[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

tragicomic

jetho390

Mr. D

Tyo Din
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रचण्डद्वारा नोबेल शान्ति पुरस्कारको अपेक्षा
[VIEWED 12607 TIMES]
SAVE! for ease of future access.
Posted on 05-28-13 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१४ जेठ, नुवाकोट । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई अन्तराष्ट्रिय नाबेल शान्ति पुरस्कार दिन सरकारले निवेदन दिएपनि नोबेल पुरस्कार नपाई कोइरालाको निधन भइसकेको छ । तर, अहिले शान्ति सम्झौतामा कोइरालासँगै हस्ताक्षर गरेका एमाओवादी अध्यक्ष प्रचण्डले आफूलाई नोबेल पुरस्कारको दाबेदारका रुपमा प्रस्तुत गर्नुभएको छ ।

prachandaप्रचण्डले विश्व समूदायले आफूलाई हेपेको दुखेसो पोख्नुभएको छ । आफू र काँग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला मिलेर शान्ति प्रक्रिया, नयाँ निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भए पनि अन्तर्राष्ट्रिय जगतले अनौपचारिकरुपमा बधाइ दिए पनि औपचारिक रुपमा केही नगरेको उहाँले दुखेसो गर्नुभयो । एकीकृत माओवादी नुवाकोटले मंगलबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो,-’युरोपमा भएको भए हाम्रोजस्तो काम गर्नेलाई नोबेल पुरस्कार दिइसकिन्थ्यो । तर, हामीलाई विश्वले नै हेपिरहेको छ, बधाइ दिनुबाहेक उनीहरु केही गर्दैनन् ।’

एमाओवादी अध्यक्ष प्रचण्डले १० वर्षे जनयुद्ध, शान्तिप्रक्रिया हुँदै पहिलो संविधानसभाको निर्वाचन सम्पन्न गरिसकेको भए पनि बन्द कोठाभित्र बधाइ दिनेबाहेक अरु केही नगरेको बताउनुभयो । कार्यक्रममा प्रचण्डले भन्नुभयो,-’गिरिजाबाबु र म मिलेर शान्ति प्रक्रिया एवं संविधानसभाको निर्वाचन गराएर देशलाई शान्तिको बाटोमा ल्यायौं । शान्ति प्रक्रियामा हस्ताक्षरकर्ता गिरिजावाबु हुनुहुन्न, हस्ताक्षर कर्ता म जीवितै भए पनि विश्वले अपमान गरिरहेको छ ।’ युरोपतिर भएको भए नोवल पुरस्कार दिइसकिन्थ्यो ।’

निर्वाचनमा एमाओवादीको दुई तिहाई बहुमत नआएकै कारण संविधानसभा विघटन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई दुई तिहाई बुहमत नदिएकै कारण संविधासभाको अवसान भयो । काँग्रेस एमालेलाई पनि तपाईहरुले विरोध गर्न पर्याप्त मत दिनुभयो । त्यसैले संविधान जारी नै नभई संविधान सभा विघटन भएको हो । अब हामीलाई दुईतिहाई बहुमत दिनुहोस् ।’

गणतन्त्र दिवसमा चुनावको मिति तोकिने दाबी

यसैवीच प्रचण्डले मंगलबार बिहान मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसंगको भेटमा चुनावको मिति गणतन्त्र दिवसका अवसरमा तोक्ने विषयमा छलफल भएको र सकेसम्म भोलि नै चुनावको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।

प्रचण्डले आन्दोलनरत नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य , मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव,संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईसंग आफ्नो छलफल भइरहेको र उहाँहरु निर्वाचनमा आउन सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वैद्यजी र उपेन्द्रजीसंग मैले छलफल गरिरहेको छु । उहाँहरु पनि निर्वाचनकै पक्षमा हुनुहुन्छ । उहाँका जायज मागलाई सम्बोधन गरेर भए पनि निर्वाचनमा ल्याउनुपर्छ ।’

- See more at: http://www.onlinekhabar.com/2013/05/75828/#sthash.Mj5jzWQs.dpuf
 
Posted on 05-28-13 1:09 PM     [Snapshot: 14]     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

 Should be tried as a war criminal @ the hague would be more suitable.
 
Posted on 05-28-13 4:09 PM     [Snapshot: 193]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मालाको जात्रा देखेर छाद आउन थाल्यो | त्यो भट्टराई बा को जन्म दिनमा उनको गलामा एउटा माला थियो होला तर छबिलाल को गला भने सयपत्री ले छोपेको थियो | बिना कारण पनि यिनी माला गुथेर हिड्छन कि क्या हो |
धेरै कमुनिस्ट्का पुराना नेता हरुलाई पचासौ पर्छ पछि ज्यानमारा भनि अंतर्रस्त्रिय क्रिमिनल कोर्ट ले फैसला सुनाएको छ | नेपालकै जानाताले सुनाउछ्न | त्यो नोबल पुरुस्कार दिने नेपालि र कमुनिस्ट भए पाउला |


 
Posted on 05-28-13 6:45 PM     [Snapshot: 303]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khate prachanda kati chamkeko yaar, noble peace prize hoina salelai International court of Justice le fasi diye hunthyo
 
Posted on 05-29-13 6:14 PM     [Snapshot: 697]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You will see it happeing  in your life time and you will be releived, read my words.

 
Posted on 05-29-13 6:22 PM     [Snapshot: 702]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I'd say all these civil war criminals will get their "Nobel Peace Prize" in the next 5-10 years. These SOBs have nowhere to run.
 
Posted on 05-29-13 6:26 PM     [Snapshot: 705]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Communist Novel prize
 
Posted on 05-29-13 6:56 PM     [Snapshot: 737]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters