[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 भाउजु

[Please view other pages to see the rest of the postings. Total posts: 33]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 31413 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 10-09-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भाउजु"

 

दशैंको बेला मामाघरको सम्झना त आउने नै भो। हाँडीगाँउ कुहीरो दोलईं झैँ ओढेर भर्खरै हुँदो हो बिउझिदै थ्यो क्यारे आमाको अवाज कानमा ठोक्कियो ‘ए उठ --”

निन्द्रैको सुरमा सिरक भित्रै बाट सोधेँ “किन?”

“काम् पर्यो के एउटा – ल ल उठ”
“के काम्? सक्दिन म”
मैले सक्दिन भन्या बाले सुनेछन् क्यारे-- गरे सम्बोधन् “दीप!”

छुट्टीको दिन पनि हुलै बाधेर कराउन लागे भनेर रिसले मुर्मुरिदै भए पनि “हजुर्” चै नरम स्वरमै भनें।

“जा मामाघर गएर आइज –”

 

मामाघर जाने काम रे छ।

मेरो मामाघर बाङ्गेको नि नातेदार थिए – पुगेँ पातकी काहाँ जान्छ कि साथि भनेर – सुतिरा रे छ।

‘ए बाङ्गे, उठ।” भनें “ हिन त मामाघर पुगेर आउनु पर्यो एक चोटी  --“
“काँ आधराताँ जानी ममाघर तिर” भन्छ बज्या त।
“के को आधारात? – नौ बज्न लाइसक्यो उठ” भन्या मानेन। उठ्दै उठेन। रिसले एक्लै हिनेँ।

 

माहाराजगन्ज जानु थ्यो – लामढुङ्गा हुदै भिम्सेन्थान् निस्किएँ अनि सिधै लागेँ बिशालनगर तिर फ्रेन्च राजदुतको निवास पछाडीको गल्लि हुदै। बिशालनगर बाट फेरि बालुवाटार तिर लागेँ अनि भाटभटेनि-माहाराजगन्ज बाटोमा देब्रे लागेर पुगेँ मामाघर।

 

दशैंको बेला भनिज आको भनेर दङ्ग परे। रमेशदाई, मामाको छोरा के त, पनि आ थे चन्डिगढ बाट – पन्जाब युनिवर्सिटी मा पाठ घोक्ने निउमा पुग्या थे उता तर कुरो सधै तरुनिकै गर्थे – भेटेर तरुनी पुराण सुन्नु पर्यो भन्या कता हो हिनिसकेछन् –

 

“भर्खर हि थ्यो – कता लागेछ --- आउँछ एकछिनमा” माइजुले भनिन्।

 

के गर्ने के गर्ने अब त्यहाँ पनि – हजुरामाले सधै झै उहि राप अलापिन् – "खादैनस् कि के हो बाबु तँ त खै सधैँ दुब्लो देख्छु" – हजुरबा चै धन्न पशपतीबाट आइसक्या रैन्छन र मात्रै नत्र फेरी बनारसको कुरो झिक्थे --- मलाइ नै कन्ठ भैसक्याथ्यो हजुरबाको गफ—सुन्दा सुन्दा।

कौसिमा च्या तान्दै थिएँ रश्मी आइ।

 

“ओहो दीपदाई – के छ हलखबर?
केइ न केइ – खै रमेश् दाइ?  सोधें।

“खै कता जानु भयो –--साथि भेट्न गा होला नि--” भनि।

 

मामा पढाइको कुरा गर्नी माइजु भन्छामा ब्यस्त – रमेशदाई छैनन – अल्छि लाग्यो बस्न – जान्छु भनेको माइजु ले हुन्न भात नखाइ काँ जानी भन्न लागिन –
रश्मि पनि – “के को हतार दीपदाई? – तेइ बाङ्गे सङ्ग बरालिन त होलानी -- ? भन्न थालि हासेर।

उस्ले पनि चिनेकै थिई बाङ्गेलाइ।

 

यत्तिकै मा एउटी तरुनि आइ – रश्मिकी साथी रैछे – कागलाइ बेल पाक्यो—तर त्यो खान नमिल्ने बेल पाकेर हर्ष न बिस्मात भन्या जस्तो भए पनि आफुलाइ त हर्ष नै लाग्यो ठीटी देखेर।

“दीपदाइ, मेरो फुपुको छोरा” भनेर चिनाई मलाई अनि उस्लाई चै “मेरो साथी प्रतिक्षा” भनेर चिनाई।

मुसुक्क हाँसि तरुनि – मुस्कान मात्रै पनि बाण बनेर मनमा वार पार भै सक्या थ्यो नयनको चुलबुलिले त झन हुरुक्कै पार्यो।

 

घर जाने बिचार हरायो अब भने। बाङ्गेले आफु नआएर मलाइ ठुलो गुन लायो। तरुनि एक्लौटी भै। हुन त भै तर रश्मि सङ्ग खै कता गै गै।

 

“दीपदाई, बोर भयो? हामि कहा आउने भए आउनुस्” रश्मिले मनको कुरो बुझे झैं गरेर भनी एक छिन पछी आएर।

 

उस्को कोठामा पुगेँ। प्रतिक्षाले कोठा जगमगाको रे छ।

 

“तपाईं पनि चन्डिगढमै पढ्नी हो?” प्रतिक्षाले सोधि।
मनमा छ्यास्स लाग्यो – दुखि भएर भनें “हैन म त  यतै त्रि-चन्द्र मा छु”
“ए” मात्रै भनि – यो रमेशदाइ चन्डिगढ पढन गएर आफ्नो पर्न ला लभ पनि पर्नै नपाई भाँडदिने भए भन्ने पिर लाग्यो।

 

एक छिन यता र उताको गफ गरियो – तरुनि ओछ्यान बाट उठेर झ्यालमा पुगि—के के नियाल्दै थिइ उ बाटा तिर—रश्मि बिस्तारै म छेउ आएर अनि “दीपदाई, मलाइ त उस्लाई भाउजु भन्न मन लाग्छ” भन्छे बा प्रतिक्षा तिर संकेत गर्दै – मेरो त जिउमा करेन्ट लाग्या जस्तो भो। तेस्तीलाई पाए त ऐलेइ सिन्दुर हाल्दिन्थे जस्तो लाग्यो। जति बिस्तारै रश्मिले बोले पनि प्रतिक्षाले सुनिछ क्यारे – झ्यालबाट झट्ट हामी तिर हेरी – अनुहार त उस्को उदाउदो सुर्य झै भएछ –चम्किदो रातो!

मिलाई दे न त कुरा भनेर रश्मिलाइ भन्छु भन्दै थिएँ -- रमेशदाई ढोका खोलेर कोठा भित्र छिरे ---

 

ए दीप, कैले आइस? सोध्न त सोधे तर मेरो जवाफ् चाइया थेन क्यारे उनलाई – उन्का र प्रतिक्षाका आँखा जुधे –

रश्मिले मलाइ हेरि – खुसिमा चुर्लुम्मै थिई उ – उधारो खुसि मैले पनि खर्च गरेँ --

चिनियो भाउजु।


 
Posted on 10-09-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो राम्रो लेखेको हो, एस्लाई बधाउन मिल्छ भने लेख्दै जाउँ।


 
Posted on 10-09-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप जी,

म त भाउजुको रुपको बर्णन सुनम् भनेर आको त। ठिकै छ मेरो बारेमा लेख्या रैनछ।

अलि छिटो छिटो लेखम् क्या।

मुसुक्क हाँसि तरुनि – मुस्कान मात्रै पनि बाण बनेर मनमा वार पार भै सक्या थ्यो नयनको चुलबुलिले त झन हुरुक्कै पार्यो।

म हाँसेको देख्यो भने के गर्ने हो दिप ज्युले रे के।


 
Posted on 10-09-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bichara deep !
Yesto durghatana kina deep lai matra parcha ?
 
lasta kehi huncha huncha justo lagcha sadhai...style ma aba kehi change po garne ho ki ?
lekhai..sadhai jhai butter khaye justo...sa..la la 
 

 
Posted on 10-09-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jyu as usual Superbbbbb

 
Posted on 10-09-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामाघर फोन गरेको थिएँ। प्रतिक्षा भाउजु सँगै कुरा भयो। पुरानो दिन सम्झें के।

अब बयान त गर्नु हुन्थ्यो तर भाउजु नहुँदाको बयान भैसके पछि के गराई भो र? -- ईमानदारी पुर्बक गर्न सकिन्न की भनेर त्यो बाटै लागिन म।

कथा त हैन होला यो -  आजले हिजो सम्झाएको भने हो।

serial ,

बढाउन त मिल्थ्यो अनि बढ्यो पनि तर रमेशदाईले चैं गरे त्यो काम, प्रभो।

shirish,

मलाई नै आईलाग्ने भन्या ट्राजेडी -- सेन्टी हुने गरी -- एउटा कथा लेखेर धुनधान राम्री तरुनी सँग तेसैमा ब्या नगरी छोडदिन कुन दिन -- अन्त्य तेसरी फेरम्ला नी त।

बबाल मायाँ,

हाँसेको हेर्न निम्तै हो भने आउँला साँझ तिर -- रात त प्रसंसैमा बित्ला भन्छु -- बिहान तिर बाहीर देखिने र मन भित्र नदेखिने उदाउँदो घाम सँगै बिदा हुम्ला म। कि के गरम?

ठुली,

खै त लेख्या कबिताको रङग उडन लाई सक्यो -- देखाम्ला तिमीलाई कुनै बेला समयको साझेदारीमा सँगै भनेको --


 
Posted on 10-09-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यु हजुले ढोका देची अब कसरी कबित लेख्ने त। हजुरले मलाई कबिता लेख्न सिकाउछु भनेको अहिले सम्म सिका होइन। 

 
Posted on 10-09-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबिता लेक्ने होइन, उस्लाई त हेर्ने पो त, कस्ती राम्री, मेरो कलेज मा थि।
के गर्ने तेस्बेला लुव लेटर लेख्न सकिएन।

 
Posted on 10-09-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दीप ज्यु हजुले ढोका देची अब कसरी कबित लेख्ने त।"

ल मैले देको ढोका खुलै राखेर बस न त -- म आउँछु --


 
Posted on 10-09-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

serial jyu तेसो भए अहिले लभ लेतर लेख्नुस् न। के नै फरक पर्छ होला ।

 
Posted on 10-09-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप ज्यो ढोका त १ बर्ष अगाडि देखी नै खुल्लाई राखेको छु।

 
Posted on 10-09-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहे गरेर गैसकी, अब कहाँ लुव लेटर लेक्ने भन्छ अर्काकी सिरिमती लाई

 
Posted on 10-09-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Serial jyu तेसो भए अरु कुनै केटीलाई लेख्नुस् न। के था हजुरको लभ लेटर पढेर हजुरलाई मन पराउन अै हाल्छ कि

 
Posted on 10-09-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दिप ज्यो ढोका त १ बर्ष अगाडि देखी नै खुल्लाई राखेको छु।"

ढोका खुल्लै त ठिक छ तर कल्लाई भनेर हो? अर्कालाई भनेर राख्या हो भने आउँदैन अब एक बर्ष सम्म नआको -- मैलाई हो भने अस्ति नै भन्नु पर्दैन त?


 
Posted on 10-09-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो लेखेको होइन, अहिले सम्म जवाब आको छैन, दिक्क लगिराछ ।

 
Posted on 10-09-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu mero ghar jane bela bho. serial jyu subbu sarai busy cha jasto cha. pir nagarnus usko satta maa ma lekhdum la ahile ghar gaechi. 

 
Posted on 10-09-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाईहाल्छ नि ।

 
Posted on 10-09-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep Bro,

hajurako love story jahile pani tragedy ho?

I likey this too.

keep on coming........

Thanks.


 
Posted on 10-09-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घच्चि गयो दाइ, फेरि पनि। अनि तेस्पछि दाइ भाउजु को साचिकै बिहे भा हो त? कि?
 
Posted on 10-09-07 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters