[Show all top banners]

Ban Kailo
Replies to this thread:

More by Ban Kailo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 वन राज्यमन्त्रीका पिए घुस लिँदालिँदै पक्राउ (भिडियो सहित)
[VIEWED 7640 TIMES]
SAVE! for ease of future access.
Posted on 02-29-12 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 १७ फागुन, काठमाडौं । वन राज्यमन्त्री लम्मण महतोका स्वकीय सचिव नगेन्द्र यादव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । राजधानीको बिजुलीबजार स्थित पिकप्वाईन्ट रेष्टुरेन्टमा घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीएसपी लालमणि आचार्य नेतृत्व टोलीले उनलाई बुधबार दिउसो पक्राउ गरेको हो ।
http://onlinekhabar.com/2012/02/134456.html 

हातजोर्दै बिलौना गरे घुसखोरीले (भिडियो सहित)

http://onlinekhabar.com/2012/02/134554.html





 
Posted on 02-29-12 10:29 AM     [Snapshot: 135]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

There should be a reward for this kind of activities to motivate further arrests.
 
Posted on 02-29-12 10:59 AM     [Snapshot: 179]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

madhesi bhanera fasaya malai bolta hey...ghus liney bela mei chai tum madhesi nahi tha ki kaso? kasto kasto baat karta hey...aba tum ram ram boleke jail mei kuiyera basega ani thikka parega

 
Posted on 02-29-12 11:00 AM     [Snapshot: 189]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhutro . kei hunna sale lai . 1-2 maina bascha niskancha. ani neta bancha ni.
 
Posted on 02-29-12 11:07 AM     [Snapshot: 198]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jail bata niskera neta banega ani janta ko bhanega hum to jail mei basera ayako neta ho..hamar ko vote haldeu hami mathi darja ma pugega to ajhai dherai dherai  ghus khayega ani pakrau parney ta chanace nai nahi hoyega.

 
Posted on 02-29-12 12:18 PM     [Snapshot: 304]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I probably wouldn't use that language (derogatory dehaati language) but I agree with Chaurey. Jail term is taken as a badge of honor for political leaders/affiliates.
 
Posted on 02-29-12 1:52 PM     [Snapshot: 368]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 पैसा दिनुस्, काम तुरुन्त भइहाल्छ भने
खड्गबहादुर शाही 
रारा ताल वरिपरिको जग्गा सरकारले २०३३ सालमै अधिग्रहण गर्‍यो। टाठाबाठाले बाँकेको चिसापानीमा जग्गा पाए। सोझासाझाले ३५ वर्षदेखि अड्डा धाइरहनुपरेको छ। मुगु जिल्ला शेरी गाविस- १ र २ का ७७ परिवारले अहिलेसम्म फुटी कौडी पाएका छैनन्।

 

म नेपाली कांग्रेसको राजनीति गर्छु। महाधिवेशन प्रतिनिधि हुँ। शेरीको छिमेक गाउँ सिर्कोट मेरो घर हो। शेरीका दाजुभाइ क्षतिपूर्तिका लागि महँगो हवाई भाडा तिरेर काठमाडौं धाइरहेको मलाई थाहा नहुने कुरै भएन।

म काठमाडौं र जिल्लामा बरोबरीजस्तै बस्छु। उनीहरूलाई न्याय दिलाएर पुण्य कमाउने अठोट गरेँ। एमालेका किरण गुरुङ वनमन्त्री थिए। भेटेर सबै कुरा राखेँ। उनले मध्यपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशक ऋषिराम त्रिपाठीको नेतृत्वमा आयोग गठन गरिदिए। आयोग शेरी गयो। गाउँलेले मिठोमसिनो खुवाएर हाकिमहरूको खातिरदारी गरे। सिडिओ, नापी, माल अड्डाका कर्मचारीले सर्जमिन गरे। जग्गाको नाप जाँच भयो। क्षतिपूर्ति दिनुपर्ने ठहर भयो। त्यति हुँदा-नहुँदै सरकार ढल्यो। वनमन्त्रीमा दीपक बोहरा आए। प्रतिवर्गमिटर १५ रुपैयाँ दिने निर्णय सरकारले गर्‍यो। रोपनीको ७ हजार ५ सय रुपैयाँ। 
त्यो रकम चलनचल्तीको भन्दा निकै कम थियो। सरकारले एक त ३३ वर्षपछि पैसा दिने, मूल्यचाहिँ त्यतिबेलाकै। एक रोपनीको पैसा बुझेर मधेस झर्ने हो भने बाटा खर्च मात्र ठिक्क हुने भयो। मन्त्री बोहरालाई हामीले बिन्तीभाउ गर्‍यौं। उनको मन पग्लियो। मुआब्जा रकम थप्नुपर्ने निर्णय भयो। उनले सहीछाप गरेर मात्र काम नटुंगिने रहेछ। सरकारी फाइल हामीलाई चक्कर आउनेगरी घुम्दो रहेछ। राष्ट्रिय निकुञ्ज विभाग, वन र अर्थ मन्त्रालयबीच दसपटकभन्दा बढी लेखापढी चल्यो। अर्थले क्षतिपूर्ति बढाउन मानेन। पुरानै भाउमा हामीले सकार्ने हो भने तुरुन्त गरिदिने भयो।

मैले गाउँका अगुवा बाँचे बूढा र रणचन्द्र बूढासँग सल्लाह गरेर जो हात सो साथमा चित्त बुझाउने निधो दिएँ। अर्थले ३२ लाख ४९ हजार निकासा दिने भयो। एउटा परिवारले लगभग ४० हजार पाउने।

माघ दोस्रो साता वन सचिवले काम गरिदिए। मन्त्रीकहाँ फाइल गयो। म पछिपछि कुदिरहेकै छु। मन्त्रीको पिएले राज्यमन्त्रीकहाँ लानू भने। सचिवले खिन्न भएर तोक लगाए। माघ १७ गते मैले राज्यमन्त्री लक्ष्मणप्रसाद मेहतालाई भेटेँ। 'काम हुन्छ। सबै कुरा नागेन्द्रसँग गर्नू' उनले एकै वाक्यमा कुरा टुंग्याइदिए। त्यसपछि म पिए नागेन्द्र यादवकहाँ धाउन थाले। 'भोलि भोलि' भन्दै नौ दिन बित्यो। माघ २७ गते पिएले फोन गरे। ट्याक्सी चढेर हामफालेर गएँ। फेरि राज्यमन्त्रीलाई भेट्न भनियो।

'अझै कुदिरहनुभएको छ, नागेन्द्रलाई भेट्नुस्, काम भइहाल्छ,' मेहताले मलाई विदा गरिहाले। पिएले मलाई इसारा गरे। म उनको पछिपछि लागेँ। वन मन्त्रालयको पूर्वपट्टि क्यान्टिन छ। त्योभन्दा पछाडि एकान्तमा लगे। 'हाम्रा पनि श्रीमती, छोराछोरी छन्। पाल्नुपर्‍यो। पैसा दिनुस्। काम तुरुन्त भइहाल्छ,' पिएले भने।

म चिन्नु न जान्नुको मान्छे। उसको दुस्साहस् देखेर तीनछक परेँ। म उसँग जंगिन सकिनँ। बल्लबल्ल हुन लागेको काम बिग्रेला भन्ने पिर थियो। राज्यमन्त्रीले फाइल घुमाइदियो भने काम खत्तम।

मुगुमा बाँचे बूढालाई फोन गरेँ। 'आफ्नो हक एकदिन कस्सो नपाइएला,' बूढा कड्किए, 'घुस खुवाएर पैसा लिनुपरेको छैन।' मेरो आत्मबल झन् बढ्यो।

पिए मेरो पछाडि लागेको लाग्यै थिए। राराको वार्डेनदेखि बाँचे बूढालाई समेत फोन गर्न भ्याइसकेका रहेछन्। 'दुर्गमको काम एकजनाको २५ सयमा गर्दिऊँला,' उनले घुसको भाउ घटाए। लगभग २ लाख रुपैयाँमा मान्ने भए। हामी २ पैसा पनि दिनेवाला थिएनौं। 
आइतबार पिएले उही कुरा दोहोर्‍याए। 'मुगुका गरिबसँग पैसा खान खोज्ने। पापको डर लाग्दैन,' म झर्किएँ। उनीहरूलाई कुनै ग्लानी छैन। 'यस्तै हो, सबैले खानुपर्‍यो नी,' मुसुमुसु हाँस्दै उनले जवाफ दिए।

अति भयो। मैले वनमन्त्री वकिल मुमसमानलाई भेट्न खोजेँ। मरेकाटे समय पाइनँ। हिजो मंगलबार फेरि राज्यमन्त्रीलाई नै भेटेँ। 'कति एउटै कुरा, नागेन्द्रलाई भेट्नू,' मेहता टसमस भएनन्।

त्यसपछि नागेन्द्रले मलाई धम्क्याए, 'तपाईंलाई सहयोग गर्न खोजेको नहुने भयो। अब मन्त्रीले जाँचबुझ गर्नू भन्ने तोक लगाइदिनुहुन्छ। फाइल उल्टिन्छ।'

सोझो औंलाले घ्यू नआउने भयो। जति दुःख देखाए पनि यिनीहरूले पैसा नखाई काम गर्ने भएनन्। 'हुन्छ, म मुगुमा साथीहरूसँग सल्लाह गरेर पैसा मगाउँछु,' मैले भनेँ, 'बाँचे बूढा पनि आज आउँदैछन्।'

१ बजेतिर वन मन्त्रालयबाट निस्केपछि सरासर अख्तियार गएँ। वन हेर्ने सहसचिवलाई बेलिविस्तार लगाएँ। मसँग भएको प्रमाण पनि देखाएँ। 'हामी भोलि रेड गर्छौं,' अख्तियारबाट आश्वासन पाएपछि म कोठा फर्किएँ।

राति पनि नागेन्द्रले तारान्तार फोन गरिरहेकै थिए। मैले बाँचे बूढा आइसकेको बताएँ। बुधबार ११ बजेको समय पिएले दिएका थिए। त्यो भन्दा अघि म जिल्लाकै दलित नेता रत्नबहादुर नेपालीलाई लिएर अख्तियार गएँ। डिएसपी लालमणिको टोली हामीसँग आउने भयो, तर अर्कै मोटरमा।

सादा पोसाकको एकजना हवल्दार मुगुकै भाइ बनेर हामीसँग आए। ठिक ११ बजे सिंहदरबार गेटमा नागेन्द्र आए। 'डेरामा जाऊँ,' उनले भने। हामीले मानेनौं। 'यतैकतै लेनदेन गरौं' भन्यौं।

त्यसपछि रेस्टुरेन्ट खोज्दै हनुमानथानतिर लाग्यौं। देब्रेतिरको एउटा रेस्टुरेन्टमा उनैले पसाले। 'यो ठिक छ,' नागेन्द्रले भने, 'कुनाको टेबुलमा बसौं।'

एउटा टेबुलमा हामी बस्यौं। वेटरले पानी ल्यायो। हामीले पानी पिउन नभ्याउँदै अर्को टेबुलमा लालमणि सरहरू आएर बसिसक्नुभएको थियो। उहाँहरू आफ्नै गफमा मग्न भएको स्वाङ गरिरहनुभयो।

'हामी गरिब छौं हजुर, अहिले सबै सकेनौं, ५० हजार ल्याएका छौं,' नक्कली बाँके बूढा बोले, 'बाँकी डेढ लाख ऋण गरेर २/४ दिनमा टक्र्याउँला।

'तपाईंहरूलाई जति मिलाइदिँदा पनि नहुने,' नागेन्द्रले भने, 'अहिले सरुवाको चक्कर छ, पूरा पैसा आएपछि मात्र फाइल टुंगिन्छ।'

हाम्रो हातबाट पैसा लिएपछि उनी दंग परे। हामीसँगै रहेका सादा पोसाकका हवल्दारले च्याप्पै पारिहाले। त्यसपछि लालमणि सरहरूले भ्यानमा हालेर लानुभयो।

मलाई ती मानिसलाई दुःख दिन मन थिएन। सय खतसम्म माफी दिएकै थिएँ। उनी पैसा नखाई नछाड्ने। म त त्यो पनि सहिदिन्थेँ, तर उनलाई पोस्न मुगुका विकट गाउँका गरिबको गाँस काट्नुपर्ने भयो।

नागेन्द्रलाई पाता फर्काउने कि मुगुका दाजुभाइलाई यीनले झुलाएको अझ सहिरहने? मैले नागेन्द्रलाई रंगेहात पक्राएर सजाय दिलाउने विकल्प रोजेँ।

(वन राज्यमन्त्री लक्ष्मण मेहताका पिए नागेन्द्र यादवलाई पक्राउने शाहीसँग कुराकानीमा आधारित)

source: 
Nagariknews


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters