[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 ३१ औ ए एन एन सम्मेलन तैयारी सुरु
[VIEWED 11102 TIMES]
SAVE! for ease of future access.
Posted on 01-10-13 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                  ३१ औ ए एन एन सम्मेलन तैयारी सुरु

 

जुलाई ४ तारिख अमेरिकाको स्वतन्त्रता दिवसको सार्बजनिक बिदाको शुभ अवसरमा बिगत ३० बर्ष देखि लगातार सम्मेलन गराउदै आएको दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (नेपाली अमेरिकन संघ )द्वारा एकै थलोमा जमघट गराई बिबिध कार्यक्रमहरु मार्फत नेपाली समुदायलाई उत्साह र सकारात्मक सन्देस दिन सफल भएको सर्ब बिदितै छ l यस बर्ष ३१ औ ए एन ए सम्मेलन सम्राट राज्य भनेर विश्वले चिन्ने राज्य न्यु योर्कमा आयोजना गरिदै छ l

परदेशमा अति ब्यस्त जीवन परिवेशमा जिउदै तथा सुनौलौ भविष्य निर्माण निम्ति अहोरात्र मेहनतमा डुबुल्की मारी रहेका नेपालीहरुको बृहत सम्मेलनको रुपमा चिनारी बनाउन सफल ए एन ए सम्मेलन मुख्य चाडको रुपमा अमेरिकामा स्थापित भै सकेको भन्दा भन्दा अतिशयोक्ति नहोला lप्राकृतिक बिनाससंग दैब्य पनि भयभित हुन्छन ,यसपालिको स्याण्डी हुरीले तहस नहस भएको न्यु योर्कको पुनर्निर्माणको कार्य तदारुपताको साथ भै रहेको छ तथापी सो कारणबाट  परिकल्पना गरेको योजनामा तुसारोपात ल्याई दिएको कारण समय मै कार्यक्रम स्थान ( होटल )को तय गर्न नसकेका हौ भनि ३१ औ सम्मेलन प्रमुख संयोजक समिर महर्जनले भनेका छन् l

कार्यक्रम स्थल शीघ्र तय हुने र सो को लागि निरन्तर आफु लागु परेको जानकरी महर्जनले दिए भने यी मुख्य संयोजक एक कुसल थोक तथा खुद्रा हिरा तथा गहना ब्यापारी हुन् l सन् २००४ मा पाताल पसी आफ्ना बाबु बाजेले गरेको बिडो थाम्दै न्यु योर्कको जाक्सन हाईटमा पसल तथा अन्य राज्यहरुमा ब्यबसाय संचालन गरि रहेका छन् भने छोटो समयमा नै अमेरिका जस्तो मुलुकमा एक युवा सफल नेपाली ब्यापारी बन्न सफल भएका छन l आफु व्यस्त रहनु पर्ने भएता पनि ए एन ए ले दिएको अभिभारालाई शिरोधार्य गरि योजनामा आफु लागि रहेको बताएका छन् l

ए एन ए का अधक्ष्य छेवांग शेर्पालामा अनुसार अन्तरिक योजनामा आफु व्यस्त रहेको र स्याण्डीको कारण अलिक तालमेल मिलाउन नसकेको भएता पनि समिति ,अन्य महत्वपूर्ण व्यक्तिसंग सम्पर्कमा रही रहेको र झक झकाई रहेको जानकारी गराए भने ३० औ ए एन ए सम्मेलनमा उत्कृस्ट कार्यक्रम बन्न सफल भएको बाल बालिकाहरुको प्रतिभा प्रतियोगिता र  बिद्यार्थीहरुको लागि बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता जस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्दता जाहेर गर्नु भएको थियो lन्यु योर्कमा अझ सुक्ष्म रुपमा काम गर्नु पर्ने र टेक्सास सम्मेलनमा भएको कमि कम्जोर नदोहोरियोस भनि आफु र आयोजक समितिले सतर्क अपनाउने जानकारी गराउनु भयो l

२९ औ ए एन ए डिसी सम्मेलनमा उत्कृस्ट फोरम ( नेपाल सम्बन्धि कार्यपत्र मंच ) चलाउनु हुने संयोजक समाज सेवी तथा उत्तर अमेरिका कै जेस्ठ संस्था अमेरिका नेपाल सोसाईटी (समाज )का भूतपूर्व अधक्ष्य खेम भट्टचनले न्यु योर्क आफ्नो लागि पानी पधेरो भएको हुनाले त्यस्तो कार्यक्रम गर्न ईक्षा प्रकट गर्दै मिति र सम्मेलन स्थल तय भए आफुले बिदा मिलाउने भन्दै अग्रिम जानकारी गराउनु भयो भने भर्जिनियाका संचारकर्मी तथा समाजसेवी मुक्ति दवाडीले टेक्सास जान नपाईएकोमा न्यु योर्क आफुले नछोड्ने बताएका छन् l

महिला सम्बन्धि कार्यक्रममा सन् २०१० देखि लगातार ए एन ए मा कार्यक्रम चलाउदै आएकी प्रख्यात समाजसेवी बोस्टन स्थित एड्विन संस्थाकी संस्थापक बिष्णु माया परियार पनि यो बर्ष त अझ प्रभावकारी हुनेछ र आफुले महिला सम्बधि कार्यक्रम जिम्मा लिने अभिव्यक्त गरिन भने २९ औ ए एन ए डिसी सम्मेलनका खेलकूद संयोजक चन्द्र लामा पनि आफुलाई दिएको काम फत्ते गर्ने भनि प्रतिबद्दता जाहेर गरेका छन् भने लामाले अहिले सम्म कै ए एन एको ईतिहासमा खेलकूदमा सबै भन्दा ज्यादा खेलाडी तथा समुहहरुको सहभागी गराउन सफल भएका थिए l

जुलाई ४ ,२०१३ तारिखको सप्ताहको सेरोफेरोमा आयोजना हुने ३१ औ ए एन ए न्यु योर्क सम्मेलन आउन ६ महिनाको अवधि भएता पनि असख्य कार्यहरु गर्नु पर्ने र  सम्मेलन सम्बन्धि जानकारी निरन्तर गराउने हाम्रो प्रतिबद्दता हुनेछ l

 

विजय थापा 

अन्तरिम महासचिब 

दि एसोसिएसन अफ नेपालीज इन अमेरिका ( ए एन ए )

 


 
Posted on 01-10-13 10:01 PM     [Snapshot: 63]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Where is the Ana website?
 
Posted on 01-11-13 3:36 PM     [Snapshot: 195]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where in newyork?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters