[Show all top banners]

SaruBhakta-II
Replies to this thread:

More by SaruBhakta-II
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Gyanu ko Bilap
[VIEWED 12411 TIMES]
SAVE! for ease of future access.
Posted on 05-24-05 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ज्ञानुको बिलाप"
(शिखरिणी छन्दमा)

नेपालीको झंटा, तन बिच परेथ्यो जब अनि।
ज्ञानु बोल्यो क्वाँ क्वाँ ,गरिकन कठै ब्याकुल बनि ॥
म मर्ने बेला भो, तर मेरो पुतर अधम ता ।
कता भाग्यो तेस्को, भर सक बुझे है तिमी पता ॥१॥

न सक्थेँ त्यो आँशु, टप टप टिपी चप्प पिउन ।
नपाउछु रक्सिले, दिनभर अघाएर जिउन ॥
नसक्थेँ ति टाउका, टपटप टिपी माला सिउन ।
चुँडेँ बेर्थै मैले, नेपाली जनको जिवन किन ॥२॥

दुबै बाबु छोरा, हर बखत पालो गरि गरि।
भरि दिन्थौँ गोलि, अकेला जनताको मुख भरि ॥
अकेली फर्सी त्यो, अब शिब हरे दिन बिचरी।
गुजारा गर्लि त्यो, कसरी जेलको दिन् हरु गनी ॥३॥

न चाडो जाने भो, सहज सित यो प्राण पवन।
न सक्छु यो बाधा, सहन अथवा शान्त रहन ॥
न थामिन्छन् आँशु, न त छ अरु क्यै जिवन गति।
कठै कस्तो पापी, कति कुपित म क्रुर नियति ॥४॥

जनतै हो देशको, अति चहकिलो पारसमणी ।
प्रजाकै शासन हो, यस बिपत्तिको मुख्य तरणी ॥
कुरो यस्तो बुझि, किन म त यो हिंसा तिर झुकेँ ।
न मार्छन् सहजै, हेर मत नराम्रो सित चुकेँ ॥५॥

*** *** *** *** *** *** *** *** *** ***

:)

-सरु
 
Posted on 05-24-05 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या हो भउते दाइ यस्तो दिनि भन्या मेरो प्यारा राजालाई !
पिजरा को सुगा देखि तरुण-तपसि सम्म सबै उस्कै खाजालाइ ।

कुरो यस्तो बुझि नेपाली जनको जिवन कथा
तिमिले त लेख्यौ गजबको यो कविता ।



 
Posted on 05-24-05 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-24-05 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथिको कविता लेखनाथ पौडेलको "चरिको विलाप" (तरुणतपसी) भन्ने कविताको रि-मिक्स हो है।
हे हे हे हे , धन्यवाद है न्युयुजर बुरो, मैले लेखनाथ भन्ने नाम सम्झिन खोज्छु, घरि दमननाथ, घरि केदारनाथ, घरि बिश्वनाथ सम्झेर एकछिन त टेन्सनै भो के। लेखनाथ सम्झ्या भा'त मार्दिम ल। क्यै नबोली राखे पछि कसैले त कुरा उक्काउला नि भनेर।

 
Posted on 05-24-05 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह!! हाम्रा सरूभक्?तजी पनि अचेल कविता remix गर्न थाल्?नु भएछ।
गज्?जबको छ, अति नै समय सापेक्ष। अरू पनि जावस् न।

 
Posted on 05-24-05 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुजीले नपत्यामने कुरा नअरम न। अव तेत्राे सिंगै कविता कण्ठस्थ भा मान्छेलाइ लेखनाथकाे नाम थाह नहुनन त? बरु अरु पनि जाअाेस असाध्यै मीठाे छ। रिमिक्स गरम गाैथली बाेल्याे चिरविरि च्यार्र / पिंजराकाे सुगा इत्यादिकाे पनि अव।
 
Posted on 05-24-05 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरी, सरु ले पो लेख्या रे छ। मुइले त न्युयुजरले हो कि भुनेर राम्रो मान्या ।।। ।।। ।।।
 
Posted on 05-24-05 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे हे

होइन, न्युयुजर र दादा मामा-भान्जा हौ कि क्या हो? :P

-सरु


 
Posted on 05-25-05 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wa wa! Saru, Byangya guru! Maile manney hajurlai.
 
Posted on 05-25-05 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-13-06 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मेरो ठ्याक्कै १ बर्ष अगाडिको सपना साकार हुने दिन नजिकिए जस्तो छ।

:-)
-भउते
 
Posted on 04-13-06 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजोको भउतेको सपना,
आज नेपालीको बिपना।

:-)
-भउते
 
Posted on 04-14-06 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे भगवन!!!!!!!!!!!! माने मैले सरुभक्तलाई । हुदा हुदा त कवितामा रि-मिक्स :)
 
Posted on 04-14-06 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते पुरानो जन्ममा पनि तगडा साहित्याकार रैच! खुशी लाग्यो राम्रो जिनिस पढ्न पाएर। तपाईँको पूर्वजन्मका अरु कृतिका धागा पनि नखोजी भएन अब।
 
Posted on 04-14-06 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी :-)
हजुरका ब्यङ्ग्यहरु पनि पढ्ने मौका मिलिराखेको छ। प्वाक्क बोल्न नमिलेर मात्र हो। :-)

गौतम जी,

मेरो साझाको यात्रा दादागिरी सँग कवितामा दोहोरी खेलेर सुरुभएको थियो। :-) उतिबेला दादागिरी भन्ने नाम देख्दा कहाँको भुसतिघ्रे हावा रे'छ भनेर जवाफ दे'को। अहिले पढ्दा त लाजै लाग्यो। :-)

यहाँ छ मेरो साझको शुरुको यात्रा। :-)

- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=20243
 
Posted on 04-14-06 12:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै!!
यो बिजुली पानीको नशा नै भाँड्ने गरेर के पढ्नु परेको होला!
यस्तो आत्मालोचना (अन्तिम हरफ) कहिले आउने होला हाम्रो माइलादाईको मगजमा!

जाँदाजाँदै एउटा कुरा-

जनताको शासन जनता बाटै हुनु पर्छ!
तर हाम्रा जनताका प्रतिनिधि भनाउँदाहरु (गिरिजाको कुरा गर्न खोजेको) सम्बैधानिक राजतन्त्रलाई पुनर्जीवित गराऊने आन्दोलन हो भन्दै हिँड्न थालेका छन्। कयौँ जनताको रगत बगिसकेको छ सयौँ बर्ष पुरानो बिरामी राजतन्त्र हटाऊने नारा सहित!
तर,
आन्दोलन, कुनै नेत्रित्वले सम्हालेन भने त्यसै तुहिएर जान पनि सक्छ र अहिलेको अवश्थामा नेत्रित्व नै फितलो देखिन्छ!!
के यत्रो रगत बगेको ब्यर्थ भयो? शायद!
त्यसैले, अब अहिलेको अवश्थामा नयाँ नेत्रित्व जन्मेर (वा पुराने नेत्रित्वबाट पनि चलिआएको कुर्सिमुखि यात्रालाई त्याग्दै) यो आन्दोलन अगाडि बढ्यो भने केहि होला नत्र उस्तै हो हाँडिमा मकै भुटेको जस्तो फुल उठुन्जेल आवाज आउँछ डढ्न थालेपछि हाँडिमा नै टाँसिन्छ!!!
 
Posted on 04-14-06 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- http://www.nesaj.org/nesajpatra/march2002/poem2.htm

Yastale ni ajha "Achel busy chhu!" bhanera mail lekhdai hidchhan bhai ho.
 
Posted on 04-14-06 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yasta = Bhaute
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters