[Show all top banners]

mampaka
Replies to this thread:

More by mampaka
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 18 KHARBA AANDOLAN
[VIEWED 9312 TIMES]
SAVE! for ease of future access.
Posted on 09-26-05 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अठार खर्बे आन्दोलन

गएको साताभरि स्वर्गीय रानी ऐश्वर्यको स्वीस बैंकमा १८ खर्ब रकम रहेको समाचार अखबारहरूको लडाइँ बन्यो । भदौ ३० गते बार अध्यक्ष्ा शम्भु थापाले उक्त रकम देशमा ल्याउनुपर्छ भन्नुभयो । सोही दिन स्तम्भकार बलराम बानियाँले उक्त मुद्दालाई पार्टीले उठाउनपर्ने जोड दिनुभयो । थापाको आशंका थियो, कतै नेताहरूको पनि संलग्नता छ र उनीहरू यो मुद्दा उठाउँदैनन् कि ?

द सन्डे टेलिग्राफले उक्त रकम स्व. रानीको नाममा स्वीस बैंकमा छ भनेको छ । तर त्यस समयमा केवल रानीका बारेमा मात्र लेखिएकाले के नेपालबाट एकजनाले मात्र त्यस बैंकमा खाता खोलेका होलान् र ? मुलुकमा उक्त विषय उठ्नासाथ अरूले त्यहाँबाट खाता सार्ने सम्भावना बढ्छ । यसबारे आम नागरिकको चासो भयो र त्यस बैंकमा राखिएको सारा पैसा फिर्ता गरेर राष्ट्रियकरण गर्नुपर्छ भन्ने आवाज उठ्यो भने स्वीस बैंक तत्काल सबै खाताको कारोबार बन्द गर्न बाध्य हुन्छ । त्यसनिम्ति नयाँदिल्लीस्थित नेपालका लागि स्वीटजरल्यान्डका राजदूतले सहयोग गर्न सक्छन् । पैसा छैन भन्नेमा शंका नगर्दा हुन्छ, किनभने ०४६ र ०५८ मा पनि उक्त कुरा उठेको हो । तैपनि यी सबै घटना 'कालुले बाघ आयो' भनेजस्तै मात्र भइरहेछ । अबचाहिँ साँच्चैको बाघ आउनेछ ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कानुनविद्हरू भन्छन्- एउटा दैनिकमा यो समाचार प्रकाशित हुनासाथ श्री ५ महाराजाधिराजका संवाद सचिवालयले स्वर्गीय

रानीको पैसा स्वीस बैंकमा नरहेको भनेर खेद व्यक्त गर्?यो र यसलाई कपोलकल्पित भन्यो । उता द सन्डे टेलिग्राफले १३ अर्ब पाउन्ड छ भन्छ । यी दुईमध्ये कुन सत्य हो ?

हो, शम्भु थापाले भनेजस्तो कतै पार्टीका नेताहरूको पनि संलग्नता छैन भन्दा कान्तिपुरले विगतमा सिड्नी बैंकमा पनि एकजना


 
Posted on 09-26-05 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख्यातिप्राप्त नेताको रकम पि|mज भएको समाचार प्रकाशित गरेको थियो । त्यसलाई आधार मान्न सकिन्छ कि सकिँदैन ? आम नागरिकको ध्यान जानु जरुरी देखिन्छ ।

आउँदो पुस्ताले हाम्रो पालामा जस्तो सामन्ती प्रथाको पराकाष्ठा भोग्नु नपरोस् र प्रजातन्त्र उनीहरूको मनमस्तिष्कदेखि घर, समाज र देशमा स्थायी होस् भनेर अहिले धेरै प्रजातान्त्रिक संघर्षमा उत्रेका छन् । तिनको उद्देश्य असफल नेतालाई पुनः सत्तामा पुर्?याएर नेपाल बर्बाद पार्नु होइन । हामीले विगतका गल्तीहरूबाट पाठ सिक्नुपर्ने थियो । जस्तो १०४ वर्ष अन्धकारमय राणाकाल भनियो, ००७ देखि आजसम्म पनि त ५६ वर्ष नै राणाकाल त गइसक्यो । ३० वर्षे निरंकुश पञ्चायत भनियो, ०४६ सालदेखियता प्रजातन्त्रकाल पनि त १६ वर्ष बितिसक्यो । एकजमानामा दक्ष्ािण कोरिया, मलेसिया नेपालकै हाराहारीमा थिए । आज तिनीहरू एसियन टाइगर भए । नेपाल एसियाकै मुसो भयो, कसरी भन्दा नेपालको खानेकुरा स्वीस बैंकमा सडेर गयो ।

भ्रष्टाचारको कारणले नै राष्ट्र गरिब बनेका प्रमाणित भएपछि संयुक्त राष्ट्रसंघले भ्रष्टाचार विरुद्धको महासन्धि पारित गरेको छ । यो महासन्धिलाई अनुमोदन गर्ने सदस्य

राष्ट्रहरूको भ्रष्टाचारीहरूको विदेश बैंकमा राखिएको पैसा प्रावधान पुर्?याएर सम्बन्धित

देशमै फिर्ता दिने यसको उद्देश्य हो । यदि भ्रष्टाचार गरी कमाएको रकम इन्डोनेसियामा जस्तो विदेशमा नराखेर स्वदेशमै लगानी गर्ने हो भने त्यसको प्रतिफलबाट राष्ट्रले थोरै भए पनि राहत पाउने थियो । तर स्वीस बैंकले त

जम्मा गरेको रकमको व्याज पनि दिँदैन, सके उल्टो लिन्छ ।

हामीले जोकोही नेपालीले पनि विश्वका कुनै पनि बैंकमा राखेको रकम फिर्ता ल्याउने अभियान अगाडि सारेका छौं, ती सारा रकम नेपाली नागरिकको हो र यो रकम देशको विकास निर्माणमै खर्च हुनेछ । तर ती रकम फिर्ता गर्न/गराउन जनमत जुटाउनु त पहिलो भूमिका सञ्चारमाध्यमहरूकै हुनेछ । विदेशमा बस्ने नेपालीले पनि त्यस्ता रकम फिर्ता गराउन सहयोग पुर्?याउने वचन दिइरहेका छन् ।

- डा. तीर्थराज लुइँटेल

अध्यक्ष, अठार खर्ब आन्दोलन


 
Posted on 09-26-05 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बकम्फुसे कुरा!
पम्फा देवी ठकुरी सित त्यत्रो १५ वर्षको बजेट पुग्ने पैसा छ रे?
उसो भे ज्ञानेले पैसाको कारणले युध्द हार्नु नपर्ने भो?

एउटा "जनैको साँचो" भन्ने टेलिफिल्म थियो के। त्यसैको याद आयो।
 
Posted on 09-27-05 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why would the palace spokesman say right away that there is money or not?

If she really were hiding away large sums of money (whatever the amount), why would the palace staff know about it?

Wouldn't it make more sense to announce an investigation.

Dada Giri: if the accounts were in her name Gyane would NOT be able to get his hands on it right away! ... but if the money were repatriated to Nepal at this point then he might...
 
Posted on 09-27-05 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ek jamana ma Vandafor vandai hawa ko katha banaudai booklet bechera kamaune garethe kasai kasaile feri arko le suru gareko hola. Vupi Serchan le vane jastai Halai halla ko desh ma halla chalnu kunai naulo hoina. Halla chalaune le sajilai jhhukyauna saknu ko karan chahi hamra padhe lekheka buddijibi vanauda haru pani kunai fact naheri halla lai bishwas garne matrai navai ajha tyo failauna ma pani used hunchhan. Hall keko basis ma chalayeko chha ani reliable/acceptable evidence haru chha ki chhaina tyo khojnu chahi baru buddimani hunthyo.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters