[Show all top banners]

oh

More by oh
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बैंक अफ काठमान्डूको लुटिएको रकम कुमारी बैंकका चालकको घरमा
[VIEWED 7208 TIMES]
SAVE! for ease of future access.
Posted on 12-24-12 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाङ, पुस ९ - बैंक अफ काठमान्डूको तुलसीपुर शाखा कर्मचारीले नै लुटेको रहस्य खुलेको छ । प्रहरीले सोमबार लुटिएको मध्ये करिब ८७ लाख रकम बरामद गरेको छ ।

तुलसीपुरस्थित कुमारी बैंकमा कार्यरत चालक अमर बोहोराको तुलसीपुर-९ शिवनगरस्थित कोठाबाट ८६ लाख ८९ हजार नगद बरामद भएको प्रहरीले बताएको छ । बैंक अफ काठमान्डूका खजाञ्ची मानपुर दुधराश निवासी खगेन्द्र बस्नेतको योजनाअनुसार कर्मचारी र केही बाहिरका मानिस मिलेर रकम लुटिएको जिल्ला प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्लले बताए । मानपुर-९ झिंगै निवासी बोहोराले कोठामा दराज र बोरामा राखेको अबस्थामा रकम फेला परेको उनले बताएका छन् ।

'लुटिएको दावी गरिएको बराबर रकम नै बरामद हुँदैछ । हालसम्म आधा जति रकम भेटिएको छ,' मल्लले भने, 'हामी छिट्टै सबै रकम फेला पार्दैछौँ । अन्य ठाउँमा पनि रकम राखेको खुलिसकेको छ ।'

कर्मचारीले नै बैंक लुटेको पुष्टि भएपछि प्रहरीले बैंकका प्रबन्धक ऋषिकैलाश श्रेष्ठ, खजाञ्ची खगेन्द्र बस्नेत र पैंसा राख्ने अमर बोहोरालाई नियन्त्रणमा लिएको छ । 'बैंककै खजाञ्चीले योजना बनाएर लुटेको देखिन्छ,' उनले भने, 'कर्मचारीले योजना बनाएर लुटेको यो नौलो घटना हो ।'

शुक्रबार बेलुका रहस्यमय तरिकाले २ करोड ६ लाख ३१ हजार ८ सय ४४ रुपैयाँ लुटिएको थियो । बेलुकी सवा ६ वजेतिर सन्ध्याकालिन सेवामा रकम जम्मा गर्ने निहुँमा आएका तीन जना युवाहरुले कर्मचारीलाई नियन्त्रणमा लिएर रकम लुटेको बैंकका म्यानेजर श्रेष्ठले प्रहरीलाई बताएका थिए । युवाहरुले १५ मिनेटभित्र म्यानेजर श्रेष्ठसहित एक खजाञ्ची र एक सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर रकम लुटेको उनले जानकारी दिएका थिए ।

पेस्तोल देखाएर कर्मचारीलाई नियन्त्रणमा लिएको र गार्डको खुकुरी खोसेको बैंकले जानकारी दिएको थियो । प्रहरीले भने यस घटनालाई सुरुदेखि नै शंकास्पद भन्दै आएको थियो । बैंकमा जडान गरिएको सीसी क्यामेरा र सिस्टमसमेत ड्यामेज भएको थियो ।

घटना सवा ६ बजे भए पनि बैंकका कर्मचारीले प्रहरीलाई आठ बजे मात्र खबर गरेको र बैंक सेफको साँचो प्रतिकार नगरेरै दिएको देखिएकाले पनि प्रहरीले घटनालाई रहस्यमय भनेको थियो ।

सन्ध्याकालिन सेवा बेलुका ४ देखि ६ बजेसम्म मात्र खुल्ने भएपनि सानो रकमका लागि ती युवालाई ६ बजेपछि पनि बैंकभित्रै बस्न दिइएको थियो । घटनाबारे अनुसन्धान गर्न बैंकको केन्द्रीय सुरक्षा प्रमुखसहितको टोली पनि तुलसीपुर पुगेको थियो । सीसीटीभी नखुलेपछि केन्द्रबाटै कम्प्युटरको प्राबिधिक टोली आएर खुलाइएको थियो ।

अनुसन्धानका क्रममा बैंकका कर्मचारीले सबै नाटक गरेर आफै रकम लुट्ने मानिस तयार पारेको देखिएको एसपी मल्लले बताएका छन् ।

 

 



प्रकाशित मिति: २०६९ पुस ९ ०३:१५
 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters