[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 192615 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-06-06 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी राख्दा २ टा बनेचन । यो चाइ सक्कली पर्यो अर्को चाइ नक्कली ।
 
Posted on 09-06-06 12:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो छ नमे, धन्यबाद। त्यो गजल राखेकोमा पनि धन्यबाद।
महोत्सबमा सबैको सकृय सहभगिताको कामना गरौँ।

एक छिन पछि फेरि फर्कने छु।
 
Posted on 09-06-06 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त गोतामे । ह्या त मध्यरात पर्यो के रे । तिमीले नै कुरे आजको रात । अरु अरु नि जाग्चन कि ?
तिमिलाइ नि धन्यबाद चिन्नि बित्तिकै चौतारीमा आकोमा ।
 
Posted on 09-06-06 12:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-06-06 2:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी चिनेकोमा धेरै धेरै धन्यवाद नमे । अब सबै जना मिलेर भर्न शुरु गरौ, यो चौतारी, यस भन्दा पैलाको जस्तो हुनेछैन भन्ने आसा छ, पैलो चोटि हाम्रो चौतारीको धागो साझाको पहिलो पान्ना बाट गायब भा'थ्यो।

लौ मेरो तर्फबाट चाँ इ एउटा कविता

सान्तवना

माया गर्छौ भने तिमी कसैलाइ
खुला छोडिदिनु रे उसलाइ
तिम्रो हो उ, यदि फर्कियो भने
फर्केन भने उ तिम्रो कहिल्यै थिएन
सहमत यो कथनमा म कहिल्यै भइन
विश्वास बिना मायाको महतव नै रहेन

अविश्वासमा माया कहिल्यै टिक्दैन
विश्वास तिमी गर्न सक्दैनौं भने
तिम्रो मुटुभित्र माया छँदै थिएन
त्यो त एउटा सम्झौता थियो
आफ्नो स्वार्थपुर्ती भइसकेपछि
जीवनमा आ-आफ्नो बाटो समायो

हाम्रो मित्रता सम्झौता थिएन
अविश्वास तिमीलाइ कहिल्यै गरिन
पराइ तिमीलाइ कहिल्यै ठानिन
मलाई लाग्छ मैले गल्ती गरेछु
तिमीलाइ देखावटी माया गर्नै जानिन
मनका भावना बताउनै सकिन

अफसोच मलाई लाग्दछ अहिले
किन आफुलाइ अभिब्यक्त गरिन मैले
म चाहन्थे तिमी आँफै थाहा पाउनु
मुटुभित्र मेरो तिमी खुसुक्क आउनु
मुटुभित्रै मेरो तिमी हराउनु
जीवन तिम्रो त्यही बिताउनु

परेलीभित्र मेरो शायद तिमीले आफुलाइ देखिनौं
मुटुभित्र मेरो तिमी आउँदै आइनौं
मुटुभित्र मेरो तिमी आएकी भए
देख्थ्यौ तिमी त्यहाँ आफ्नो नै छायाँ
बताउनै सकिन म कति माया गर्थे
मुटु नै चिरेर देखाउन त कसरी सक्थें

समय सबैभन्दा वलवान हुन्छ
सबैलाइ यहाँ-उहाँ पुर्याउँछ
समयसँगै म पनि पुगेछु कहाँ
तिम्रै यादमा सधैं टोलाइबस्छु यहाँ
तर एउटा कुराले मलाई सान्तवना मिल्छ
तिमी नभए पनि तिम्रो तस्वीर यो मुटुभित्र बस्छ ।
 
Posted on 09-06-06 3:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है!
महोत्सव दामी गैराख्या छ, जस्तो छ
यो २-४ दिन मान्छेलाई के भा' हो? क्वै पनि देख्दिन
ठीक २५ औं संस्करणमा महोत्सव भो क्यारे! सञ्जोग नै मान्नुपर्छ

हवस् त
 
Posted on 09-06-06 3:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो गालउ, भगवानले पनि क्या जुरा'का! ठीक २५सौँ चौतारीनै महोत्सब बिशेष बन्यो। पहिला पञ्चेहरुले त आफ्नु पत्रु शाशनले २५ वर्ष काट्दा "२५ वसन्त" बना'थे भने हामीले त यति राम्रो चौतारीको २५औँ संस्करण भब्यताका साथ मनाउनै पर्छ।

हिजो आज सप्पैलाई के के को बेथाले च्यापेको हो कुन्नि! तर मउसब छ भने'सी भरे'ट भिडभाड लागिहाल्ला नि कि कसो?

ग्वाँचेले पनि दामी लेख्छ गाँठे! अनि ग्वाँचे लप गर्दा गर्दै लप्पा खाईयो कि क्या हो? कविताले त तेस्तै तेस्तै बोल्छ नि चाइञ्जो!

नेपाल बसाई कस्तो गैरा'छ त गालउ र ग्वाँचेको? तेताको खबर यस्सो अपडेट गरिराखम् है!
 
Posted on 09-06-06 3:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुनत एकै वर्षको कुरो हो, तर चौतारीमा धेरै कुरा सुनियो, धेरै कुरा सुनाईयो। जे होस् बडो रमाईलो भयो। झगडा एकजनासंग पनि परेन, पर्न पर्न आँटेका झगडा पनि टरेर गए।

हुनत मैले साझाको बारेमा थाहा पाएको ज्ञानेले कालो माघ १९ घटाएपछि हो। अउंरिका बस्नी घिमिरे थरको एउडो बडो हितैषी जिक्री दोस्तले "ल यो लिंक पनि हेर् गोतामे-" भनेर साझातिर जाने सूत्र बिजुली चिठ्ठी बाट हो कि 'बिजुली बात मार्दा' (च्याट गर्दा) मतिर हुर्रयाएको थियो। बेला बेला साझा पसेर नेपालको खबर केहि छ कि भनेर हेरिन्थ्यो, विशेष गरी नेपालको फोन, इन्टरनेट आदि बन्द भएको बेला।

साझामा सकृय हुनै परो अब त भनेर खाता खोलेर आऊँदाचैं भावी चौतारीको भ्रुण सलबलाउन थालिसकेको थियो। भउते हराईसकेको थियो र भउते हराएको इस्सोरको सूचना पढेर भउतेको खोजी गर्नेहरुको ताँती लागिसकेको थियो। एक दुई खोकी मैले पनि खोकेको थिएं।

नमेले चौतारी शुरु गरपछि एक दुई संस्करण त रमाईलो मानेर पढेर मात्रै बसियो। सिरे, पुण्टे दाई, दादा, भउते, इस्सोर, नमे आदिका ग्रामीण लोक बोलीका कुरा पढेर हाँस्नु हाँसिन्थ्यो। दुई चार अंक पछि मैले पनि अलि अलि गफ छाँट्न थालें। तेतिखेर चौतारीमा आउने बेंसीथाने, उसे, परदेशी दाजै, लाहुरे दाई आदि अचेल देखिन्नन्। सिरे, लाले, मुन्द्रे र काका भएपछि असाध्यै रमाईलो गर्थे,अचेल नाक मुख देखाउन्न्।

जिम्मालको भूमिकाको प्रवेशपछि चौतारीले एउटा साँच्चै ठूलो गाऊँको रुप लियो र यसमा पसेपछि सबैको आ-आफ्नो भूमिका छुट्टिन थाल्यो। शुरुमा केटै केटा भएकोले अलिक पात्तिएका छेडखान पनि हुन्थे। पछि मिस आउनुभयो र सबै ठीक ठाऊँमा आए। डल्ली फूपू पनि धेरैनै आउनुहुन्थ्यो पहिला । अहिले ठूल्नानी, सान्नानी, तिरुको उपस्थितिले चौतारीलाई झन रमाईलो बनाएको छ।

यो गन्थनलाई सकौँ है त। अचेल नआउने गाम्लेहरुलाई धेरै धेरै सम्झना यो गोतामेको तर्फबाट!
अहिले पनि चौतारीमा दु:ख सु:खका कुरा गर्न आउने गाम्लेहरुलाई त के भनी रहनु पर्छ र? यहाँहरुकै लागि ज्यान हाजिर छ! अब आउने नया गाम्लेहरुलाई मुटुदेखिकै स्वागत!
 
Posted on 09-06-06 4:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी, यो कविता त कल्पनामा आधरित मात्रै हो । खास कुरो के भने, सुखान्त भन्दा दुखान्त रसमा कविता लेख्यो भने अलि ओजनदार हुन्छ कि भन्ने जस्तो लागेर यो टुक्रा लेखेको हुँ । मैले केही टुक्रा सुखान्त रसमा पनि लेखेको छु, पछि पोस्ट गर्नेछु । (मलाई थाहा छैन कविताको कुरा गर्दा सुखान्त र दुखान्त रस भनिन्छ कि भनिँदैन्, तर तपाईंले मैले भन्न खोजेको कुरा बुझ्नु भयो भन्ने कुरामा मलाई शंका छैन) । हुन त मैले तपाईं जस्तो साहित्यिक ब्यक्तित्वसँग कथा कविता को कुरा गर्नु, सुर्यको अगाडि प्रकाशको कुरा गर्नु जस्तै हो । तैपनि मैले लेखेको टुक्रा (जसलाइ म मेरो दुस्साहस भन्न रुचाउँछु), मन पराइ प्रतिकृया लेखिदिनुभएकोमा धेरै धेरै धन्यवाद । तपाईंहरुको अमुल्य सुझाव्, प्रतिकृया, आलोचन-समालोचना पाइ रहे अझ केही धेरै लेख्ने दुस्साहस पलाउँथ्यो कि!!

साझा चौतारीले हामी जस्ता भुसुनाहरुलाइ पनि हाम्रा भावना अभिब्यक्त गर्ने प्लाट्फर्म प्रदान गरेकोमा धेरै धेरै धन्यवाद । चौतारी २५औं भाग मात्र होइन, २५ हजारौं भाग सम्म जाओस्,
आज चौतारी महोत्सवको पूर्व-सन्ध्यामा सबैलाइ शुभ-कामना ।

(बाइ द वे, म अझै काठमाडौं पुगिसकेको छैन, अर्को हफ्ता उड्दैछु, बुधवार, अझै सात दिन बाँकी छन । आफ्नो घर जान असाध्यै उत्साहित भइरहेको छु ।)
 
Posted on 09-06-06 4:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gamle haru, JADHAU
चौतारी महोत्सब po rahechha.
Japani ma 'matsuri' vane jastai ta hola ni? ki farak ho?
 
Posted on 09-06-06 4:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भट्टजी आउनुस्, तपाईंलाइ पनि स्वागत छ, चौतारी महोत्सव मा । (केही छिन को लागि पाहुनाहरुलाइ स्वागत गर्ने जिम्मेवारी मैले लिएको छु।) आउनुस्, बस्नुस्, आफ्ना कुराहरु राख्नुस्, आज त बिशेष दिन हो हामी सबैको लागि । एक छिन पछि हाम्रा सबै गाम्ले दाजु-भाइ, दिदी बैनीहरु जम्मा हुनेछन्, त्यतिबेला सम्म हामी नै 'कन्टीन्यु' गरी राखौँन चौतारी महोत्सवलाइ हुन्न ?
 
Posted on 09-06-06 4:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gwanche jee,
Dheri Dheri Dhanyabad.
 
Posted on 09-06-06 6:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू,
चौतारी महोत्सवमा रमाईलो गर्नु पर्छ. तर आफू भने सँधैं व्यस्त, यो विकेन्डमा नि केही नयाँ लेख्न भ्याईएन.
अहिलेलाई यो पुरानै कविता टाँस्छु, पछि घर गएर लेखौंला अथवा क्वीज स्वीज गरम्ला.

हाम्रो प्यारो चौतारी

हामी सारा गाम्लेको यो हो प्यारो चौतारी
हाँस्दै आइन् ठूल्नानी, नाच्दै आइन् तितौरी :)

नमेले जरो गाडेको अनि सिरेले पानी हालेको
चौतारीको बोटलाइ हाम्ले माया गरी पालेको

यो चौतारीको बीउ ल्याउने हुन् उनै ईश्वर
खोजी गर्दा भौतेको, भयो सबको ठूलो स्वर

आउनु भो मास्टर्नी दिदी मीठा कविता लिएर
कुम्ले, नेप्चे, सान्नानी आए प्रितीको गीत गाएर ;)

पून्टे दाई हसाउने नयाँ नयाँ टिरिक लगाई
जिम्माल बूढाको उस्तै मनोरन्जक कुरा गराई ;)

नेपे दाजी हेडमास्टर चौतारीको स्कूलको
हाम्रा दादा संरक्षक चौतारीको बोटको :P

गोतामे ज्यू झुल्किन्छन् ली कविता चोटिला
गालवको कथा त थियो निकै ठूलो खुड्किला

रमाइलो छ हाँस्यव्यंग्य नयाँ आउने ग्वाँचेको
भौतेको कुरा सुनी हामी हाँसी हाँसी बाँचेको :)

निरे छ यौटा फेरी औंसी र पूर्नेमा मात्र आम्ने
चिप्ले ढुंगामा चिप्लिएर ७ नं रोल छान्ने :D

साहिंला नि लेख्छ कथा कविता पनि राम्रो
मिस्टे र फुलौरे उफ्रन्छन् चौतारीमा हाम्रो। :)

 
Posted on 09-06-06 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है म नि आए । चौतारीमा सारै रमाइलो भइराखेको रइच । ग्वाचेले पाहुनाको ब्यबस्था मिलाको मा धन्यबाद। अनि ग्वाचेको र चित्रेको कबिता अनि गोतामेको गनथन, गजबका छन । सप्पैले यसरी नि पसक्कनु पर्यो यो २५ बषन्तमा ।
 
Posted on 09-06-06 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'बाबु घरको छानो चुहिनलाग्यो, केही पैसाको जोरजाम हुनसक्छ भने, जतिसक्दो चाँडो पचास हजार रुपैयाँ जसरि भए पनि पठाइदे न ।' आज बिहानै बाबाको फोन आयो नेपालबाट ।

ए..........माफ पाँउ है, सुरुमै मेरो परिचय दिन बिर्सेको, म नेपालमा हुँदा श्याम सिंह क्षत्री, अहिले जर्मनीमा चाँइ, राजु रिजाल । मेरो घर पच्छिम नेपालमा पर्छ, गण्डकी अञ्चल, जिल्ला चाँइ नवताउं क्यारे । सबै जनालाइ पुरै परिचय पनि दिनु हुँदैन, जमाना खराब छ, पछि के पर्छ के पर्छ । नरिसाउनुस् न..........., तपाईं तिर होइन क्या मेरो इसारा, कुरा के भने म यहाँ जर्मनीमा झुठो केस गरेर बसिराखेको छु, भुटानी सरणार्थी भनेर । यदि कसैले मेरो वास्तबिक परिचय खोली दियो भने, मैले नेपाल फिर्ता जानु पर्ने हुन्छ, शायद जेल पनि हुन्छ होला ।

गाँउमा मेलापात गर्दै हुर्केको म । हुन त हाम्रो परिवार खानदानी नै हो, हजुरबा त गाँउको सानो तिनो जिम्दार नै हुन । तर तपाईंलाइ थाहा भएकै कुरा हो गाँउमा जतिसुकै सम्पन्न परिवार भए पनि सबैले आ-आफ्नो भागको काम त गर्नै पर्छ । अहिले पनि प्रसस्त जमीन छ हाम्रो, तर के गर्ने खेती गर्ने मान्छे नभएर पुरै बाँझै छ । हजुरबा बित्नुभएपछि, बुवाले सम्हाल्नुभो परिवारको नेतृतव । खास भन्ने हो भने परिवार पनि ठुलो होइन हाम्रो, बुवा, आमा, म अनि बहिनी, चार प्राणी मात्रै । जसरि भए पनि बुवाले स्कुल पठाउनु भयो बहिनी र मलाई । मेरो बहिनी पढाईमा असाध्यै राम्री, मेलापात गर्न जाँदा पनि किताब कलम संगै लिएर जाने । म पढाइमा तेती राम्रो नभए पनि जसोतसो एस्एल्‌सी चाँइ पास् गरे । बहिनीको त आठ क्लासमा पढ्दै बिहे गरिदिनुभो बुवाले ।

अझै पढ्न रहर गरेरहेकी थिइ, तर गाँउ घरको कुरा तपाईंलाइ पनि थाहा नै छ होला, हैन । १३-१४ बर्ष भए पछि छोरी मान्छे त बोझ जस्तै हुन्छ बाबु आमाको लागि । तेतिबेला पढ्न नपाए पनि अहिले मेरी बहिनी महिला सहकारीको अध्यक्ष छिन्, आफ्नो गाँउमा, आफु जस्तै महिलाहरुलाइ सिपमुलक ब्यबसाय गर्न प्रोत्सहित गर्छ मेरो बहिनीको सहकारीले । मेरी बहिनीले पनि बिभिन्न ब्यबसाय गरेर घर खर्च टार्ने राम्रै आम्दानी गर्छिन रे । गाँउ घरमा राम्रै छबी बनाएकी छिन मेरी बहिनीले ।

पोहोर साल आमा बिरामी हुँदा पनि बुवाले फोन गर्नु भएको थियो । अह्, केही सहयोग गर्न सकिन मैले, बहिनीले नै काठमाडौं लिएर गइन रे । एक महिना अस्पतालमा राख्नु पर्‍यो, सबै खर्च बहिनीले नै ब्यहोरिन रे । तैपनि आमालाइ बचाउन सकिएन । आमाको अन्तिम दर्शन गर्न पनि जान सकिन मैले, बहिनीले नै कृया गरिन रे ।

म गाँउ घरमा हुँदा खेरी देखि नै ठुला-ठुला सपना देख्ने गर्थे । आकाशभन्दा माथि पुग्ने अनि बादलसँग खेल्ने सपना । बढी मेहेनत नगरि धेरै सफलता पाउने कल्पना गर्थे । यस्तै सपनाहरुको प्वाँख लगाएर आज म यहाँ पुगेकोछु, बिरानो मुलुकमा, मेरो गाँउ भन्दा हजरौं कोश टाढा, बेग्लइ भाषा, भेष अनि सँस्कृति भएको देशमा ।

बुवाले भन्नु भएको थियो, 'छोरा अब एस्एल्‌सी पनि पास गरिहालिस्, यै गाँउको स्कुलमा पढाउने काम पनि गर्, तेरो हजुरबाले धेरै ठुलो कसरत गरेर खोलेको स्कुल, अनि बिहानि कक्षामा क्याम्पस पनि पढ्' । तर मेरो रणनिती बेग्लइ थियो, बिदेश जाने, धेरै पैसा कमाउने अनि सुख सयलको जिन्दगी बिताउने । लाग्थ्यो बिदेशमा पैसा फल्ने बोट हुन्छ, जती टिपे पनि हुन्छ....... कति गलत थिए म ।

तपाईंलाइ झर्को त लागेको छैन, मेरो गन्थन सुनेर ? के गर्ने मनको ब्यथा कसैसँग पोख्यो भने अलि कम हुन्छ रे । सुख जती बाँड्यो त्यती बढ्छ अनि दु:ख जती बाँड्यो त्यती घट्छ रे, साँच्चै हो रहेछ । आज तपाईं कताबाट आइपुग्नु भयो मेरो अगाडि भगवान बनेर्, मेरो मन भित्रको उकुस-मुकुस् केही हद सम्म भए पनि शान्त पार्न ।

जसोतसो आइपुगे म सपनाको देशमा, सजिलो पक्कै भएन यहाँ सम्म आउन । गाँउमा केही जग्गा पनि बेच्नु पर्‍यो, बाटो भरि पाएको दु:खको कुरै नगरौ, अर्को एउटा कथा बन्छ, मौका मिल्यो भने त्यो पनि भनौला कुनै दिन ।

गार्हो रहेछ असाध्यै गार्हो परदेशमा जीवन निर्वाह गर्न । आफु पर्यटक भिसामा आएको, केही काम गर्न नपाउने । क्याम्पसमा भर्ना गरौं भने योग्यता पुग्दैन । अनि गर्नु पर्‍यो झुठो केस, भुटानी सरणार्थीको । त्यही मौकामा यतै तिर चिनेको एउटा दाइले एउटा बुल्डोजर् ( कसैलाइ होच्याउन प्रयोग गरेको होइन यो शब्द मैले, त्यही दाइले प्रयोग गर्नुभएको शब्द मैले टपक्क टिपेर यहाँ राखेको हुँ, तपाईं सामु) मिलाइदिनु भयो । बिहे गरियो त्यही बुल्डोजरसँग । तीन बर्ष बिहे गरेर बसिसकेपछि यहाँको नगरिकता पाउँछ रे, त्यो दाइले पनि त्यसरि नै नागरिकता बनाउनु भएको रे । एक बर्ष त भइसक्यो मेरो पनि । कागज बिना काम गर्नुलाइ कालोमा काम गर्नु भन्दा रहेछन यहा, हो म पनि १२-१३ घण्टा कालोमा काम गर्दैछु । हुन त नेपाल तिर म जब गर्दैछु भने पनि गर्नु पर्ने काम त्यही हो, भाँडा माझ्नु, भुँइ सफा गर्नु, तेस्तइ परे टोइलेट पनि सफा गर्नु, आदी, इत्यदि ।

यस्तो काम नेपालमा कहिल्यै गरेको थिइन्, पहिला त अप्ठ्यारो लाग्थ्यो, अब त बानी परिसक्यो । कागज नभएको भएर पैसा पनि छैन, मेहनत गरे अनुसार । फेरी खर्च पनि धेरै नै छ । श्रीमतीले केही काम गर्ने हैन, सुत्यो, खायो, सपिङ गर्‍यो, टि भि हेर्यो बस् । घरमा पनि सबै काम मैले नै गर्नु पर्छ । तीन बर्ष सम्म त सेवा गर्नै पर्‍यो, त्यस पछि देखाजाएगा । तर फेरी सोच्छु, तीन बर्ष सँगै बसेपछि छोड्न सकिएला र, नेपाली मन न हो । सँगै बसेपछि जनावरर्को त माया लाग्छ भने............. खै के गर्ने के गर्ने थाहा छैन । फेरी घरमा बुवा पनि डाँडा माथिको घाम बनिसक्नुभएको छ, मैले तीन बर्ष पछि पैसा कमाउन सके पनि कस्को लागि कमाउने । जती बेला मेरो बुवालाइ मेरो सहाराको जरुरत छ, त्यती बेला बुवाको सहारा बन्न सकिएन भने बुवा नभएपछि, बुवाको श्राध्य मात्रै गरेर के काम । तै अलि अलि भए पनि बहिनीले बुवालाइ हेरिराखेकी छे भन्ने कुरा सोचेर मन अलि हलुङो हुन्छ ।

अस्तिको हफ्ता मेरी श्रीमतीले किचनको फर्निचर किनेर ल्याइन्, ३००० युरोको सेट २५००मा थियो रे, गर्मीको अफरमा । ५०० युरो फाईदा भयो रे । छ महिना पहिला मात्रै किनेको त हो नि पुरानो सेट पनि । तै एउटा ईण्डियन साथीले आफ्नै गाडी ल्याएर सबै पुरानो समान लिएर गयो, नत्र फालेको पनि पैसा तिर्नु पर्थ्यो । अहिले पनि म एउटा माइक्रो वेभ ओभन फाल्न जान लागेको, अस्तिको किचेनको सेटसँग आएको । मेरो श्रीमतीलाइ मन परेन रे त्यो, त्यस्को कालो रंग किचेनको भित्तासँग म्याच भएन रे, उनिलाइ सेतो माइक्रो वेभ चाँहीयो रे । हिजै किनेर ल्याइ सकिन्, ३५० युरो तिरेर ।

ओहो, समय पनि धेरै भइ सकेछ, म त एकै छिनमा आउँछु भनेर निस्केको, तपाईंलाइ भेटेर आफ्नो कथा बताउन बसेको समय बितेको थाहै भएन । फेरी घरको सबै काम सिद्ध्याएर रेस्टुराँको काममा पनि जानु छ । हस त फेरी भेट भयो भने फेरी मनको बह पोखौला । तर एउटा कुरा भनौ तपाईंलाइ अहिले पनि मेरो कानमा बुवाले बिहान फोनमा भन्नु भएको कुरा नै गुन्जिराखेको छ .................... 'बाबु घरको छानो चुहिनलाग्यो, केही पैसाको जोरजाम हुनसक्छ भने, जतिसक्दो चाँडो पचास हजार रुपैयाँ जसरि भए पनि पठाइदे न ।'
 
Posted on 09-06-06 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे धन्यवाद, पाहुनाको ब्यबस्था गर्न त बसेको खै पहुनाहरु नै आ' होइनन ।

लौ यता यता ............सबै जना यता ............... चौतारी महोत्सव यता तिर चलिरा'छ । लौ आउनुस् सबै जना ...................

लास्ट्मा जलपानको पनि ब्यबस्था छ, लौ आउनुस् !! आउनुस् !!
 
Posted on 09-06-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी महोत्सब को उपलक्षमा यो सान्नानीको तर्फबाट सबैलाई बधाई छ है। सबैभन्दा पहिले नमेलाई धेरै धेरै धन्यबाद यति राम्रो, रमाइलो चौतारी को जग हाल्दै, मलजल गरेर यसलाई झन् झन् रमाइलो बनाउँदै लगेकोमा। अलि दिन ब्यस्तताको कारणले चौतारीमा आउन सकेकी थिइन, अब महोत्सबको दिन त आउनै पर्ने थियो र हाजीर भएँ।
ग्वाँचेको कबिता कथा राम्रा होलान् जस्ता छन् पढेपछि भनौला है? ल मैले माझको टेबल सजाउन यो फुल ल्याएकी छु।

 
Posted on 09-06-06 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाचे पाहुना को स्वागत गरेकोमा साह्रै खुशी लाग्यो । मलाई पनि तातो तातो कफी देकोमा धन्यबाद । तिम्रो कथा साह्रै गथ् पर्‍यो, साँच्चै हो भने त म रोइदिए है :(
 
Posted on 09-06-06 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेस्ते गाम्ले दाजु भाई दिदी बहिनी । के के भैरारैछ आफ लाई त पत्तो नै थिएन ।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters