[Show all top banners]

Hi_nanu
Replies to this thread:

More by Hi_nanu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 केही बिर्सेका छैनन्
[VIEWED 4748 TIMES]
SAVE! for ease of future access.
Posted on 12-24-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली जनताले केही बिर्सेका छैनन्

- साश्वत
नेपाली जनताले न त पार्टिहरु को कुर्सि मोह लाई बिर्सेका छन् न त राज ग्यानेन्द्र को देश मथि को प्रयोग लाई । राजा ले बुझेनन् - देश भनेको बिकास गर्ने थलो हो न कि प्रयोग् गर्ने प्रयोगशाला । जनता ले राजा भनेर एउटा स्थान् दिएकै थिए, ठुलो कम्पाउन्ड भित्रको राजसि थलो मिलेकै थियो । तेत्रा सेना वरि परि छदै थिए। दर्बार को लगि तेत्रो budget पनि छुट्याएकै हो, के पुगेन र कमल थापा जस्ता मुसाहरु, तुल्सि गिरि जस्ता देशका माया मारि सकेक परदेशि हरु लाइ बटुलेर देशम रमिता गर्न मन लग्यो हाम्रो महाराज लाई? कि त सिंह हुने साहस हुनु पर्छ राज गर्न लाई र बाटो देखाउन सक्नु पर्छ अरु जन्तु हरु लाई, होइन भने एक चोटि चाखि हेरौन त मिठाइ कति गुलियो छ भनेर चाख्न चाहने एउटा नाबालक जस्तो ब्यबहार ले देश लै कति पछाडि धकेल्छ, माहाराज लै यस्को कुनै अन्दाज पनि छ कि ?

इ त भए अस्ताउन लागेका एक् माहाराज् को सानो गाथा। जनता ले अहिले चर्चा म राखेका, हरेक दिन जसो TV र रेडिओ म छाएका, जनता ले आफुहरुलाई देश बनाउने जिम्मा दिएका ठान्ने स्व:घोसित् राजाहरु का कर्तुत् लाई पनि नेपाली जनता ले बिर्सेका छैनन्। कसरी भुल्न सकिन्छ ति दिनहरु जति खेर एउट गाउंको बालक पानि रोटि पनि खान नपाएर प्याक् प्याक् थियो, यता राजधानि मा तिनै गरिब जनता क प्रतिनिधिहरु पजेरो किन्न लाल मोहर लाउंदै थिए। आज देश को भविश्य निर्धारण गर्ने बहस् मा भाग लिने अधिकांसहरुले ति पजेरो बेचेर डकारी सकेका छन्। पार्टि को नौ महिने कार्य काल म पार्टी र आफ्ना भवन हरु ठडाउन मै ब्यस्त नाम मात्र का communist हरु ले बिर्सिए होलान धमिज कान्ड र त्यस्का नाटकहरु, छैनन् बिर्सिएका नेपाली जनता ले ।

अब यहां अलिकति प्रसङ्ग आजका जल्दा बल्दा माहाराज का पनि : माहाराज हरुको पनि कुरा अलि कति गर्नै पर्ला। नाम चाहि वहाको पुष्प कमल दाहाल। पुष्प भनेको फूल (अण्डा हैन) अनि कमल : हिलो माझ फुलेर बातावरण लाइ नै सुगन्धित बनाउने। वहा लाइ चडेको सनक र देश को दुर्भाग्य, कति मिठो नाम् लाइ बिगरेर वहां बन्नु भयो प्रचण्ड (: ताप) सबै लाइ पोल्ने। वहांलाइ दर्सन र लेख बाट सघाउने सहयात्री बन्नु भो सधैं पहिलो हुने नेपाल का बिद्वन् doctor साहेब बाबुराम् भट्टराइ। नेपाल आमा लाइ कति रुवाएका छन् यि आजका जल्दा बल्दा माहाराज का पनि माहाराजहरु ले। संसार सभ्यता को चरम् बिन्दु मापुगेको बेला, सबैको बिचार लाइ सुनेर निर्क्योल निकाल्नु पर्ने युग मा प्रवेश गरेको बेला, यी बिद्वानहरु बिरोधिहरुको सफाया (उनिहरु कै शब्द मा) मा लागि परेक थिए। नेपाली जनता ले बिर्सिए होलान लम्जुङ् को शिक्षक लाइ रुख म बांधेर मारेको? जनता ले बिर्सिए होलान बस म चढिरहेका यात्रीहरु एक चिहान् भएको? हामी हाम्रा दाजु भाईहरु लाई इराक म मारिएको सहन सक्दैनौ, कसरि बिर्सन सक्छौं एउटा कृयापुत्री लाइ कृया गर्न नदिकन मारिएको?

मान्छे चाहे वाद को नाममा मरियोस् या साशन गर्ने नाममा त्यो नेपली जनता को लागी न हिजो सह्य थियो न आज र मार्ने हरु अपराधि हुन। चाहे ति राजा हुन, गिरिजा हुन, माधव, ओली या प्रचन्ड नै, सजाय सबैले पाउनै पर्छ, जनता ले यस्को सजाय दिने छन्, नेपाली जनता ले कसैलाएए बिर्सेका छैनन् ।

यीनै घुस्याहा र हत्याराहरु बाट देशको समस्या समाधान हुन्छ भन्ने जनता लाइ लागेको पनि छैन। वाक्क भैसकेका जनता, शान्ती चाहन्छन, त्यसैले मुर्खहरुलाइ सहमति खोज्ने जिम्मा दिन बाध्य छन् ।

हाम्रो देश को दुर्भाग्य नै भनौं, न त राजा को गिदि ले देश लाइ बाटो देखाउन सक्यो न त कोहि नयां पुस्ता नयां मार्ग लिएर आउन सक्यो ।
 
Posted on 12-24-06 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

absolutely right ! thanks for posting this.
 
Posted on 02-27-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-27-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nanu, you are 100 % right

Saan Dai
 
Posted on 03-13-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर पल यो अँधेरोमा आधा ज्यूनुभन्दा
उज्यालोको निम्ति गोलि थाप्छु म
नक्कलि हाँसो आज हाँस्नुभन्दा
सक्कलि आँसु आज पिउँछु म
कायर भएर हर पल मर्नुभन्दा
हाँसि हाँसि देशको लागि आज मर्छु म
बकवासहरुको रमिताको साक्षि बन्नु भन्दा
नया एउटा क्रान्तिको विकुल फुक्छु म

(नेपालमा कुनै वादको आन्दोलनले केहि गर्दैन भन्ने कुरा विगत र वर्तमानले पुस्टि गरिसकेको अवस्थामा आज नेपालमा तरुणहरु द्वारा सँचालन हुनु पर्ने सुद्दिकरणको आन्दोलन बाट मात्र विकाश र शान्तिको बाटोमा हाम्रो देश अघि बड्न सक्छ।त्यसैले माथिको टुक्रा तिनै निस्वार्थ यूवाहरुमा समर्पित)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters