस्न गए पछि के होला हजुर आफै भन्नु न? म त असाध्यै सोझी पो छु नि सिस।


 
Posted on 03-06-08 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, GRE को नोटहरु पठाउन लागेको हो कि लभ लेटर, त्यस्तो मुटु नै बलियो पारेर बस्नु पर्ने

फेरी "म त असाध्यै सोझी पो छु नि"..यो कुरा चाही अली हजम भएन है, हाजमोला पाम त। 

 


 
Posted on 03-06-08 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ha ha ha ha  

crazy crazy GRE ko note arulai na di ma lai sacheyra rakhduna hai, ali pachi malai chainacha kya


 
Posted on 03-06-08 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ल हेर भोली exam भको मान्छे यहाँ आएर hahaha रे।  झन अघी नै Good Luck भनेर लखेटेको त।  

CL, अब GRE को नोट कस्लाई दिने? प्रेरणा लाई पनि अली पछी चाहिन्छ रे।   बचन फिर्ता लिन पाइदैन है, भन्दया छ।


 
Posted on 03-06-08 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NKC,

कामनाले थाहा पाइ भनी मार्छे। भैगो म त प्रेरणालाइ नैं दिन्छु। उ हेर भोलिको जाँचको लागि आज कत्रो preparation गर्दैछे साझामा आएर।

 

फेरी "म त असाध्यै सोझी पो छु नि"..यो कुरा चाही अली हजम भएन है, हाजमोला पाम त। 

के सारो मातेको हेर यो NKC? अब चाहि कामनाले के गर्नि हो? मलाइ डर लाग्यो।


 
Posted on 03-06-08 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy, के हो बसमा झगडा गर्दै हिंड्ने, नसक्किने भईयो यो क्रेजी सङ
 
Posted on 03-06-08 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो आज कति दिन पछि कलेजो देखे साझामा।

तिमीलाइ सन्चै छ कलेजो?

तिम्रो रातो गुलाफको कबिता हामीलाइ कहिले सुनाउने नि?


 
Posted on 03-06-08 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ रातो गुलाफ लाई किल्चेर हिडिसकी निर्मोही ले क्रेजी क्यार्नु

रातो हैन सेतो गुलाफ चाहियो रे

खोज्या जस्तो गुलफ काँ पार लेउने हो  मनले मान्न पनि पर्‍यो हैन भन्या

 मेरो त यही हो क्रेजी बिग्र्या मोराको के हुने तिम्रो छ चकाचक सुनाउ त खुसुक्क

Last edited: 06-Mar-08 07:45 PM

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters